Yamunathapablog

Thursday, May 27, 2021

छाउ सकिँदैन ....

लामो समयको बाहिर बसाई पछि म यतिबेला आफ्नो गाउँमा


आइपुगेगिछु । अझै भनौ नेपालमा चलिरहेको दोस्रो लकडाउनमा म आफ्नो घर आगनमा छु । लकडाउनले सहर बन्द हुँदैमा, गाउँमा चहलपहल कम हुँदैमा मान्छेको जिन्दगी भने चल्न नछोड्ने रहेछ । हिजो जस्तै आज पनि जिन्दगी आफ्नै रप्तारमा चलिरहेको छ । अझ भनौ दौडिरहेको छ ।

यसै रप्तारलाई पछ्याउँदै हामी बिच घुम्दै आइपुगेको छ "मे २८"  अर्थात  "विश्व छाउपडी दिवस" विश्वका अरु देशहरुले जस्तै नेपालले पनि केही वर्ष अघिदेखि यो दिनलाई सम्झिन थालेको छ । आफ्नो देशका छोरिहरुको पिडालाई बुझ्ने जमर्को गरेको छ । उनहरुको स्वास्थ प्रती चासो देखाएको छ ।

विश्व समाजको लागि छाउपडी केही हैन तर पनि यसलाई सामान्यकरण गर्नको लागि विश्व समाजले सक्दो प्रयास गरेको देखिन्छ । आफ्नो देशका महिलाहरुको स्वास्थ सुरक्षामा ध्यान दिएको पाइन्छ । विश्व समाज यति चेतनशिल बनिरदा

हाम्रो देश नेपालले यसको विरुद्धमा केहि गरेको छैन भन्न मिल्दैन । हाम्रो देशलाई चासो नै छैन भन्ने पनि हैन । यसको विरुद्धमा हाम्रो देशले पनि केही कदम चालेको पाइन्छ । यसलाई संबिधानमा समेटेर महिलाको हकमा सामिल गरेको पाइन्छ । एक हिसाबले भन्ने हो भने हाम्रो संबिधानले हामीलाई सुरक्षा प्रदान गरेको देखिन्छ ।

तर हाम्रो समाजमा छाउपडि यस्तो विषयको रुपमा देखा परेको छ जुन सहज भन्दा पनि बढी जटिल बन्दै गएको छ । अझ यसको जटिलता कर्णाली र सुदुरपश्चिममा राम्रै देख्न पाइन्छ । यि सबै कुरालाई बुझ्दै जाँदा यस्तो लाग्छ जति नै जनचेतनाका लहरहरु हामीले शरहदेखि गाउँसम्म पुर्याउने कोसिस गरेपनि हामीले यसलाई स्वस्पुर्त रुपमा न स्विकारेसम्म यो कहिल्यै हाम्रो लागि आम बन्ने छैन । मन मस्तिष्कदेखि नै यो विषयलाई आत्मसात गरिनु पर्ने रहेछ । यो कती संवेदनशील कुरा हो भनेर आत्मबोध हुनेपर्ने रहेछ जसलाई म यतिबेलाको गाउँ बसाइमा प्रत्येक्ष अनुभव गरिरहेकि छु । जति र जसरी शहरका गल्ली गल्लिमा छाउ विरुद्ध कमद चालिन्छन्, छाउ विरुद्ध विगुल फुकिन्छन् त्यहाँभन्दा कयौं बढी जनचेतनाको बिगुल गाउँघरका कुनाकाप्चामा फुक्न आवश्यक भएको कुरा म यतिबेला महसुस गरिरहेकि छु ।

देशले के गर्यो, राज्यले के गर्नु पर्छ भन्दा पनि यतिबेला मैले नितान्त मौसुस गरेका कुराहरु यहाँ पस्कने प्रयास गरेकी छु । लामो समयको बाहिर बसाइँ पछि गाउँ फर्किदा र यहाँको रहनसहनमा रमाइरहदा छाउपडिको समयमा हुने दुर्ववहारमा म पटक्कै रमाउन सकिन । छाउपडिलाई लिएर यहाँको परम्परावादी र सामन्तवादि सोचमा मैले आफूलाई उनीहरूसँगै उभाउन सकिन। आज पनि उस्तै र उसैगरी मानिसहरुको मस्तिष्कमा छाउले जरा गाडेर बसेको देख्दा साह्रै दु:ख लाग्यो र ती कलिला नानीहरु जो हिंसाका सिकार भइरहेका छन् उनीहरुको माया लागेर आयो । आज पनि यहाँ देउताको नाम छाउपडी बाँचिरहेको देख्दा मनै चिसो भएर आयो । यदि साँच्चै यि देउता बोल्थे भने म सोध्थे ती देउतालाई  "के महिलाको निम्ति साँच्चै छाउपडी पाप हो , श्राप हो " ?

अनपढ, अशिक्षित वर्गको म यहाँ कत्ती पनि कुरा गर्न चाहन्न । म त हैरान छु पढेलेखेका वर्गहरुले नै आफ्नी सानी बाह्र वर्षकी छोरीलाई भनिरहेका छन् "तिमी बाहिर सरेयौ र ती सानी नानी दुबिधामा छिन उनी कुन बाहिर सरिन" । जबकी उनी त आफ्नै घरमा छिन् । बस उनीमा केही शारीरिक परिवर्तन मात्र देखिएको छ । 

यस्ता कुराहरु मैले गाउँमा आम भएको पाए र म सोच्न थाले यस्तो शिक्षा र संस्कारबाट हुर्किएका नानीहरुको भविस्य कस्तो होला ? के कुनै भविस्य होला उनीहरूको ? ओहो ! कति डरलाग्दो भविस्य .. जहाँ उज्यालोको कुनै नूर नै नजर आउदैन ।

प्रत्येक दिन चिसो पानीमा नुहाउनु, आफूले प्रयोग गरेका कपडा धुनु र साझमा तिनै चिसो कपडामा सुत्नु, दुधजन्य परिकारबाट टाढा रहनु, आफुलाई अरुभन्दा भिन्न र अपमानीत बोध गर्नु त साह्रै सामान्य कुराहरू रहेछन् आजपनी यहाँ। जसले म र मेरा परिवर्तनशिल सोचहरुलाई पनि धक्का लागेको महसुस हुन्छ ।

राजधानीमा बसेर छाउपडि मासिक चक्र हो । शारीरिक परिवर्तन मात्र हो । यसलाई सरल रुपमा बुझ्नु पर्छ भनेर भनिरहदा । मलाई यहाँको धरातलले नस्वीकार जस्तो लाग्छ । मलाई उपहास गरेको जस्तो लाग्छ ।

विश्व समाजले ज्ञान, विज्ञान र प्रविधिको कुरामा नयाँ नयाँ चमत्कार गरिरहदा मलाई यहाँका नानीहरुको भविस्य सम्झेर मन दुखिरहेको छ, के गरु ? कसो गरु भएको छ ? म यो समाजको सामन्ती र रुढीबादी सोच अहिलेको परिवर्तनशिल सोचमाथि हाबी भएको देखेर हैरान छु ।

यस्तो कुराले बस एउटै कुराको महसुस गराउछ मान्छेले पढेलेखेर मात्र नहुदोरहेछ । मान्छे त चिन्तनशिल हुनुपर्दो रहेछ, विवेकशील बन्नु पर्ने रहेछ । मान्छेले किताबका अक्षर मात्र पढेर नहुदो रहेछ ।मान्छेले त सोच पढ्नु पर्दो रहेछ परिवर्तनशिलतालाई अभ्यास गर्नु पर्दो रहेछ जसको कमि म आजका शिक्षित वर्गहरु देखिरहेको छु ।

समस्यालाई मात्र उजागर गरेर नहुने रहेछ । हामीले समस्याको कारकतर्फ ध्यान दिनु पर्ने रहेछ । छाउपडी महिला स्वास्थसंग जोडिएको विषय हो । खान मन नलाग्नु, ढाड दुख्नु, पेट दुख्नु, मोडमा परिवर्तन हुनु यी सबै छाउपडिका सामान्य लक्षण हुन । जसलाई हामी हरेक महिलाले भोगिरहेका हुन्छौ । यस्ता कुरालाई जति छिटो र जति सरल ढंगले हामीले स्वीकार गर्छौ हाम्रा आगामिक दिनहरु उति नै सहज बन्दै जान्छन् ।

छाउपडीको कुरामा के गाउँ, के सहर जति गाउँलाई परिवर्तन गर्न जरुरी छ त्यति शहरमा पनि परिवर्तन गर्न जरुरी छ तर गाउँमा केही यस्ता कुरा छन् जसले गर्दा गाउँलाई परिवर्तन गर्न अझ बढी  समय लाग्नेछ। तर फेरि पनि हामिले कोशीस गर्न छोड्नु हुँदैन । किनकि निरन्तर कोशिस नै हामीले सोचेको जस्तो परिवर्तनको मूल सुत्र हो तर हामीले बदलाब गर्नु पर्छ भनिरहदा, हामीले बदलाब कसरी गर्ने, कहाँ गर्ने यो कुरातर्फ चिन्तनशिल भएर सोच्नु पर्ने कुरा मलाई यतिबेला बोध भइरहेको छ ।

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...