प्यारो नेपालागन्ज
नेपालगन्ज पश्चिम नेपालको
प्यारो सहर जहाँ सबै किसिमका मानिसहरु बसोबास गर्छ।जुन पश्चिम नेपालको किनमेलको
मुख्य बजार पनि हो।र नेपाल इन्डियाको सिमाना पनि हो त्यसैले यहाँको रोनक बाह्रैमास
उस्तै हुन्छ।साच्चै पश्चिम नेपालको मुटु भनेपनि हुन्छ नेपालगन्जलाई।जय बागेश्वरि माताले
हात राखेको ठाउँ, टाढा टाढा सम्म हेर्दा पनि नसाकिने फाँट अनि आफ्नै परिश्रम र
आफ्नतका बिच रमाएका मानिसहरु आहा! टाढै बाट हेर्दा पनि साह्रै सुन्दर लाग्छ
नेपालगन्ज।
त्यसैले पनि सोचे यति
राम्रो र प्यारो नेपालगन्जसंग एकदिन भएपनि बिताउ।र मैले मेरो काठमाडौदेखि
दैलेखसम्मको यात्रालाई नेपालगन्जमा तिर मोडे।नेपालगन्जसंग सामिप्यता गास्नलाई,
सानिध्यता बढाउनलाई।काठमाडौबाट बेलुका सात बजे छुटेको गाडी बिहानको एघार वजे नेपालगन्ज आइपुग्यो। र सुरु
भयो मेरो नेपालगन्जसँगको यात्रा।काठमाडौका यादहरुलाई मष्तिकको एउटा कुनामा राखेर
नेपालगन्जसंगका नयाँ यादहरु बनाउलाई म निकै उत्साहित थिए। नेपालगन्ज म पहिला न
आएकी हैन तर पनि यो पटक ममा बेग्लै उत्साह थियो नेपालगन्जलाई आफ्नो आचँलमा समेट्ने
आखाँमा बसाउने कहिलेकाही मलाई मेरै रहर देख्दा पनि अचम्म लाग्छ जे होस्
नेपालगन्जलाई आचँलमा कति समेट्न सक्छु त्यो त थाहा छैन तर सकेसम्म समेट्ने छु
भन्ने बिश्वास छ।
बिहानको एघार बजे म
नेपालगन्जको पुष्पलाल चोकमा ओर्लिए ।पुष्पलाल चोक ओहो! पुष्पलालको नाम सुन्ने
बित्तिकै छाती फुलेर आउँछ, मनमा श्रद्धा जागेर आउँछ नेपाल कम्युनिस्ट पाटिका संस्थापक
र धरोहर जो हुन उनी तर आज कतिपय नेताहरुले उनको त्याग तपस्यालाई नबुझेर गलत ढङ्गले
पाटिलाई अघि बढाएको देख्दा पो दुख लाग्छ । एकछिन अढिए ती महान आत्माको सालिक अगाडि
अनि मनदेखी श्रद्धाञ्जली अर्पण गरे। त्यसपछि म र अन्टि फूपू घर गई खाएर हामी
अन्टिको कोठा भृकुटी नगर तिर लागेयौ। नाइट बसको थकानले होला शरीर साह्रै गलेको
थियो ।कोठामा पुगेर नुवाई धुवाई गरेर आराम गरेपछि हामी साझ तिर रुपडिया बजार तिर
लागेयौ । रुपडिया बजार जो नेपाल इन्डियाको सिमाना बजार हो।भन्नलाई इन्डिया बजार
भने पनि यहाँ नेपालीहरुले नै धेरै किनमेल गरेको धेरै देखीन्छ।पश्चिम् नेपालतिरका
सारा मान्छेले किनमेल गर्ने ठाउँ हो रुपडिया बजार जहाँको मोल भाउ हाम्रोभन्दा
सस्तो हुने र सबै किसिममा सामानाहरु पाउने भएकाले होला यो बजार निकै लोकप्रिय छ।त्यसैले
पनि घरको लागि सरसामान किन्न म र अन्टि रुपडिया बजारतिर लागेयौ।रुपडिया जति सस्तो
र सर्बसुलभ छ त्यति नै फोहोर, अव्यवस्थित र अस्तब्यस्त पनि छ। गाडीहरूको जहाँ त्यही
पार्किङले गर्दा होला अन्टिले स्कुटी पनि लडाउनु भयो धन्न चोट सामान्य लागेर मात्र।रुपडिया
बजारको किनबेल सकेर हामी नेपालगन्ज बजार घुम्न निस्केयौ। सबैभन्दा पहिला त हामी
त्रिभुवन चोक गयौ जुन नेपालगन्जको मध्यचोक हो।जहाँको पानीपुरी र चाट धेरै फेमस रहेछ।हामिले
पनि पानीपुरी र चाटको मज्जा उठायौ साच्चै जिब्रोमा झुन्डिने स्वाद रहेछ पछिसम्स
पनि जिब्रोमा झुन्डिरहयो सोचे अर्कोपटक आएछ भने फेरि त्यो स्वादको मज्जा लुट्नु
पर्ला।
अस्ताउदै गरेको सुर्य
अनि झिलिमिली बत्तिको घुम्टो ओढेको साझको नेपालगन्ज साच्चै साह्रै रमाइलो र मनमोहक
हुदोरहेछ मलाई पनि साह्रै रमाइलो र सुन्दर लाग्यो।
जसै साझ पर्यो लाग्यो
नेपालगन्ज एउटा सुन्दर युबकमा परिणत भएको छ र मेरो हात समाएर घरी त्रिभुवन चोक त
घरी पुष्पलाल चोक घरी नर्सिङ होम तिर त घरि भेरी अस्पताल वरिपरि घरी नेपालगन्जको
मेन बजार घुमाउन लैजादै छ। उफ! नेपालगन्जको यो रुपसंग म साह्रै लालायित भए र उसैमा
समाउन थाले।नेपालगन्ज बिहानिको कलिलो घाममा सुन्दर र कोमोल फुल झै मौलाउथ्यो अनि दिनको
घाममा छाता बनेर ओत दिन्थ्यो र साझमा प्रेमी बनेर यहाँका सुन्दर नगरी घुमाउन लैजान्थ्यो।पानीपुरी
र चाट खादा होस या रुपडिया बजार घुम्दा होस एउटा कुशल र मायालु प्रेमिले झै मलाई साथ
दिरह्यो मलाई माया गरिरहयो मेरो किएर गरिरह्यो।आफ्नो आचँलमा समेटी रह्यो आफुमा
मलाई समाई रहयो।
यहाँ मैले नेपालगन्जको
कुरुपता नदेखिकी हैन।तर नेपालगन्जको मासुमियतका अगाडि भुले मैले त्यो कुरुपता।जस्तै
म त्यो कुरुपतासंग साक्षतकार हुन्थ्ये नेपालगन्ज मेरो अगाडि निर्दोष बालक झै उभिन्थ्यो
र भन्थ्यो प्यारी यो कुरुपता तिम्रो लागि हैन तिमि जस्ताको लागि हैन यी त तिनका
लागि हो जसले मेरो महत्वलाई बुझ्दैनन् मलाई माया गर्दैनन् ।ममा कुरुपता मात्र
बर्षाउछन् मेरो खिल्लि उढाउछन्।केबल मलाइ प्रयोग गर्छन् । मलाई दुर्गन्ध र फोहोरी
बनाउछन्।मलाई त तिमी जस्तै मलाई माया गर्ने मायालुहरुको खाँचो म मेरो गर्भबाट तिमी
जस्तै छोरी जमाउन चाहन्छु जोसंग असिमित माया छ ।तर मेरो गर्भलाई कति पटक यहाँका कुरुप
मानिहरुले तुहाइ दिएका छन् तिमि कल्पना सम्म गर्न सक्दिनौ र म बताउन पनि सक्दिन।नेपालगन्जको
यस्तो बिलौना सुनेर र सत्यसंग अबगत भए पछि म कसरी उसलाई घृणा गर्न सक्थेर कसरी
उसलाई माया नगरी बस्न सक्थेर अह सकिन मैले उसलाई माया नगरि बस्न।बस त्यति थोरै
समयमा पनि नेपालगन्ज ममा सबथोक बनेर छायो एकपल अभिभावक बनेर, एकपल साथी अनि एकपल सुन्दर
प्रेमी बनेर सब सब थोक बनेर नेपालगन्जले
ओठमा दिएको मिठो चुम्बन, हात समाएर घुमाएको सारा शहर अनि आफ्नो न्यानो अंगालोमा
मलाई बेरेर पुरै रात मसंग गुजारेको क्षण म कसरि बिर्सन सकुला र खै !
जुनताराको घुम्टोभीत्र
सजाई दुलही बनाएर आफ्नो संसारमा मलाई सजाएको, आफ्ना तितामिठा क्षण मसँग
साटेको मेरो काखमा शिर राखेर आँसु झार्दै मेरा सारा खुशी तिमिलाई अनि तिम्रा सारा
दुख मलाई भनेको क्षण साच्चै म कति भाबुक भएकी थिए।
थोरै समयमा नेपालगन्ज
तिमिसंग धेरै पल बिते, धेरै कुरा साटिए तर जसै तिमिले उसको बारेमा सोधेयौ सबथोक
राम्रो भएको खबर जान्न चाहेयौ तब पो म झस्के, अचम्मित भए तिमिले
कसरी थाहा पायौ भनेर, कति सोध्दा पनि अह तिमीले मलाई केही बताएनौ बस यत्ती बनेयौ उ
तिम्रो लागि ठिक छ।तिमी उ माथि बिश्वास गर्न सक्छेयौ।एकपल त मानौ म कतै रोकिए तिम्रो
कुराले तर जब तिमिले उ माथी बिश्वास गर्न सक्छौ भनेयौ कताकता उसको सम्झनाले अङ्गाल्यो,
उसको तिर्सनाले सतायो र ढुक्क पनि बनायो एउटा प्रस्न जसले अट्काइरहयो थियो आज पार
लागे जस्तो भयो।
प्यारो नेपालगन्ज अझै
तिमिसंग समय बिताउन पुगेकै थिएन तर मेरा दिनहरु सकिदै छन् मैले मेरो गाउँ जानू छ
त्यसैले तिमिसंग फेरि यि पल साट्न यस्तै मीठो र प्यारो समय बिताउन म फेरि आउनेछु।
प्यारो नेपालगन्ज तिम्रो माया म मनभरि लिइएर जादैछु तिमी मेरो माया नमार्नु है
............
