प्रीय सुफि
नेपालि साहित्य जगतमा
सुबिन भट्टराई चर्चित नाम हो।यसभन्दा अगाडि नेपालि पाठकमाझ समर लभ,साया र मनसुन
जस्ता चर्चित उपन्यास पस्किसकेका लेखक सुबिन भट्टराई यो पटक प्रिय सुफि लिएर हामि
माझ आईसकेका छन्।सधै लभ स्टोरि पस्किने सुबिन भट्टराई यो पटक भने बिल्कुल नयाँ
कथाका साथ आएका छन् जसलाई पढेर म रुदारुदै हासेकि छु,पिडाको गहिराईमा डुबेर पार
लागेको जस्ति भएकि छु।उनका पहिलाका उपन्यास पढ्नेहरुलाई यो बिल्कुल फरक र मज्जा
लाग्नेछ ।कथा शैलि,बिम्बात्मत र प्रतिकात्मक भाषा,प्रेमको अपुर्व फ्रेम वाह! कति
सुन्दर कति आकर्षक अनि कति रोमान्चक ...।
वीरगन्जबाट काठमाडौका
लागि हिडेको सुमो अमलेखगन्जको जङ्गलको हाइवेको किनारामा लागेर रोकिन्छ।र सुमो
बिग्रेको कुरा थाहा हुन्छ।उ बल्बतल्ल नटवर्क मिलाइर फोनमा सुमो बिग्रेको र अर्को गाडिको
ब्यवस्था गरिदिन भनेर फोन राख्छे। एकछिनमा एउटा स्कर्पियो आउछ।ऊ सुमोको ड्राइभरलाई
गइ भन्दै झोला बोकेर स्कर्पियो चढ्छे।स्कर्पियोभित्रमा बा आमा छोरा र ड्राइभर गरेर
जम्मा चार जना हुन्छन् उनिहरुसँग कुरा गर्ने क्रममा उसले थाहा पाउछेकि उनिहरुको
छोरा कुनै केटिको प्रेममा परि सुसाइड गर्न खोजेको कुरा। त्यसैले उसले भन्छे बाटो
लामो छ म एउटा कथा भन्छु सुन्नु हुन्छ।पहिला त उनिहरु चासो देखाउदैन् तर उसले यसले
हजुरको छोरा जिबन पनि परिबर्तन गर्न सक्छ भनेपछि उनिहरु उसको कथा सुन्न इछुक्क
देखिन्छ र उसले कथा सुनाउन सुरु गर्छे ।
सदा क्षेत्री जसले
अनगिन्ती रहर र सपना बोकेकी थिइ र त्रिचन्द्र कलेजमा माइक्रोबायोलोजिको मास्टर्स
पहिलो सेमेस्टरमा पढ्दै थिई।जसमा प्रेमको पालुवा भर्खरै पलाएको र हुर्किदै थियो।जसलाई
उसलाई मनदेखी माया गरेकि थिइ मन पराइकि थिई उसैले उसलाई फोन नम्बर देखि कफिसम्म
अफर गर्छ ।जहाँ उसलाई भाउ खान मनपर्छ उसलाई सताउन मन लाग्छ र उसको आफुप्रतिको प्रेम
देखेर रमाउन मन लाग्छ ।अचम्म र खुशी त उ तब हुन्छे जब उसले माया गरेको मान्छे
अर्थात सार्थक केसि जसले उसलाई प्रेम प्रस्ताव राख्छ र आफ्नो प्रेमको हरेक परिक्षामा
पास हुन जुनसुकै कसौटी पनि पार गर्न तयार हुन्छ चाहे एक महिनामा चुरोट छोड्ने होस,चाहे तौल
घटाउने होस अनि चाहे कलेजमा टप फाइप पर्नलाई गरेको मिहेनतमा होस।अनन्त उ आफ्नो
प्रेमको परिक्षामा पास भइ छाड्छ र सदालाई सदाको निम्ति पाउछ।
प्रेमको शिखर चढ्दै
गरेकी सदालाई हरेक कुरा मन पर्न थाल्छ, पानीसंग खेल्नु, फुलसंग कुरा
गर्नु साथीहरूसंग जिस्कनु उसलाई प्यारो लाग्छ उ प्रेमलाई खुलेर जिउन चाहन्छे, प्रेममा
प्रेमिल भएर बाच्न चाहन्छे ।
तर बिडम्बना उ उन्माद
बैस र प्रेमको संसारमा चुर्लुम्म डुबेको बेला बाथरोगले थला पर्छे। सार्थकको प्रेम जसकाले उसलाई बाच्ने हिम्मत दिएको
हुन्छ त्यो पनि उ टाढा हुन्छ।उसका हरेक खुशिहरु, रहरहरु टाढा टाढा हुँदै जान्छन्।उ
बाथरोगले यतिसम्म घल्छे कि उ आफै टुवाइलेट सम्म पनि जान नसक्ने हुन्छे।उसलाई आफ्नै जिन्दगी
नै ठूलो बोझ लाग्न थाल्छ।उ आफ्नी आमालाई खुब सम्झिन्छे।उसकी आमा उ र उसकि बहिनि
सुफि सानै हुदा मरेकी हुन्छिन्।अनि सुफि उ भन्दा राम्री, तेज र समझदार
हुन्छे जसको डाहा सदालाई सदा लागिरहेको हुन्छ।उसले बहिनिलाई कहिल्यै माया गरिन
जहिले तर्किरही, टाढा भइरहि, दुरि बनाइ रहि तर अहिले आएर उनीहरुको सम्बन्ध सुधार हुन्छ
र एकअर्काका अन्तरङ्ग बन्दछन् उ सुफिमा आमा पाउछे,ब हिनी पाउछे, साथी पाउछे
सब सब थोक पाउछे ।
उसको बिरामले बर्ष दिन
काटिसको हुन्छ तर उसलाई थोरै पनि ठिक भएको हुदैन यसैबीच सुफिको बिहे हुन्छ
सार्थकले छोडेर जान्छ र उसले जिन्दगीलाई सदा सदाकाको लागि अलबिदा भन्ने फौसला
गर्छे ।उसले आफुले सुफिप्रती गरेको नराम्रो ब्यवहारको माफी माग्दै सुफिलाई चिट्ठी
लेख्छे।जिबनमा भएका राम्रा नराम्रा सबैको कुराको सम्झना गर्छे र भएभरको औषधि जम्मा
पारेर खाएर मर्ने निर्णय गर्छे।जब औषधि खान लागेकी हुन्छे तब उसलाई एक्कासि
जिन्दगीको प्रतिको मोह बढेर आउछ, बाच्ने हजार कारण भेटाउछे र जिन्दगीलाई चुनौती दिएर बाच्ने
प्रणका साथ उसको नयाँ उज्यालो हुन्छ।रातका सबै कुरा बाबालाई बताउछे बाबुछोरी अङ्गालो
मारेर रुन्छन् अनि उसले बाबालाई अर्को र्युम्याटोलोजिस्ट डा.अरुण गुप्ता लाई देखाउने
भनेर अपोइन्मेट लिन लगाउछे।बाबू छोरी हस्पिटल जान्छन्।डाक्टरले नयाँ औषधि
दिन्छन्।रोगको नयाँ नाम बताउछन् बिराम ठिक हुनेमा बिस्वस्त पार्छन् डाक्टरले भने
झै सदामा रोगले निको हुने तरखर गर्छ उ रोगलाई मनोबलले जित्दै जान्छे जसमा सुफिले
धेरै साथ दिन्छे। सदा बिस्तारै ठिक हुँदै जान्छे।उसको पढाई दुई बर्ष लस भएको हुन्छ
फेरि इन्ट्रान्स दिन्छे र कलेज जोइन गर्छे ।उसले आफ्ना सबैकुरा डायरीमा
लेखिकेकि हुन्छे जसलाई सुफिले पढिसकेपछि छाप्न्र सल्लाह दिन्छे अनेकौं कोशिश पछि
उसको बुक छापिन्छ र बेस्टसेलरको लिस्टमा पर्छ ।
उ चर्चामा आउछे। उसको
अनुभव र साहस सेयर गर्न धेरै मानिसहरू उसलाई आफ्नो कलेज स्कुलमा बोलाउछन् ।यसै क्रममा एकदिन सार्थक भेटिन्छ उसले नै सार्थक लाई बोलाउछे कुरा गर्छन् र छुट्टनेबेलामा सार्थकले भन्छ “यो सब कसरि सदा” अनि उसको जवाफ हुन्छ “मानिसले केहि गर्न
सक्दा कोशिश गर्छ मैले पनि त्यहि कोशिस गरे” अनि सार्थकले सदासंग एउटा सेल्फी खिच्ने अनुमती माग्छ अनि
सदा सार्थकलाई धन्यवाद भन्दै छुटिन्छे।सार्थक किन धन्यवाद पायो उसले सोच्दै बस्छ।सदा
जिन्दगिलाई अझ जिउदै जान्छे र जिन्दगिलाई माया गर्दै जान्छे।यति हो सदाको कथा यति भनेर उसले
कथाको बिट मारि।
स्कर्पियो
बल्खु, कुलेश्वर हुदै त्रिपुरेश्ररमा साइड लाग्यो उ त्यहि ओर्लि र
जाने बेलामा उसले गाडिमा भएका बा, आमा र छोरालाई किताब दिदै भनि यो किताब पढ्नु
होला सायद यसले अलिकति भएपनि हजुरहरुलाई जिन्दगि जिउने प्रेरणा दिनेछ भनि उ आफ्नो बाटो लागि केटाका बाले उसको हातमा किताब लिए र किताबलाई ओल्टाइ पल्टाइ हेरे किताबको तल लेखकको नाम लेखिएको थियो
सदा क्षेत्रि र यो कथा भन्ने सुफि नै थिइ उनिहरु एकछिन छक्क परे धेरै सवाल र
जवाफका साथ केटाका बाले घरि किताब घरि सुफि गएको बाटो हेरे।गाडिको चालकले भन्यो अब जाउ सर उनि झसंग हुदै भने हुन्छ जाउ।
यस
पुस्तकमा दुई बहिनिहरुको सम्बन्ध जहाँ उतारचढाबपछिको मिठो माया प्रेम,अनि सद्दभाब
साथ र सहयोग देख्न पाइन्छ र संघर्षपछिको जिन्दगिको सुन्दर रंग जिउन पाइन्छ साच्चै
भन्नुपर्दा प्रिय सुफि निकै नै प्रिय, सुन्दर र साहसले भरिएको छ।