Yamunathapablog

Sunday, October 20, 2024

रङ्ग जिन्दगीका

प्रीय जिन्दगी       

तिम्रा यस्ता 

कुनै रङ्ग छैनन 

जोसंग 

मलाइ प्रेम नहोस

जोसंग 

म न रङ्गिएकि छु, 

जसले मलाई नछोएका हुन 


प्रीय जिन्दगी 

तिम्रा प्रत्येक रङ्गले 

मलाई छोएका छन

रङ्गाएका छन

भिजाएका छन 

र मलाई 

अझ तिम्रो समिप 

बनाएका छन


जसै जसै 

म तिम्रो समिप पुग्छु 

तिमि मलाई 

अझ नौला रङ्गसंग 

परिचित गराउदै लइजान्छौ 

जस्तै 

यो प्रकृति 

जहा 

हजारौ रङ्गाहरु छन 

फेरि पनि शितलता 

यहि 

हरियालिले दिन्छ

नदिका 

कन्चन पानीले दिन्छन 


म हराउछु 

टोलाउछु

मुस्कुराउछु 


पत्तै नपाई 

आँसु वर्सिन्छन 

आँखाबाट 

थाम्नलाई सम्पूर्ण 

समुन्द्र एक भइ दिन्छ 

मौसम एक भइ दिन्छ 

उफ!

यो कस्तो संजोक 

यो कस्तो प्रेम 


अनि म कसरि नरङ्गिउ 

तिम्रो रङगमा

म कसरि नलुट्पुटिउ 

तिम्रो आचलमा ।

Saturday, September 28, 2024

प्रीय उज्यालो

हरेक दिन
सम्पूर्ण उज्यालो 
बोकेर आउछ 
र ति 
अध्याराहरुलाई 
परास्त गरिदिन्छ 

जसमा अध्यारो 
फैलाउन सक्छु 
भन्ने भ्रम हावि हुन्छ,

उज्यालो जिन्दगीको 
त्यो उम्मिद हो 
जसले सम्पूर्ण 
जिन्दगीलाई नै 
उर्जावान र उत्साहमय 
बनाइदिन्छ,

त्यसैले 
प्रीय उज्यालो 
मलाई तिमिसंग प्रेम छ 
र छ तिमीप्रति 
असिमित विश्वास।।

Wednesday, September 25, 2024

साथ

प्रीय मान्छे                               

जसको निम्ति तिमीले 

मलाई छोडेर गयौ 

उसंग तिम्रो साथ 

यति गहिरो होस कि 

तिमिलाई मेरो साथ

कहिल्यै यादसम्म न रहोस, 


जुन प्रेमको निम्ति 

तिमीले 

मेरो प्रेम लत्याएर गयौ 

त्यो प्रेमसंग 

तिमी यति समिप हुनु कि 

तिमीलाई समिपपनको

आभास सम्म  नहोस, 


जुन उचाइको कामनामा 

तिमीले धर्ति छोडेयौ 

तिमीलाई यो धर्तिसंग 

फेरि 

कहिल्यै जोडिन नपरोस ,


बस 

तिमी साथहरुका 

माझ हराइ रहनु 

प्रेमका माझ रुमलिरहनु 

र उचाईको 

आनन्द उठाइ रहनु ,


कसैले मलाई सोधेछ 

भने म भन्नेछु-

“प्रेम रित हो निभाइरहनु छ 

यो नसकिने कहानि हो 

युगौयुगसम्म बाचिरहनु छ” ।


Sunday, August 18, 2024

सवाल अनि समाज

हरेक पटक 

यो समाजको कुरुपपनले

मलाई घोचिरह्न्छ

म किन छोरी भएर जन्मे


हर समय मेरो पहिरन

माथि सवाल

मेरो बोलि व्यवहार

माथि सवाल 


म कतिबेला घरबाट

बाँगर निस्किन्छु 

म कतिबेला घरभित्र छिर्छु

यि हरेक कुरामा निगरानि

उफ! म हैरान छु यो समाजसंग


मेरो अस्तित्व माथि 

हरेकपटक 

सवाल गरिरहने

यो समाज किन आएन

मलाई बचाउन


जती बेला म जिन्दगीको 

भिख मागिरहेकि थिए 

आफ्नो अस्तित्वको निम्ति 

आफैलाई हारिरहेकि थिए 


मेरा आँखा बन्द हुदै थिए 

मेरो सास रोकिदै थियो 

अनि आखाबाट संसार र 

म संसारबाट बिदा हुदै थिए ! 

#JusticeForDoctor #Savethegirl #RespectWomen

Friday, May 3, 2024

प्रिय साझ


आज फेरी

दिनलाई कतै बिट मारेर मारेर

 

झुल्किएको छ साझ 

जसरि झुल्किएको थियो हिजो 


अक्सर मलाई 

साझसंग एक्लै हुन मन पर्छ,

लाग्छ साझ मेरो मात्र हो

र म साझ कि मात्र हुँ


सारा दिनलाई एकतिर

बिसाएर साझलाई सम्पूर्ण 

आफुमा अंगाल्नुको मज्जा बेग्लै

आनन्द बेग्लै 

र त्यो साझसंग

रुनु सरोबर हास्नु सरोबर 


यादहरुका पानामा

कोरिनु 

यादहरुका लहरमा मिसिनु 

सागर बन्नु र सागरमा हराउनु 

आहा!


ति छरिएका जुनतारामा 

आफ्नो बचपन तलास गर्नु 

बचपनको यादमा आफूलाई 

फेरि एकपटक बाँच्नु 


कहिलेकाही लाग्छ 

यो साझले 

रात मात्र ल्याएको छैन 

रातसंगै 

म स्वयमलाई ल्याएको छ 

मेरो छुटेको बचपनलाई

ल्याएको छ

मेरा हराएका 

ति पन्नाहरु ल्याएको छ 

जुन कुनैबेला म आफैले कोरेकि थिए 

आफैलाई समेटेर ......!! 

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...