Yamunathapablog

Sunday, December 23, 2018

रिभा



रिभा
म सधै आजमा जिउने मान्छे,हिजो र भोलिको खासै हेक्का राख्दिन।हिजो जे भयो त्यो मेरो मेरो जिन्दगीको कहिल्यै नमेटिने पन्ना हो जसलाई म चाहेर पनि च्यान सक्दिन वा मेटाउन सक्दिन।र म भोलिलाई पनि बदल्न सक्दिन यदि सक्थे भने मेरो आज यहाँ भन्दा कंयौ गुना फरक हुने थियो होला।तर उसलाई कस्ले सम्झाइ दियोस् अनि म कति सम्झाउ।अब त उ ठुली पनि भइ सकी सानी हुदा लाग्थ्यो ठुली भए पछि बुझ्छे होला तर जति ठुली हुँदै छे, उति जिद्दी र मेरो कुरा नसुन्ने भएकी छ रिभा।उ सधै एउटै कुरामा अड्किन्छे कि मैले उसलाई उसको बाबू देखि टाढा राखे तर उ बुझ्न चाहन्न किन राखे अथवा किन उ टाढा भयो।

हजारौं धार्मिक कुसंस्कार बोकेको अनि कामुकताका आँखाले भरिएको समाजमा एउटि जवान महिलालाई छोरी पालेर र सुरक्षितसंग बस्न कहाँ सहज थियो र मलाई पनि।हरपल अरुका नजरबाट बच्दै र रिभाको सुरक्षा गर्दै म कसरी यो समाजमा बाँचेकी छु यो सायद उ बुझ्दिन। बुझ्न खोज्दिन।उसको लागि त दोषी हु म उसलाई उसको बाबु बाट टाढा राखे कहिल्यै भेट्न दिएन।उ सधै एउटैको कुराको आरोप लाउछे मलाई।म स्वार्थी छु, घमण्डी छु, आफ्नो सुखको लागि जे पनि गर्छु र गरे राजबिर अर्थात उसको बाबुलाई छोडे।जुन उमेरमा श्रीमतिलाई श्रीमानको साथ र सहयोगको सबैभन्दा बढी खाँचो हुन्छ त्यो उमेरमा र समयमा म कसरि छोड्न सक्थे होला है राजबिरलाई तर परिस्थिति यस्तो भन्यो कि मसंग उसलाई छोड्नु बाहेक अरु कुनै बाटो थिएन।

रिभा दिनमा बाबुलाई दस पटक सम्झिन्छे र भन्छे बाबा  भएको भए यस्तो हुन्थ्यो होला, उस्तो हुन्थ्यो होला। मलाई पनि थाहा छैन राजवीर भएको भए कस्तो हुन्थ्यो तर यत्ती पक्का हो रिभाले मलाई सायद मामु रामरी भन्थिहोला।कहिलेकाही आफ्नो जिन्दगी सम्झिदा पनि आफैलाई माया लागेर आउँछ।जसको लागि भनेर सबथोक छोडेर आए उसैले आफुलाई छोड्यो।जसको नासो जिन्दगी सम्झेर हुर्काए आज उहीँ छोरिले राम्रोसंग मामुसम्म भन्दिन्। एकदिन राती दशबजी सक्दा पनि नआएपछि फोन गरेकी के थिए।उसलाई डिस्टब भयो रे साथिहरुसंग हुदा भनेर महिना दिनसम्म बोलिन हप्तादिन सम्म त घरमा पनि आइन।उसैको राम्रो भबिष्यको लागि भनेर रातदिन केहि नभनी काम गर्‍यो उहीँ छोरी भन्छे हजुरले नगरेको भए पनि हुन्थ्यो बाबा हुनुहुन्थ्यो त।

साच्चै अब त राजबिरलाई चाहेर पनि  भुल्न सक्दिनहोला। कहिले रिभाले याद दिलाउछे, कहिले रिभाका हर्कतहरुले ठ्याक्कै बाबू जस्तै छे साह्रै जिद्दी।चाहियो भनेपछि चाहियो चाहियो...... 

नेपालगन्जमा महेन्द्र बहुमुखी क्याम्प पढ्दा भेट भएको थियो राजबिरसंग।आइ.ए पढ्दै थिए म त्यतिबेला उ सायद बिएलको पहिलो बर्षमा थियो।मेरि साथी गिताको गाँउ र उसको गाँउ एउटै थियो।त्यसैले गिता मार्फत नै भेट भएको थियो उसंग।उ सल्यान देखि आएको रहेछ।पढाइमा धेरै राम्रो थियो उ सायद त्यसैले पनि  छात्रवृत्तिमा पढिरहेको थियो कानुन बिषय।

म भृकुटिनगरमा बस्थे बाबाआमा र बहिनिसंग मेरो पढाइ पनि राम्रै थियो म आइ.ए गर्दै थिए।राजबिरसंग हुने दिनौ जस्तो भेटघाट अनि बिस्तारै बिस्तारै कुरा गर्दै जाँदा कतिबेला प्रेम भएछ थाहा नै भएन गीता भन्थी दाजु साह्रै राम्रो हुनुहुन्छ।उहाँलाई पाउने मान्छे साह्रै भाग्यमानी हुन्छ।माया तलाई दाईले धेरै माया गर्नुहुन्छ, सधै खुशी राख्नु हुन्छ।हुन पनि हो राजबिर बोल्नलाई कम बोल्थ्यो तर उसले गर्ने ब्यवहार र आनिबानी बाट म निकै प्रभावित भएकी थिए।उसको माया गर्ने अन्दाज पनि छुट्टै थियो उ यति सम्म किएर गर्थ्यो कि म बिस्तारै आफुलाई भुल्न थालेकी थिए उसको सामीप्यमा।

यसरी नै हाम्रा कजेजका बर्ष सकिए राजबिरले पढाइ सके पछि बिहे गर्ने भन्यो घर परिवार त्यति तयार थिएनन्, बिहेको लागि तर मेरै जिद्दीले गर्दा होला बाबा आमा पनि हार खानु भयो र टिकाटाला गरिदिनु भयो।त्यस पछि हामी सल्यान तर्फ लागेयौ।सल्यानको माहोल मेरो लागि एकदम नयाँ थियो।बाहिरी काम देखि घर ब्यवहारका काम मेरालागी नयाँ थिए किनकि मैले यी सब बाबाआमासंग हुदा कहिल्यै गरिन अझ भनौ गर्नै परेन म कति भन्थे राजबिरलाई पनि तर उसलाई आफ्नो परिवारको अगाडि म कहिल्यै देखिन मैले माया गरेको राजबिर र यहाँको राजबिर एकदम फरक लाग्थ्यो मलाई।म पुराना दिन र यी दिनको कल्पना गर्दा सम्म पनि छक्क पर्थे ठूलो परिवार अनि अरुले खाए नखाएको हेक्का राख्दा राख्दै म आफ्नो लागि समय नै पाउदिनथे न राजबिरसंग नै मेरो लागि समय हुन्थ्यो।म उ सँगको समयको लागि तर्सिन्थे।तैपनि मैले काम गरिरहे कै थिए।आज नाइ त भोलि सब ठिक हुन्छ भन्ने आशामा तर हरेक पल्ट म गलत साबित हुदै गए।राजबिर झनझन फरक हुदै थियो।

त्यति नै बेला रिभा मेरो गर्भमा आएकि थिई।मेरो हालत झन नाजुक हुदै थियो घरमा कसैलाई मेरो मत्लब थिएन। मैले जति राम्रो गर्न खोज्दा पनि म कहिल्यै घरकाका नजरमा राम्रो बन्न सकिन अनि राजजबिर र मेरो सम्बन्ध पनि पहिलाको जस्तो थिएन।एकपटक केही समयको लागि राजबिर घर बाहिर गएको थियो। कसैलाई केहि नभनि म बाबा आमाकोमा आएकि थिए।म बाबाआमाको आएको छु भन्ने थाहा हुदाहुदै पनि राजाबिर मलाई लिन आएन।आमा बाबाले पनि मेरो हालत देखेर पठाउन मलाई पठाउन मान्नु भएन।त्यतीबेला रिभा मेरो गर्भमा छ भन्ने कुरा कसैलाई थाहा थिएन।यो कुरा राजबिरलाई भन्न कति कोशिश गरे तर उ सुन्ने मोडमा थिएन वा चाहेन।त्यसपछि हाम्रो बाटो अलग भयो।

मलाई नेपालगन्ज बस्न मन लागेन मेरो दिनप्रतिदिनको हालात देखेर बाबाआमा पनि हैरान हुनु भयो र हामी काठमाडौ तिर बसाई सरेयौ।उताबाट जग्गा जमिन बेचर ल्याएको पैसाले बाबाले सानो सानो ब्यवासय सुरु गर्नु भयो। काठमाडौ आएको केहि समय पछि बहिनिको पनि बिहे भयो।आमा बाबा रिभासंग खुब रमाउनु हुन्थ्यो।म बाबाको काममा उहाँलाई सघाउथे।उहाँहरुलाई सधै मेरै चिन्ता मात्र हुन्थ्यो।उहाँहरु हुदा त रिभा पनि राम्रै थिइ कहिल्यै कुनै प्रश्न गर्दिन थिइ।जब एउटा दुर्घटनामा उहाँहरुको मृत्यु भयो।त्यसपछि रिभा एक्लिन थाली यसै पनि बाबा पछि ब्यापार ब्यावसायको जिम्मेवारी मेरो काधमा आएको थियो। रिभा मेरो हातबाट छुट्दै थिइ म चाहेर पनि उसको नजिक हुन सकि रहेको थिन।

आज जब समय छ उ मेरो नजिक हुन खोज्दिन।एउटै कुराको रट लाउछे कि मैले उसको बाबालाई छोडेर गल्ति गरे उ सबै कुराको जिम्मेवार मलाई देख्छे।उसलाई चाहेर पनि म बुझाउन सकिरहेकि छैन।कि म उसलाई कति माया गर्छु राजबिरसँग छुट्टिनुमा मेरो मात्र गल्ति थिएन। म पनि त कंयौ पल कति पिडाका साथ बाँचेकि छु तर यो सब उ कहाँ सुन्छेर त्यसैले पनि बस अब त एउटै आँसा बाकी छ जुन दिन उ स्वयम् आमा बन्नेछे अनि त्यस दिन उसले बुझ्नेछे होला आमा हुनुको पीडा र सन्तानप्रतिको माया के हो र कति हुन्छ भनेर....अनि त्यातिबेला उसले भेन्ने छे होला माामु भनेर ।


Monday, November 26, 2018

प्यारो नेपालागन्ज


प्यारो नेपालागन्ज
नेपालगन्ज पश्चिम नेपालको प्यारो सहर जहाँ सबै किसिमका मानिसहरु बसोबास गर्छ।जुन पश्चिम नेपालको किनमेलको मुख्य बजार पनि हो।र नेपाल इन्डियाको सिमाना पनि हो त्यसैले यहाँको रोनक बाह्रैमास उस्तै हुन्छ।साच्चै पश्चिम नेपालको मुटु भनेपनि हुन्छ नेपालगन्जलाई।जय बागेश्वरि माताले हात राखेको ठाउँ, टाढा टाढा सम्म हेर्दा पनि नसाकिने फाँट अनि आफ्नै परिश्रम र आफ्नतका बिच रमाएका मानिसहरु आहा! टाढै बाट हेर्दा पनि साह्रै सुन्दर लाग्छ नेपालगन्ज।

त्यसैले पनि सोचे यति राम्रो र प्यारो नेपालगन्जसंग एकदिन भएपनि बिताउ।र मैले मेरो काठमाडौदेखि दैलेखसम्मको यात्रालाई नेपालगन्जमा तिर मोडे।नेपालगन्जसंग सामिप्यता गास्नलाई, सानिध्यता बढाउनलाई।काठमाडौबाट बेलुका सात बजे छुटेको गाडी  बिहानको एघार वजे नेपालगन्ज आइपुग्यो। र सुरु भयो मेरो नेपालगन्जसँगको यात्रा।काठमाडौका यादहरुलाई मष्तिकको एउटा कुनामा राखेर नेपालगन्जसंगका नयाँ यादहरु बनाउलाई म निकै उत्साहित थिए। नेपालगन्ज म पहिला न आएकी हैन तर पनि यो पटक ममा बेग्लै उत्साह थियो नेपालगन्जलाई आफ्नो आचँलमा समेट्ने आखाँमा बसाउने कहिलेकाही मलाई मेरै रहर देख्दा पनि अचम्म लाग्छ जे होस् नेपालगन्जलाई आचँलमा कति समेट्न सक्छु त्यो त थाहा छैन तर सकेसम्म समेट्ने छु भन्ने बिश्वास छ।

बिहानको एघार बजे म नेपालगन्जको पुष्पलाल चोकमा ओर्लिए ।पुष्पलाल चोक ओहो! पुष्पलालको नाम सुन्ने बित्तिकै छाती फुलेर आउँछ, मनमा श्रद्धा जागेर आउँछ नेपाल कम्युनिस्ट पाटिका संस्थापक र धरोहर जो हुन उनी तर आज कतिपय नेताहरुले उनको त्याग तपस्यालाई नबुझेर गलत ढङ्गले पाटिलाई अघि बढाएको देख्दा पो दुख लाग्छ । एकछिन अढिए ती महान आत्माको सालिक अगाडि अनि मनदेखी श्रद्धाञ्जली अर्पण गरे। त्यसपछि म र अन्टि फूपू घर गई खाएर हामी अन्टिको कोठा भृकुटी नगर तिर लागेयौ। नाइट बसको थकानले होला शरीर साह्रै गलेको थियो ।कोठामा पुगेर नुवाई धुवाई गरेर आराम गरेपछि हामी साझ तिर रुपडिया बजार तिर लागेयौ । रुपडिया बजार जो नेपाल इन्डियाको सिमाना बजार हो।भन्नलाई इन्डिया बजार भने पनि यहाँ नेपालीहरुले नै धेरै किनमेल गरेको धेरै देखीन्छ।पश्चिम् नेपालतिरका सारा मान्छेले किनमेल गर्ने ठाउँ हो रुपडिया बजार जहाँको मोल भाउ हाम्रोभन्दा सस्तो हुने र सबै किसिममा सामानाहरु पाउने भएकाले होला यो बजार निकै लोकप्रिय छ।त्यसैले पनि घरको लागि सरसामान किन्न म र अन्टि रुपडिया बजारतिर लागेयौ।रुपडिया जति सस्तो र सर्बसुलभ छ त्यति नै फोहोर, अव्यवस्थित र अस्तब्यस्त पनि छ। गाडीहरूको जहाँ त्यही पार्किङले गर्दा होला अन्टिले स्कुटी पनि लडाउनु भयो धन्न चोट सामान्य लागेर मात्र।रुपडिया बजारको किनबेल सकेर हामी नेपालगन्ज बजार घुम्न निस्केयौ। सबैभन्दा पहिला त हामी त्रिभुवन चोक गयौ जुन नेपालगन्जको मध्यचोक हो।जहाँको पानीपुरी र चाट धेरै फेमस रहेछ।हामिले पनि पानीपुरी र चाटको मज्जा उठायौ साच्चै जिब्रोमा झुन्डिने स्वाद रहेछ पछिसम्स पनि जिब्रोमा झुन्डिरहयो सोचे अर्कोपटक आएछ भने फेरि त्यो स्वादको मज्जा लुट्नु पर्ला। 

अस्ताउदै गरेको सुर्य अनि झिलिमिली बत्तिको घुम्टो ओढेको साझको नेपालगन्ज साच्चै साह्रै रमाइलो र मनमोहक हुदोरहेछ मलाई पनि साह्रै रमाइलो र सुन्दर लाग्यो।

जसै साझ पर्यो लाग्यो नेपालगन्ज एउटा सुन्दर युबकमा परिणत भएको छ र मेरो हात समाएर घरी त्रिभुवन चोक त घरी पुष्पलाल चोक घरी नर्सिङ होम तिर त घरि भेरी अस्पताल वरिपरि घरी नेपालगन्जको मेन बजार घुमाउन लैजादै छ। उफ! नेपालगन्जको यो रुपसंग म साह्रै लालायित भए र उसैमा समाउन थाले।नेपालगन्ज बिहानिको कलिलो घाममा सुन्दर र कोमोल फुल झै मौलाउथ्यो  अनि दिनको घाममा छाता बनेर ओत दिन्थ्यो र  साझमा प्रेमी बनेर यहाँका सुन्दर नगरी घुमाउन लैजान्थ्यो।पानीपुरी र चाट खादा होस या रुपडिया बजार घुम्दा होस एउटा कुशल र मायालु प्रेमिले झै मलाई साथ दिरह्यो मलाई माया गरिरहयो मेरो किएर गरिरह्यो।आफ्नो आचँलमा समेटी रह्यो आफुमा मलाई समाई रहयो।

यहाँ मैले नेपालगन्जको कुरुपता नदेखिकी हैन।तर नेपालगन्जको मासुमियतका अगाडि भुले मैले त्यो कुरुपता।जस्तै म त्यो कुरुपतासंग साक्षतकार हुन्थ्ये नेपालगन्ज मेरो अगाडि निर्दोष बालक झै उभिन्थ्यो र भन्थ्यो प्यारी यो कुरुपता तिम्रो लागि हैन तिमि जस्ताको लागि हैन यी त तिनका लागि हो जसले मेरो महत्वलाई बुझ्दैनन् मलाई माया गर्दैनन् ।ममा कुरुपता मात्र बर्षाउछन् मेरो खिल्लि उढाउछन्।केबल मलाइ प्रयोग गर्छन् । मलाई दुर्गन्ध र फोहोरी बनाउछन्।मलाई त तिमी जस्तै मलाई माया गर्ने मायालुहरुको खाँचो म मेरो गर्भबाट तिमी जस्तै छोरी जमाउन चाहन्छु जोसंग असिमित माया छ ।तर मेरो गर्भलाई कति पटक यहाँका कुरुप मानिहरुले तुहाइ दिएका छन् तिमि कल्पना सम्म गर्न सक्दिनौ र म बताउन पनि सक्दिन।नेपालगन्जको यस्तो बिलौना सुनेर र सत्यसंग अबगत भए पछि म कसरी उसलाई घृणा गर्न सक्थेर कसरी उसलाई माया नगरी बस्न सक्थेर अह सकिन मैले उसलाई माया नगरि बस्न।बस त्यति थोरै समयमा पनि नेपालगन्ज ममा सबथोक बनेर छायो एकपल अभिभावक बनेर, एकपल साथी अनि एकपल सुन्दर प्रेमी बनेर सब सब थोक बनेर  नेपालगन्जले ओठमा दिएको मिठो चुम्बन, हात समाएर घुमाएको सारा शहर अनि आफ्नो न्यानो अंगालोमा मलाई बेरेर पुरै रात मसंग गुजारेको क्षण म कसरि बिर्सन सकुला र खै !

जुनताराको घुम्टोभीत्र सजाई दुलही बनाएर आफ्नो संसारमा मलाई सजाएको, आफ्ना तितामिठा क्षण मसँग साटेको मेरो काखमा शिर राखेर आँसु झार्दै मेरा सारा खुशी तिमिलाई अनि तिम्रा सारा दुख मलाई भनेको क्षण साच्चै म कति भाबुक भएकी थिए।

थोरै समयमा नेपालगन्ज तिमिसंग धेरै पल बिते, धेरै कुरा साटिए तर जसै तिमिले उसको बारेमा सोधेयौ सबथोक राम्रो भएको खबर जान्न चाहेयौ तब पो  म झस्के, अचम्मित भए तिमिले कसरी थाहा पायौ भनेर, कति सोध्दा पनि अह तिमीले मलाई केही बताएनौ बस यत्ती बनेयौ उ तिम्रो लागि ठिक छ।तिमी उ माथि बिश्वास गर्न सक्छेयौ।एकपल त मानौ म कतै रोकिए तिम्रो कुराले तर जब तिमिले उ माथी बिश्वास गर्न सक्छौ भनेयौ कताकता उसको सम्झनाले अङ्गाल्यो, उसको तिर्सनाले सतायो र ढुक्क पनि बनायो एउटा प्रस्न जसले अट्काइरहयो थियो आज पार लागे जस्तो भयो।

प्यारो नेपालगन्ज अझै तिमिसंग समय बिताउन पुगेकै थिएन तर मेरा दिनहरु सकिदै छन् मैले मेरो गाउँ जानू छ त्यसैले तिमिसंग फेरि यि पल साट्न यस्तै मीठो र प्यारो समय बिताउन म फेरि आउनेछु। प्यारो नेपालगन्ज तिम्रो माया म मनभरि लिइएर जादैछु तिमी मेरो माया नमार्नु है ............


Sunday, November 18, 2018

तिहार


तिहार
मखमलि मालामा माया र प्रेम उनिने अनि भैलिको आशिसले जीवन फल्ने पर्व हो तिहार,

आगनभरि फिजाएर चामलको पिठोमा मोसिएको घ्यू र चिनिले बनेको सेल रोटि जस्तै मिठास हो तिहार,

कुकुर देखि गाई सम्म अनि लक्ष्मिदेखी गोबर्धन पर्बतसम्म सबैको पुजा हुने सम्मानित पर्व हो तिहार,

सप्तरंगि टिका भाइको निधारमा सजाएर
ओखरमा सम्म बाधा फोर्ने पर्ब हो तिहार,

बहिनी यमुना र दाइ यमराजको जस्तै भाइ बहिनी बिचको मीठो साइनो अनि अजम्बरी नाताको साक्षी हो तिहार !!

ओ प्रेमी


आज तिम्रो नाममा बन्द खाम पठाउदै छु
प्रेमि,
यो तिम्रि त्यहि प्रेमिकाको बन्द खाम हो,
जसले तिमिलाई कहिल्यै प्रेमी मानिन,

तिमिले हरफमा मागेको प्रेमको गहिराईलाई बुझिन,
तिमिले शब्दमा बया गरेको प्रेम भित्रको जिन्दगीलाई बुझिन,

ओ प्रेमी !
मलाई यतिबेला तिमि माफ गरिदिदेउ है, 
जब म तिमि र तिम्रो प्रेमबाट टाढा भए 
त्यसपछि पो म प्रेमको गरिराईमा डुब्दैछु,
प्रेमको अभावमा छट्पट्याउदै छु,
तिमिलाई बुझ्दै छु,
अझ प्रेम बुझ्दै छु,

किनकी मैले यतिबेला आएर जाने
छुटेर जानेहरु नै यादमा बढी आउरहेछन्,
घृणा गरेकाहरु नै अन्तत प्रीय बन्ने रहेछन्
उनिहरु नै जिबनको मीठो गीत हुदांँ रहेछन्,
अनि संसार कै सुन्दर प्रीत हुदांँ रहेछन्,

त्यसैले आज म कहि न कहि
तिम्रै प्रेमको आदर्शमा तिमिलाई नै गुरु मानेर
तिम्रै प्रेमको बाटो पछ्याइरहेकी छु
ओ प्रेमी !!

Saturday, October 20, 2018

शुभकामना बालदिबसको


ए ! मेरा साना साना नानिहरु
बगैंचाका रंगिचङ्गी कोपिलाहरु 
फुल्नु छ तिमि जगमगाएर
र छर्नुछ देशमा मीठो सुबास,

तिमी आशा हौ तिमी भरोसा हौ
हाम्रो बिश्वास पनि तिमि हौ
तिमी नै दिनलाई उज्यालो बनाउने
बिहानिको सुनौलो किरण हौ,

तिमिले जितेको हेर्न लालायित
छन् हाम्रा नजरहरु किनकि तिम्रो
जित भन्नू हाम्रो जित हो, राष्ट्रको
जित हो अनि मानब संसारको जित हो,

तिमि त्यो थोपा हौ जो सागर बन्छ
तिमि त्यो आभा हौ जो ज्वाला बन्छ 
तिमी त्यो दियो हौ जसले अध्यारोलाई 
चिरेर नयाँ बिहानि ल्याउछ !!
तिमिहरु सबैलाई बालदिबसको शुभकामना !!

तिमिसंग


तिमिसंग
कति ढुक्क छु म
तिमिसंगको भबिस्यसंग 
अझ भनै अनिश्चित भबिस्यसंग,


जहाँ कुनै आशा छैनन् 
अपेक्षा छैनन् 
न त कुनै प्रतीक्षा नै छ,


मात्र आनन्द छ
तिमिसंग केहिपल हुनुको,
मज्जा छ
तिमिसंग केहिपल जिउनुको,


प्रत्येक पलमा आनन्द छ 
प्रत्येक पलमा सुकुन छ,



न छट्पटी,न त्रास न शंका
अह केही छैन
छ त केवल जताततै प्रेम नै प्रेम,


यस्तो प्रेम सायदैले पाउछन् 
अनि सायदैले रोज्छ्न्
तर म खुशी छु उन्माद खुशी किनकि 
म मेरो प्रेममा स्वतन्त्र छु,


तिमिसंगका पलमा आनन्दीत छु
प्रेमिल छु र ठूलो कुरा मात्र म प्रेमिका छु !!




Saturday, October 13, 2018

दशै

दशै
आमाको प्रतीक्षाको पुर्णता हो दशै
गाँउको रमझम हो दशै
आफ्नालाई आफ्नैले स्वागत
गर्ने अबसर हो दशै,

उत्साह हो दशै
उमंग हो दशै
खुशिको रंग हो दशै,

खुशिका आँसु आखाभरी छल्काए र
ओठभरी मुस्कान लिएर
अनि सारा दुखहरु अकातिर
पन्छाएर आफ्नालाई अंगालोमा
बेर्ने मीठो पल हो दसै,

न धनि,न गरिब, न ठूलो न सानो
अह कसैलाई भेदभाव नगरी
सबैका लागि बराबरी खुशी र आशिष
बोकेर आउने पर्व हो दशै,

त्यसैले त सबैको प्यारो छ दसै
सबैको आखाको नानिमा बसेको छ दशै
सबैको खुशीको कारण बनेको छ दशै
साच्चै साह्रै महान छ दशै
सम्पुर्ण नेपाल र नेपालीको प्यारो दशै ।

दुखी काठमाडौ


दुखी काठमाडौ 

सधै सबै म मा समाउछ्न्
रमाउछन्,
नतमस्तक हुन्छन्
भनेर गर्व गर्ने काठमाडौ
साच्चै कति एक्लो हुन्छ
दशै आउदा,

जसरि झोलामा खुशी बोकेर
उमंग र उत्साह बोकेर बाहिरिन्छन
मान्छेहरु काठमाडौबाट
अह त्यो उत्साह त्यो उमंग
काठमाडौले कहिल्यै पाएन
आफ्नोलागि,

सबथोक भएर पनि कति अभागी छ
काठमाडौ,कति बेखुसी अनि कती लाचार छ काठमाडौ,
सधै काठमाडौसंग सुख दुख
साट्नेहरु आफ्नो सबैभन्दा ठूलो खुशी कहिल्यै काठमाडौसंग साट्दैनन्,

उसलाई आफ्नो ठान्दैनन्,
यस्तोबेला साच्चै काठमाडौ साह्रै माया लागेर आउँछ तिम्रो !!

Tuesday, October 9, 2018

स्वरा



शनिबारको दिन हप्ताको एकदिन छुट्टीको दिन साच्चै भन्नुपर्दा त्यस दिन सबैका धेरै काम हुन्छन् परिवार भएका हरुलाई परिवारका मान्छेलाई समय दिने समय बिताउने,छोराछोरीसंग खेल्ने घुम्ने भर्खरका युवायुवतीलाई लाई डेटिङ जाने देखि लिएर घर सफा गर्ने,फोहोर मैला कपडा धुने यस्तै यस्तै ...
तर म रुम लिएर एउटा कोठामा सिमित भएकी केटिका लागि यी कुराहरु कुनै महत्व थिएनन् मेरालागि शनिबार र अरु बार केही फरक हुदैन सबै उस्तै उस्तै त्यहि शनिबार कलेज जानु पर्दैन भन्ने मात्र हो।

आजभोलि काठमाडौमा प्रत्येक शनिबार जसो एउटा न एउटा पुस्तकको बिमोचन भइरहेको हुन्छन् त्यसैले सोचे दिनभरी रुममा फेसबुक र अनलाइनमा झुन्डिनु भन्दा बरु त्यतै जान्छु।त्यसैले बिहानिको खाना खाएर म प्रज्ञा भबनको डबली तिर लागे .. शनिबार भएर होला मान्छेहरुको उपस्तिथि राम्रै थियो।नाम चलेका लेखकको पुस्तक बिमोचन हुँदै थियो भन्ने कुरा यहाँ आएका नाम चलेका लेखक र पत्रकारको उपस्तिथिले प्रष्ट पार्थ्यो ।
त्यही रमझममा घुम्दा घुम्दै आज सात बजे स्वराको युसएको फलाइट छ भन्ने कुरा भुसुक्कै बिर्सेछु।स्वराको ममिले फोन गरेपछि पो झसङ्ग भए।अनि फोन राख्दै भने अन्टि म आउदै छु।अनि बसपार्क आएर एर्पोटको गाडी चडे।  

सम्झे दुई बर्ष अगाडिको स्वरासंग भएको भेटे सायद मेरो क्लास जोइन गर्ने त्यो सिजनको अन्तिम बिध्यार्थी थिइ उ। र कलास सुरु भएको केही समयपछि मत्रा कलास आएकी थिइ यसै पनि  हप्ताको एक दिन त  हुन्थ्यो मेरो कलास। सानि फुच्ची केटि गहुगोरो बर्णकि अनि आँखामा चस्मा लाएकी ओहो! हेर्दा बाहुनी हो जस्तो लागेकै थिएन हिस्स परेनि परि जस्तै लाग्ने।

उसले कलास अरुभन्दा पछाडी जोइन गरेपनि कलासकी रेगुलर बिध्यार्थी उ कडा मिहिनेत,लगनशीलता र निरन्तरता उसको पढाइमा देखिन्थ्यो।हासिरहने मानौ पिडा के हो दुख के हो के थाहा छैन जस्तो, मिठो हासो मिजासिलो बानि साच्चै यस्तो संसार बाट आएकि जस्ति देखिन्थि कि जहाँ मात्र जिबनको सुखको रंग छ,खुशिको रंग छ।

मैले सबै बिध्यार्थीलाई मलाई मिस हैन दिदी भन्न सिकाएको थिए किनकि म उनीहरुको नजिक हुन चाहन्थे साथी बन्न चाहन्थे र उनिहरुलाई सकेजती सिकाउन र बुझाउन खोज्थे।सायद यहि सम्बन्धको प्रभावले होला बिस्तारै बिस्तारै स्वरा मसंग धेरै घुलमिल हुन थालिके थिइ खुल्न थाली।सामान्य घटना हरेक मान्छेका जिबनमा घटिरहेका हुन्छन्।त्यसै मैले कसैमाथि पनि त्यति ध्यान दिन तर एकदिन कलासमा स्वरा न आएपछि उसका साथिहरु बाट मैले उ बिरामी भएको कुरा थाहा पाए ।र स्वराको मिल्ने साथि रितासंग म स्वराको घर गए।सानो गल्लीनै गल्लिको बाटो हुँदै गरेर भित्र पट्टीको सानो घरमा कुचुक्क परेको सानो कोठा।अनि यत्रतत्र छरिएका सामान जहाँ दुई वटा उस्तै उमेरका देखिने सानि नानिहरु, दुई जना अदबैसे उमेरका महिलाहरु अनि बिरामि स्वरा जो बेडमा सुतिरहेकि थिइ।रिताले स्वरालाई म आएको जानकारि दिदै र आफुलाई ढिला भएको भन्दै गइहालिन् । स्वरा बिस्तारै बेडबाट उठेर एकजना महिला तर्फ देखाउदै भनि उहाँ मेरो ममि ।मैले स्वराको ममिलाई नमस्कार गरेर औपचारिकता पुरा गरे ।स्वराको हालचाल बुझे पछि मैले अर्कि आइमाइको बारेमा सोधे उसले भनि मेरो अर्को ममि मत्लब सौतेलि ममि।म एकछिन त निशब्द भए अनि ए भनेर कुरा सके।

त्यहा बस्दै गर्दा स्वराको ममिसंग कुरा गरे साह्रै मजाकि हुनुहुदोरहेछ।एकदुई पटकको भेट पछि मैले के हो कसो हो भनेर उहाँसगं सोध्दा उहाँले यसरि बताउनु भयो आफ्नो कथा.....

सानो छदा एकजना मान्छेसंग काठमाडै आए।उसैको घरमा बसे र काम गर्दै पढ्न थाले। समयसंगै समयले ममा जवानि भर्दै गयो र एक दिन स्वराको बाबासंग भेट भयो।बिस्तारै मन मिल्दै गएपछि हामिले बिहे गरेयै।एउटा छोरा एउटा छोरि सानो परिवार थियो राम्रोसंग घरगृस्थी चरिरहेको थियो।एकदिन समयले यस्तो आधि आयो जसले मेरो सबथोक लुटेर लग्यो। मेरो श्रीमनले मेरै बहिनिलाई मेरि सौताको रुपमा मेरै घरमा भित्रायो म त्यो दृश्य देखेर स्तब्ध भए के भइरहेको छ टुङ्गो लाउन सकिन बस यहि सोच्न थाले कि ममा के कमि थियो र उसले यसरि अर्कि आइमाइ ल्याउनु पर्यो त्यो पनि मेरै बहिनि सायद अरु भए पनि म मन बुझाउथे होला अह सकिन मन बुझाउन र मन बुझाउने ठाउँ पनि कहि थिएन।मैले मर्छु भनेर पमि नसोचेकि हैन तर स्वरा र समिरको अनुहार झलझलि अगाडि आयो अनि मर्न पनि सकिन।त्यसपछि सुरु मेरो भए अझ संघर्षको दिन।

काठमाडौको ठाउँ लोग्नेले छोडेकी आइमाई अनि समाजले हेर्ने नजर घरकाले गर्ने ब्यवहार साच्चै त्यसपछि जिन्दगी साह्रै कठोर बनिदियो मेरो लागि।मैले त न्याय माग्ने ठाउँ पनि कतै थिएन अदालत त जाउ भने यसैमा केहि कमि थियो त्यसैले त आफ्नै बहिनि ल्यायो अरु ल्याएको भए झन कस्तो गर्थि होला मिले बसे भएगयो भन्नेको जमात धेरै एउटै घरभित्र बस्न गाह्रो ।तर पनि आफ्नै घर छोड्न मन लागेन बसे।र बाच्न थाले छोराछोरिकालागि र यिनैका लागि फेरि संघर्ष गर्न थाले अरुको घरमा काम गरेर यिनिहरुको पालनपालन गर्न थाले अब मेरा सबैथोक भनेका मेरा छोराछोरि हुन।

जब अन्टिको कुरा सुने अन्टिको कुराले मेरो मन मस्तिष्क हल्लाएको ओहो! आत्तिए म एकछिन त यस्तो कुरा त मेरो कल्पना भन्दा पनि बाहिरको कुरा थियो र हो।र यति धेरै मानसिक तनाब सहनु पर्दा पनि सानि मान्छेले जिन्दगिको यस्तो कुरुपतासंग सामना गर्नुपर्दा पनि मैले कहिल्यै स्वरालाई पिडाको गहिराई बाट भर्खर निस्किएकि जस्ति देखीन, साथिसंग खेल्ने चाहना,दिल खोलेर हास्ने रहर कतै बिर्सेकी छ जस्तो पाईन जहिले देखे ओठमा मुस्कान र आफुमा आत्मबिस्वासका साथ अघि बढेकि पाए सायद यहि कुराले नै उसले जिन्दगिमा सफलता हासिल गर्नेछे।

अभाव दुख एकातिर छ तर आफ्नैको धोका आफ्नैको फरेब ओहो कसरि सहन्छ मान्छेले ।अभाबकै कुरा गर्यौ भने त मैले पनि भोगेकी छु अभाब काठमाडौको बसाईमा, अझ म त भन्छु यो काठमाडौमा अभाव नभोग्ने को होला संघर्ष नगर्नेको होला।तर आफ्नैको बिस्वास घात सहेर बाच्न त ठुलै हिम्मत चाहिन्छ र अन्टिको त्यो हिम्मत र संघर्षलाई मनै देखि सलाम गर्न मन लाग्यो र गरे।

आज उनै हिम्मतिलि र संघर्षशिल आमाकी छोरी केही दिनलाई भएपनी नेपाल देखि अमेरिका सम्मको यात्रा तय गर्दै थिइ आफ्नो सपना तर्फ पहिलो र ठूलो उडान भर्दैथी जसलाई बिदाई गर्न म आफै एर्पोट जाँदै थिए यस्तै सोच्दासोच्दै कतिबेला एर्पोट आइसके छ कन्डक्टरले एर्पोट झर्नेहरु आउनुहोस् भने पछि पो झस्किए र गाडिबाट ओर्लि एर्पोटतिर लागे र स्वरालाई बिदा गर्दै गर्दा भने स्वरा यो तिम्रो सपनाको उडानको पहिलो सुरुवात हो अन्तिम हैन यस्ता उडान अझ तिमिले धेरै भर्नु छ जसि कालागतिमी तयार हौ र यो यात्रा राम्रोसगं पुरा गर.......।
र म सरासर आफ्नो रुम तिर लागे।

Monday, October 1, 2018

शंका

बगैंचामा फक्राउने सपना देखेर
बोटहरुले जन्माएका थिए 
कयौं कोपिलाहरु
र देखेका थिए सुन्दर सपना 
फूल भएर फुल्ने र देउताको मन्दिरमा चढ्ने !

तर कहाँ जान्दथे बोटहरु
समय कति अप्रीय हुदैंँछ भनेर
वसन्त कति थला पर्दैछ भनेर !

महसुस गर्दै छु !
रङ्गिचङ्गि बगैचामा पापी नजर लगाउदैछन्
दुष्ट प्यासी भमराहरु
कोपिलाका दुश्मनहरु जसले उनीहरुलाई फुल्नै दिएनन्!

निर्दोष बोटहरु
चिच्याइरहे कोपिलाको जीवन रक्षाको लागि !

आफ्ना कोपिलाको निर्मम हालात देखेर
बोटहरुले प्रण लिए झै लाग्छ
अब उनिहरु कहिल्यै कोपिला जन्माउने छैनन् 
कोपिलालाई फूल बनाएर फुलाउने छैनन् !

त्यसैले त आजभोलि म हरेक बोटहरु नाङ्गो देखिरहेकि छु, 
हरेक कोपिलामा उत्साह मरे झै भेटिरहेकी छु !

के समयको यस्तो कुरुपतालाई आत्मसात गरेर 
फेरि बोटहरुले कोपिला जन्माउलान्त शंका लाग्छ मलाई ?

Sunday, September 23, 2018

प्रीय सुफि



प्रीय सुफि
नेपालि साहित्य जगतमा सुबिन भट्टराई चर्चित नाम हो।यसभन्दा अगाडि नेपालि पाठकमाझ समर लभ,साया र मनसुन जस्ता चर्चित उपन्यास पस्किसकेका लेखक सुबिन भट्टराई यो पटक प्रिय सुफि लिएर हामि माझ आईसकेका छन्।सधै लभ स्टोरि पस्किने सुबिन भट्टराई यो पटक भने बिल्कुल नयाँ कथाका साथ आएका छन् जसलाई पढेर म रुदारुदै हासेकि छु,पिडाको गहिराईमा डुबेर पार लागेको जस्ति भएकि छु।उनका पहिलाका उपन्यास पढ्नेहरुलाई यो बिल्कुल फरक र मज्जा लाग्नेछ ।कथा शैलि,बिम्बात्मत र प्रतिकात्मक भाषा,प्रेमको अपुर्व फ्रेम वाह! कति सुन्दर कति आकर्षक अनि कति रोमान्चक ...।

वीरगन्जबाट काठमाडौका लागि हिडेको सुमो अमलेखगन्जको जङ्गलको हाइवेको किनारामा लागेर रोकिन्छ।र सुमो बिग्रेको कुरा थाहा हुन्छ।उ बल्बतल्ल नटवर्क मिलाइर फोनमा सुमो बिग्रेको र अर्को गाडिको ब्यवस्था गरिदिन भनेर फोन राख्छे। एकछिनमा एउटा स्कर्पियो आउछ।ऊ सुमोको ड्राइभरलाई गइ भन्दै झोला बोकेर स्कर्पियो चढ्छे।स्कर्पियोभित्रमा बा आमा छोरा र ड्राइभर गरेर जम्मा चार जना हुन्छन् उनिहरुसँग कुरा गर्ने क्रममा उसले थाहा पाउछेकि उनिहरुको छोरा कुनै केटिको प्रेममा परि सुसाइड गर्न खोजेको कुरा। त्यसैले उसले भन्छे बाटो लामो छ म एउटा कथा भन्छु सुन्नु हुन्छ।पहिला त उनिहरु चासो देखाउदैन् तर उसले यसले हजुरको छोरा जिबन पनि परिबर्तन गर्न सक्छ भनेपछि उनिहरु उसको कथा सुन्न इछुक्क देखिन्छ र उसले कथा सुनाउन सुरु गर्छे ।

सदा क्षेत्री जसले अनगिन्ती रहर र सपना बोकेकी थिइ र त्रिचन्द्र कलेजमा माइक्रोबायोलोजिको मास्टर्स पहिलो सेमेस्टरमा पढ्दै थिई।जसमा प्रेमको पालुवा भर्खरै पलाएको र हुर्किदै थियो।जसलाई उसलाई मनदेखी माया गरेकि थिइ मन पराइकि थिई उसैले उसलाई फोन नम्बर देखि कफिसम्म अफर गर्छ ।जहाँ उसलाई भाउ खान मनपर्छ उसलाई सताउन मन लाग्छ र उसको आफुप्रतिको प्रेम देखेर रमाउन मन लाग्छ ।अचम्म र खुशी त उ तब हुन्छे जब उसले माया गरेको मान्छे अर्थात सार्थक केसि जसले उसलाई प्रेम प्रस्ताव राख्छ र आफ्नो प्रेमको हरेक परिक्षामा पास हुन जुनसुकै कसौटी पनि पार गर्न तयार हुन्छ चाहे एक महिनामा चुरोट छोड्ने होस,चाहे तौल घटाउने होस अनि चाहे कलेजमा टप फाइप पर्नलाई गरेको मिहेनतमा होस।अनन्त उ आफ्नो प्रेमको परिक्षामा पास भइ छाड्छ र सदालाई सदाको निम्ति पाउछ।

प्रेमको शिखर चढ्दै गरेकी सदालाई हरेक कुरा मन पर्न थाल्छ, पानीसंग खेल्नु, फुलसंग कुरा गर्नु साथीहरूसंग जिस्कनु उसलाई प्यारो लाग्छ उ प्रेमलाई खुलेर जिउन चाहन्छे, प्रेममा प्रेमिल भएर बाच्न चाहन्छे ।

तर बिडम्बना उ उन्माद बैस र प्रेमको संसारमा चुर्लुम्म डुबेको बेला बाथरोगले थला पर्छे। सार्थकको प्रेम जसकाले उसलाई बाच्ने हिम्मत दिएको हुन्छ त्यो पनि उ टाढा हुन्छ।उसका हरेक खुशिहरु, रहरहरु टाढा टाढा हुँदै जान्छन्।उ बाथरोगले यतिसम्म घल्छे कि उ आफै टुवाइलेट सम्म पनि जान नसक्ने हुन्छे।उसलाई आफ्नै जिन्दगी नै ठूलो बोझ लाग्न थाल्छ।उ आफ्नी आमालाई खुब सम्झिन्छे।उसकी आमा उ र उसकि बहिनि सुफि सानै हुदा मरेकी हुन्छिन्।अनि सुफि उ भन्दा राम्री, तेज र समझदार हुन्छे जसको डाहा सदालाई सदा लागिरहेको हुन्छ।उसले बहिनिलाई कहिल्यै माया गरिन जहिले तर्किरही, टाढा भइरहि, दुरि बनाइ रहि तर अहिले आएर उनीहरुको सम्बन्ध सुधार हुन्छ र एकअर्काका अन्तरङ्ग बन्दछन् उ सुफिमा आमा पाउछे,ब हिनी पाउछे, साथी पाउछे सब सब थोक पाउछे ।

उसको बिरामले बर्ष दिन काटिसको हुन्छ तर उसलाई थोरै पनि ठिक भएको हुदैन यसैबीच सुफिको बिहे हुन्छ सार्थकले छोडेर जान्छ र उसले जिन्दगीलाई सदा सदाकाको लागि अलबिदा भन्ने फौसला गर्छे ।उसले आफुले सुफिप्रती गरेको नराम्रो ब्यवहारको माफी माग्दै सुफिलाई चिट्ठी लेख्छे।जिबनमा भएका राम्रा नराम्रा सबैको कुराको सम्झना गर्छे र भएभरको औषधि जम्मा पारेर खाएर मर्ने निर्णय गर्छे।जब औषधि खान लागेकी हुन्छे तब उसलाई एक्कासि जिन्दगीको प्रतिको मोह बढेर आउछ, बाच्ने हजार कारण भेटाउछे र जिन्दगीलाई चुनौती दिएर बाच्ने प्रणका साथ उसको नयाँ उज्यालो हुन्छ।रातका सबै कुरा बाबालाई बताउछे बाबुछोरी अङ्गालो मारेर रुन्छन् अनि उसले बाबालाई अर्को र्युम्याटोलोजिस्ट डा.अरुण गुप्ता लाई देखाउने भनेर अपोइन्मेट लिन लगाउछे।बाबू छोरी हस्पिटल जान्छन्।डाक्टरले नयाँ औषधि दिन्छन्।रोगको नयाँ नाम बताउछन् बिराम ठिक हुनेमा बिस्वस्त पार्छन् डाक्टरले भने झै सदामा रोगले निको हुने तरखर गर्छ उ रोगलाई मनोबलले जित्दै जान्छे जसमा सुफिले धेरै साथ दिन्छे। सदा बिस्तारै ठिक हुँदै जान्छे।उसको पढाई दुई बर्ष लस भएको हुन्छ फेरि इन्ट्रान्स दिन्छे र कलेज जोइन गर्छे ।उसले आफ्ना सबैकुरा डायरीमा लेखिकेकि हुन्छे जसलाई सुफिले पढिसकेपछि छाप्न्र सल्लाह दिन्छे अनेकौं कोशिश पछि उसको बुक छापिन्छ र बेस्टसेलरको लिस्टमा पर्छ ।

उ चर्चामा आउछे। उसको अनुभव र साहस सेयर गर्न धेरै मानिसहरू उसलाई आफ्नो कलेज स्कुलमा बोलाउछन् ।यसै क्रममा एकदिन सार्थक भेटिन्छ उसले नै सार्थक लाई बोलाउछे कुरा गर्छन् र छुट्टनेबेलामा सार्थकले भन्छ यो सब कसरि सदा अनि उसको जवाफ हुन्छ मानिसले केहि गर्न सक्दा कोशिश गर्छ मैले पनि त्यहि कोशिस गरे अनि सार्थकले सदासंग एउटा सेल्फी खिच्ने अनुमती माग्छ अनि सदा सार्थकलाई धन्यवाद भन्दै छुटिन्छे।सार्थक किन धन्यवाद पायो उसले सोच्दै बस्छ।सदा जिन्दगिलाई अझ जिउदै जान्छे र जिन्दगिलाई माया गर्दै जान्छे।यति हो सदाको कथा यति भनेर उसले कथाको बिट मारि।

स्कर्पियो बल्खु, कुलेश्वर हुदै त्रिपुरेश्ररमा साइड लाग्यो उ त्यहि ओर्लि र जाने बेलामा उसले गाडिमा भएका बा, आमा र छोरालाई किताब दिदै भनि यो किताब पढ्नु होला सायद यसले अलिकति भएपनि हजुरहरुलाई जिन्दगि जिउने प्रेरणा दिनेछ भनि उ आफ्नो बाटो लागि केटाका बाले उसको हातमा किताब लिए र किताबलाई ओल्टाइ पल्टाइ हेरे किताबको तल लेखकको नाम लेखिएको थियो सदा क्षेत्रि र यो कथा भन्ने सुफि नै थिइ उनिहरु एकछिन छक्क परे धेरै सवाल र जवाफका साथ केटाका बाले घरि किताब घरि सुफि गएको बाटो हेरे।गाडिको चालकले भन्यो अब जाउ सर उनि झसंग हुदै भने हुन्छ जाउ।

यस पुस्तकमा दुई बहिनिहरुको सम्बन्ध जहाँ उतारचढाबपछिको मिठो माया प्रेम,अनि सद्दभाब साथ र सहयोग देख्न पाइन्छ र संघर्षपछिको जिन्दगिको सुन्दर रंग जिउन पाइन्छ साच्चै भन्नुपर्दा प्रिय सुफि निकै नै प्रिय, सुन्दर र साहसले भरिएको छ।



Wednesday, September 19, 2018

फस्ट डेट ..


फस्ट डेट
आज शनिबार बिहान सबेरै उठे देखि नुवाइधुवा गर्नमा नै ब्यस्त छ शृजन।कहिल्यै यति छिटो नउठ्ने उ आजको उसको पारा देखेर छक्क छन् घरका सबै जना कसैले थाहा नपाउन भनेर उ बढा सावधानी पुर्बक आफ्ना कामहरु गरिरहेको छ।खाना खाइवरी उ कोठामा जान्छ र तयार हुन थाल्छ नयाँ पेन्ट,नयाँ टिसर्टका साथ कपाल पनि बढो मेहनतका साथ मिलाउछ थोरै गोरो हुने क्रीम पनि दल्छ अनि ऐनामा हेर्छ।आफुलाई कुनै हिरो भन्दा कम लाग्दैन उसलाई उ....।

सुजाता जोसंग उ आज भेट्न जादैछ।उनिहरु पहिले त राम्रा साथी थिए तर साथिको सिलसिला कहिले प्रेम बदलिसकेछ उसलाई थाहा नै भएन।भन्ने हो भने उ सुजातालाई एकहद सम्म चाहन थालेको थियो र उसका मनमा मच्चिएका हलचलबारे सुजाता पनि अबगत थिइ र उसले पनि ती हलचलहरुलाई हावा दिरहेकी थिइ ।खासमा भन्ने हो भने आज उ सुजातासंग फस्ट डेटका लागि मेहनत गरिरहेको हो। आज कोटेश्वर चोकमा बिहान एघार बजे भेट्ने भनेर हिजो उनिहरु छुट्टेका थिएका थिए।त्यसैले उसले सुजातालाई आफु घरबाट निस्किएको जानकारि दिइ उसलाई समयमा नै आउन भनि म्यासेज छोड्छ र आफु घरबाट निस्कन्छ।

कोटेश्वर चोकमा उ अलि अगाडि नै पुगेको हुन्छ। र उ सम्झन्छ थाल्छ..... देख्छ परबाट उसकी सुजाता रातो कुर्तामा सजिएर उसकै अगाडि आइरहेकि हुन्छे।आँखामा काजल, ओठमा कलेजी रंगको लिपिस्टिक, निधारमा कालो टीका आहा सुजाता कुनै अप्सरा भन्दा कम देखिएकी हुदैन।जब उससंग सुजाताका आँखा जुध्छन् सुजाता लजाएर निउरिन्छे।उसको यो लजालुपनामा उसलाई प्यार आउँछ अनि उ बिस्तारै उसको छेउ आएर बस्छे अनि उनिहरु काठमाडौ भन्दा पर धुलिखेल जान्छन् जहाँ उनिहरु एकअर्कालाई पुर्ण महसुस गर्न सकुन धुलिखेलको शितल हावा अनि हरियाली मौसमले उनिहरुलाई नै स्वागत गरेको महसुस हुन्छ।पर डाँडाँमा लालिगुँरास फुलिरहेको हुन्छ उसले त्यो गुराँस टपक्क टिपेर सुजाताको शिरमा शिउरिदिन्छ सुजाताले लाजले रातोपिरो हुन्छे, अनि उसले सुजाताको हात आफ्नो हातमा राखेत जीवन भरि साथ निभाउने बाचा गर्छ। पहिलो पल्ट सुजातालाई देख्दा उसका मनमा उठेका भाबनाहरु व्यक्त गर्छ।उसंग प्रेम भएको कुरा महसुस हुदाँ उ कति खुशी भएको थियो र सुजातालाई बताउन कति हतारिएको थियो सब सब कुरा उ सुजातालाई बताइ रहेको थियो अनि सुजाता पनि उसका कुरा मन्त्रमुक्ध भएर चुपचाप चुपचाप सुनिरहेकी थिई।

आज सुजातालाई आफ्ना सम्पुर्ण अनुभुती बताउने र उसका अनभुती जान्ने चाहाना तिब्र थियो उसमा। सुजाता कहिले पहिलो पल्ट खुशि भइ, त्यो खुशिको कारण के थियो, उसलाई के मन पर्छ, के मन पर्दैन, कहाँ घुम्न मन छ यस्ता हरेको कुरा सुजाताका बारेमा जान्न चाहन्थ्यो उ ताकी ती सवै खुशी सुजातालाई दिन सकोस् उ किनकि सुजाता नै उसले आफ्ना लागि चाहेको पहिलो खुशि थिई।जसको आहाटले उसलाई रोकेको हुन्छ।जसका शब्दहरुले उसको अन्तरहृदयलाई छोएको हुन्छ।जसको स्पर्शमा उसलाई जिन्दगी नै पाएको आभास हुन्छ।अलिपर पानीको धारामा सुजाता पानीसंग खेलिरहेकी हुन्छे। उ सोच्छ सुजाताको हृदय पनि यहि पानी जस्तै  कति निश्चल र कञ्चन छ।उ सुजातालाई चुम्न चाहान्छ, मानौ उ आफ्नो हो भन्ने मोहोर लगाउन चाहन्छ।

अनि सुजाता पनि त कहाँ कम छे र! न रुपको कमि, न गुणको कमि, मान्छे रिझाउन जाने कै छे, कहाँ कसलाई कस्तो आदार सम्मान गर्नुपर्छ केही सिकाउनु पर्दैन उसलाई तर बस यत्ति कुराको डर छ उसलाई कि कोहि उसलाई नतोडिदियोस्।कसैको ठूलो स्वर पनि सहन सक्दैन उसको हृदयले साह्रै नाजुक छे सुजाता ।

भेट्ने, कुरा गर्ने पहिला पनि नगरेको हैन उसले सुजातासंग तर आजको भेट आजको उसंगको समय साह्रै खास लागेको छ उसलाई । घरी फोटो खिच्नु, घरी पानीसंग खेल्नु अनि पारी फुलेका गुराँसमा जीवन खोज्नु र तिनैसंग हराउनु यस्तै छ आजको दिन र आज उसले अरु दिन भेटेकी सुजाता भन्दा भिन्न सुजाता देखिरहेको छ जो खुलेर बाचेकी छ, जसमा केटाकेटी जस्तो चन्चलपन छ, आमाको जस्तो माया गर्ने हृदय छ, साथी जस्तो आफ्नोपन छ अनि प्रेमिकाको जस्तो प्रेम यो भन्दा बढि के चाहाना हुन्छर एउटा केटालाई उसकी प्रेमिकाबाट ।

दिनले मध्यान्हको समय पार गरेर कतिबेला सन्ध्याको शुभारम्भ गरिसके छ उसलाई थाहा नै भएन । गुराँसको लाली, गुराँसको सिंदुर अनि गुराँस नै घुम्टोले सजिएकी सुजाता उसले सम्झ्यो आहा! कति राम्री उसकी दुलही सुजाता उ कल्पनामा नै हराउन थाल्यो एकछिन त। जब सुजाता पानीका थोपाहरुले उसलाई हिर्काउथिइ उ झसङ्ग हुन्थ्यो र सुरु हुन्थ्यो सुजातालाई पनि उसैगरी पानीले छ्याप्ने काम एकअर्कासंग यसरी उनिहरु पहिलो पल्ट समय बिताइरहेका थिए दुबैकोलागि यो नयाँ र रोमाञ्चक अनुभव थियो।दुबैको आँखामा एकअर्कासंग हुनुको खुशिको आन्नद देख्न सकिन्थ्यो।

उ यस्तै कुरा सोच्दै थियो आवाज आयो कता हराएको कति बोकाइसके उ झस्क्यो आवाज सुजाताको थियो अघि देखेका दृश्य त सब सपना पो रहेछन् उसले आफैसंग भन्यो एक नजर सुजातालाई हेर्यो साच्चै नै आफुले सोचेजस्तै सुजाता राम्री देखिएकी थिइ । भन्यो कति बेल लागाएकी अनि जिस्कायो यतिबेर लगाएको नतिजा त जस्ताको त्यस्तै छ  पाउडर लाइनौ कि क्या हो।एकछिन त खुब रिसाइ सुजाता अनि फेरि भन्यो अब राम्री देखियौ अनि एकाअर्कालाई जिस्काउदै कुरा गर्दै रिसाउदै,फकाउदै उनिहरु काठमाडौं बाहिर धुलिखेल तिर लागे आफ्नो फस्ट डेट इन्ज्योइ गर्न ........।


Thursday, September 13, 2018

बालदिबस


बालदिबस 
हात बेलुन लिएर 
साना साना नानिहरु दौडिरहेका थिए
म टाढाबाट हेरिरहेकि थिए 
रमाइ रहेकी थिए 
त्यो भिडलाई देखेर 
ती रमाएका नानिहरुलाई
देखेर,


त्यही पर कुनामा सानि नानी 
हातभरी पत्रीका बोकेर दौडिदै थिन
बिहानिको ताजा खबर ताजा खबर

म झस्के उनलाई देखेर 
एकछिन अघि सम्म मेरो ओठमा 
छाएको मुस्कान एकाएक हरायो र म 
ती सानी नानिको नजिक गए 

उनले मेरो हातमा पत्रीका राखिदिदै भनिन् 
दिदी दस रुपैया मात्र हो एउटा लिनोस्न्
म केही बोलिन चुपचाप चुपचाप उभिरहे

र सम्झे बाल अधिकारका सरोकारवालाहरुलाई, जिम्मेवार सरकारलाई जो बालश्रम मुक्त गर्न मरेर लागि परे झै गर्छ
सम्झे ती बाआमालाई जसले आफ्ना सन्तानलाई स्कुलको साटो काममा पठाउछन्


उनले फेरि भनिन् लिनोस्न दिदी 
म झस्के उनको आवाजले अनि मैले उनिसंग सबै पत्रीका लिए
उनि छक्क पर्दै भनिन् दिदी एउटा मात्र लिनोस्


मैले भने आज बालदिबस हो 
तिमी जस्ता साना साना नानिहरुको दिन हो,तिमी खेल पढ रमाउ 
उनका आखामा मैले हजारौं प्रस्न देखे 
जो एकदम मासुम थिए


अनि उनको हातमा एउटा कलम एउटा कपि र एउटा पुस्तक राखिदिदै भने अब तिमी प्रत्येक दिन मलाई यहाँ भेट  
उनको जवाफमा टाउको हल्लाइन


अनि मैले मनमनै सोचे तिमी उड्नु पर्छ र अब म सिकाउछु  तिमिलाई उड्न माथी माथिसम्म .......


Wednesday, September 12, 2018

ह्यापी तीज


ह्यापि तीज
हिन्दु नारिको महान पर्व तीजले हिन्दु नारिहरुलाई आफ्नो रंगमा रंङ्गाइ रहेछ, नारिहरु आफ्ना दुख पीडाहरुलाई एकातिर पन्छ्याएर हास्दै छन् र कति हास्ने कोसिस गर्दैछन्,सपनाहरूका पछाडि भागिरहदा आफ्नाहरु कहि पछाडि छुट्दारहेछन् आमा! साथिहरुले, मिठा खानेकुराले,राम्रा लुगाले परिवारको कमि, तिम्रो कमि पूरा नगर्ने रहेछन् .. एकातिर तीजको गीत बजिरहेको छ अनि अर्कोतिर शहर रातो हरियो भएर ढाकिरहेको छ ..साझ झिलिमिली बत्तिले सजिरहदा ..... सम्झे त्यो चिउरी फुलेको आगन,आमा तिम्रो स्वर,बहिनिहरुसंगको झगडा, भाइसंगको प्रेम, बाबासंगको जिद्दीपन .. अनि तीजकोलागी भनेर बनाएको तिम्रो हातको मिठो दर जस्को स्वाद म दुनियाँमा सायदै भेटुला अनि ति रमाइला पलहरु जुन आचलमा समेट्न मिल्ने भए म अहिल्यै आचल फुकालेर यसलाई आफ्नो वरिपरि सजाउने थिए र रमाउने थिए यिनिसँगै आमा! आफ्नाहरुसंग साटेको खुशिको महत्त्व नै छुट्टै हुन्छन् त्यसैले होला संसारले परिवारको आफ्नाहरुको स्थानलाई धेरै माथी राखेको।

यहाँ रमजम छ, मिठो भोजन छ तर त्यो रस छैन त्यो आफ्नोपन छैन अनि सबैभन्दा ठूलो कुरा त परिवार छैन तिमि छैनौ आमा।यस्तो लाग्छ यहाँ त तीज तीज हैन गहना र कपडाको प्रदर्शनि जस्तो लागिरहेको छ र यस्तो लाग्दै छ कि काठमाडौ यो चत्रीकला हरेर ब्याङ्ग्यात्मक हाँसो हाँसोरहेको छ ।

भन्छन् तीज हिन्दु धर्मावलम्बीहरूको एक महत्वपूर्ण पर्व हो।यो पर्व भाद्रशुक्ल पक्ष तृतीयाका दिनमा पर्दछ।धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भई महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् ।

हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि उनिले आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्।पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बसेकी र उनको व्रत पूर्ण भई महादेव पति पाएको दिन भाद्र शुक्ल तृतीयाको दिन थियो।त्यहाँदेखि नै हिन्दू नारीहरूले हरितालिका तीज मनाउदै आएको बिश्वाश गरिन्छ ।

तीजको महिमा एकातिर यस्तो छ अर्को तिर तीज समाजमा सद्भाव हैन बिकृतिको माध्यम बन्दै गईरहेको छ । ठुलालाई सम्मान र सानालाई माया गर्नु पर्छ यो कुरा त समाजमा आजका मान्छेहरुले आजका युवा पिडिले बिर्से झै लाग्छ।सबैजना अधिकारका कुरा गर्छन् पाउनकै लागि मरिमेट्छन् तर धर्मका नाममा बिकृती फैलिरहेको कुरा त यहाँ कसैलाई ख्याल नै छैन जसले मलाई एकदम दुखी बनाउन छ आमा।

जे थिए जस्ता थिए बरु तिनै दिन राम्रा थिए।एकअर्काप्रति माया प्रेम र स्नहे त थियो।सहयोगको भावना थियो संस्कार र धर्मप्रती निष्ठा र इमानदारीता थियो।न तीज नाच्नलाई आजभोलिका जस्ता गीत थिए न मियुजिक स्टम नै थियो तर पनि आज तिनै गित राम्रा लाग्छन्, ति नै भाका सम्झिन मन लाग्छ।जहाँ गितमा आफ्नै मौलिकपन पाइन्थ्यो चेलीबेटीका दुख पीडा समेटिएका हुन्थे।आमाको माया अनि माइतिको आगन स्वर्ग झै हुन्थ्यो टाढा टाढाका दिदिबहिनी जम्मा भएर स्वरमा स्वर भरेर आफ्ना खुशी साट्थे पीडा साट्थे र पलभरलाई भएपनि सबैथोक बिर्सेर रमाउथे, हास्थे, नाच्थे, गाउथे।आज त ती दिन, ती कुरा सब सब मिठा सपना जस्ता लाग्छन् आमा! शहर अनि यो समय किन यति धेरै क्रूर भएको होला बन्दै गएको होला सोच्दा पनि अचम लाग्छ।

अनि फेरि सोच्छु सायद समयको बदलाब यहि होला।जहाँ पुराना कुरालाई नयाँ कुराले बिस्थापित गर्दैछैन् तर भन्छन्नि समय घुम्छ र बिश्वास छ कुनै दिन समय घुम्दै घुम्दै फेरि त्यही ठाँउमा पुग्नेछ।समयसंगै चल्नुपर्छ भन्छन् सबैजना खुशी भइरहेको ठाँउमा एक दुई जना दुखी हुदैमा केही फरक पर्दैन त्यसैले पनि आमा यो तीजले यो रमझमले सबैको जिन्दगीमा खुशी ल्याउने छ,सबैको ओठ्को मीठो मुस्कान बन्ने छ र निर्मला र निर्मला जस्ता हजारै छोरिहरुले न्याय पाउनेछन् भन्ने विश्वासका साथ सबैलाई ढिलै भएपनी ह्यापि तीज....
 

Saturday, September 8, 2018

ह्यापि फादरस् डे बाबा


ह्यापि फादरस् डे बाबा

आमाको महिमा गाइरहदा
तिमी तिम्रो संघर्ष हाम्रा नजरबाट
ओझेल भयो यस्तो नसोच्नु  बाबा,

मलाई याद छ म बिरामी हुदा
औषधि खुवाने हात आमाका
भए पनि औषधिका निम्त
भागदौड गर्ने कदमहरु तिम्रा हुन्थे,

दुनियाँले आमालाई पृथ्वी भनेर
माने पनि,बाबा के पृथ्वी ब्रह्माण्ड
बाट अलग भएर आफ्नो अस्तित्व
निर्माण गर्न सक्छ र,

मलाई थाहा छ बाबा
आमा आँसु लुकाउन सक्दिनन्
तिमी आसु देखाउन सक्दैनौं
किनकि हामी जिन्दगीदेखि,
संघर्ष देखि, अनि हालत देखि
कम्जोर नपरौ भनेर हैन त बाबा,

म जान्दिन अर्थशास्त्र,न जान्दछु
संस्कृत नै बस मलाई यत्ती थाहा छ
बाबा मेरो सुन्दर भबिस्यको निम्ति
तिमिले नापेको जमीनको रिण 
चुकाउन सकु,मेरो पेट भर्न भोको रहेको 
तिम्रो पेटको हिसाब चुकाउन सकु,

बस यत्ती गर्न मन छ,समाजमा
तिमिलाई छोरिको बाबू हुनुको
गर्ब महसुस गराउनु सकु 
ह्यापि फादरस् डे बाबा !!

Tuesday, August 28, 2018

जवाफ..शुन्य


जवाफ..शुन्य
बिहान पाँच बजे उठ्यो हतार हतार तयार भयो अनि कलेज तिर लाग्यो। कलेज दस बजे छुट्टि हुन्छ अनि हतार हतार खाजा खायो अनि अफिसतिर दौड्यो बिहानिको खाना राम्रोसंग नखाएको त कति भयो उसैले बिर्सी सकि।अफिस पुग्यो किन ढिला? हाकिमको रेडिमेट प्रश्न अनि उसको पनि रेडिमेट जवाफ सर कलेजबाट खाजा खाएर निस्किदा निस्किदै ढिला भयोल ल! भोलि देखि छिटो आउनु हस् अनि दिनभर अफिसको काम प्राइभेट अफिस न पर्यो त्यसै त श्रम शोषण गर्न बसेकाहरु गोरु जोतिए झै जोतिर काम गरे पनि जस दिदैनन् घरी यो भएन, घरी त्यो भएन भनेको छ।यस्तो सुन्दासुन्दै सकिन्छ दिन।भन्नत आठ घण्टा भन्छन् तर दस घण्टा त प्राइभेट अफिसमा यत्ती कै बित्छ अनि तलब कुरै नगरौ भन्न पनि बेइज्जत हुन्छ। दिनभरको काम रुम आइपुग्दा आठ बजिसकेको हुन्छ।खाना पकाउने जागर हुन्न अझ घरी नुन सकिएको हुन्छ, घरी बेसार दिक्क लाग्छ।

अनि उ सोच्छे उ र उ जस्ता लाखौ युवाहरु जो उच्च शिक्षा हासिल गएर देशको लागि, परिवारकोलागी केही गर्ने सपना बोकेर शहर भित्रीयका छन्।शहरको बसाइ दिनप्रतिदिनको महंगाइ घरबाट बाबुआमाले पठाएको पैसा कतिदिनलाई होस्।अनि कति दिनसम्म बुढा बाआमाको हाड घोटेको कमाइमा बाच्ने यहि सोचेर उ रोजगारको खोजिमा दौडिएकि थिइ। भन्नलाई त हातमा मास्टर डिग्रिको सटिफिकेट थियो तर यो त शहर पो पर्यो यहाँ कहाँ योग्यता अनुशारको जागिर पाईन्छ र! अनि उ सानो प्राइभेट जागिर गर्न पुगेकि हुन्छे।जसको महिनाको आम्दानी दस हजार हुन्छ अनि खर्च त्यसको दोब्बर।घरभाडा यसमा पानी, बत्ती, नेट भन्यो आधा भन्दा बढि तरब त यसै सकिन्छ।अनि अर्कोतिर काठमाडौका घरबेटि जसलाई महिनाको अन्त्यमा होस् वा अगाडि अनि पाचँ हजार होस् वा पच्चिस हजार घरभाडा बुझाउ उनिहरुले गर्ने व्यवाहारमा कुनै फरक आउदैन।कोठामा बस्ने मान्छेलाई मान्छे नै भन्दैनन् उनिहरु अनि पाइला पिच्छे तरकारी र खाद्यान्नको मूल्य छोइ सक्नु हुदैन।एकदिन अगाडि किनेको चिनिको मुल्यमा भोलिपल्ट फरक आइसकेको हुन्छ।क्याम्पसको फिस, कपि कलमको त कुनै हिसाबकिताब नै छैन।अनि अर्कोतिर मान्छेले देख्ने दुनियाँमा आफ्नो सामान्य स्टयान्डर कायम राख्नै पर्यो ।ओहो ! यो पनि एक किसिमको समस्या झै लाग्छ उसलाई । एउटा ड्रेस दोहोराएर लगायो भने साथिहरुको दशथरि टिप्पणि सुन्नु पर्ने यस्तोबेला कलेज नजानु परेनि हुन्थ्यो भन्ने नलागेको हैन उसलाई फेरि बाबुआमाको अनुहार सम्झना आउथ्यो ।संसारमा आफ्नो मान्छे नहुनुको पिडा एकातिर छ अनि आफ्नो मान्छे हुनुको मुस्किल अर्को तिर ...।

उ सम्झिन्छे उ र उ जस्ता लाखौ युवाहरु जसका हातमा मास्टर डिग्रीका सर्टिफिकेट छन्। काम गर्न आवस्यक पर्ने ज्ञान,सिप र क्षमता पनि छ बस छैनन् त ठाउँ र पहुँचमा आफ्ना मान्छे, ठुला ठुला गैरसरकारी संस्थामा आफ्नो मान्छे नहुनेको पिडा, राजनीति र सरकारी कार्यलयमा आफ्ना मान्छे नहुनेको सजाए उ र उ जस्ता लाखौ युवाहरुले कति भोग्नुपरेको छ यसको पिडा उसलाई जति कस्लाई थाहा होला र ! जब जब जोसका साथ केही गर्छु भन्ने चाहाना उसमा पलाउछ अनि सताउन थाल्छ उसलाई ठाँउमा आफ्ना आफन्त नहुनेको पिडाले र सस्तो मुल्यमा आफ्नो श्रम बेच्नु पर्ने बाध्यताले।

रोजगार हुदाँहुदै पनि कहिले चिया र बिस्कुटको भरमा त कहिले चाउचाउ उमालेर रात काट्नु परेका कयैँ क्षणहरु उसका मष्तिकमा ताजै छन् । अनि अर्कोतिर दस रुपैयाँ बचाउन आधी घण्टा हिड्नु परेको क्षण ओहो! साच्चै कहिलेकाही त साह्रै दयनीय लाग्छ उसलाई आफ्नो अवस्था देख्दा।अनि उ सोच्छे उ कस्तो किसिमकि जगिरे हो,या जागिरे हो या हैन एकछिन त उ आफै अलमलमा पर्छे।कलेजमा फिसको कचकच यता बेलैमा भाडा बुझाउन नसक्दा घरबेटीको कचकच अनि कोठामा खाद्दन सकिएको अबस्था अनि हातमा उच्चशिक्षाको सर्टिफिकेट हुनुको पिडाले साह्रै पिरोल्छ उसलाई। सबै चिजको अभाब एकै पटक हुदाँ त हो नि मान्छेले जिन्दगि देखि नै हार मान्ने।त्यति बेला उ र उ जस्ता युवा डिप्रेशनको सिकार नभए अरु को हुन्छ होला ? आखिर अहिले भएको पनि यस्तै छ ..... !

कोहि यहाँ बाच्नलाई कमाई रहेका छन्, अनि कोहि कमाउनलाई बाँचि रहेका छन् । सबथोक पुर्ण झै लाग्ने काठमाडौ सहरमा उ सबथोक अस्तब्यस्त देख्छे।हेर्दा सबै जना खुशि झै देखीन्छन् तर उसले बुझेकि छ त्यो झुटो मुस्कानको मुल्य पनि कति महंगो छ भनेर कहिलेकाहि उसले मुस्कुराउने मुस्कान पनि त्यसैको प्रमाण त हो अनि कसरि नबुझोस उ ।जब उ समचार हेर्छे र सुन्छे बढा झ्वाक चल्छ उसलाई उहि कहिल्यै पुरा नहुने सरकारका झुटा आश्वान अनि दिनमा दुई गुना र रातमा चौउ गुना बिदेश भित्रिने युवाहरुको बाध्यतामक स्थिति बारे मैन बसेको सरकार साह्रै लाचार लाग् उसलाई।
उ सरकारलाई गालि गर्न पनि सक्दिन किनकि उसलाई राम्रो संग थाहा छ उसको गालि सरकारले सुनेजस्तो सम्म पनि गर्दैन।न उसको र उ जस्ता युवाको उद्दार नै हुन्छ।अनि उ सोच्छे यस्तै अवस्था रहिरहयो भने अबको समाज कता तिर जाला।उ त जसोतसो गरेर बाच्ले तर के उ जस्तै गरि अरु बाच्लान् त.... अनि उ सोच्छे एकदिन यसैगरि नै लाखै युवाहरु डिप्रेशनको शिकार हुनेछन् र यहि नै उनिहरुको डिप्रेशन हुनुको कारण बन्नेछ त्यतिबेला यसको जिम्मा कस्ले लिने ... प्रश्न नै प्रश्न गुन्जिन्छ जताततै तर जवाफ..शुन्य ।



Friday, August 24, 2018

तिमिले न्याय पाउनेछौ निर्मला


तिमिले न्याय पाउनेछौ निर्मला!

कति छट्पटायौ होला तिमी
कति चिच्यायौ होला तिमी
त्यो पापिले तिमिलाई
छुदा,तिमिलाई चिथोर्दा,

तिम्रो भयावह अवस्था देखेर
कति रोयो होला,आफुलाई कति 
धिक्कार्यो होला,
कुपुतहरुलाई जन्म दिएकोमा,
त्यतिबेला त्यो धर्तीले,त्यो सृष्टिले,

तिम्रो अवस्था र तिम्रो पीडा
सम्झदा मात्र पनि आत्मा
शिरिंग हुन्छ भने
तिमी त स्यंवम पीडा सहने मान्छे
कस्तो भयो होला तिमिलाई,

म महसुस गर्न सक्छु
तिम्रो पीडा,
म सुन्न सक्छु तिम्रो चित्कार ,
र म जान्दछु
तिम्रो आसुको मोल,
तिम्रो आत्माको पुकार,
र त म लड्न तयार भएकी छु
तिमिमाथिको अन्याय विरुद्ध ,
किनकि म पनि एउटा छोरि हु,
कास म तिम्रो पिडालाई
थोरै पनि म कम गर्न सक्थे,

तर अब तिमी चिन्ता नगर
आज लाखौ छोरिहरु सडकम छन्
तिमिलाई न्याय दिलाउन
र मलाई बिश्वास छ तिमिले न्याय पाउनेछौ
प्यारि निर्मला !!

टुकि बत्ति जस्तै जिन्दगी



टुकि बत्ति जस्तै जिन्दगी

लेखक मनोज अज्ञातको पहिलो उपन्यास 'टुकि' मा थारु समुदायका बारेमा केही पृथक् बिषयबस्तु भेटिन्छन् ।सरसर्ती लेखाइ अनि पढ्दा कत्ती पनि झिजो नलाग्ने सरल भाषामा एकनासले बगेको छ उपन्यास ।चितवनको शुक्रनगर बस्तिमा रहेका थारुहरुको जीवन शैली, जिबनको भोगाइ र जमिनदारहरुसंगको सम्बन्ध एकैसाथ घुलमिल छन् ।

एक जना मोटरसाइकलवालासंग ठोक्किन पुगेकि उपन्यासकि मुख्य पात्र बिक्रमिया थारु उपचारको क्रममा अस्पताल हुदै मोटरसाइकलवाल र उनीका परिवारसंगै उनीहरुको घरमा पुग्छिन्।जहाँ उनले आत्मिय  ब्यवाहर र सम्बनध भेटछिन्। उनिले आफुसंगै सानो टुकि बर्ती पनि राखेकी हुन्छिन्।धेरै जसो चुपचाप नै हुन्छिन्।त्यसैले उनको बारेमा जान्नको लागि मोटरसाइकल वालाले धेरै सोधिखोजी गरेपछि उनि आफ्नो बिगततर्फ ढल्किन्छिन् । बिक्रमिया थारु परिवारमा जन्मेकी र त्यहि रहनसहनमा हुर्किएकि हुन्छे। जसको काम आफ्ना बाआमालाई सगाउनु र भाइबहिनी हेर्नू हुन्छ । उ आमा संगै लागेर जिम्दार्निको घरमा जान्छे र पछि त्यही भेडा चराउने काममा लाग्छे जहाँ जिम्दार्निकी छोरी फुलिया उसकी साथी र मितिनी बन्छे ।उनिहरु बिहानदेखी बेलुकासम्म संगै हुन्छन् साझमा सुत्नेबेलामा मात्र छुटुने हुन्छन् । यसरि नै बिक्रमियाका दिनहरु बितिरहेका हुन्छन् । उ र उसको परिवार जिम्दारले दिएको गोठ बारिमा बसेका हुन्छन्। त्यसैले एकदिन सरसल्लाहका साथ उनिहरु आफ्नो टोल शुक्रनगर जान्छन् र आफ्नै पाखो बारिमा काम गरेर खान थाल्छन् त्यतिले नपुग्ने भएका कारण उसका बाआमा जिम्दारनिकोमा काम गर्न छोडेका हुदैनन् । घरमा पनि उसको काम गोठाला जाने नै हुन्छ उता उसकी मितिनी फुलिया भने आफ्नो दुलाहाको घर गैसकेकी हुन्छे।

एकदिन थारूहरुको चाडको रमाइलो नाच हेर्ने क्रममा फुलियाको कान्छो दाइसंग उसका साथिहरुले उसलाई भगाइदिन्छन् र उ जिम्दार्निको बुहारी हुन पुग्छे । यसबाट उसका माईती रिसाउछन् तर सासू र श्रीमानले माया गर्ने हुनाले उ रमाउन थालेकि हुन्छे तर केहि समयपछी उसको श्रीमान पहिलो श्रीमती फर्केर आए पछि उसका फेरि संघर्ष र दुखका दिन सुरु हुन्छन्।सौताको किचलो,सोझे श्रीमान अनि भर्खर्की गर्भवती उ सौताको तितो र नराम्रो ब्यवाहर सहदै छोरा छोरी हुर्काउदै बस्छे।

समयले कोल्टो फेर्दै गइरहेको हुन्छ छोराछोरि हुर्कदै हुन्छन तर एकदिन अचानक उसकी सौता हराउछे र केहिदिन पछि मृत अवस्था भेटिन्छे।त्यसपछि सौताकी छोरिको हेरचाहा पनि उसले गर्नुपर्ने हुन्छ र उसले सौताकि छोरिलाई पनि आफ्नो सन्तान झै माया गरेर हुर्काउछे । दुई छोरा र एउटा छोरिकि आमा उ सन्तान हुर्किए पछि सुख पाउला भन्ने आशा पनि मरेर जान्छ जब छोराहारुले बुहारी भित्राए पछि उसको घरमा कलह सुरु हुन्छ र उसका श्रीमान पनि मरिसकेको हुन्छ। पहिला त नातिनातिनाको मायाले घर छोड्न सक्दिन तर उसले बिस्तारै बुझ्दै जान्छे मायाले कमजोर बनाएको कुरा अनि उ एकदिन मुटु दरो बनाएर घर छोडेर हिड्छे आफ्नी मितिनी फुलियाको बृद्दा आश्रम तिर जसले जिन्दगीको अनेकौं रंग जुधेर अन्त्यमा बृद्दाआश्रमलाई  आफ्नो धर्मको बाटो बनाएकी हुन्छे। 

त्यसैबेला उसको एक्सिडेन्ट् भएको हुन्छ र उ मोटरसाइकलवाला मान्छेको घर पुगेकी हुन्छे र आफ्नो कथा बताइरहेकी छ उसलाई लाग्छ उसको जिन्दगी टुकि बत्तीजस्तै छ उज्यालो दिउन्जेल सबैले माया गर्ने अनि उज्यालो दिन छोडेपछि सबैले छोडेर जाने .... 
एकातिर ती मोटरसाइकलवाला मान्छेको बुढी आमासगं भावनात्मक सम्बन्ध गासिसकेको हुन्छ अनि अर्कोतिर बुढिआमाको बारेमा उनका छोराहरूलाई पनि खबर भैसकेको हुन्छ र बुढीआमालाई लिन उनकी मितिनि फुलिया पनि आइसकेकी छन् अब ती मान्छे यो अलमल छन् कि ती बुढिआमाको संग जान्छिन् होला आफ्ना छोरासंग या मितिनि फुलियासगं र उनिलाई लागिरहेको हुन्छ बुढिआमा आफुसँगै बसुन......

साहित्यकार मनोज अज्ञात द्दारा लिखित र नेपाली बुक्स पब्लिकेशन द्दारा हालै प्रकाशित उपन्यास टुकि पठन र शैलिमा हेलुसिनेसन जस्तै छ - पठनमा तान्न सक्ने उपन्यास।


Thursday, August 16, 2018

कोशिश


कोशिश
सनिश्चवार बिहान यस्तै सात बजे फोन बजिरहेको थियो बारम्बार.. अनोन् नम्बर यसै पनि उठाइहाल्दिन म तर बारम्बार बजिरहेपछी उठाएर हलो मात्र के भनेको थिए उता बाट आवाज आयो कति समय लाएको फोन उठाउन डिएर म छन्न परे अनि मैले भने चिनिन नि ! जवाफमा थियो ठूलो मान्छे भएयौ अब के चिन्थेयौ त म झन छक्क परे अनि फेरि जवाफ आयो धेरै नसोच  म प्रीती दिदी बोलेको एक हप्ता भयो नेपाल आएको अहिले अन्कलको घरमा छु साझमा भेटौ ल ! मैले हस भन्दै फोन राखे। प्रीति दिदि हामी हस्टेल संगै बस्थेयौ दुई चार बर्ष पहिले दिदी पछि जापान जानू भयो कुरा सधै यहि भाइबर र म्यासेन्जरमा हुन्थ्यो। आएको यतिका दिनपछि दिदीले खबर गरेको देखेर एकछिन त साह्रै रिस पनि उठ्यो तर फेरि खुशी लाग्यो करिब पाँच बर्ष पछि म दिदी संग भेट्नेवाला थिए कतिबेला साझा होला र दिदिसंग भेटुला भनेर मलाई छट्पट हुन थालिसकेको थियो अनि जसोतसो गरेर दिन बित्यो अनि म बेलुका पाँच बजे दिदिलाई भेट्न निस्के सोचे कस्ति हुनु भयोहोला, कस्ति देखिनु हुन्छ होला यतिका बर्ष पछि जापानको बसाइ सकेर फर्किनु भएको छ मेरो मनमा नानाथरी कुरा खेल्दै थिए यस्तैमा म कतिबेला बानेश्वर पुगिसकेछु थाहा नै भएन ।

दिदी मलाई पर्खेर बसिरहनु भएको थियो,यतिका बर्ष पछि दिदिलाई आफ्नो आँखा अगाडि देखेर मेरो खुशिको सिमा नै रहेन,दिदी पनि मलाई देखेर खुशी हुन्थ्यो सोचे उस्तै हुनुहुदोरहेछ पहिला जस्तै उहि कम्मरसम्म आउने कपाल पातलो शरिर अलि गोरि हुनुभएछ ।धेरै बर्षपछीको भेट भाइबर,म्यासेन्जरमा जति बोलेपनी भेटेर बोल्नुको मज्जा नै छुट्टै हुने कुरा धेरै थिए गर्नलाई र गर्यै तर मलाई सुन्नु थियो दिदिको जिन्दगीको त्यो भाग जोसंग म संगै भएर पनि बिल्कुल अन्जान थिए ।
अनि दिदिले आफ्नो त्यो भाग यसरी भन्नू भयो....
हामी एउटै कलासमा पढ्थेयौ तर कहिल्यै एकाअर्काको अगाडि परेका थिएनौ । म मेरो भिसाको लागि भागदौड गर्नु पर्ने उसको अफिस त्यसैले होला ।जापान जानू भन्दा केही महिना अगाडि मात्र मैले उसलाई क्याम्पसको सानो कार्यक्रममा भेटेकी थिए, त्यसपछि सुरु भयो हाम्रो प्रेमको सिलसिला.... फेसबुक म्यासेन्जरमा त्यति नअल्झिने म उसंग भेट भए पछि त्यही हराउन थाले एकातिर जापान जाने दिन नजिकिदै गयो अर्कोतिर उसंगको सानिध्यता गाढा हुँदै थियो यस्तो लाग्थ्यो मान्नै मैले खोजेको रोजेको हामसफर पाए सायद मेरो जापान जाने दिनमा अलिकति बढी समय हुन्थ्यो त म सारा जिन्दगी समेट्थे उसंग, हामिले धेरै सयम त संग बिताएका थिएनौ जति बिताएका थियौ ती काफी थिए मलाई उसको कमि पूरा गर्नलाई, पहिले पल्ट उसले दिएको रातो गुलाफ,अनि डायरी जहाँ उसले आफुलाई मेरो सामुन्ने छताछुल्ल हुनेगरी पोखेको थियो जुन आज पनि जस्ताको त्यस्तै संगालेर राखेछु, मैले प्रेम के हो उसैबाट त सिकेकि हुँ । जब जापान जानको लागि म होस्टेल देखि बिदा भएर निस्किए मेरो मस्तिष्कमा जापाना जाने खुशी भन्दा पनि उसंग छुट्टिने पिडाले मुटु दुखिरहेको थियो। एकातिर म मेरो सपना तर्फ उडान भर्दै थिए अर्कोतिर जिन्दगीको मीठो सपनासंग छुट्टिदै थिए ।

  ओहो! कहिलेकाही त जिन्दगीले पनि कस्तो मोडमा ल्याएर उभाइदिन्छ । एर्पोटमा मम्मि बाबा भाई र साथिहरु सबै जना मलाई बिदा गर्न आएका थिए र उ पनि, अन्तिम भेट थियो सायद हाम्रो त्यो जब उसले आँखामा आँखा जुधाएर हेर्यो म उसंग आँखा जुधाउनै सकिन आँखा आँसुले भरिसकेका थिए उसले आँसु पुछिदिदै भन्यो, यो त्यो बिछोड हो जसको मिलन संसारले सोचेभन्दा भिन्न हुनेछ तिम्रो प्रतीक्षामा म सारा जिन्दगी कुर्बान गर्न सक्छु दुई चार बर्ष त के नै हो र ! तिमी हासेर जाउ ताकी बिदेशमा आइपर्ने मुस्किलसंग सहजै सामना गर्न सक। त्यस्तो भन्ने मान्छेले नै यति धेरै पिडा दिन्छ होला कहाँ सोचेकि थिए र मैले। उसले धेरै सम्झायो अधरमा मिठो चुम्बन अङ्गालोमा अन्नतसम्मको मायाका साथ छुटिएकि थिए म, जसै उसंग बाइ भनेर एर्पोट भित्र पसे आँखा अनायासै रोय मन ढुङ्गा झै गह्रौं भयो । अनि बाथरुप पसेर एकछिन सम्म रोए । कति सम्मालिन खोज्जा पनि सकिरहेको थिन सबै जना के भो के भो भनेर सोध्न थाले एकछिन त लाग्यो सबथोक छोडेर उसको अङ्गालोमा फर्किएर जाउ तर के गर्नु नसकिने रहेछ।

जसै जापानमा पुगे सबैभन्दा पहिले उसैको म्यासेज रहेछ लेखेको थियो म यहाँ तिमिलाई सम्झेर बसिरहेको छु तिमी पुगेयौ अनि लभ वाला इमो एकछिन त खुशी लाग्यो बिर्सिए देश छोडेर परदेशमा छु । त्यहाँ पुगेको एक हप्तामा नै काम फिक्स भयो अनि दिनको सोह्र  घण्टामा काममा हुदाँ त समय यसै बित्थ्यो तर जब खाली हुन्थ्ये अनि जहाँ त्यही उ नै उ छाउन थाल्थ्यो जता हेर्छु उतै उ, भान्सामा उ,बेडमा उ, बाहिर निस्क्यो उ, समुन्द्रको छालमा उ सडकको छेउमा उ उफ्...... म पागल हुन थालिसकेकि थिए। त्यहाँ रात हुँदा यहाँ दिन हुने कुरा गर्ने समय पनि मिल्दैन्थ्यो राम्रोसँग उ फुर्सदमा हुँदा मलाई हतार हुन्थ्यो । म फुर्सदमा हुँदा उसलाई हतार यसरी नै हाम्रो सम्बन्ध अगाडि बढ्दै गयो।

दिनप्रतिदिन कामको प्रेसर बढ्दै गयो,अर्को तिर हाम्रो संवादमा कमि आउन थाल्यो । फुर्सद मिलाएर कुरा गर्न खोज्यो उ जहिले ब्यस्त छु भन्दै टार्थ्यो पहिला पहिला त लाग्थ्यो उ पनि जागिरे मान्छे कामको प्रेसर होला सायद तर बिस्तारै आभास हुन थाल्यो टाढा हुन खोजेको तर पनि हरेक कुरालाई नजरअन्दाज गर्थे म ।सोच्थे कस्को पो सम्बन्धमा उतारचढाव आउदैन र ! यसपछी कयौं दिन सम्म हाम्रो कुरा भएन उ के सोच्थ्यो के सोच्न थालेको थियो थाहा थिएन तर म भने बिआइसिसि हल अगाडि बात मार्दै हिडेको पाटन पुलमा एकाअर्कालाई डेट गरेको अनि सवै आँखा छल्दै कलासमा आँखा आँखाले इसरा गरेको सब सब थोक मेरो मस्तिष्कमा सलबलाउथे यस्तो लाग्थ्यो तिनै यादका साहाराले जिउदै थिए म त्यहाँ, कहिलेकाही एकोहोरो हुन्थे साथिहरु सोध्थे के भो म जवाफमा मुस्कुराए टाल्थे ।

जापाना आउने ठिक एकदिन अगाडि हामी एनसिसि कलेज अगाडिको एउटा क्यापेमा भेटेका थियौ उसले जिन्सको पेन्ट खैरो टिसर्ट अनि कालो चस्मामा लगाएको थियो, मैले कलेजी रंगको कुर्ता र कालो प्यान्ट लगाए कि थिए हामी कतिबेरसम्म नबोलेर बसेका थियौ सायद मेरो जापान जाने कुराले उ रिसाएका थियो किनकी उसको देशमा नै केही गर्ने सपना थियो, यहि सपना साटेका थियौ हामिले एकाअर्कासंग तर उसले बुजेको थियो हामी नेपालीका लागि बिदेशीनु रहर हैन बाध्यता हो भनेर । म कहाँ बिर्सन सक्छु र त्यो मिठो चुम्बन, मायालु स्पर्श घण्टौ केशामा उल्झेको त्यो पल साच्चै साह्रै अमुल्य छ त्यो क्षण मेरो लागि जुन म कहिल्यै बिर्सन सक्दिन ।

म आफुलाइ बिर्सन्छु ती पलहरुमा,त्यो बिगतमा, एकातिर म मा  प्रेम हाबी हुदैथियो, अर्को तिर उ टाढा हुँदै थियो न पहिला जस्तो कुरा हुन्थ्यो, न हाम्रो सम्बन्धको भबिस्यको कल्पना। बिस्तारै बिस्तारै उ यसरि टाढा भयौ कि न टाढा हुनुको कारण भन्यो न सम्बन्ध सकिएको जानकारी नै दियो एक्कासि उसको अनुहार पुस्तिकाबाट बल्क भएकी थिए म जुन एउटै माध्यम थियो हाम्रो भेट हुने कुरा हुने । प्रेमको सागरमा डुब्दा साह्रै गाह्रो हुदोरहेछ पार लाग्न । उ त चाहेर  टाढा भएको थियो उलाई के थाहा टाढा हुनुको पीडा।न राम्रोसंग खान मन लाग्थ्यो न सुत्न मन, काममा पनि मन लाग्न छोडिसकेको थियो । घण्टौ टोलाउनु, कतै हराउनु मेरो दिनचर्या नै हुन थाल्यो सायद प्रेम हुदा यतिधेरै एकोहोरिएकि थिएन म जति प्रेम छुट्दा भए । साथिहरु पनि के भो भनेर थाकिसकेका थिए काममा मालिकले यस्तै हो भने काममा न आउनु भनेर वार्निन दिसकेको थियो ।

त्यसपछी सोचे यस्तो पाराले जिन्दगि चल्दैन अनि एकदिन बिहानै उठे र संकल्प गरे सात समुद्रको यात्रा सानो तिनो कष्टले पार गरेकी हैन मैले जिन्दगीमा उ मात्र थिएन मेरो अरु पनि धेरै छन जसले मलाई धेरै माया गर्छन् मन बलियो बनाए नि हाँसिहाँसी काममा गए समयले घाउ पुर्दै त गयो तर एउटा सवाल छोडेर गयो मेरो गल्ती के थियो जसको मैले यति धेरै सजाए पाए एकपटक उसंग भेट्ने मन छ तिमी सक्छौ भने मलाई उसंग भेटाइ देउ मेरो नेपालको बसाइ पनि धेरै छैन ।

दिदिको कुरा सुने पछि आँखा रसाए यसै त यतिकै पनि रोइहाल्ने मान्छे म बस यत्ती भने सकेछु भने अवश्य भेटाउला दि अनि अर्को दिन भेट्ने बाचा सहित म फर्केर आए नि उहाँको कुरा जस्ताको त्यस्तै लेख्ने कोशिश गरे ताकी यो कुरा राजिब सम्म पुर्याउन सकु मलाई बिश्वास छ यो कथा पढेपछि उहाले मलाई अवश्य सम्पर्क गर्नु हुनेछ।


उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...