Yamunathapablog

Thursday, May 31, 2018

सुन्दर मिलन

सुन्दर मिलन                                 
जब जब बानेश्वरको बाटो बिहान बिहान हिड्छु पाँच बर्ष पहिले कलेज पढेको खुब याद आउँछ।त्यो शङ्खमुल कलेज ति कहाँ कहाँबाट भेटिन आईपुगेका साथिहरू अनि ऊ जो कहिल्यौ मेरो मन बाट टाढा भइन, न हिजो, न आज के थाहा भोलि मेरै अङ्गालोमा पो हुनेछेकि ... हा हा !!

साउनको पहिलो हप्ता सिमसिम पानि परिरहेको थियो ।हाम्रो कलेजको पहिलो दिन भर्खर एस् एल सि सकेर कलेज पढ्न आएका हामि नयाँ जोस,नयाँ उमंग अनि नयाँ उत्साह साथ के के नै गरेर, के के नै गर्न आएको जस्तो अहिले समझिदा पो हासो लाग्छ..त्यतिबेलाको त कुरै अर्कै ।कलेजका दिनहरु जसै अघि बढ्दै थिए । कक्षामा सबै जसो बिध्यार्थिहरु आउने क्रम जारि थियो ।एकदिन पहिलो पिरियड सुरु हुदै थियो । ढोकाबाट आवाज आयो मे आई कमईन सर ? त्यो आवाजले हामि सबैलाई तान्यो ।हामि सबैको नजर एकैचोटि ढोकामा गएर अढियो, रातो कुर्ता कालो सुरुवाल,कालो सल,न ओठमा लालि थियो,न आखाँमा गाजल गहुगोरो वर्णकि पातलि केटि ढोकामा उभिएकि थिई ।सरले हकारेर भन्नु भयो यहि हो हजुरको कलेज आउने समय । उ सरि सर लेट भयो भन्दै मेरै छेउ आएर बसि सायद बाकि बेन्च खालि नभएर पनि हुनसक्छ।

त्यसपछिका दिनहरुमा मैले कहिल्यै उ त्यसरि लेट भएको देखीन ।उ एकदम कम बोल्थि र धेरैसंग पनि बोल्दैन थिई ।उसमा त्यस्तो के थियो म जान्दिन तर पहिलो पल्ट नै मेरा नजर उमाथि टक्क रोकएका थिइ त्यसैले पनि अब म उसलाई पछ्याउन थालेको थिए।जबजब म उसलाई निहाल्थे, उ चुपचाप बसिरहेकी हुन्थी, म सोच्थे यो केटि के सोचेर यसरी हराउछे होला,कहाँ हराउछे होला। उसको यो चुपचापपन अनि घण्टौ कतै हराउने बानिले नै होला म उ तर्फ आकर्षण भैरहेको थिए। मैले यसभन्दा अगाडि पनि कंयौ केटिहरुसंग फल्ट नगरेको हैन तर उसँग फल्ट गर्ने धुनमा म उसंग प्रेम पो गर्न थालिसकेकोछु । उ भने मेरा अनेकौं छट्पटीसंग र बेचैनिसंग अन्जान अन्जान आफ्नै संसारमा ब्यस्त हुन्थी । बिस्तारै म उसंग बोल्न थालेको थिए ।उ एकदम कम बोल्ने मान्छे तर अरुसंग भन्दा बढी मैसंग बोल्थी सायद बेलाबेलामा म बोलिरहने भएकाले होला । कलेजको पहिलो बर्ष बिस्तारै सकिँदै थियो र पहिलो बर्षको अन्तिम परिक्षा नजिक आइरहेको थियो । पढ्नु जरुरी थियो र घरकालागी पास हुन अझ जरुरी थियो । न उ मसंग राम्रो संग बोल्थि न म उसलाई सताउन छोड्थे यसरि नै हाम्रो कलेजको पहिलो बर्ष सकियो । 

हामि कलेजको दोस्रो बर्मा थियौ ।कलेजमा नया विद्यार्थी आउने क्रम जारी थियो। नंया विद्यार्थीलाई पुराना बिध्यार्थिले र्‍यागिङ गर्न सुरु गरिसकेका थिए ।अब त र्‍यागिङ कलेजको परम्परा झै भैसकेको थियो केटाहरू भन्थे पहिलो बर्षमा त नयाँ नया केटिहरु आएका छन राम्री पनि छन् । एउटा राम्री हेरेर तेरि भाउजू बनाउनु पर्छ । तर मेरो ध्यान भने उ बाट घट्नै मान्दैनथ्यो उ मलाई दिनप्रतिदिन झन झन रहस्यमयी लाग्दै थिइ भन्छन् जुन चिज आफुसंग हुदैन त्यसैको चाहाना बढी हुन्छ उ अब मेरो चाहाना मात्र हैन सबथोक बनिसकेकि थिए । चाहाना हद एककिसिमले धेरै बढिसकेको थियो । तर भने सबथोक जानेर पनि अन्जान झै गर्थी । उ यति सम्म बेमत्लब गर्थी कि यस्ती केटि मैले आजसम्म मेरो जिन्दगीमा देखेको पनि थिन र छैन पनि  कहिलेकाही कलेजवाट घर फर्किदा उसंगै हुन्थे म । म अनेकौं कुरा गर्थे उ बस एउटा जबाफ फर्काउथी अब मेरो घर आयो । उफ! हैरान हुन्थे उसको बेपर्बाहसंगअब उ मेरो जिन्दगीको एउटा हिस्सा झै बनेसकेकि थिइ । सबथोक जानेर पनि अन्जान बनेकि उ। अनि उ यस्ती छ भनेर थाहा हुदाहुदै पनि उसको पछिपछी लाग्ने म वा! क्या गजबको प्रेम छ।

दसै बिदापछी हाम्रो पहिले बर्षको रिजल्ट प्रकाशीत भएको खबर आयो । हामि सबैलाई आ-आफ्नो रिजल्ट हेर्नको हतार थियो । मैले पनि आफ्नो रिजल्ट हेरे पास भनेर देखायो। मेरो खुशिको सिमा नै रहेन ।म खुशिले उफ्रिन थाले । घरका पनि खुशी भए । आफ्नो रिजल्ट हेर्ने धुनमा मैले त उसको रिजल्ट बारे बिर्सेछु।हेर्छु भने उसको सिम्बोल न. नै थिएन । भोलिपल्ट कलेजमा गएपछि थाहा भयो सबैको रिजल्ट राम्रो भएको कुरा अनि त्यही खुशियालिमा कलेजले सानो कार्यक्रम पनि राखेको रहेछ ।कार्यक्रम मार्फत सरले भन्नू भयो राम्रो रिजल्ट ल्याएर पास हुन सफल भएकोमा हाम्रा सबै विद्यार्थीलाई धेरै धेरै बधाई छ र सबैभन्दा धेरै प्रतिशत बयानब्बे प्रतिशत ल्याइ केलेज टप गर्न सफल भएकोमा हाम्री छात्र नैना शर्मालाई अझ धेरै धेरै बधाई।

जब सरले नैनाको नाम लिनु भयो म त अबाक भए किनकि नैना त्यही केटि थिइ जसलाई म मेरा नजरले बारम्बार पछ्यउथे ।अघिसम्म उसको रिजल्थ के भयो होला भनेर ढुकढुक गरिरहेको थियो मेरो मन अब भने टपर नैना ओहो! अब भने झन मेरो खुसिको सिमा रहेन। जे होस त्यसदिनदेखि सोझी नैनाको अगाडि टपर नैनाको ट्याग लाग्यो।यसै त बोल्दा यति भाउ खोज्ने केटि अब के छुन सकिन्थ्यो होला र ! यस्तै सोचेर उसँग बोल्न अलि कम गरेको थिए मैले तर अचम्म अरुसंग त थाहा छैन तर मसंग बोल्ने उसको ब्यवहारमा अलिकती पनि परिवर्तन भएन कोहि मान्छे कसरी यस्तो हुनसक्छ, एकअर्थमा भन्ने हो भने उसलाई मेरा खुशिसंग,दुखसंग,बेचैनी छट्पटीसंग कुनै मत्लब नै थिएन या उ मत्लब नभए झै गर्थि थाहा भएन र यसैगरि हाम्रो दुई बर्षको कलेज लाइफ पनि सकियो अन्तिम परिक्षासंगै हामी सबै छुटिएयौ । एकाअर्कालाई मनमा समेटेर,केहि पलहरुलाई क्यामरामा कैद गरेर फेरि नयाँ बाटो तर्फ हिडेका थियौ हामी सबैजना । र उसैगरी बिदा भएकी थिइ नैनापनि।कमसेकम छुट्टिने बेला केही भन्नु अह उ केही बोलिन बस यत्ती भनी बाटो भेटिदा तर्केर नहिड्नु है !

म त उसगै जिन्दगीको बाटो तय गर्न चाहन्थे।उ भेट्दा नतर्किने कुरा गर्दैथि तर किन किन यसपटक भने उसलाई केही भन्न लागेन र उ प्रतिको प्रेमलाई मनमा संगाल्दै म पनि आफ्नो बाटो लागे ... त्यसपछिका यतिका बर्षसम्म पनि मैले नैनालाई भुलाउन सकिन उ पनि मलाई सम्झेर आइन .. र मेरो प्रेम कहानीको कुनै अन्त्य भएन र भएको पनि छैन किनकि मेरो मनले भन्छ उ एकदिन अवश्य आउनेछे र भन्छे प्रेम मलाई तिम्रो प्रेमले आखिर तानेरै छोड्यो तिमिसम्म।हाम्रो मिलन हुनेछ र त्यो मिलन दुनियाको सुन्दर मिलन हुनेछ..... ।

x

Friday, May 25, 2018

अनन्त यात्रा

अनन्त यात्रा
एउटा अनन्त यात्रामा छ
जिन्दगी नदि झै,
जुन गन्तव्य बिहिन जस्तै छ
 र बगिरहेको छ इन्द्रावती झै,

थाहा छैन
कहाँ छ सागर,कहाँ छ समुन्द्र
बस बग्नु छ निरन्तर निरन्तर
झाडिहरुसंग खेल्दै लहरा पहरालाई
समेट्दै,

अनि कयौं
प्यासिहरुको प्यास बुझाउदै
उजाड भुमिमा हरियालि छर्दै
बिसाउदैन कहिँ कतै जहाँ पुग्छ
त्यही सुरुवात बन्छ
अनि त्यसैगरि सुरु हुन्छ अर्को यात्रामा,

कहाँसम्म दिन्छ
उडिने जाने सासले साथ थाहा छैन
उसलाई अनि कहाँ हुने हो उ
बिलिन,कहाँ बन्ने हो समाधिस्थल उसको
उ अन्जान अन्जान छ !!

Thursday, May 17, 2018

त्यो स्पर्श


त्यो स्पर्श
बिहानिको कलास जहिले हतार हुन्थ्यो मलाई।चार बजेदेखी अलाराम बज्दा पाँच बजे बल्ल उठ्थे म ।कुरा त्यतिबेलाको हो जतिबेला म पद्ममकन्या क्याम्पको पहिलो बर्षमा अध्ययनरत थिए।बर्षातको महिना बिहान बिहान पानि खुब पर्थ्यो।त्यो दिन पनि बिहानपख असारे झरि न हो बर्सिरहेको थियो । म हतार हतार कलेजको लागि रूमबाट निस्केर मिनभबन अगाडि गाडि चड्ने ठाउँमा पुगे र साथिलाई कुर्न भनि त्यहि नजिकको चिया पसलमा बसे ।


त्यहाँ एक जना युबक पनि थियो जो एउटा हातमा चुरोट अनि अर्को हातमा चियाको गिलास लिएर बसिरहेको थियो । यात्रुहरूको गाडी चड्ने र ओर्लने क्रम जारि थियो । सबैलाई आ आफ्नो गन्तव्य पुग्नलाई हतारो थियो ।त्यस्तो पानीमा छाता ओढेपनी मान्छेहरू अलि अलि भिजिरहेका थिए । म पनि साथिलाई कुरेर बसिरहेकी थिए सायद कुराइ अलि बढि भएको थियो त्यदि दिन अरू दिन भन्दा ।अनि त्यो युबकबाट  मेरा नजर हट्न मानिरहेका थिएनन् । गहुगोरो बर्णको उ हेर्दा खाइलाग्दो र भलादमी देखीन्थ्यो चुरोट र चिया आफ्नो ठाउँमा थियो । उ बारम्बार घडी हेर्दै चुरोट तानिरहेको थियो सायद उ पनि कसैको प्रतीक्षामा नै थियो, म जस्तै ।

चिसो मौसममा सायद म एक्लै त्यसरी बसेकाले होला उसले सोध्यो चिया ? म झस्के मैले टाउको हल्लाउदै भने पर्दैन । यति चिसो मौसममा चियालाई पनि कसैले नाइ भन्छन् ! भन्दै उसले साउजिलाई मलाई चिया दिन भन्यो । नचिनेको मान्छेको त्यस्तो ब्यवहारले मलाई एकछिन त निकै अप्ठ्यारोमा पार्यो । के गरु, कसो गरू साथिले ढिला गरेको देखेर मनमनमा उसलाई गाली पनि गरे । चिया मेरै अगाडि थियो नखाइ पनि सुख थिएन । चिया उठाउदै गर्दा उसैको हातले हल्लिएर तातो चिया मेरा हातभरी पोखियो । उसले हतार हतार मेरो हात आफ्नो हातमा लिदै फूपू गरेर फुक्न थाल्यो, चिसो पानी खन्याउन थाल्यो । मैले धेरै पोलेको छैन पर्दैन भन्दाभन्दै पनि ...।जब उसले मेरा हातहरु छोयो, ममा अनौठो हलचल मच्चियो । एकछिन हराए म ऊ मा, उसका नयनहरुमा । कसैले झस्काए पछि म सम्भालिए । एकैछिनको भेटमा उसंगका कुरा अनि सबैभन्दा ठूलो त उसको स्पर्श जसले आज पनि मलाई तरङ्गित गर्छ । उसको हातको जस्तो स्पर्श सायद मैले मेरो श्रीमानको हातमा पनि भेट्दिन होला । चिसो कापेका ओठमा चुरोटको धुवा,गहिराई भरिएका ती आँखा अनि पलभरमै मेरो लागि उसको मनमा जागेको सहानुभुति। उसंगको एकछिनको भेट मेरो जिन्दगीको यति प्रीय घटना बन्छ मैले सोचेकिसम्म थिन ।

सायद त्यो एकपलमा मलाई उसंग प्रेम भएछ क्यार उसका नयनमा म डुब्न पुगेछु क्यार।एकैपलमा पनि कसैसंग प्रेम हुन्छ, के प्रेम यस्तो हुन्छ? यदि प्रेम यस्तो हुदैन भने कस्तो हुन्छ त प्रेम?। म, अब प्रेम हैन जिन्दगी सोच्नुपर्छ भनेर हिड्ने केटिलाई पनि कसैको स्पर्शले यति धेरै बेचैन र ब्यतित बनाउन सक्छ मैले पहिलो पल्ट अनुभव गर्दै थिए त्योबेला । जतिबेला मैले प्रेम गरे अथवा म प्रेममा छु भन्ने सोच्थे त्यतिबेला के थियो त,यदि यो प्रेम हो भने अनि त्यो प्रेम थियो भने यो के हो त? । म अल्मलिन्थे, म आत्तिन्थे आफैसंग,आफ्नै मनसंग । त्यसपछिका कंयौ दिनहरू त्यो युबकको झझल्कोमा नै बिते,कति दिन त म एकोहोरो जस्तै भए कतै हराए छुट्टै दुनियाँमा । जहाँ म अन्जान मान्छेको कल्पनामा हराउँथे उ को हो, के हो, कहाँ बाट आएको हो, मलाई केही थाहा थिएन मलाई प्रेम भैसकेको थियो सायद उसगं।त्यसपछिका म कंयौ दिन मिनभबन अगाडि गएर बस्न थाले, पर्खन थाले उसलाई,कुर्न थाले उसको बाटो ।त्यतिबेला मेरो मनको हाल बुझ्ने कोहि भएन,अझ भनौ मैले बुझ्न पनि दिन यदि कोहि हुन्थ्यो भने मलाई पागल प्रेमिकाको संज्ञा सहजै दिन्थे होला।

ति दिनहरू आज पनि सम्झनामा आईरहन्छन् अनि त्यो स्पर्श जति प्यारो अरू केहि लाग्दैन, न कहिल्यै लाग्नेछ।आज म जिन्दगिमा धेरै अगाडि बढिसके, मेरो आफ्नै परिवार छ, मायाको साथै सम्मान गर्ने श्रिमान हुनुहुन्छ, माया प्रेम र बिश्वासको डोरमा सम्बन्ध अघि बढिरहेको छ । तर किन किन आज त्यो स्पर्सको याद आयो सायद बाहिर मौसम पनि त्यस्तै भएर होला।मलाई अरू कुराले भन्दा पनि एउटा कुराले साह्रै सताउछ।जुन स्पर्सले म त्यतिबेला त्यति धेरै ब्यतित भए के उ पनि त्यति नै धेरै ब्यतित भयो होला, के उ पनि मलाई लिएर म जस्तै तरङ्गित भयो होला त ......।


Thursday, May 10, 2018

प्यारी दिदी


प्यारी दिदी
शहर थियो बिरानो
अन्जान थिए म
आइपुगेयौ तिमि समाउन मेरा हातहरु,


न जन्मको नाता,न रगतको नाता
बस थियौ हामि अन्जान अन्जान
समय न हो आखिर बिस्तारै बिस्तारै
जोडिएयौ हामि भाबनाको नातामा,


अज्नबी नै अज्नबिको भिडमा
तिमी साहार भएर आयौ,
उमिंद भएर आयौ
र भएर आयौ आशाको किरण,


यहाँ सब सब पैसापछि दौडिन्छन्
सायद म पनि
तर बुझ्दैछु पैसा कमाउने जति
सबैले सम्बन्ध कमाउदैनन्
चाहे दुई नम्बरी गरेर होस्
चाहे ठमेलमा रात बिताएर होस्
पैसा त कमाए कै हुन्छन्,

तर गाह्रो रहेछ र छ
सम्बन्ध कमाउन,खुसी कमाउन
आज म खुशि छु किनकि
मैले सम्बन्ध कमाएकि छु
अझ भनौ तिमि कमाएकि छु
र बुझ्दैछु सफलता पुर्णता हैन,यात्रा हो
र त्यही कुरा पछ्याउँदै छु,


मेरा हरेक पाईलाहरूमा साथ दिने
प्यारी दिदी धेरै धेरै सम्झना र
तिमि यो सास रहुन्जेल
मेरा स्मृतिमा  सदा सदा रहिरहने छौ !!


उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...