बगैंचामा फक्राउने सपना देखेर
बोटहरुले जन्माएका थिए
कयौं कोपिलाहरु
र देखेका थिए सुन्दर सपना
फूल भएर फुल्ने र देउताको मन्दिरमा चढ्ने !
तर कहाँ जान्दथे बोटहरु
समय कति अप्रीय हुदैंँछ भनेर
वसन्त कति थला पर्दैछ भनेर !
महसुस गर्दै छु !
रङ्गिचङ्गि बगैचामा पापी नजर लगाउदैछन्
दुष्ट प्यासी भमराहरु
कोपिलाका दुश्मनहरु जसले उनीहरुलाई फुल्नै दिएनन्!
निर्दोष बोटहरु
चिच्याइरहे कोपिलाको जीवन रक्षाको लागि !
आफ्ना कोपिलाको निर्मम हालात देखेर
बोटहरुले प्रण लिए झै लाग्छ
अब उनिहरु कहिल्यै कोपिला जन्माउने छैनन्
कोपिलालाई फूल बनाएर फुलाउने छैनन् !
त्यसैले त आजभोलि म हरेक बोटहरु नाङ्गो देखिरहेकि छु,
हरेक कोपिलामा उत्साह मरे झै भेटिरहेकी छु !
के समयको यस्तो कुरुपतालाई आत्मसात गरेर
फेरि बोटहरुले कोपिला जन्माउलान्त शंका लाग्छ मलाई ?
No comments:
Post a Comment