Yamunathapablog

Wednesday, February 28, 2018

प्रेमिल शुभकामना .......होलिको

उसँग रङ्गसगँ रङ्ग साटिएको त्यो होलि, खुशीसंग खुशी साटिएको त्यो फागु अनि गालाभरि रङ्ग दल्दै अङ्कमाल गरेर ह्यापी होलि प्यारी भनेको त्यो क्षण भर्खर जस्तो लाग्छ। रङ्गसँग साह्रै नजिन थियो उ । फागु आएपछि त झन के नै चाहियो र उसलाई ! मलाई रङ्गसँग खेल्न त्यति मन पर्दैन थियो तर उसको अगाडि हार्थे म र रङ्गिन पुग्थे रङ्गहरुमा यसैपनि उसका प्रेमका रङ्गमा त म रङ्गिएकै थिए,फागुमा रङ्गिनु कुन ठूलो कुरा भयो र तर म कहिलेकाही साह्रै दिक्क हुन्थे ।उसको जबर्जस्ति रंगयाउने बानिले। उ साह्रै भाबुक थियो त्यसैले पनि सानो सानो कुरा जिन्दगीसंग दाज्थ्यो अनि भन्थ्यो प्यारि जिन्दगी साह्रै कठिन छ, काडेदार छ,जुन काँडा न तिमी न म नाङ्गो आखाले देख्न सक्छौ। र समय पनि साह्रै बिचित्रको छ। म अबाक हुन्थे उसका सवालहरु सुनेर अझ भनौ हैरान हुन्थे म उसका सोचहरु देखेर ।

उ चञ्चल पनि थियो । अनि उसको रङ्ग लगाउने तरिका पनि बेग्लै थियो।उ रङ्ग यसरी लगाउथ्यो कि मान्नै सानो बच्चालाई प्रेमले सुम्सुमाइ रहेछ,मायाले खेलाइरहेको छ।उसको यहि व्यवहारमा यति लठ्ठ हुन्थे कि,म सबथोक बिर्सेर उसको त्यो स्पर्समा हराउँथे । उसका हातहरु गालाबाट मुस्मुमाउदै कहाँ कहाँ सम्म पुगिसक्दा पनि म होस पाउदिनथे साँच्चै उसको स्पर्सले बेग्लै आनन्द दिन्थ्यो,बेग्लै खुशी दिन्थ्यो । त्यतिबेलाको त्यो खुशी उसले फेरि दिन सायद सक्थ्यो सक्थेन म अनुमान लाउन सक्दिन। तर यदि उ हुन्थ्यो भने खुशि र आनन्दकाे अर्कै शिखरमा जरुर पुराउथ्यो हाेला ।

मलाई अझै याद छ त्यो होलिको दिन जहाँ म उसको रङ्गगमा,फागुको रङ्गगमा चुर्लुम्म डुबेकी थिए। सेतो सारिमा उसले छरेको रातो रङ्ग,खाली सिउदोमा रातो रङ्ग भर्ने उसको हट। ओहो !कम्ती सकसमा पारेको हैन मलाई उसले त्यो दिन। रंगले भरिएको पोखरी बिहेको मण्डप रे, अनि रङ्ग खेल्दै गरेका मान्छे उसका जन्ती रे अनि दुलही त म भइनै हाले उ साह्रै प्रेमिल पनि थियो । जहाँकहि एउटा प्रेमिल र भावुक संसार बनाई हाल्थ्यो र त्यो संसारमा बस्नलाई म छदै थिए । न बसे पनि उ जबरजस्ती बसाई हाल्थ्यो यसैपनि म नाई कहाँ भन्थेर ।
ति दिनहरुमा उसको प्रेमले मलाई उन्माद खुशी दिएको थियो,अर्कै दुनियाँमा बसाई सारेको थियो।म बिर्सिन्थे कहिलेकाही उसको र मेरो मिलन असम्भव छ।सबैभन्दा ठूलो कुरा उ र म बीच आधी उमेरको फरक छ। उ भन्थो तिमी त मेरि प्रेमिका हौ र प्रेमिकामा सबैभन्दा बढी प्रेमिको हक हुन्छ त्यसैले तिमिमा म जति हक अरु कसैको छैन,हुन दिन्न म तिमिलाई अरु कसैको तर नियतिको खेल उ आज आफै अरु कसैको भएर गयो ।

उ उमेरमा म भन्दा सानो थियो तर कुरामा उसलाई कसैले जित्न सक्दैनथ्यो । म मानबाधिकार कर्मी।त्यसैले उ संगको भेट एउटा सानो प्रशिक्षण कार्यक्रममा भएको थियो । उसलाई नयाँ मान्छेसँग बोल्न नयाँ  साथी बनाउन साह्रै मन पर्ने रे त्यसैले उ त्यसै दिनदेखी मसंग जोडिएको थियो र कहिलेकाही टुइटरको डिममा हुने कुरा अनि मेन्सनहरुले मसँग नजिकिएको थियो ।उसका कुरा र व्यवाहार कुनै परिपक्क मान्छेका भन्दा कम थिएन्न त्यसैले पनि उसका सामु कमजोर पढ्दै गएकी थिए म। बेलाबेलामा सम्मालिन्थे तर उसलाई सम्मालन निकै गाह्रो हुन्थ्यो उ ज्यादै हठी थियो कहिलेकाही त बच्चा जस्तै हठ गर्थ्यो अनि म उसका सामु लाचार हुन्थे उसका मागहरु पूरा गर्न।

उसका माग पनि  के नै हुन्थेर आखिर त्यही एकपटक उससंग भेटेर टेबल सेयर गर्रि कफि पिउनु पर्ने उफ! धेरै समयदेखिको उसको साह्रै हठ पछि मैले उसको भेट्ने प्रस्ताव स्वीकारि बानेश्वरको एउटा क्याफेमा छिरे । यस्तै साझ पख होला उसले नरमाइलो मुद्रामा भन्यो प्यारी मलाई घरबाट बिहेको दबाब आइरहेको छ मैले बिहे गर्नुपर्छ अब केटिपनी घरकाले नै खोज्दिएका छन् । अनि  उ भन्दै गयो केटि पनि घरका कै करले हेरेको मैले । उसका कुराले मलाई दुख त हैन तर कता कता डाहा लागेर आयो त्यो केटिसंग उसंग छुट्टिनु पर्छ भन्ने कुराले मन कता कता चसक्क दुख्यो तर उसका सामु मैले आफुलाई जाहिर हुन दिन,म सम्मालिए आफैभित्र ।

अनि फेरि उसले भन्यो तिमिसंग यो अन्तिम भेट हुनपनी सक्छ प्यारि तर तिमी मेरो पहिलो प्रेमिका है जोसंग म हठ गर्थे,रिसाउथे र माया पनि धेरै गर्थे । त्यसैले पनि तिमी मेरो बिहेमा आउ है जसरि भए पनि रातो सारिमा रातै चुरासंग । म अन्तिम पटक भए पनि  तिमिलाई हेर्न चाहन्छु र कल्पना गर्न चाहन्छु तिमी कस्ति देखिन्थेयौ होला मेरि दुलही बनेकि भए उसले साउती गरेर भन्यो ।अनि फेरि भन्यो तिमी मेरि दुलही हेर्नू थाहा छ मैले उसलाई किन मन पराएको किनकी उ ठ्याक्कै तिमी जस्तै छे,तिमी जस्तै बोल्छे,तिमी जस्तै हास्छे अनि कुरा पनि तिम्रा जस्तै गर्छे मिठामिठा उफ! उसको म प्रतिको यो प्रेमले ,आसक्तिले म रन्थिन थाले र भने हुन्छ ।उसले त कार्ड पनि संगै ल्याएको रहेछ मेरो हातमा थमायो यो दृश्यले म झन आहत भए भित्रभित्रै र त्यतिबेला लाग्यो सायद मैले उसलाई पहिल्यै भेटेकी भए,सायद हामिबिच यो उमेर फासला नभएको भए साँच्चै उसको सपना जस्तै म बास्तबिकता उसकी दुलही हुने थिए होला।तर म केही बोल्नै सकिन र हतार हतार कार्ड लिएर भने तिम्रो बिहेमा उपहार सहित तिमिलाई शुभकामना दिन आउनेछु र म त्यहाँ बाट निस्के कफिको बिल पनि न तिरि सायद उ अझै चाहन्थ्यो मसंग समय बिताउन।

उसको बिहेमा म आफ्नै काम बिशेषले जान पाइन ।उ किन नआएको भनेर गुनासो गर्थ्यो र अलिअलि संम्बात हुन्थ्यो तर पछि पछि उ आफ्नै जिन्दगीमा ब्यस्त भयो सायद र कुरा पनि  हुन छाड्यो ।उसंंगको संम्बात टुटेको धेरै भयो तर उसका यादहरु आजपनि मस्तिष्कमा ताजै रहेछन् क्यारे त्यसैले पनि होला। यो होलिसंगै  उसका यादहरुलाइ अझ ताजा भएर आए ।तिमी जहाँ छौ,जस्तो छौ खुशी हुनु,सुखी रहनु तिमिलाई तिम्रो मन पर्ने फागु पुर्णिामा अर्थात होलिको शुभकामना .......... !!

Saturday, February 24, 2018

फागु पुर्णिामा

फागु पुर्णिामा अर्थात रंगको पर्व 
होलिको पुर्ब सध्यामा 
एउटा आकास वाणी झै सुने,

अलाप बिलाप गर्दै एउटि बुढी आमा
जो समयभन्दा पहिले बुढी देखिन्थिन,
उमेर भन्दा पहिले रंग उडेकी झै देखिन्थिन,


उनि भन्दै थिन,
धेरै भयो रगतको होलि
बिद्रोहको होलि,मनमुटावको होलि,


कोहि खुशी होलि ल्याइदेउ,
कोहि सद्भावको होलि ल्याइदेउ,
कोहि एकताको होलि ल्याइदेउ,

म झस्के जब उनले मेरो हात समाउदै भनिन 
मेरा अधुरा सपनालाई पूरा गरिदेऊ,

उनको यो बेदनाले म मा खै कहाँबाट साहस भरिएछ कुन्नि मैले छुट्दै गरेको उनको हात समाउदै भने,

"आमा म गर्छु तिम्रो सपना पुरा
 म फैलाउछु सद्भाव होलि,खुशिको होलि 
अनि रंगको होलि",

र अब तराईले पहाडसंग खेल्नेछ खुसीको होलि,
मधेसले खाल्डाबासिसंग खेल्ने छ सद्भावको होलि,
र नेपालिहरुले एकाअर्कासंग अंकमाल गर्दै खेल्नेछन रंगको होलि अर्थात् खुशिको होलि,

र रंगसंग रंग साट्दै खुशिसंग खुशी साट्दै भन्ने छन एकाअर्कालाई ह्यापी होलि! ह्यापी होलि!! ह्यापी होलि !!!

Wednesday, February 7, 2018

"तिम्री प्रेमिका 'म'"

"तिम्री प्रेमिका 'म'"
अक्सर मैले
पानीसंग पानीको
गहिराई सोध्ने गरेकी छैन,

सोध्ने गरेकी छैन
सागरसंग मोतिको मूल्य,

बस म चाहन्छु यी
एकाअर्कासंग सधै रहिरहुन,
एकाअर्काको सानिध्यमा
एक अर्काको समीप समीप,

सुन्दर फुलको बलि
मागेकि छैन मैले तिमिसंग,
अनि तिम्रा हातहरु पनि
रग्ताम्य बनाउ भनेकी छैन मैले,

बस समायका
यी हातहरु नछोडिदेउ
युगौ देखिको
प्रतीक्षा
तिम्रो मेरो मेरो तिम्रो
यो खाली नजाओस्
यो भ्यालेट्न डे मा


तिमिलाई उपहार,तिम्री प्रेमिका म !!
ह्यपी भ्यालेन्टा डे प्रीयतम !!

Sunday, February 4, 2018

प्रीय लेखक

प्रीय लेखक
धेरै धेरै सम्झना। कहाँ छौ, कस्तो छौ न कुनै खबर छ, न कुनै म्यासेज नै। न तिमी सामाजिक संजालमा नै भेटिन्छौ, न फोन सम्पर्कमा। कुनैदिन तिमिलाई कल गरेको कल हिस्ट्रि हेर्यो भने नेपाल टेलिकमले पनि धेरै कल नगर्नुहोस् भनेर वार्निङ देला भन्ने डर लागिसक्यो मलाई।
तिम्रो खबर नपाउदा मन साह्रै व्यथित  हुनथालेको छ । छट्पटीन थालेको छ । केही छुटे जस्तो, कतै हराएको जस्तो आभास हुनथालेको छ । साच्चै के कुराले होला जसले मलाई यत्ती धेरै सताएको छ।
सम्बन्धको कुरा गरौं भने हामि बिच त्यस्तो सम्बन्ध पनि केही थिएन, तिमी राम्रो लेखक अनि म फगत पाठक मात्र। हामीबिचको चिनजान छोटो समयको भए पनि निकै आत्मिय र मिठो थियो । यसमा हामी निकै कम पटक मात्र भेट्यौ होला, तर हाम्रा भेटेहरु निकै सान्दर्भिक हुने गर्थे कहिले हासो रोक्न नसकिने कुरा त कहिले जीन्दगीको गहिराईमा डुब्ने वार्तालाप।
हाम्रो भेट अक्सर  तिनकुनेको सानो चियापसल हुन्थ्यो।जहाँ बसेर हामी लेमनसहितको मिठो चिया पिउथेयौ, जिन्दगीका बात मार्थ्यौ। बजारमा निक्लेका नयाँ पुस्तकका बारेमा कुराकानि गथ्र्यौ।
साच्चै ! साह्रै रमाइला थिए ती दिनहरु। त्यहिमाथि म चिया मात्र पिउथे तिमी चियासँगै सूर्य चुरोट पनि । भेट छोटो समयको भएपनि हामी बिच धेरै कुरा हुन्थे। त्यतिबेला त म फगत पाठक मात्र थिए, अहिले पनि कहाँ लेखक भैसकेकी छु र, तिमिजती राम्रो लेख्न र लेखक बन्न त म यो जुनिमा त के सकौला र खै ।  तिम्रो झुटो तारिफ गरेकी हैन मैले, साँच्चै तिमी राम्रो लेख्थ्यौ र लेख्छौ ।
तर आजभोलि धेरै भयो मैले तिम्रा फुट्कर लेखहरु पढ्न पाएकी छैन। तिमी नेपाली साहित्यलाई मान्छेहरुले नबुझेको देखेर फ्रस्टेट हुन्थ्यौ र भन्थ्यौ ‘म लेख्दिन अब’ अनि म भन्थे ‘हैन लेख्नुपर्छ तिमिले तिमी जतिको लेखकले। कतै तिमीले  लेख्न त छोडेका छैनौ नि त्यसो नगरे है तिमी।’
तिमी साह्रै गहिरिएर लेख्थ्यौ पढ्दा आन्नद लाग्ने। एक साझ यस्तै सात बजेको थियो।आकाशको जुनसँग कुरा गर्दै मैले भनेकी थिए ‘कति प्यारो र राम्रो छ जुन अनि मायालु पनि, कहिलेकाहिँ त लाग्छ त्यो जुन मात्र होला मलाई साचो माया गर्ने’, अनि तिमिले हाँस्दै भनेका थियौ ‘जुनले त सबैलाई माया गर्छ, अनि सबैले जुनलाई माया गर्छन। प्यारी तिमी यस्तो व्यक्ति खोज जसले तिमिलाई मात्र तिमिलाई माया गरोस्।’ त्यतिबेला म सोचेकी सोचेइ भएकी थिए, हराए कि थिए कतै। तिमिसँगका प्रेत्यक भेटमा मैले केही नयाँ सिकिरहेकी हुन्थे सायद त्यसैले पनि होला तिम्रो सामीप्यता यत्ती प्यारो लागेको मलाई ।
हामी बिचको सामीप्यता यति धेरै बढेको थियो कि म तिमीसामु सहजै हास्न सक्थे, सहजै रुन सक्थे साच्चै के कुराले यति धेरै नजिक बनाएको होला हामिलाई। आज म आफैलाइ प्रश्न गर्छु  तर जवाफमा शून्य शिवाय केही हात लाग्दैन। बस तिमीसँगका ती बातहरु बेलाबेलामा मीठो झझल्को बनेर आईदिन्छ्न् अनि त्यही झझल्को मेटाउन भएपनी तिमिलार्इ यसरी यो पत्र लेखेकी । यो पत्र तिमिले पर्थ्यौ भने कति खुशी हुन्थ्यौ होला भन्थेयौ होला “वा ! यमुना तिमी त कति राम्रो लेख्न थालिछौ। अझ खेलाउ शब्दलाई अझ राम्रो बन्छन् शब्दहरु” अनि म भन्थे होला “म जस्तै राम्रो” फेरि तिमी हाँस्थ्यौ होला  तिमी सधै यहि त चाहन्थेयौ कि म शब्दसंग खेलु, शब्दसंग सान्निध्यता बढाउ र यिनै भित्र हराउन सिकु।
म केही सन्तुष्ट छु आज मैले तिम्रो सपना थोरै भए पनि पूरा गर्दै छु, शब्द खेलाउन सिक्दैछु र यिनैसंग रमाउन सिक्दैछु। तिमिबाट मलैले कल्पना गर्न सिके, सपना देख्न सिके। तिम्रो सपनाको  दुनियामा केहि पल भए पनि घुमे रमाए। बस आज ति पलहरु मेरा स्मृतिमा मात्र छन्। तरपनि तिमि सँग प्रश्न भन्दा बढी गुनासो छ किन हराएयौ यसरी?
यो प्रेम भन्ने शब्द नै मलाई अचमको लाग्छ। अझ भनौ यो शब्द प्रेमी प्रेमिका बिचको सम्बन्धको लागि मात्र जरुरी छ  । मलाई लाग्दैन यस्तो न त्यतिबेला नै त्यस्तो लाग्थ्यो।हो म मान्छु म तिम्रो नजिक थिए तर मैले सधै तिमिलाई सम्मान पूर्बक हेरे सम्मान गरे र गरिरहने छु किनकी तिमी मेरो प्रेरणा थियौ र हौ।जब जब म होतोसाहित्त हुन्थे तिमि मलाइ प्रेमले सम्झाउथेयौ, ममा हौसला भर्थेयौ । भनौ भने तिमी मेरो अभिभावक भन्दा कम थिएनौ। तिमिसंग म प्रेमिका जस्तै रिसाउन सक्थे बच्चा जस्तै हठ गर्न सक्थे त्यसैले त तिमी मेरो नमेटिने याद हौ ।
अझ धेरै कुरा छन् तिमीलाई भन्न तर सबै कुरा यति सानो पत्रमा, थोरै शब्दमा अभिव्यक्त नहुने रहेछन् तर केहिभने अवश्य  अभिव्यक्ति गरेकि छु। सबै कुरा अटाउछु जस्तो लागे पनि नसकिने रहेछ।
थाहा छैन अब तिमीसंग फेरि भेट हुन्छ कि हुदैन चाहना त तिमिसँग फेरि भेट होस् भन्ने छ। तर समयमाथि नै  विश्वास छैन मलाई किनकि यहि समय त हो ।
हामीलाई नजिक ल्याउने अनि टाढा बनाउने पनि त्यसैले तिमी जहाँ छौ जस्तो छौ आफ्नो ख्याल राख्नु, रमाउनु, खुशी हुनु र अन्तमा  ‘भ्यालेन्टाइन्स डे’ को तिमिलाई धेरै धेरै शुभकामना।
उहि तिम्री प्रिय पाठक
यमुना थापा

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...