Yamunathapablog
Sunday, October 31, 2021
एउटा मीठो निन्द्रा
Friday, October 22, 2021
केही आफ्ना कुरा ....
तिमी र तिमीसँगको प्रेमले जति महत्त्व राख्थ्यो जिन्दगीमा त्यही नै महत्त्व स्वयम् जिन्दगीले पनि राख्छ जिन्दगीमा । मनले गरेको प्रेम हो छुट्दा दुख्नु, टुट्दा मन छट्पटीनु स्वाभाविक हो यो कुरा तर आँखाहरुमा आँसु पारेर कस्लाई देखाउनु छ दु:ख, कसलाई जताउनु र पिडा ......
र त प्रेममा कहिल्यै गुमान भएन कि त्यो मेरो प्रेम मेरो कहिल्यै भएन अनि मैले त्यो प्रेमसँग गुनासो पनि कहिल्यै गरिएन किनकि त्यसमा कमि पनि कहिल्यै नजर आएन । त्यसैले त म मान्ने गर्थे प्रेम गुलाफको फूलमा हैन मनमा फूल्नु पर्छ, प्रेम गर्छु भनेर दावा गर्नेहरुले प्रेममा न कुनै भ्रम,न कुनै शर्त बस प्रेमसहित प्रेम जगाउन सक्नुपर्छ किनकि यो सहरमा तनसंग प्रेम गर्नेहरु हजारौं भेटिन्छन् मन त सदा मनसंग प्रेम गर्नेको प्रतीक्षामा हुन्छ । साँच्चै कसैले ठिकै भनेको हो "जिन्दगीमा सुख र दु:खका पलहरु बराबर हुन्छन् तर सुखको पल छोटो जस्तो लाग्छ अनि दु:खको पल धेरै जस्तो लाग्छ ।"
हिजो सँगै हुदा जति तिम्रो लागि जति इज्जत थियो मनमा आज पनि त्यति नै छ किनकि जिन्दगीमा जति मान्छेहरु जोडिन्छन् ति सबै मनसम्म पुग्दैनन् त्यसैले मनसम्म पुग्नेहरु खास नै हुन्छन् । हामीमा ठूलो भ्रम छ प्रेम गरेपछि बिबाह गर्नै पर्छ, प्रेमी/प्रेमिकासंगै हुनैपर्छ । तर कसले सम्झाउओस् यो समाजलाई प्रेम गर्नु र बिबाह गर्नु नितान्त फरक कुरा हुन भनेर अझ मनसँगको प्रेम, जुन धेरै कम भोग्न पाइन्छ, अझ धेरै कम देख्न पाइन्छ । मैले तिमीलाई भूल्नको लागि कहिल्यै प्रेम गरिन त्यसैले तिमी आज पनि उस्तै छौ मेरो प्रेमको संसारमा .... .....
तिमीलाई थाहा छ हिजोआज प्रेमको बगैंचामा गुलाफहरु फूल्दैनन्, बस वासना र हबसको नमिठो गन्ध मात्र नजर आउछ, प्रेमिहरु प्रेमिकाभन्दा बढी रात बिताउने खेलौनाहरु खोज्न थालेका छन् त्यसैले त हेर प्रेमको बगैंचामा क्याक्टस उम्रेको छ प्रेम रसाउने मन पत्थर हुँदैछन् अनि प्रेमको कतै नामनिशान छैन।
तिमीले आँखा बन्द गर्न लगाएर हातमा राखिदिएको एक थुङ्गा फूल अझै छ मसँग अनि हरपल पवनमा मिसिएर बहन तिम्रो प्रेम हरक्षण महसुस हुन्छ मलाई ........ यो मेरो प्रेमप्रतिको प्रेम हो, प्रेमप्रतिको भक्ति हो । र आज पनि मैले यो प्रेमलाई आफूभित्रै समाहित गरेकी छु किनकि यो मेरो प्रेम हौ र मैले प्रेम गर्न नै यसैबाट सिकेकी हुँ ।
हो मलाई तिम्रो हुनु थियो, तिम्रो सानिध्यताकि म कायल थिए तर मैले होस भने गुमाएकी थिएन, मैले तिमीसँग प्रेम पनि होसमा नै गरेकी हुँ, तिमीसँग छुटेर जाने निर्णय पनि होसमा नै गरेकी हुँ । मेरो नजरमा प्रेमको आफ्नै ठाउँ छ, आफ्नै अस्तित्व र गरिमा छ । मलाई सम्बन्धहरु त्यतिबेलासम्मका सुन्दर लाग्छन् जतिबेलासम्म तिनमा होस् बाकीँ रहन्छ इज्जत र गरिमा बाकीँ रहन्छ ... हामी सोच्छै हामीले जिन्दगीका फैसलाहरु गर्छौ तर हामी भ्रममा छौ किनकि हाम्रोलागि फैसला जिन्दगीले गरेको हुन्छ, हामीले त बस त्यो फैसलालाई होसमा रहेर अमल गर्दै जाने मात्र हो ।
हामी सधैँ प्रेममा मापन मात्र किन गर्छौ के कहिल्यै एकै हुन्छ, हुन सक्छ र आमाको प्रेम र प्रेमी/प्रेमिकाको प्रेमी ।
कहिल्यै सोचेको छ कसैले ... .....
तिमीलाई एउटा कुरा बताउ रङ्गहरुको मात्र सहि भयो भने मात्र हो सुन्दर इन्द्रधनुश बन्ने नभए त त्यो मात्र रङ्गहरुको मिश्रण बन्छ कालो दाग बन्छ जुन साह्रै कुरुप हुन्छ ।
यि दिनहरुमा तिमी कहाँ छौ , कोसँग छौ ? यो जान्ने पटक्कै चाहाना रहेन, प्रेमको उपस्तिथि तिमीमा कति छ त्यो जान्ने चाहाना पनि छैन । किनकि खुसीका लागि छुटेकाहरु खुसी नै होलान् यस्तो मनले मानी दिएको छ ।
तर मैले भने यसरी बुझ्न थालेकी छु ....
रङ्गहरुमा प्रेम भेटिदैनन्, प्रेममा रङ्गहरु भेटिन्छन् जुन निश्छल, निर्मल र सुन्दर हुन्छन्, कसैलाई पाएर खुसी मनाउनु, कसैलाई गुमाएर दुखी हुनु यो प्रेमको स्वाभाव हैन, न आउनेहरुले प्रभावित गर्न सकुन, न जानेहरुले दुखी नबाउनु सकुन म त्यस्तो प्रेमको आदि हुन थालेकी छु किनकि हिजोआज म प्रेममा पर्न हैन, प्रेममा हुन सिकिरहेकी छु, जहाँ प्रेमको कुनै सिमा नहोस्, प्रेमको कुनै बार बन्धन नहोस् प्रेमको कुनै उमेर नहोस् प्रेमको कुनै भेद नहोस्, प्रेमको कुनै हद नहोस् बस होस् त प्रेम नै प्रेम, वर्षियोस् त प्रेम नै प्रेम सबै सबैको लागि ।
Friday, October 15, 2021
रोजाई तिम्रो हो ।
आउने र जानेहरुको भिड
रोक्न कहाँ सकिन्छ,
तिमीलाई आफ्नो नमानु
मनले मान्दैन
तिमीलाइ आफ्नो भनू
आफ्नो हुनुको कुनै प्रमाण छैन,
हिजोआज यहाँ प्रेमिल सम्बन्ध खुब
चर्चामा छ
अझ सरल भाषामा भन्दा सम्झौता
तिमी आफै भन -
"म तिमीसँग प्रेम गरु
कि सम्झौता गरु" ।
प्रेममा कयौं थोक गुमाउनु पर्छ
प्रेममा आफ्ना मुठ्ठीहरु खोल्नु पर्छ
प्रेमले स्वतन्त्रता, इज्जत र सम्मानको बोली बोल्छ
सम्झौतामा यस्ता कुराहरु गौण हुन्छन्,
प्रेम चाहनेले संसारका सारा बाधाहरु तोड्नु पर्छ
आफैलाई धरौटी राखेर स्वतन्त्रताको बाध खोल्नु पर्छ,
न शर्त, न स्वार्थ
न आशा, न अपेक्षा,
चुनाव तिम्रो हो
रोजाई तिम्रो हो
अनि फैसला पनि तिम्रो हो,
किनकी यहाँ पाउने भन्ने कुरा व्यर्थ हो
बस यहाँ त अनुभुत गर्नु र गराउनु सबथोक हो ।।
Thursday, October 14, 2021
कर्म
"फेरि भेटौला" भन्नू व्यर्थ छ
किनकि समयको पर्दा बन्द,
"आज" तिम्रो हो यसमा कुनै शंका छैन
एकपल पछि "के हुन्छ" समयले बताउदैन,
"हिजो" तिम्रा यादहरु हुन
चाहे सुन्दर हुन, चाहे कुरुप हुन,
किनकि समय न फर्किन्छ
समय न बदल्न सकिन्छ,
सकिन्छ त बस कर्म गर्न
सत्कर्म या दुष्कर्म
फेरि निर्णय मात्र "तिम्रो हुनेछ",
समयले त बस कर्मको फल दिन्छ
तर फल कस्तो मिल्छ ?
त्यो तिम्रो कर्मले निर्धारण गर्नेछ ।
Sunday, October 3, 2021
"मनसँग मनको मिलन परमसत्य हो"
उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा
लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...
-
प्रीयतम आज संसारभर नारी दिवस मनाइदै छ , अझ भनौ महिला श्रमिक दिबस त्यो पनि ११२औ महिला श्रमिक दिवस । यो पटक पनि हरेक वर्ष जस्तै आज पनि ...
-
उसको नाममा कोरेका यी अनगिन्ती पत्रहरु अझ प्रेमपत्रहरु ऊ कोर्दै र फाल्दै गरिरहेकी छे यसै गर्दागर्दै कतिबेला उसको कोठकाे सानो डस्बिन भरिन्...
-
लामो समयको बाहिर बसाई पछि म यतिबेला आफ्नो गाउँमा आइपुगेगिछु । अझै भनौ नेपालमा चलिरहेको दोस्रो लकडाउनमा म आफ्नो घर आगनमा छु । लकडाउनले सहर ब...



