Yamunathapablog

Monday, July 5, 2021

एउटा अलौकिक यात्रामा- हाम्रा प्रिय नेता जगतजंग थापा

जगतजंग थापा सानै उमेर देखि खुब सुनेको नाम हो दैलेख जिल्लामा, अझ विशेष गरेर जाहरकोट गाउँमा ।


म सोच्थे यति धेरै रवाफिलो नाम भएको मान्छे स्वाभाव कस्तो होला । उहाँ हेर्नलाई डरलाग्दो, छुच्चो हुनुहुन्छ होला । जब मैले उहाँलाई भेटे उहाँको स्वाभावसंग म यसै यसै तानिए।

 मुसुक्क मुस्कुराए कुरा गर्ने मायालु बोलि प्रेमिल स्वाभावले मलाई उहाँसँग कुरा गर्न अझ सजिलो बनाएको थियो । म उहाँलाई धेरै त जान्दिन तर जति उहाँको बारेमा जान्ने मौका पाए, उहाँलाई बुझ्ने अवसर पाए त्यसलाई यहाँ पस्कने प्रयास गरेकि छु ।

 मैले उहाँलाई सानो उमेरदेखि नै चिने पनि उहाँसँग नजिक भएर संवाद गर्ने मौका भने धेरै कम भेटेकी थिए। किनकि म स्कुलले जीवन सकेर आफ्नो शिक्षालाई निरंतरता दिन काठमाडौ भित्रीएपछी मेरो जिल्लामा बसाइ कम भएको थियो । र उहाँले आफ्नो जन्मथलोलाई नै कर्मथलो बनाएर जिल्लामा सेवा गरिराख्नु भएको थियो ।

२००७ साल जन्मनु भएको उहाँ आफ्नो स्कुलले जीवन सकेर उच्च शिक्षा हासिल गर्न काठमाडौ पसे पछि उहाँले आफ्नो राजनीति यात्राको सुरुवात गर्न भएको थियो । जिल्ला फर्केर केहि समय शिक्षण पेशामा लागे पनि उहाँले आफ्नो सम्पूर्ण जीवन राजनीतिमा सपर्मित गर्नु भएको थियो । पञ्चायत काल पछि राजनीतिमा पूर्णरुपले आँगमन गर्नु भएको उहाँको जीवनले २०४६ सालपछी एकपछी अर्को गति लिदै गयो अर्को उचाई छुदै गयो । यसरी उहाँ जनताका मनमा र माझमा समाउदै जानू भएको थियो । साँच्चै भन्नू पर्दा राजनीतिको क्षेत्रमा दैलेख जिल्लामा राम्रो दखल राख्ने व्यक्ति हुनुहुन्थ्यो उहाँ । जगजंग थापा भने पछि नचिन्ने कमै मान्छे होला दैलेख जिल्लामा ।

 उहाँले आफ्नो जीवनको सम्पूर्ण समय राजनीतिलाई दिनु भएको थियो । देश र देशका जनतालाई दिनु भएको थियो । आफ्नो उच्च शिक्षा पूरा भइसक्दा उहाँले जागिरलाई महत्त्व नदिएर राजनीतिको चुनाउ गर्नु भएको थियो । उहाँको आफ्नो माटो प्रती माया यसै यसै देखिन्छ । जीतलाई सम्मालन सक्ने र हारलाई स्विकार्न गर्ने सक्ने उहाँको यो खुबी मलाई साह्रै राम्रो लाग्थ्यो । जुन हामीले २०७४ सालको चुनावमा पनि देखेका थियौ । उहाँले भन्नू भएको थियो " हाम्रा आफ्नै केही गल्तिका कारणले हामीले हार्न पुगेयौ, प्रतिपक्षका विजयी साथिहरुलाई बधाई छ । हामी अर्को चुनाबमा हाम्रा कमि कमजोरी सुधार्नेछौ र फेरि लड्ने छौ" । उहाँको यो भनाइले धेरै मान्छेहरुलाई सम्मालेको थियो । राजनीति उहाँको जिन्दगीको थियो मुटुमा धड्किने सास थियो ।

 बिगतका दिनहरुमा त म जान्दिन तर यी दिनहरुमा उहाँको माटोप्रती सम्मान, दैलेख जिल्ला प्रतिको माया उहाँको आँखामा म प्रष्ट देख्न सक्थे । उहाले आफ्नो जीवनको सत्तरी वर्षको जिवन गर्विलो बाँच्नु भयो । यस्तो जिवन धेरै कम मान्छेले बाँचेका हुन्छन् संसारमा । यो कुनै आम कुरा हैन हामी नेपालीका लागि अझ हामी कर्णाली बासिका लागि । सत्तरी वर्षको जीवनमा उहाँ पञ्चायत, जनयुद्ध काल, लोकतन्त्र, गणतन्त्र र सम्पूर्ण नेपालीको राजनीतिक कालको प्रत्यक्ष दर्शी समेत हुनुहुन्थ्यो उहाँ । जतिजति देशले उतारचढाव सहदै गयो देशसंगै उहाँ पनि उतारचढावको भेल मिसिनु भयो ।

केही समय अगाडि म जिल्ला गएको बेला उहाँसँग बसेर धेरै कुरा गर्ने मौका पाएकी थिए मैले । लकडाउनको समय, काठमाडौबाट जिल्लामा गए कि म उहाँको घरमा उहाँले मीठो मुस्कान सहित गरेको न्यानो स्वागत म अहिले मिस गरिरहेकी छु । हजुरआमाको हातको त्यति मीठो चिया सायदै मैले कहिल्यै पिएकी थिए होला पहिले । मलाई हतार थियो तर उहाँसँगको सामीप्यताले मलाई हतार भएको मौसुस नै भएन । म अबको निर्वाचन कस्तो हुनुपर्छ भन्ने अनुशन्धानको शिलसिलामा उहाँसँग कुरा गर्न पुगेकी थिए । उहाँले भन्नू भयो "गाह्रो छ होला तिमीहरुको प्रश्न हामी त बूढो भएयौ अब" , अनि मैले भने "हैन यो युवा जवान देखि लिएर सत्तरी वर्षसम्म सबैले बुझ्ने प्रश्न हुन हजुरबुबा" । उहाँले भन्नु भयो "म पनि ठ्याक्कै सत्तरी वर्षको भए"। त्यसपछि हाम्रो सवाल जवाफको शिलशिला सुरु भएको थियो ।

 त्यो बिचमा उहाँले मेरो पढाई कस्तो छ, बसाई कस्तो छ स्वास्थ अबस्था कस्तो छ धेरै कुरा सोधनु भयो । उहाँको देश र जनता प्रतिको माया पाटिहरुले जिम्मेवार भएर काम नगरेको गुनासो पोख्नु भयो । अनि भन्नू भयो "अब त काम युवाहरु गर्नु पर्छ हामीले भनेको त सिकाउने अह्राउने मात्र हो ।" देशको बिग्रदै गरेको राजनीतिको चिन्ता उहाँमा प्रष्ट नजर आउथ्यो । उहाँसँग मैले करिव दुई घण्टा कुरा गरे । त्यो अवधिमा उहाँको सादा र सरलपन प्रष्ट झल्किन्थ्यो । दैलेख जिल्लामा उहाँले लिएको राजनीति उचाइ सायिदै अरु कसैको देख्न पाइएला अबको दिनमा । यो नै मलाई उहाँको सफलता लाग्छ ।

 उहाँ जति प्रीय नेता हुनुहुन्थ्यो उति नै जिम्मेवार अभिभावक पनि हुनुहुन्थ्यो । हाम्रो परिवारको पुरानो अभिभावक हुनुहुन्थ्यो । हाम्रो खम्बा हुनुहुन्थ्यो । उहाँले हाम्रो सम्पूर्ण परिवारलाई एकै ढिक्कामा बाधेर राख्नु भएको थियो । उहाँसँग हाम्रो धरोहर ढलेको छ, हाम्रो मजबुत खम्बा ढगमगाएको छ । जसको क्षति पूरा गर्न साह्रै गाह्रो छ ।

यतिबेला हामीले एउटा बौद्धिक सरल र उच्च सोच राख्ने नेता जसको जिन्दगी नै बिशाल र गौरमय थियो जसले आफ्नो जिन्दगीको सम्पूर्ण जीवन राजनीतिलाई समर्पित गर्नु भएको थियो त्यस्तो व्यक्तिलाई गुमाउदा हाम्रा आँखाहरु नम हुनु, हाम्रो मुटु दुख्नु आम कुरा हो । यतिबेला उहाँको मृत्यु हाम्रोलागी पहाड जस्तै गह्रौ छ । जसलाई सहजै स्वीकार्न गाह्रो छ । तर मलाई लाग्छ यो मृत्यु हैन यो आरम्भको एउटा हो अलौकिक यात्राको, सुन्दर संसारको ।

 मेरा हजुरबुबा सबैका प्रीय नेता हजुरलाई बिदा गर्न सजह त थिएन तर यो नियम हो सृष्टिको जसलाई स्वीकार गर्नु हाम्रो दायित्व हो । हजुर बुबा हजुरको यात्रा अझ सुन्दर बनोस्, सफल बनोस् यो मेरो कामना हो । हजुरको आशीर्वाद हामीमा फूल बनेर बर्षिरहोस् यो हाम्रो इच्छा हो । हजुर जहाँ भए पनि हजुर प्रती इज्जत र सम्मान सदा रहिरहेन । हजुरप्रति सहृदयी हार्दिक श्रद्धासुमन हजुरबुबा प्रीय नेता..... !!

 


Sunday, July 4, 2021

मौनताको शिलशिला ......

   प्रीयतम, प्रेमपत्र कोर्न पाइन,यो नसोच्नु मैले तिमीलाई प्रेम गर्न छोडे। तिमीसंगको प्रेम सदा रहनेछ


पुजा बनेर, जुन प्रेमको अद्भुत सौर्न्दर्यलाई तिमीसंग महसुस गरे त्यो सम्पुर्ण प्रेम थियो किनकि त्यो प्रेम मात्र प्रेम थियो। प्रेम कहिल्यै सकिदैन, न प्रेमको रंग नै फिक्का पर्छ, आफूले गरेको प्रेम नपाउनु भनेको प्रेम सकिनु हैन किनकि उस्तै प्रेम सबैले कहाँ गर्न सक्छन् र जस्तो तिमीले गरेका हुन्छौ । जहाँ प्रेम छैन जस्तो लाग्छ त्यहाँ अझ गहिरिएर प्रेम भेटिन्छ, जोसँग प्रेम गर्दिन भनेर सोचिन्छ उसैसंग अझ टुटेर प्रेम भइदिन्छ .. 

  तिमीसँगको प्रेममा हो मैले प्रेमिकासम्मको सफर तय गरेको, प्रेमको शौन्दर्यतालाई अझ नजीकबाट अनुभुती गरेको मैले शब्दहरु लेखेको जस्तै प्रेमलाई बाँचेको साँच्चै प्रीयतम म यो प्रेमको आभारी छु, जहाँ मैले तिम्रो साथ पाए .. प्रेमको मीठो आभास पाए । 

  तिमी प्रेमलाई शब्दमा परिभाषित कहिल्यै नगर्नु बरु प्रेमलाई बाँच्दै जानू तिम्रा शब्दहरूमा जस्तै प्रेमलाई अनुभुत गर्दै र गराउदै जानू, तर याद राख्नु तिमीले गरेको प्रेमले पनि तिमीसँग एकदिन मूल्य माग्नेछ त्यसैले तिमी प्रेमलाई अनमोल बनाउनु, कहि कतै तिमीसँग नजर जुधेछ भने तिमीभित्र बाँच्दै गरेको प्रेम महसुस गर्न पाउ यहि प्रेमको उपहार हुनेछ मेरो लागि । 

  मान्छेहरु सिउदोको सिंदुरमा प्रेम खोज्छन्, लगनको चुरा पोतेमा विश्वास खोज्छन् । रातो सारिमा प्रेमको कोमल फूलको सपना देख्छन् । तर कहाँ सजिलो छ र श्रीमती बने जस्तो सजिलो प्रेमिका बन्न ।

  संसारमा कयौंले गरे होलान प्रेम तर किन दुनियाँ राधालाई मात्र प्रेमिका मानेर पुजा गर्छ । मलाई श्रीमती बनेर जिन्दगी साट्नुमा कहिल्यै मोह भएन जति तिम्री प्रेमिका बनेर प्रेमलाई बाँच्नुमा मोह रहयो । बिहेले श्रीमतीलाई प्रेमिकाको अधिकार दिन्छ भनेर खै किन हो मेरो मन मान्नलाई तयार नै भएन । तिमीले हाम्रो प्रेममा प्रेमलाई कुन उचाइमा राखेर बुझेयौ त्यो तिम्रो कुरा हो तर तिमीले नछोएर छोएका यी परेली, यी अधरमा म तिमीलाई सधैं सधैं महसुस गरिरहनेछु । 

  अब दिनहरुमा भेटहरु, बातहरु मरेर जानेछन् र सुरु हुनेछ मौनताको शिलशिला ... तिमीलाई छोएको बतासले मलाई छुनेछ, मलाई छोएको घामले तिमीलाई ताप दिनेछ यसरी चल्नेछन् हाम्रा सम्बादहरु । मनले मनैमन तिम्रो आव्हान गर्नेछ र मनैमन तिमीलाई बिदाई गर्नेछ । अब अंकमाल शून्यतामा हराएर जानेछ र सुरु हुनेछ एकाअर्काको एहिसासलाई आभास गर्ने शिलशिला .. 

  अब अस्तित्वमा शरीर हैन मन रहेनछ । अब हावा देखिन थाल्नेछ, घाम बात गर्न थाल्नेछ नदि प्रेमको गीत गुनगुनाउन थल्नेछ । र यसरी सुरु हुनेछ तिम्रो र मेरो प्रेमको संसार जहाँ म मात्र प्रेमिका रहनेछु र तिमी मेरो प्रेमी । संसारले प्रेमको मञ्जिल नै विवाह बनाइ दिएको छ र यसैमा अझिएका छन् संसारका धेरै प्रेमी प्रेमिकाहरु । विवाहको बन्धनमा बाधेर किन प्रेमको गरिमामा खलल पुर्याउन खोज्छन् होला मान्छेहरु कमसेकम मान्छेलाई प्रेमको आभास त गर्न दिनु प्रेमलाई मनदेखी बाँच्न त दिनु । किन मान्छेहरु मान्छेबाट प्रेमलाई अलग गराइदिन्छन् होला । 

  कहिलेकाही सोच्दासोच्दै कल्पनाको संसारमा हराउन पुग्छु जहाँ रंग भर्दा भर्दै एक्कासि चित्र नै हराएको जस्तो हुन्छ, यस्तो खाली मानौ त्यहाँ पहिले केही कोरिएकै थिएन। हातभरीका कासका भाडा एक्कासि हातबाट छुटेर भुइँमा पुग्दा काचमा बदलिएर झर्यामझुरुम टुट्न पुग्छन् मन चिसो हुन्छ, हिजोसम्म प्रेमको सौर्न्दर्यमा बाँचिरहेको मन एक्कासि खाली खाली हुन्छ, एकपल अघिसम्म बहार छरिरहेको वसन्त एकैपलमा शिशिरको उजाडपनमा बदलिदिन्छ .. त्यतिबेला म शुन्यतामा पुग्छु चारैतिर अन्धकार हुन्छ म हाम्रो प्रेमलाई पुकारन पुग्छु । अचानक कल्पनबाट बिउझिन्छु, अनि  कल्पना रहेछ सम्झेर मन शान्त हुन्छ । 

  शरिरको अस्तित्वलाई एकातिर छोडेर सम्पुर्ण मनको संसारमा तिमीसहित समाहित हुने चाहना नभएको हैन । तर तिमीले शरिरको साथ रोजिरदा म तिम्रो साथ रहिरहन सकिन । मलाई प्रेमिका हुनुमा जुन सकुन छ सायद श्रीमती भएर मैले पाउदिनथे होला । प्रेमलाई भगवान मान्नेहरुको लागि मन नै काफी छ एकपलको प्रेम नै काफी छ प्रेमको दुनियाँमा बाँकी कुरा गौण हुन शून्य हुन ।

Friday, July 2, 2021

पुरानो चुरा

  लामो समयको अन्तराला पछि ऊ आफ्नो गाउँ जादै थिई । गाँउसंगको खुशी, हावासंगको चञ्चलता अनि


अनगिन्ती यादहरु बोकेर वसन्तसँग वसन्तको बहाबमा उडेर ऊ गाउँ जादैथिइ । उसले बाटोमा धेरै कुराहरू सोचिसके कि गाउँमा यो गर्छु त्यो गर्छु कति कति ..... जसै जसै ऊ गाउँको नजिक नजिक पुग्दै जान्थी उसै उसै उसलाई आफ्नो बालपन याद आउदै जान्थ्यो । धारामा साना साना केटाकेटीको ताँती देख्दा उसलाई साथिहरुसँग कम्मरमा पानी बोक्दै गुनगुनादै हिडेको याद आइहाल्थ्यो । बनजङ्गलमा बाख्रा चराउदै, काफल टिप्दै गरेको ऊ खुब याद गर्थी । यस्तो लाग्थ्यो ऊ यादहरुसँगै आफ्नो बालापनका ती सुन्दर दिनहरुमा पुग्दैथी । 

   जसै ऊ गाउँ पुगि । गाउँमा त नयाँ बाटो बनेछ। पुरानो ढुङ्गे धारा  नयाँ सिमेन्टको धारामा बदलिएछ । साथिसंगीसँग खेलेको बनजङ्गल कहाँ हो कहाँ पुगेछ । हिजोआज गाउँमा केटाकेटीहरु साथिसंगीसंग भन्दा पनि बढी मोबाइलसँग रमाउन थालेका रहेछन् । यो सब देख्दा ऊ धेरै दुखी भएकी भई । 

  गाउँमा पहिलेको जस्तो गाउलेपन कहाँ थियो र गाउँ त शहर बन्ने धुनमा ब्यस्त थियो । गाउँको त्यो साधा र सरलपन अब कहाँ पाउनु । नयाँ पुस्तासँगै भित्रीदै गरेको बिकृती बोकेको आधुनिकपन जसमा सबै ब्यस्त देखिन्थे ।

  आफ्नो पुरानो गाउँ त्यहाँको सभ्यता त मानौ उसको कल्पनामा मात्र बाँकी थियो । ऊ अलमल थिई के यो उसको त्यही गाउँ हो जहाँ उसले आफ्नो जिन्दगीको सबैभन्दा सुन्दर समय बिताएकी थिई ?

    उसले चिनेका मान्छे धेरै कम थिए गाउँमा त्यसैले पनि ऊ गाउँका घरहरु हेरेर अलि पुरानो जस्तो लाग्ने घरमा केही दिनलाई बस्ने सोच बोकेर पुगेकी थिई । 

  घरमा बुढी आमा मात्र  थिन । उनका छोराछोरी धेरै पहिलो शहर हिडिसकेका रहेछन् । छोराछोरी, नातिनातिना भएर पनि ती बुढि आमा एक्लै भएको देख्दा उसलाई कस्तो कस्तो लाग्यो । अनि उसले केही दिन बुढी आमासँगै बस्ने सोच बनाई ।

   उसको केही दिनको बसाई बुढी आमाको लागि निकै खुशी बनि रहेको थियो । ती बुढी आमाको आँखामा खुशी प्रष्ट नजर आउथ्यो । ऊ सोच्थी उसका हजुरबुबा, हजुरआमा उसलाई यी दिनहरुमा देखेको भए कति खुशी हुनुहुन्थ्यो होला तर अब यो सम्भव कहाँ थियो र !  उसले आफ्नो सानै उमेरमा आफ्ना हजुरबाबा, हजुरआमा गुमाएकि थिए । हजुरबुबा हजुरआमा त अब उसकालागी मात्र रहर थिए । तर उसको केही दिनमा नै ती बुढिआमासँग गहिरो आत्मीयता बसेको थियो । ती बुढिआमाको आँचलमा उसले आफूले खोजेको जस्तो सकुन भेटिरहेकी थिई ।

   शहरको कोलाहल, घना मान्छेहरुको बस्ती दिन रातको कामबाट केही दिनलाई सकुनसहित बाँच्न ऊ शहरबाट बाहिरिएकी थिई । उसले गाउँ छोडेको ठ्याक्कै कति समय भयो त्यो त उसलाई पनि थाहा छैन । आफ्नो स्कुले जीवन पूरा गरेर उच्च शिक्षा हासिल गर्न र सुन्दर भविस्य बनाउनको लागि ऊ शहर भित्रीएकि थिई । 

   शहर पनि त कहाँ सजिलो थियो र उसको लागि आफ्ना सारा रहरहरु एकातिर पन्छाएर दिनरात नभनी उसले मेहनत गरेकी थिई । जिन्दगीको सफरमा जिन्दगीलाई दाउमा राखेर उसले आफ्नो आज निर्माण गरेकी थिई । 

   सङ्घर्षका ती कहालीलाग्दा दिनहरु आज सपना जस्ता लागे पनि ती साह्रै कठिन थिए । कति दिन उसले भोक प्यास केही नभनी दु:ख गरि, कति दिन काम नपाएर कामको खोजिमा भौतारी यी कुराको साक्षी त केवल समय मात्र छ । 

   उसलाई महसुस भएको कुरा- एउटा उमेरमा पुगेपछि हरेक केटि मान्छेलाई धेरै सोधिने सवाल हो बिहे कहिले गर्छौ ? र उसले पनि उसका साथिहरुबाट चिनजानका आफन्तबाट यो सवालको सामना धेरै पटक गरेकी थिई । मान्छेहरु कति सजिल्यै यो सवाल उसलाई गरिदिन्थे तर उसलाई यसको जवाफ दिन साह्रै गाह्रो लाग्थ्यो । ऊ सोच्थी के उसले गरेको मिहेनत उसले गरेको सङ्घर्ष यहि सवालको सामना गर्नको लागि थियो त ।

   बितेका तीस वर्षलाई फर्किएर हेर्दा उसलाई आफ्नो जिन्दगीमा कहि कतै कसैको कमि महसुस भएको जस्तो लागेन । महसुस भएपनी उसले कसको नै साथ पाउने थिई र ! अनि उसलाई लाग्थ्यो जो उसको दु:खमा साथ हुन सकेनन्, ती उसलाई उसको सुखमा के काम ? मान्छेहरुलाई जोड्ने भनेको त दु:खले हैन र ! आत्मीयता अनि आफ्नोपनले हैन र ! कहाँ पाई उसले आफ्नोपन कसले राख्यो उसको आत्मीयताको मान । 

 

  त्यसैले पनि यी दिनहरुमा विवाह उसको मस्तिष्कबाट टाढाको कुरा थियो । अब त ऊ त्यसको बारेमा सोच्न पनि चाहन्थी ।

 

  बितिसकेको समय फर्केर आउदै तर त्यसैलाई पुन महसुस गर्न  सकिन्छ भनेर ऊ आफू जन्मिएको, आफू खेलेको, आफू पढेको गाउँ जाने सोच बनाएर गाउँ झरेकी थिइ । 

  गाउँ पुग्दा गाउँले काचुली फेरेको देखेर जति उसलाई खुशी लाग्यो त्यति नै आफ्नो बालपन बितेको ठाउँ उस्तै नपाउदा उसलाई दु:ख पनि लाग्यो । 

     ऊ ती सबै सबै ठाउँ पुगि जहाँ जहाँ उसको बालपन बितेको थियो । खेल्ने चौतारी, डुल्ने डाँडापाखा, बाख्रा चराइने बनजङ्गल पढेको स्कुल। स्कुलको नाम उहीँ थियो बस उहीँ थिएन स्कुलको स्वरुप, स्कुलको ड्रेस पनि फेरिएको रहेछ । उसको त्यतिबेलाको ड्रेस त्यो सेतो सल, सेतो सुरुवाल अनि शिरिशको फूल रंगको कुर्ता खुब मिस गरि । उसलाई आज पनि याद छ पारिजातको शिरिषको फूल उपन्यास अनि त्यो रंगको कुर्ता । त्यो कुर्ता उसलाई खुब मन पर्थ्यो त्यसैले उसले त्यो कुर्तालाई निकै समयसम्म खुब सम्मालेर राखेकी थिई किनकि जब जब ऊ त्यो कुर्तालाई  सुमसुमाउथी उ आफ्नो स्कुले जीवनमा पुग्थी र तिसँग जोडिएका यादमा घण्टौ रुमलिन्थी ।

   बिस्तारै गाउँमा उसको बसाइँ सकिदै थियो । ती बुढि आमालाई उसले आफूसँगै लैजान खुब चाहेकी थिइ तर ती आमा उसँग आउन मानिनन् । आखिर ती बुढी आमासँग भेटेको कति नै दिन भएको थियो र!  तर छुट्दा उनीहरू एकाअर्कालाई अंगालोमा बेरेर खुब रोएका थिए । ती बुढी आमाले उसलाई आफ्नो हातमा लगाई राखेको पुरानो चुरा उसको हातमा लगाइ दिएर भनिन् – यो मलाई मेरो आमाले दिएकी थिन अब मलाई यसको जरुरत छैन । यो तिमी आफ्नो हातमा लगाउनु यसलाई मेरो आशीर्वाद सम्झिनु ।   उसले आफ्नो आँसु रोक्नै सकिन ...

 

  सायद उसको गाउँ आउनुको उदेश्य पूरा भएको थियो कि !

   ऊ आफ्नो बालपन बाँच्न गाउँ आएकी थिई तर उसले कहाँ सोचेकी थिइ उसलाई जिन्दगीको त्यो पलले पुन नयाँ जिन्दगी दिनेछ भनेर ! किनकि ऊ जिन्दगीबाट जिन्दगी उपहार पाएर फर्किदै थिई  ......

  उसले पर पुगेर फर्केर हेरि बुढी आमा ऊ गएको बाटो हेरेर उसलाई बिदाईका हातहरु हल्लाई रहेकी थिन ... 

 

 


उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...