Yamunathapablog

Sunday, September 23, 2018

प्रीय सुफि



प्रीय सुफि
नेपालि साहित्य जगतमा सुबिन भट्टराई चर्चित नाम हो।यसभन्दा अगाडि नेपालि पाठकमाझ समर लभ,साया र मनसुन जस्ता चर्चित उपन्यास पस्किसकेका लेखक सुबिन भट्टराई यो पटक प्रिय सुफि लिएर हामि माझ आईसकेका छन्।सधै लभ स्टोरि पस्किने सुबिन भट्टराई यो पटक भने बिल्कुल नयाँ कथाका साथ आएका छन् जसलाई पढेर म रुदारुदै हासेकि छु,पिडाको गहिराईमा डुबेर पार लागेको जस्ति भएकि छु।उनका पहिलाका उपन्यास पढ्नेहरुलाई यो बिल्कुल फरक र मज्जा लाग्नेछ ।कथा शैलि,बिम्बात्मत र प्रतिकात्मक भाषा,प्रेमको अपुर्व फ्रेम वाह! कति सुन्दर कति आकर्षक अनि कति रोमान्चक ...।

वीरगन्जबाट काठमाडौका लागि हिडेको सुमो अमलेखगन्जको जङ्गलको हाइवेको किनारामा लागेर रोकिन्छ।र सुमो बिग्रेको कुरा थाहा हुन्छ।उ बल्बतल्ल नटवर्क मिलाइर फोनमा सुमो बिग्रेको र अर्को गाडिको ब्यवस्था गरिदिन भनेर फोन राख्छे। एकछिनमा एउटा स्कर्पियो आउछ।ऊ सुमोको ड्राइभरलाई गइ भन्दै झोला बोकेर स्कर्पियो चढ्छे।स्कर्पियोभित्रमा बा आमा छोरा र ड्राइभर गरेर जम्मा चार जना हुन्छन् उनिहरुसँग कुरा गर्ने क्रममा उसले थाहा पाउछेकि उनिहरुको छोरा कुनै केटिको प्रेममा परि सुसाइड गर्न खोजेको कुरा। त्यसैले उसले भन्छे बाटो लामो छ म एउटा कथा भन्छु सुन्नु हुन्छ।पहिला त उनिहरु चासो देखाउदैन् तर उसले यसले हजुरको छोरा जिबन पनि परिबर्तन गर्न सक्छ भनेपछि उनिहरु उसको कथा सुन्न इछुक्क देखिन्छ र उसले कथा सुनाउन सुरु गर्छे ।

सदा क्षेत्री जसले अनगिन्ती रहर र सपना बोकेकी थिइ र त्रिचन्द्र कलेजमा माइक्रोबायोलोजिको मास्टर्स पहिलो सेमेस्टरमा पढ्दै थिई।जसमा प्रेमको पालुवा भर्खरै पलाएको र हुर्किदै थियो।जसलाई उसलाई मनदेखी माया गरेकि थिइ मन पराइकि थिई उसैले उसलाई फोन नम्बर देखि कफिसम्म अफर गर्छ ।जहाँ उसलाई भाउ खान मनपर्छ उसलाई सताउन मन लाग्छ र उसको आफुप्रतिको प्रेम देखेर रमाउन मन लाग्छ ।अचम्म र खुशी त उ तब हुन्छे जब उसले माया गरेको मान्छे अर्थात सार्थक केसि जसले उसलाई प्रेम प्रस्ताव राख्छ र आफ्नो प्रेमको हरेक परिक्षामा पास हुन जुनसुकै कसौटी पनि पार गर्न तयार हुन्छ चाहे एक महिनामा चुरोट छोड्ने होस,चाहे तौल घटाउने होस अनि चाहे कलेजमा टप फाइप पर्नलाई गरेको मिहेनतमा होस।अनन्त उ आफ्नो प्रेमको परिक्षामा पास भइ छाड्छ र सदालाई सदाको निम्ति पाउछ।

प्रेमको शिखर चढ्दै गरेकी सदालाई हरेक कुरा मन पर्न थाल्छ, पानीसंग खेल्नु, फुलसंग कुरा गर्नु साथीहरूसंग जिस्कनु उसलाई प्यारो लाग्छ उ प्रेमलाई खुलेर जिउन चाहन्छे, प्रेममा प्रेमिल भएर बाच्न चाहन्छे ।

तर बिडम्बना उ उन्माद बैस र प्रेमको संसारमा चुर्लुम्म डुबेको बेला बाथरोगले थला पर्छे। सार्थकको प्रेम जसकाले उसलाई बाच्ने हिम्मत दिएको हुन्छ त्यो पनि उ टाढा हुन्छ।उसका हरेक खुशिहरु, रहरहरु टाढा टाढा हुँदै जान्छन्।उ बाथरोगले यतिसम्म घल्छे कि उ आफै टुवाइलेट सम्म पनि जान नसक्ने हुन्छे।उसलाई आफ्नै जिन्दगी नै ठूलो बोझ लाग्न थाल्छ।उ आफ्नी आमालाई खुब सम्झिन्छे।उसकी आमा उ र उसकि बहिनि सुफि सानै हुदा मरेकी हुन्छिन्।अनि सुफि उ भन्दा राम्री, तेज र समझदार हुन्छे जसको डाहा सदालाई सदा लागिरहेको हुन्छ।उसले बहिनिलाई कहिल्यै माया गरिन जहिले तर्किरही, टाढा भइरहि, दुरि बनाइ रहि तर अहिले आएर उनीहरुको सम्बन्ध सुधार हुन्छ र एकअर्काका अन्तरङ्ग बन्दछन् उ सुफिमा आमा पाउछे,ब हिनी पाउछे, साथी पाउछे सब सब थोक पाउछे ।

उसको बिरामले बर्ष दिन काटिसको हुन्छ तर उसलाई थोरै पनि ठिक भएको हुदैन यसैबीच सुफिको बिहे हुन्छ सार्थकले छोडेर जान्छ र उसले जिन्दगीलाई सदा सदाकाको लागि अलबिदा भन्ने फौसला गर्छे ।उसले आफुले सुफिप्रती गरेको नराम्रो ब्यवहारको माफी माग्दै सुफिलाई चिट्ठी लेख्छे।जिबनमा भएका राम्रा नराम्रा सबैको कुराको सम्झना गर्छे र भएभरको औषधि जम्मा पारेर खाएर मर्ने निर्णय गर्छे।जब औषधि खान लागेकी हुन्छे तब उसलाई एक्कासि जिन्दगीको प्रतिको मोह बढेर आउछ, बाच्ने हजार कारण भेटाउछे र जिन्दगीलाई चुनौती दिएर बाच्ने प्रणका साथ उसको नयाँ उज्यालो हुन्छ।रातका सबै कुरा बाबालाई बताउछे बाबुछोरी अङ्गालो मारेर रुन्छन् अनि उसले बाबालाई अर्को र्युम्याटोलोजिस्ट डा.अरुण गुप्ता लाई देखाउने भनेर अपोइन्मेट लिन लगाउछे।बाबू छोरी हस्पिटल जान्छन्।डाक्टरले नयाँ औषधि दिन्छन्।रोगको नयाँ नाम बताउछन् बिराम ठिक हुनेमा बिस्वस्त पार्छन् डाक्टरले भने झै सदामा रोगले निको हुने तरखर गर्छ उ रोगलाई मनोबलले जित्दै जान्छे जसमा सुफिले धेरै साथ दिन्छे। सदा बिस्तारै ठिक हुँदै जान्छे।उसको पढाई दुई बर्ष लस भएको हुन्छ फेरि इन्ट्रान्स दिन्छे र कलेज जोइन गर्छे ।उसले आफ्ना सबैकुरा डायरीमा लेखिकेकि हुन्छे जसलाई सुफिले पढिसकेपछि छाप्न्र सल्लाह दिन्छे अनेकौं कोशिश पछि उसको बुक छापिन्छ र बेस्टसेलरको लिस्टमा पर्छ ।

उ चर्चामा आउछे। उसको अनुभव र साहस सेयर गर्न धेरै मानिसहरू उसलाई आफ्नो कलेज स्कुलमा बोलाउछन् ।यसै क्रममा एकदिन सार्थक भेटिन्छ उसले नै सार्थक लाई बोलाउछे कुरा गर्छन् र छुट्टनेबेलामा सार्थकले भन्छ यो सब कसरि सदा अनि उसको जवाफ हुन्छ मानिसले केहि गर्न सक्दा कोशिश गर्छ मैले पनि त्यहि कोशिस गरे अनि सार्थकले सदासंग एउटा सेल्फी खिच्ने अनुमती माग्छ अनि सदा सार्थकलाई धन्यवाद भन्दै छुटिन्छे।सार्थक किन धन्यवाद पायो उसले सोच्दै बस्छ।सदा जिन्दगिलाई अझ जिउदै जान्छे र जिन्दगिलाई माया गर्दै जान्छे।यति हो सदाको कथा यति भनेर उसले कथाको बिट मारि।

स्कर्पियो बल्खु, कुलेश्वर हुदै त्रिपुरेश्ररमा साइड लाग्यो उ त्यहि ओर्लि र जाने बेलामा उसले गाडिमा भएका बा, आमा र छोरालाई किताब दिदै भनि यो किताब पढ्नु होला सायद यसले अलिकति भएपनि हजुरहरुलाई जिन्दगि जिउने प्रेरणा दिनेछ भनि उ आफ्नो बाटो लागि केटाका बाले उसको हातमा किताब लिए र किताबलाई ओल्टाइ पल्टाइ हेरे किताबको तल लेखकको नाम लेखिएको थियो सदा क्षेत्रि र यो कथा भन्ने सुफि नै थिइ उनिहरु एकछिन छक्क परे धेरै सवाल र जवाफका साथ केटाका बाले घरि किताब घरि सुफि गएको बाटो हेरे।गाडिको चालकले भन्यो अब जाउ सर उनि झसंग हुदै भने हुन्छ जाउ।

यस पुस्तकमा दुई बहिनिहरुको सम्बन्ध जहाँ उतारचढाबपछिको मिठो माया प्रेम,अनि सद्दभाब साथ र सहयोग देख्न पाइन्छ र संघर्षपछिको जिन्दगिको सुन्दर रंग जिउन पाइन्छ साच्चै भन्नुपर्दा प्रिय सुफि निकै नै प्रिय, सुन्दर र साहसले भरिएको छ।



Wednesday, September 19, 2018

फस्ट डेट ..


फस्ट डेट
आज शनिबार बिहान सबेरै उठे देखि नुवाइधुवा गर्नमा नै ब्यस्त छ शृजन।कहिल्यै यति छिटो नउठ्ने उ आजको उसको पारा देखेर छक्क छन् घरका सबै जना कसैले थाहा नपाउन भनेर उ बढा सावधानी पुर्बक आफ्ना कामहरु गरिरहेको छ।खाना खाइवरी उ कोठामा जान्छ र तयार हुन थाल्छ नयाँ पेन्ट,नयाँ टिसर्टका साथ कपाल पनि बढो मेहनतका साथ मिलाउछ थोरै गोरो हुने क्रीम पनि दल्छ अनि ऐनामा हेर्छ।आफुलाई कुनै हिरो भन्दा कम लाग्दैन उसलाई उ....।

सुजाता जोसंग उ आज भेट्न जादैछ।उनिहरु पहिले त राम्रा साथी थिए तर साथिको सिलसिला कहिले प्रेम बदलिसकेछ उसलाई थाहा नै भएन।भन्ने हो भने उ सुजातालाई एकहद सम्म चाहन थालेको थियो र उसका मनमा मच्चिएका हलचलबारे सुजाता पनि अबगत थिइ र उसले पनि ती हलचलहरुलाई हावा दिरहेकी थिइ ।खासमा भन्ने हो भने आज उ सुजातासंग फस्ट डेटका लागि मेहनत गरिरहेको हो। आज कोटेश्वर चोकमा बिहान एघार बजे भेट्ने भनेर हिजो उनिहरु छुट्टेका थिएका थिए।त्यसैले उसले सुजातालाई आफु घरबाट निस्किएको जानकारि दिइ उसलाई समयमा नै आउन भनि म्यासेज छोड्छ र आफु घरबाट निस्कन्छ।

कोटेश्वर चोकमा उ अलि अगाडि नै पुगेको हुन्छ। र उ सम्झन्छ थाल्छ..... देख्छ परबाट उसकी सुजाता रातो कुर्तामा सजिएर उसकै अगाडि आइरहेकि हुन्छे।आँखामा काजल, ओठमा कलेजी रंगको लिपिस्टिक, निधारमा कालो टीका आहा सुजाता कुनै अप्सरा भन्दा कम देखिएकी हुदैन।जब उससंग सुजाताका आँखा जुध्छन् सुजाता लजाएर निउरिन्छे।उसको यो लजालुपनामा उसलाई प्यार आउँछ अनि उ बिस्तारै उसको छेउ आएर बस्छे अनि उनिहरु काठमाडौ भन्दा पर धुलिखेल जान्छन् जहाँ उनिहरु एकअर्कालाई पुर्ण महसुस गर्न सकुन धुलिखेलको शितल हावा अनि हरियाली मौसमले उनिहरुलाई नै स्वागत गरेको महसुस हुन्छ।पर डाँडाँमा लालिगुँरास फुलिरहेको हुन्छ उसले त्यो गुराँस टपक्क टिपेर सुजाताको शिरमा शिउरिदिन्छ सुजाताले लाजले रातोपिरो हुन्छे, अनि उसले सुजाताको हात आफ्नो हातमा राखेत जीवन भरि साथ निभाउने बाचा गर्छ। पहिलो पल्ट सुजातालाई देख्दा उसका मनमा उठेका भाबनाहरु व्यक्त गर्छ।उसंग प्रेम भएको कुरा महसुस हुदाँ उ कति खुशी भएको थियो र सुजातालाई बताउन कति हतारिएको थियो सब सब कुरा उ सुजातालाई बताइ रहेको थियो अनि सुजाता पनि उसका कुरा मन्त्रमुक्ध भएर चुपचाप चुपचाप सुनिरहेकी थिई।

आज सुजातालाई आफ्ना सम्पुर्ण अनुभुती बताउने र उसका अनभुती जान्ने चाहाना तिब्र थियो उसमा। सुजाता कहिले पहिलो पल्ट खुशि भइ, त्यो खुशिको कारण के थियो, उसलाई के मन पर्छ, के मन पर्दैन, कहाँ घुम्न मन छ यस्ता हरेको कुरा सुजाताका बारेमा जान्न चाहन्थ्यो उ ताकी ती सवै खुशी सुजातालाई दिन सकोस् उ किनकि सुजाता नै उसले आफ्ना लागि चाहेको पहिलो खुशि थिई।जसको आहाटले उसलाई रोकेको हुन्छ।जसका शब्दहरुले उसको अन्तरहृदयलाई छोएको हुन्छ।जसको स्पर्शमा उसलाई जिन्दगी नै पाएको आभास हुन्छ।अलिपर पानीको धारामा सुजाता पानीसंग खेलिरहेकी हुन्छे। उ सोच्छ सुजाताको हृदय पनि यहि पानी जस्तै  कति निश्चल र कञ्चन छ।उ सुजातालाई चुम्न चाहान्छ, मानौ उ आफ्नो हो भन्ने मोहोर लगाउन चाहन्छ।

अनि सुजाता पनि त कहाँ कम छे र! न रुपको कमि, न गुणको कमि, मान्छे रिझाउन जाने कै छे, कहाँ कसलाई कस्तो आदार सम्मान गर्नुपर्छ केही सिकाउनु पर्दैन उसलाई तर बस यत्ति कुराको डर छ उसलाई कि कोहि उसलाई नतोडिदियोस्।कसैको ठूलो स्वर पनि सहन सक्दैन उसको हृदयले साह्रै नाजुक छे सुजाता ।

भेट्ने, कुरा गर्ने पहिला पनि नगरेको हैन उसले सुजातासंग तर आजको भेट आजको उसंगको समय साह्रै खास लागेको छ उसलाई । घरी फोटो खिच्नु, घरी पानीसंग खेल्नु अनि पारी फुलेका गुराँसमा जीवन खोज्नु र तिनैसंग हराउनु यस्तै छ आजको दिन र आज उसले अरु दिन भेटेकी सुजाता भन्दा भिन्न सुजाता देखिरहेको छ जो खुलेर बाचेकी छ, जसमा केटाकेटी जस्तो चन्चलपन छ, आमाको जस्तो माया गर्ने हृदय छ, साथी जस्तो आफ्नोपन छ अनि प्रेमिकाको जस्तो प्रेम यो भन्दा बढि के चाहाना हुन्छर एउटा केटालाई उसकी प्रेमिकाबाट ।

दिनले मध्यान्हको समय पार गरेर कतिबेला सन्ध्याको शुभारम्भ गरिसके छ उसलाई थाहा नै भएन । गुराँसको लाली, गुराँसको सिंदुर अनि गुराँस नै घुम्टोले सजिएकी सुजाता उसले सम्झ्यो आहा! कति राम्री उसकी दुलही सुजाता उ कल्पनामा नै हराउन थाल्यो एकछिन त। जब सुजाता पानीका थोपाहरुले उसलाई हिर्काउथिइ उ झसङ्ग हुन्थ्यो र सुरु हुन्थ्यो सुजातालाई पनि उसैगरी पानीले छ्याप्ने काम एकअर्कासंग यसरी उनिहरु पहिलो पल्ट समय बिताइरहेका थिए दुबैकोलागि यो नयाँ र रोमाञ्चक अनुभव थियो।दुबैको आँखामा एकअर्कासंग हुनुको खुशिको आन्नद देख्न सकिन्थ्यो।

उ यस्तै कुरा सोच्दै थियो आवाज आयो कता हराएको कति बोकाइसके उ झस्क्यो आवाज सुजाताको थियो अघि देखेका दृश्य त सब सपना पो रहेछन् उसले आफैसंग भन्यो एक नजर सुजातालाई हेर्यो साच्चै नै आफुले सोचेजस्तै सुजाता राम्री देखिएकी थिइ । भन्यो कति बेल लागाएकी अनि जिस्कायो यतिबेर लगाएको नतिजा त जस्ताको त्यस्तै छ  पाउडर लाइनौ कि क्या हो।एकछिन त खुब रिसाइ सुजाता अनि फेरि भन्यो अब राम्री देखियौ अनि एकाअर्कालाई जिस्काउदै कुरा गर्दै रिसाउदै,फकाउदै उनिहरु काठमाडौं बाहिर धुलिखेल तिर लागे आफ्नो फस्ट डेट इन्ज्योइ गर्न ........।


Thursday, September 13, 2018

बालदिबस


बालदिबस 
हात बेलुन लिएर 
साना साना नानिहरु दौडिरहेका थिए
म टाढाबाट हेरिरहेकि थिए 
रमाइ रहेकी थिए 
त्यो भिडलाई देखेर 
ती रमाएका नानिहरुलाई
देखेर,


त्यही पर कुनामा सानि नानी 
हातभरी पत्रीका बोकेर दौडिदै थिन
बिहानिको ताजा खबर ताजा खबर

म झस्के उनलाई देखेर 
एकछिन अघि सम्म मेरो ओठमा 
छाएको मुस्कान एकाएक हरायो र म 
ती सानी नानिको नजिक गए 

उनले मेरो हातमा पत्रीका राखिदिदै भनिन् 
दिदी दस रुपैया मात्र हो एउटा लिनोस्न्
म केही बोलिन चुपचाप चुपचाप उभिरहे

र सम्झे बाल अधिकारका सरोकारवालाहरुलाई, जिम्मेवार सरकारलाई जो बालश्रम मुक्त गर्न मरेर लागि परे झै गर्छ
सम्झे ती बाआमालाई जसले आफ्ना सन्तानलाई स्कुलको साटो काममा पठाउछन्


उनले फेरि भनिन् लिनोस्न दिदी 
म झस्के उनको आवाजले अनि मैले उनिसंग सबै पत्रीका लिए
उनि छक्क पर्दै भनिन् दिदी एउटा मात्र लिनोस्


मैले भने आज बालदिबस हो 
तिमी जस्ता साना साना नानिहरुको दिन हो,तिमी खेल पढ रमाउ 
उनका आखामा मैले हजारौं प्रस्न देखे 
जो एकदम मासुम थिए


अनि उनको हातमा एउटा कलम एउटा कपि र एउटा पुस्तक राखिदिदै भने अब तिमी प्रत्येक दिन मलाई यहाँ भेट  
उनको जवाफमा टाउको हल्लाइन


अनि मैले मनमनै सोचे तिमी उड्नु पर्छ र अब म सिकाउछु  तिमिलाई उड्न माथी माथिसम्म .......


Wednesday, September 12, 2018

ह्यापी तीज


ह्यापि तीज
हिन्दु नारिको महान पर्व तीजले हिन्दु नारिहरुलाई आफ्नो रंगमा रंङ्गाइ रहेछ, नारिहरु आफ्ना दुख पीडाहरुलाई एकातिर पन्छ्याएर हास्दै छन् र कति हास्ने कोसिस गर्दैछन्,सपनाहरूका पछाडि भागिरहदा आफ्नाहरु कहि पछाडि छुट्दारहेछन् आमा! साथिहरुले, मिठा खानेकुराले,राम्रा लुगाले परिवारको कमि, तिम्रो कमि पूरा नगर्ने रहेछन् .. एकातिर तीजको गीत बजिरहेको छ अनि अर्कोतिर शहर रातो हरियो भएर ढाकिरहेको छ ..साझ झिलिमिली बत्तिले सजिरहदा ..... सम्झे त्यो चिउरी फुलेको आगन,आमा तिम्रो स्वर,बहिनिहरुसंगको झगडा, भाइसंगको प्रेम, बाबासंगको जिद्दीपन .. अनि तीजकोलागी भनेर बनाएको तिम्रो हातको मिठो दर जस्को स्वाद म दुनियाँमा सायदै भेटुला अनि ति रमाइला पलहरु जुन आचलमा समेट्न मिल्ने भए म अहिल्यै आचल फुकालेर यसलाई आफ्नो वरिपरि सजाउने थिए र रमाउने थिए यिनिसँगै आमा! आफ्नाहरुसंग साटेको खुशिको महत्त्व नै छुट्टै हुन्छन् त्यसैले होला संसारले परिवारको आफ्नाहरुको स्थानलाई धेरै माथी राखेको।

यहाँ रमजम छ, मिठो भोजन छ तर त्यो रस छैन त्यो आफ्नोपन छैन अनि सबैभन्दा ठूलो कुरा त परिवार छैन तिमि छैनौ आमा।यस्तो लाग्छ यहाँ त तीज तीज हैन गहना र कपडाको प्रदर्शनि जस्तो लागिरहेको छ र यस्तो लाग्दै छ कि काठमाडौ यो चत्रीकला हरेर ब्याङ्ग्यात्मक हाँसो हाँसोरहेको छ ।

भन्छन् तीज हिन्दु धर्मावलम्बीहरूको एक महत्वपूर्ण पर्व हो।यो पर्व भाद्रशुक्ल पक्ष तृतीयाका दिनमा पर्दछ।धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भई महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् ।

हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि उनिले आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्।पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बसेकी र उनको व्रत पूर्ण भई महादेव पति पाएको दिन भाद्र शुक्ल तृतीयाको दिन थियो।त्यहाँदेखि नै हिन्दू नारीहरूले हरितालिका तीज मनाउदै आएको बिश्वाश गरिन्छ ।

तीजको महिमा एकातिर यस्तो छ अर्को तिर तीज समाजमा सद्भाव हैन बिकृतिको माध्यम बन्दै गईरहेको छ । ठुलालाई सम्मान र सानालाई माया गर्नु पर्छ यो कुरा त समाजमा आजका मान्छेहरुले आजका युवा पिडिले बिर्से झै लाग्छ।सबैजना अधिकारका कुरा गर्छन् पाउनकै लागि मरिमेट्छन् तर धर्मका नाममा बिकृती फैलिरहेको कुरा त यहाँ कसैलाई ख्याल नै छैन जसले मलाई एकदम दुखी बनाउन छ आमा।

जे थिए जस्ता थिए बरु तिनै दिन राम्रा थिए।एकअर्काप्रति माया प्रेम र स्नहे त थियो।सहयोगको भावना थियो संस्कार र धर्मप्रती निष्ठा र इमानदारीता थियो।न तीज नाच्नलाई आजभोलिका जस्ता गीत थिए न मियुजिक स्टम नै थियो तर पनि आज तिनै गित राम्रा लाग्छन्, ति नै भाका सम्झिन मन लाग्छ।जहाँ गितमा आफ्नै मौलिकपन पाइन्थ्यो चेलीबेटीका दुख पीडा समेटिएका हुन्थे।आमाको माया अनि माइतिको आगन स्वर्ग झै हुन्थ्यो टाढा टाढाका दिदिबहिनी जम्मा भएर स्वरमा स्वर भरेर आफ्ना खुशी साट्थे पीडा साट्थे र पलभरलाई भएपनि सबैथोक बिर्सेर रमाउथे, हास्थे, नाच्थे, गाउथे।आज त ती दिन, ती कुरा सब सब मिठा सपना जस्ता लाग्छन् आमा! शहर अनि यो समय किन यति धेरै क्रूर भएको होला बन्दै गएको होला सोच्दा पनि अचम लाग्छ।

अनि फेरि सोच्छु सायद समयको बदलाब यहि होला।जहाँ पुराना कुरालाई नयाँ कुराले बिस्थापित गर्दैछैन् तर भन्छन्नि समय घुम्छ र बिश्वास छ कुनै दिन समय घुम्दै घुम्दै फेरि त्यही ठाँउमा पुग्नेछ।समयसंगै चल्नुपर्छ भन्छन् सबैजना खुशी भइरहेको ठाँउमा एक दुई जना दुखी हुदैमा केही फरक पर्दैन त्यसैले पनि आमा यो तीजले यो रमझमले सबैको जिन्दगीमा खुशी ल्याउने छ,सबैको ओठ्को मीठो मुस्कान बन्ने छ र निर्मला र निर्मला जस्ता हजारै छोरिहरुले न्याय पाउनेछन् भन्ने विश्वासका साथ सबैलाई ढिलै भएपनी ह्यापि तीज....
 

Saturday, September 8, 2018

ह्यापि फादरस् डे बाबा


ह्यापि फादरस् डे बाबा

आमाको महिमा गाइरहदा
तिमी तिम्रो संघर्ष हाम्रा नजरबाट
ओझेल भयो यस्तो नसोच्नु  बाबा,

मलाई याद छ म बिरामी हुदा
औषधि खुवाने हात आमाका
भए पनि औषधिका निम्त
भागदौड गर्ने कदमहरु तिम्रा हुन्थे,

दुनियाँले आमालाई पृथ्वी भनेर
माने पनि,बाबा के पृथ्वी ब्रह्माण्ड
बाट अलग भएर आफ्नो अस्तित्व
निर्माण गर्न सक्छ र,

मलाई थाहा छ बाबा
आमा आँसु लुकाउन सक्दिनन्
तिमी आसु देखाउन सक्दैनौं
किनकि हामी जिन्दगीदेखि,
संघर्ष देखि, अनि हालत देखि
कम्जोर नपरौ भनेर हैन त बाबा,

म जान्दिन अर्थशास्त्र,न जान्दछु
संस्कृत नै बस मलाई यत्ती थाहा छ
बाबा मेरो सुन्दर भबिस्यको निम्ति
तिमिले नापेको जमीनको रिण 
चुकाउन सकु,मेरो पेट भर्न भोको रहेको 
तिम्रो पेटको हिसाब चुकाउन सकु,

बस यत्ती गर्न मन छ,समाजमा
तिमिलाई छोरिको बाबू हुनुको
गर्ब महसुस गराउनु सकु 
ह्यापि फादरस् डे बाबा !!

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...