Yamunathapablog

Saturday, September 8, 2018

ह्यापि फादरस् डे बाबा


ह्यापि फादरस् डे बाबा

आमाको महिमा गाइरहदा
तिमी तिम्रो संघर्ष हाम्रा नजरबाट
ओझेल भयो यस्तो नसोच्नु  बाबा,

मलाई याद छ म बिरामी हुदा
औषधि खुवाने हात आमाका
भए पनि औषधिका निम्त
भागदौड गर्ने कदमहरु तिम्रा हुन्थे,

दुनियाँले आमालाई पृथ्वी भनेर
माने पनि,बाबा के पृथ्वी ब्रह्माण्ड
बाट अलग भएर आफ्नो अस्तित्व
निर्माण गर्न सक्छ र,

मलाई थाहा छ बाबा
आमा आँसु लुकाउन सक्दिनन्
तिमी आसु देखाउन सक्दैनौं
किनकि हामी जिन्दगीदेखि,
संघर्ष देखि, अनि हालत देखि
कम्जोर नपरौ भनेर हैन त बाबा,

म जान्दिन अर्थशास्त्र,न जान्दछु
संस्कृत नै बस मलाई यत्ती थाहा छ
बाबा मेरो सुन्दर भबिस्यको निम्ति
तिमिले नापेको जमीनको रिण 
चुकाउन सकु,मेरो पेट भर्न भोको रहेको 
तिम्रो पेटको हिसाब चुकाउन सकु,

बस यत्ती गर्न मन छ,समाजमा
तिमिलाई छोरिको बाबू हुनुको
गर्ब महसुस गराउनु सकु 
ह्यापि फादरस् डे बाबा !!

No comments:

Post a Comment

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...