बालदिबस
हात बेलुन लिएर
साना साना नानिहरु दौडिरहेका थिए
म टाढाबाट हेरिरहेकि थिए
रमाइ रहेकी थिए
त्यो भिडलाई देखेर
ती रमाएका नानिहरुलाई
देखेर,
त्यही पर कुनामा सानि नानी
हातभरी पत्रीका बोकेर दौडिदै थिन
बिहानिको ताजा खबर ताजा खबर
म झस्के उनलाई देखेर
एकछिन अघि सम्म मेरो ओठमा
छाएको मुस्कान एकाएक हरायो र म
ती सानी नानिको नजिक गए
उनले मेरो हातमा पत्रीका राखिदिदै भनिन्
दिदी दस रुपैया मात्र हो एउटा लिनोस्न्
म केही बोलिन चुपचाप चुपचाप उभिरहे
र सम्झे बाल अधिकारका सरोकारवालाहरुलाई, जिम्मेवार सरकारलाई जो बालश्रम मुक्त गर्न मरेर लागि परे झै गर्छ
सम्झे ती बाआमालाई जसले आफ्ना सन्तानलाई स्कुलको साटो काममा पठाउछन्
उनले फेरि भनिन् लिनोस्न दिदी
म झस्के उनको आवाजले अनि मैले उनिसंग सबै पत्रीका लिए
उनि छक्क पर्दै भनिन् दिदी एउटा मात्र लिनोस्
मैले भने आज बालदिबस हो
तिमी जस्ता साना साना नानिहरुको दिन हो,तिमी खेल पढ रमाउ
उनका आखामा मैले हजारौं प्रस्न देखे
जो एकदम मासुम थिए
अनि उनको हातमा एउटा कलम एउटा कपि र एउटा पुस्तक राखिदिदै भने अब तिमी प्रत्येक दिन मलाई यहाँ भेट
उनको जवाफमा टाउको हल्लाइन
अनि मैले मनमनै सोचे तिमी उड्नु पर्छ र अब म सिकाउछु तिमिलाई उड्न माथी माथिसम्म .......
No comments:
Post a Comment