म यस्तो देशमा बस्छु जहाँ महिलालाई ३३% अधिकारको नामले
सुरक्षीत गरिएको छ। राज्यका संबैधानिक
अंगमा महिलाको स्थान सुरक्षीत गरिएको छ। अनि त्यही देशमा छोरिहरु एकपछि अर्को गर्दै बलात्कार पछि हत्या गरिन्छन्। तर दोषी
बर्षौसम्म पनि फेला पर्दैनन्, त्यही
छोरिहरु दाईजोको नाम जलाईन्छन् अनि
रास्ट्रपति ज्यु करोडौंको गाडीको माग गर्नुहुन्छ।
अब कुरा गर्यौ देशका आम महिलाको बारेमा जसको काधमा टेकेर खास भनिएका महिला अझ भनौ नारिबादी महिलाहरु जसले ठुला ठुला महल
त खडा गरे नै अझ महिलाबादिको ट्याग भिरेर आफुलाई आम महिलाका हिमाएती समेत
बनाइरहेका छन्।
साह्रै दुख लाग्छ दिनप्रतिदिन निर्मलाको नाम बेचेर अधिकार र
न्यायको कुरा गरेको देखेर।सोध्न मन लाग्छ। निर्मलाको
नाम बचेर अझ कति दिन रझाइ गर्ने हो हामिले,
अब निर्मलालाई वकालत गर्न बन्द गरौ बरु बाँकी छोरिहरुलाई निर्मला हुनबाट कसरी बचाउन सकिन्छ त्यतातिर सोच्यौ र त्यसको लागि आवस्यक त्यस्ता कदमहरु चाल्यौ जसले गर्दा बाँकि छोरीहरुको भबिष्य
छोरी भएकै कारण धरापमा नपरोस। अब
छोरीहरुलाई छोरीभन्दा पहिले मानब बन्न सिकाउ। आफ्नो लागि बोल्न सक्ने र आफ्ना कुरा राख्न सिकाउने बनाउ। त्यसको
लागि हामीले राज्यलाई राज्यदेखि स्थानीय निकाएसम्मबाट प्रभावकारी कार्यक्रम र
जनचेतना मुलक कार्यक्रमा गाँउगाँउमा पुर्यानलाई जोड दिन लगाउ।
महिला अधिकारका कुरा गरिरहदा महिला जिम्मेवारिका कुरालाई पनि
अघि सार्नु पर्छ हामीले किनकि अब समाज अधिकारले मात्र अगाडि बढ्ने हैन, जिम्मेवारीको
बोध र इमानदारीपुर्बक जिम्मेवारिको बहनताबाट मात्र अघि बढ्न् सक्छ ।यो समाज मात्र छोरि बुहारिको हैन महिला र पुरुषको दुबैको हो हामी समाजमा बस्छौ भनेपछि
समाजका हरेको राम्रा नराम्रा कुराको जिम्मेवार पनि हामि स्वयंम् हुन्छौ । हामि महिलाले महिला अधिकारका कुरा गरिरदा हामीले आफू अगाडि भएको पुरुषको आत्मसम्मानको ख्याल कति गरिरहेका छौ
त्यो ख्याल राख्नु पनि महत्वपूर्ण कुरा हो।
समाज अनि नारी यति मात्र
पनि हैन समाज अझ यो विश्व। हामिले
महिला अधिकारको कुरा गरिरदा मानव अधिकारको कुरा त बिर्सिन भएन नी ।पहिला मानब अधिकार अनि त्यसपछी
मात्र आउछन् महिला अधिकार,
पुरुष अधिकार आदि आदि ..
भन्न मन लाग्छ संविधानको पानामा महिलाका अधिकार सुरक्षित गरेर
केहि हुदैन । पाँच तारे होटलमा बसेर महिला अधिकारका
कुरा गर्दै गर्दा एकपटक डोल्पा, बाजुरा,
दार्चुला, दैलेख, अछाम अनि तराईका मधेसी समुदाएका
महिलाहरुलाई पनि सम्झिनु
होला। उनीहरुको दयिनिय अवस्थालाई ध्यानमा राखेर कार्यक्रम तय गर्नुहोला महिला
अधिकार कर्मी ज्यु।साथै आफ्ना
जिम्मेवारीलाई पनि। मलाई लाग्छ दुर दराजका महिला, अधिकारका भोका छन् अनि
नारिबादिहरु जिम्मेवारीका आदि छैनन्। कागजमा
बनाएको नियम अनि महिला अधिकारको नाममा पाँच तारे होटलमा गरेका कार्यक्रमले
हजुरहरुको मात्र हो महिला अधिकार कर्मी ज्यु पेट र गोजी भरिने तर ति दुर दरादका
महिलालाई त वर्षने आउने नारि दिबस पनि “बेला
पाक्यो कागलाई हर्ष र बिस्मात झैँ हो” ।न
कहिल्यै उनीहरुले बोक्ने भारि नै सानो हुन्छ न उनिहरुले गर्ने दुखका रंग नै
परिबर्तन हुन्छन् ।
अनि अर्कोतिर हामीले दिनरात कराएर मागीरहने अधिकार। अधिकार माग्नको लागि त पहिला आफु त्यो
अधिकारलाई प्रयोग गर्न योग्य पनि बन्नु पर्यो नि । किनकि अधिकार जादुको छ्डी होर
घुमाउन बित्तिकै सबथोक ठाउँको
ठाउँ परिवर्तन हुने ।हामी महिला आफुमा पनि सरल र सबल बन्दै जानु पर्छ। समयको मागलाई आत्मसाथ गरेर समयको बदलिदो
स्वरुपलाई स्विकार्नु पर्छ ।यो
बुझ्नुपर्छ कि पुरुष साथीसंगको सहकार्यमा नै उनिहरु स्वतन्त्र र सुरक्षित छन्। महिलाको अधिकार नै पुरुष सहकार्यको
उत्तम स्वरूप हो । जसले महिलालाई उसको सफलाताको उच्चतम
बिन्दुमा पुर्याउन मदत पुर्याउदछ। यस्तो
भन्दै गर्दा म नेपालि साहित्य कि महान साहित्यकार पारिजातको “मानुषी” कविताको एक अंश सम्झिन्छु –
हामी एक
अर्काबिना बाच्न सक्ने प्राणी होइनौ
म तिम्रो हात
दह्रो गरि समाउछु
तिमी मलाई तिमी
पुगेको ठाउसम्मै पुर्याउ
त्यहा, जहाँ तिमिलाई मैले सभ्यताको आदि कालमा पुर्याइ सकेकि
थिए ।
दिनाप्रतिदिन बढिरहेका बलात्कारका घटनालाई निराकरण गर्ने
मामिलामा सरकारले एउटा कुरा
भन्छ, नारिबादिहरुले अर्को कुरा भन्छन् अनि
हामी आम समाजमा बसेर यो
समाजसंग डिल गर्ने महिलाको वास्ताबिकता एउटा हुन्छ। सरकार भन्छ बलात्कार
रोक्नको लाई “पोर्न
साइट बन्द गर्नु पर्छ” अनि
महिलाबादी भन्छन् “कपडा
छोटो भयो” ।
हे बाबा! “कपडा
छोटो रहर होला के च्यातियको हुनु पनि रहर हो त”। छोरिको
शिक्षाको लागि सरकार गजब गजबको योजना ल्याउछ तर के ती छोरिहरु बाँचिरहेको समाजले
तिनीहरुलाई त्यो योजनासम्म सजिल्यौ पुग्न
देला त”। एकपटक गम्भीर भएर त्यतातिर
पनि सोच्ने हो कि ?
अब संसदका कुरा हैन पद र हौसियतका कुरा हैन एक आम महिलाको
जिबनका सहजीकरणका कुरा गर्यौ। यस
विषयमा गम्भिर भएर बहस गर्यौ र उनीहरुलाई कसरी सकिन्छ नँया जिन्दगीको आभास महसुस
गराउ ।महिलाको लागि भनेर
सरकारले स्थानीय तह देखि केन्द्रसम्म कोटा त छुट्यायो तर सबै उप-उप मा। यसरी छुट्याइएको उपको पदले महिलालाई कति
शसक्तिकरण गर्यो कति उनिहरुलाई क्रियाशील बनायो के यसको लेखाजोखा गरेको छ त सरकाले?
यस्ता प्रश्न धेरै धेरै छन् यी दिनहरुमा हामि जस्ता आम महिलासंग !
साच्चै महिलावादी ज्युहरु छाउघर भत्काए पछि सोच्नु भएको छ! ति तमाम छोरि अब अर्को पटक छाउ
बार्नु पर्दा कहाँ र कसरि रात
बिताउने छन् किनकि हजुरले छाउघर त भत्काई सक्नु भएको छ तर
छाउप्रतिको सोच अझै उस्तै छ भत्किन बाँकि अनि हजुरहरुले भने जसरी रातारात त कुनै जादु हुनेवाला छैन। सक्नु हुन्छ भने
हाम्रो कुरिती र कुसंस्कारलाई भत्क्याउनु होस्
तर कृपया छाउघर भत्क्याएर महान काम गरेको नठान्नु होला। यो हामि जस्ता कुनै समय छाउघरको
कृपामा बाँचेका छोरीका नजरमा सहि
छैन किनकि छाउघरको महत्त्व हजुरले भन्दा हामिजस्ता मध्य पश्चिम र सुदुरपश्चिमका छोरिहरुले
धेरै रामरि बुझेका छौ।किनकि ति छाउघर नै हाम्रालागि छाउ बार्नको निम्त उयुक्त
बिकल्प थिए र हुन ।
छाउप्रथालाई कुसंस्कार र बिकृति भनिरहदा मलाई नेवार समुदायको
कुमारि प्रथा र गुफा राख्न चलनको बारेमा सोच्न मन लाग्छ, के यी प्रथाहरुमा पनि
महिलालाई प्रयोग गरिएको छैन र ? फेरि किन कोहि यस बारेमा आवाज उठाउदैन ? कि नेवार
समुदाय सम्पान्नशालि वर्गमा गनिने भएकाले यसको आवाज दबेको हो। अनि छाउपडि मध्य
पश्चिम र सुदुरपश्चिमका मध्य तथा निम्न वर्गले बार्ने भएकाले यसको बिरुद्धमा
छाउगोठ भत्काइदैछन् ।छाउपडि प्रथाका बारेमा बोलेर नराम्रो गर्नु भयो भन्न खोजेको
हैन कहिलेकाहि दुर्घटना घट्छन् यसलाई आत्मसाथ गर्नु पर्छ तर महिला अधिकार कर्मि र
सरोकारवाला ज्यु पिछडिएका र निम्न वर्गका समुदायमा मात्र हैन सम्पन्नशालि वर्गका
बारेमा पनि खुलेर बोल्नुहोस् किनकि कुसंस्कार र बिकृति सबै वर्गका महिलालागि उस्तै
हो ।
मलाई विश्व र विश्वका महिला कँहा पुगे ? के गरे ? कति गरे?
त्यससंग सरोकार छैन। म त मेरो देशमा के हुदैछ, यहाँका महिलाको जिबनस्थर कस्तो छ ? उनीहरुले बाँचिरको जिबनमा के कति
परिबर्तन भयो र भैरहेको छ ?
यो हो हाम्रो सरोकारको बिषय अब मलाई
सफलता हासिल गरेका महिलाको बारेमा हैन ति आम महिलाको बारेमा वकालत गर्न मन लाग्छ
जसले महिला भएकै कारण आफ्नो कोखबाट छोरी नजन्मियोस् भन्ने कामना गर्न बाध्य छन्।
ति महिला जोसंग न उनीहरुको हिजो छ, न भोलि नै। उनीहरु यस्तो आजमा बाँच्न बाध्य छन्
जो अनिश्चित छ, औचित्यबिहिन छ।
अनि हजुरहरु
क्रान्तिका कुरा गर्नु हुन्छ। सरकार बदल्ने र बनाउने कुरा गर्नु हुन्छ तर हजुरले
ती आम महिलाका लागि के गर्नु भयो? उनीहरुको जिबनस्थरमा कति सुधार गर्नु भयो ? के कहिल्यै ति महिलाको बारेमा सोच्नु
भएको छ! जसको वकालत हजुरले शब्दमा गरेर आफ़ुलाई तिनीहरुको शुभचिन्तक भन्नु भयो तर
उनीहरुको बास्तबिकतासंग कहिल्यै मतलब राख्नु भएन किनकि मैले हजुरको
घर जगि ठडिदै जान्छ ती महिलाको जिबनस्थर उति घिर्दै गएको देखिछु। कृपया! मसंग प्रमाण
नमाग्नु होला किनकि मधेस र कर्णाली स्वयम् चिच्याइरहेको छ। बस ध्यान दिएर सुने
पुग्छ। तर सुन्न ढिला नगर्नु होला।
अन्तमा महिलाको अधिकारको लागि सुरुवात गरिएको विश्व महिला
आन्दोलनले करिब ११० बर्ष पूरा गर्दै छ। यसैको अवसर पारेर हामिले फागुन २५ अर्थात मार्च ८ का
दिनलाई ११० औ
अन्तराष्ट्रिय महिला श्रमिक दिबसको रुपमा मनाउदै आएछौ हामि
सबलाई ११० औ
अन्तराष्ट्रिय महिला श्रमिक दिबसको धेरै धेरै शुभकामना !!