Yamunathapablog

Sunday, July 29, 2018

सवाल राज्यसंग..


सवाल राज्यसंग..
केहिदिन पहिले मात्र हामिले कंङ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको खबर सुनेयौ जुन सामाजिक संजालका भित्ताहरुको मसालेदर खबर बन्यो। एकदिनको पत्रपत्रिकाको खुराक पनि बन्यो अनि भोलिपल्टै त्यो यसरि सेलायो कि मान्यौ केहि भएको होइन केहि भएकै छैन ।

यस्ता घटनाहरु देख्दा अनि यस्ता घटनाप्रति राज्यको ब्यवहार देख्दा कहिलेकाही त लाग्छ समाजमा, राष्ट्रमा महिलाका मुद्दा उठाउनु, यसको बिषयमा ओकालत गर्नु सब ब्यर्थ छ, महिला समाजको लागि राष्ट्रको लागि स्वयम् महिलाकै लागि यस्तो गम्भीर बिषय बनेका छन् कि सबैले यसको फाइदा मात्रै उठाउदै आएका छन्, उपहासको पात्र बनाएका छन् । परापुर्बकालमा देबिको नाममा शोषण गरिन्थे महिला रानिको नाम राजाहरुको शयनकक्षको शोभा मानिन्थे महिला । पतिको श्री मानिन्थे अनि पती संगै सति पनि जान्थे र यहाँ कर्तव्य नाममा, धर्मको नाममा महिला हासि हासी सुलि चड्न बाध्य हुन्थे र तिनिहरुले यो शोषण हो यो अन्याय हो भनेर बुझेकै थिएनन् सायद र यसको बिरुद्ध बोलिदिने र सुनी दिने पक्ष पनि थिएनन् । ल ! त्यतिबेलाको अवस्था त्यस्तै थियो, समय त्यस्तै थियो सहनु महिलाहरूको बाध्यता थियो । तर अहिले त समय परिबर्तन भएको छ, समाज, राष्ट्र, स्वयम् महिला पनि यसको बारेमा सचेत छन्, सचेत बनेका छन् अनि किन आज ती सानि नानी बलात्कृत भैइन, किन उनको हत्या भयो ?अनि आज बलात्कृत र हत्या भएको यतिका दिन बितिसक्दा पनि किन मौन छ राज्य, किन मौन छन् सरोकारवालाहरु कहाँ गए महिला अधिकारको ढोल बजाउँदै पाच तारे होटेलमा गोष्ठी र सेमिनार गर्दै हिड्ने महिला अधिकार कर्मीहरु किन कोहि बोल्दैन किन मुखमा ताला लाएर बसेका छन् ।के अब यिनिहरु मुख खोलिन बिदेशी डलरको मोहोताज बन्नु पर्ने हो । यस्तो अवस्था देख्दा साह्रै दुख लागेर आउँछ। आफ्नै गाँउठाँउमा त छोरिहरु यति धेरै असुरक्षित छन् भने कहाँ सुरक्षित छन् त छोरिहरु भन्ने सवाल हामी जस्ता आम छोरिहरुको मस्तिष्कमा खेल्नु स्वभाबिक नै हो । तर यसको जवाफ कस्ले दिने राज्यले वा सरोकारवालाहरुले ..

हाम्रो देशमा बर्षको कुरा छोडौ हरेक महिना, दिन जसो एउटा न एउटा वालिका वा महिला बलात्कृत भइरहेकि हुन्छिन्  यस्ता घटनाको चर्चा उत्सब जसरी चर्चामा आउछ र सेलाउछ पनि त्यसरी नै  न त यसको कुनै प्रभाबकारी छानबिन हुन्छ न त दोषिले पाउनु पर्ने जति सजाय नै पाउछ
बलात्कार जस्तो संबेदनसिल बिषयमा सरकार कहिले गम्भीर हुने ? आजका बालिका भोलिका भविष्य हुन ।जब कोपिला नै रहदैन भने सुन्दर फुलको आशा कसरी गर्न सकिन्छ । अनि यस्तो आशा गर्ने राज्य कति मूर्ख होला त्यो सहजै अनुमान लाउन सकिन्छ ।

छोरी समाजको सुरुवात र अन्त्य हो । जब छोरिले एउटा बिर्यलाई गर्भधारण गएर सृष्टिलाई नयाँ जीवन र उर्जा प्रदान गर्न सक्छे त्यसरी नै महाभारत रचेर तबाइ पनि मच्चाउन सक्छे, भन्ने कुरा किन कोहि बुझ्दैनन् आमा बन्ने सौभाग्य मात्र एउटा छोरिलाई प्राप्त हुन्छ । चाहेर पनि पुरुषले गर्भधारण गर्न सक्दैन, न त सृष्टिलाई नया जीवन नै दिन सक्छ अनि किन उ यति धेरै घमण्डी,  निरंकुश, र हिंस्रक पशु बन्नलाई पनि पछि पर्दैन यहि कुरा अचम्म लाग्छ मलाई ।

राज्यको काम देशका नागरिकलाई सुरक्षित राख्नु हो । बालबालिका भनेका राज्यका आयम हुन अनि किन राज्य बालिका बलात्कृत र हत्याको अबस्थामा चुपचाप छ। कंङ्चनपुरकि १३ वर्षीया बालिका निर्मला पन्त त मात्र प्रतिनिधि पात्र हुन् यस्ता घटनाहरु त कति छन् कति जोसंग राज्य अनबिज्ञ छ।अन्जान छ।यसको छानबिन कहिले र कसरि हुने । डा. केसिको अनशनलाई जोडतोड साथका सगनमा ल्याउनेहरु कहाँ छन्, एउटा निर्दोष बालिका बलात्कृत भइ हत्या गरिदा किन मौन छन् उनिहरु के उनिहरुको नजरमा ती बालिकाको कुनै महत्त्व छैन के  ती यो राष्ट्रको नागरिक नै होइनन् । कि ती डा. केसिको जस्तो महत्त्वपुर्ण ओदामा थिनन् ।

किन जहिले पनि राज्य मौन भईदिन्छ महिलाका सवालमा, बलात्कार जस्तो संबेनशिल बिषयमा ... किन राज्य आश्वासन मात्र दिन्छ किन उठाउदैन कुनै प्रभाबकरी कदम   
यस्ता धेरै सवालहरु छन् मेरा सरकारसंग सरोकारवालाहरुसंग र यो देशका आफुलाई जिम्मेवार मान्ने नागरिकहरुसंग  .......... !!!!


Thursday, July 19, 2018

ह्यापि साउन



ह्यापि साउन
एस.एल.सि. सकेर पल्स टु पढ्नलाई गाँउबाट सहर आएकी थिए म पहिलो पल्ट यस्तै ५/६ बर्ष पहिले असारको महिना एस.एल.सि. को रिजल्ट आएको थियो अनि साउनको महिना पहिलो हप्ता तिर म काठमाडौ आएकी थिए । जब माइजुसंग पहिलो पल्ट पशुपति जाँदै थिए त्यतिबेला हो मैले धेरै केटिहरुले हातभरी हरिया चुरा र मेहन्दिका थरीथरीका बुट्टाहरुले हात सजाउदै गरेको देखेको । गाउँमा हुदा त साउनको महिनामा पनि रोपाई राम्रोसंग सकिएकै हुदैन्थ्यो। अनि यस्तो बुट्टा भरेर मेहन्दी लाउन पनि आउदैनथ्यो, अझ भनौ मेहन्दि लगाउने समय पनि हुदैनथ्यो। हामी धेरैमा गरे तिउरीका मुन्टाहरु टिप्दै कुट्दै त्यसबाट निस्केको रसलाई मेहन्दी भन्दै लगाउथियौ ।

बिहे गरेका आमा, काकी र भाउजुका हातमा त मुस्किलले एउटा दुइटा चुरा हुन्थे भने हामी अविवाहित केटिहरुका लागि के को चुरा, के को मेहन्दी तर पनि हामी रमाएकै हुन्थ्यौ । साउने संक्रान्तिमा गाईलाई घाँस खुवाउनु पर्छ भन्ने बिश्वास थियो र छ त्यसैले हामी गाईलाई घाँस खुवाउथेयौ र खुशि हुन्थयौ । खुशी हुनलाई कुनै ठुलो कुरा नै चाहिदैनथ्यो । माटो, ढुङ्गा, घाँस आदि आदिसंग खेल्दौ हुर्किए कि म काठमाडौ र यहाँको बिकासक्रमलाई देख्दा अनौठो लाग्नु स्वाभाविक नै हो । जब म यहाँ हुर्कदै गरेका बच्चाबच्ची देख्छु अनि हातमा मोबाइल नराखेसम्म खाना नखाने तिनीहरुको जिद्दिपन देख्छु, सोच्छु यिनिहरुको भबिस्य कस्तो होला? जहाँ खुशि हुन पनि बहाना चाहिन्छ ,कारण चाहिन्छ ।

चुरा मेहन्दीको कुरा गर्ने हो भने नेपालमा चुराको प्रचलनको इतिहास राजा पृथ्वीनारायण शाहसंग जोडिएको देखिन्छ । त्यसको प्रसंग यस्तो छराजा पृथ्वी नारायण शाह गोरखकालीका भक्त थिए । उनलाई एक दिन गोरखकालीले सपना दिइन् । सपनामा पृथ्बीनारायणलाई गोरखकालीले भनिन्– ‘तिम्रो पूजा आजा बाट म प्रशन्न छु । तर तिम्रो पूजाआजा पूर्ण छैन । किन भने मलाई पूजा गर्दा चुरा र धागो चढाउनु पर्दछ । भनेपछि पृथ्बीनारायण शाहले आफ्नो ससुराली भारतको बनारस गएको बेला चार घर चुरा र धागोको ब्यापार गर्ने मुस्लिम समूदायका मानिसहरु ल्याएर गोरखा बजार नजिक ताप्ले भन्ने गाउँमा बस्ती बसाली चुरा र धागो उपलब्ध गराएको इतिहास छ । यस बाट के बुझिन्छ भने नेपालमा त्यतिबेला सम्म चुरा र धागो प्रचलनमा आएको थिएन । यसरी इतिहास पढ्दा त्यती बेला नेपालमा चूराको प्रचलन रहेनछ भन्ने कुरा बुझिन्छ । हरियो चुरा र पोते लगाउने धार्मीक तथा सास्कृतीक महत्व छैन । तर सुन्दरता र फेसनको रुपमा यसको प्रयोग भएको छ ।चुराको इतिहास इजिप्ट बाट सुरु भएको मानिन्छ । नेपालमा भने भारतिय संस्कृती र वजार बाट यसको प्रचलन भएको मान्न सकिन्छ । आधुनिक यूगमा चुरा श्रृङ्गारको रुपमा नारीहरुले प्रयोग गर्दै आएका छन् ।तर हामी धेरै जसो अरुको सिको गर्छौ र त्यसलाई पछ्याउँदै जान्छौ । यसका राम्रा नराम्रा पक्षलाई एकातिर राखेर हामी आँखा बन्द गरेर त्यही चिजलाई प्रेम गरिदिन्छौ बिर्सन्छौ यो गलत पनि हुन सक्छ भनेर।

जब सम्झिन्छु बालपनका साना साना रहर अनि ती रहर भित्र लुकेका ठुला ठुला खुशी जसको आजपनी लोभ लाग्छ मलाई ।साउनको महिना साच्चै हरियाली हुन्छ। प्रकृतिले  आफ्नो सारा मेहनत छरेर यसलाई हरियाली बनाउछ, वातावरणलाई नयाँ रुप दिएर सिङ्गारिदिन्छ। किसानको घरमा नयाँ आशा बनेर आउछ । सारा गाँउलेहरुलाई एकठाँउमा जम्मा गरेर रोपाइको बाहनामा खुशि साट्ने र छर्ने मौका दिन्छ ।हाम्रो इतिहास जे जस्तो भएपनि साउनको महिनामा हरिया चुरा हात बजाउनुको मज्जा नै छुट्टै हुन्छ, मेहन्दिको रंगसंग माया साट्नुको अन्दाज बेग्लै हुन्छ । म जान्दिन मेहन्दिको रंगमा प्रेमको मापन हुन्छ कि हुदैन तर धेरैको बिश्वास यस्तै हुन्छ र छ । कुनै दिन मेरो हातमा सजिएको मेहन्दिले मेरो प्रेमको मापन गरेछ भने अब अवश्य म यो कुरा भन्नेछु । र म अवश्य चाहन्छु अर्को पल्ट मेहन्दिले मेरो प्रेमको मापन गरोस् ।
कहिलेकाही सोच्छु रातो माटोले प्रत्येक दिन दैलो पोत्ने मेरि आमाको हातमा मेहन्दिको रंग त पलभर पनि टिक्दैन त्यसोभए के मेरा बाबाले मेरि आमालाई माया नै गर्दैन त ? अनि शहरको उच्च खानदानमा हुर्के बढेको युवती जसको हातमा मेहन्दिको रंग महिना दिनसम्म टिक्छ तर तिनीहरुले पनि त डिभोर्सका कागजमा हस्ताक्षर गर्दै गरेको देखेकी छु मैले अनि के तिनीहरुको हातको मेहन्दिको रंगले झुटो बोलेको हो र ! यस्तै यस्तै प्रस्नले पनि  सताउछ मलाई कहिलेकाहि ।आजका धेरै जसो युवा युबतिहरु आफ्ना संस्कार र मूल्य मान्यतासंग अनबिज्ञ छन् । अरुको रितितिथिलाई अङ्गाल्नुमा नै राम्रो ठान्छन् । जुन नराम्रो हो ।

काठमाडौमा रहदै बस्तै गर्दा मैले यस्तै यस्तै चिजहरु धेरै देखेकिछु तर जब म मेरो प्यारो गाउँ अनि त्यहाँका चिजबिज रितितिथी संस्कारहरु सम्झिन्छु, अङ्गाल्छु ओठ अनायासै मुस्कुराउछ, गाउँको तस्बिर आखामा संङ्गै यसरी बसेको छ कि जसको सहारामा सारा जिन्दगी पनि काट्न सकिन्छ । यो शहर यहाँका रितितिथिहरुलाई जति गर्दा पनि अफ्नो बनाउन सकिदैन न अपनाउन नै सकिन्छ साच्चै भन्नू पर्दा शहरसंग त्यस्तो केही छैन जसले मानिसलाई सधैकालागी लोभाउन सकोस् । आफ्नो बनाउन सकोस् । जब मान्छे आफ्नो जिन्दगीको उत्तार्धमा पुग्छ उसको अन्तिम चाहाना यहि हुन्छ कि उ आफ्नो ठाउँ गाउँमा आफ्नो अन्तिम सास फेरोस्।र दुनियाँको रित पनि यहि छ ।

अन्तत बास्तबिकता जे जस्तो भएपनि भित्रिदै गरेको साउनले हामि सबैको जिबनमा साउन जस्तै हरियालिपन नयाँ उमंग, नयाँ जोस भरोस्।हरिया चुरा र मेहन्दि बिकृति हैन सद्भाब बनोस्, साउनको महिना धर्मको महिना पनि हो त्यसैले सबैको जिबन सत्मार्गमा अघी बढोस् खुशि माया प्रेम र आफ्नोपनले घर परिवार सजियोस् ।
सबैलाई ह्यापी साउन !!



Monday, July 9, 2018

एउटा जिन्दगी


एउटा जिन्दगी

भुवा जस्तै
उड्न खोज्छ एउटा जिन्दगी 
माथी माथी आकाश तर्फ,


छर्न खोज्छ एउटा जिन्दगी फुल 
जस्तै फुलेर सुगन्ध
अनि बाँच्न खोज्छ त्यहि जिन्दगी पंछि
जस्तै भएर स्वतन्त्र,


कहिले बन्द,हड्ताल 
कहिले हत्या हिंसा 
अनि कहिले बलात्कार,
यस्तै यस्तै छ 
देशको खबर हिजोआज,


कस्लाई सुनाउ 
कस्ले सुनिदिन्छ पिडा
नेपाल आमा पनि 
बिरक्तिएकी छिन् देखेर
यहाँ आफ्ना सन्तानहरुको चाला,


त्यसैले पनि 
म हैरान छु, बेताब छु
देखेर यी छट्पटिं,यी बेचैनी
अनि समयको मौनतासंग
किन सवालमात्र गर्छ यो समाज
किन केही बोल्दैन अन्याय विरुद्ध !!

Tuesday, July 3, 2018

त्यो रोपाई



त्यो रोपाई 
.....तल्लो घर कान्छीको रोपाइको निम्तो दिन आएकि थिइ त्यो दिन अनि उसले साथसाथै  उ आउने कुरा पनि सुटुक्क कानमा भनेकि थिई।त्यो खबर मेरालागि कुनै उत्सब भन्दा कम थिएन किनकि असारको महिना हामी नेपालीहरुका लागी यसै पनि कुनै उत्सव भन्दा कम हुदैन, मानो रोपेर मुरि भित्राउने समय हो यो, असारको महिनाको रंग नै छुट्टै, उत्साह नै अर्कै ।  त्यति रमाइलो पलमा उसंग हुन पाए मलाई अरु के चाहियो र । म बिहानै तयार भए रातो फरिया, कालो चोली अनि लाजका गहनाले सजिएर म रोपाई तिर लागे ।

तल खेतको दृश्य माथिबाट हेर्दै रमाइलो लाग्ने एकातिर झमझम परिरहेको झरी अनि अर्कोतिर खेतभरी रोपार र बाउसे छपक्कै  ओहो ! त्यो दृश्य जति आखामा कैद गर्न खोजे पनि कम पर्छ ।म रोपाईमा पुगेकि मात्र के थिए तल्लो घर भाउजूले भन्नु भयो " निरा नानी कति ढिला आउनु भएको रमेश बाबू अघि देखि हजुरलाई खोज्दै हुनुहुन्छ ।" त्यति बेला म कति रातोपिरो भएकी थिए मलाई मात्र छ ।अनि साइली माइली खित्का छोडेर हास्न थालेका थिए । एकछिन त  साह्रै रिस उठ्यो ! तर साच्चै भन्ने हो भने मेरा नजर पनि उसलाई पहिले देखि नै खोजिरहेका थिए ।मेरो नजर पाउन उ कति बेताब थियो मलाई थाहा छैन, तर उसको एक नजर पाउन म साह्रै लालायित भएकि थिए, लाग्छ मेरा नजरले सारा खेत एकैचोटि चाहारेका थिइ त्यतिबेला ।

फेरि भाउजुले भन्नू भयो नानी बीउ पल्लो गरामा छ यता लिएर आउनु त भाउजूले आँखा पनि झिम्काउनु भयो म हुस्सु कहाँ सजिलै कहाँ कुरा बुझ्थे र ! भाउजुले फेरि भने पछि म बिउले लिन गए, अनि मलाई महसुस भयो मैले तातो सास आफुतर्फ बढ्दै गरेको चाल पाए बीउ समाइरहेका मेरा हात उसको हातको स्पर्श पाएपछि हातभरिको बिउ एकाएक गरेर हिलो तिर हुत्तिए अनि हिलो जम्मै हाम्रो गाला भरी उफ् म कति आत्तिएकि थिए त्यतिबेला अनि उसले गालाको हिलो पुछिदिदै भन्यो किन यति ढिला ? म उतर्फ यसरि हराएछु कि भाउजुको आवाजले झस्के उ भने पर पुगिसकेको थियो।म हतार हतार खालि हात भाउजु भएतिर गए । भाउजुले बीउ खोइ भन्नू भयो म चुपचाप रोप्न तिर लागे । त्यतिनै बेला उसले बीउ माथिबाट तरतिर सार्यो हिलो फेरि जम्मै हिलो मभरि अनि साइलिले भनि जिस्किदै भनि हैन रमेश बाबु अलि अलि त हामिलाई पनि बिउ सारे हुने के निरा मात्र छे र यत्रो खेतभरी अनि उसले साईली तिर पनि बिउ सार्यो हिलो साईलिको मुखभरि पर्यो, हिलो त्यसरि परेपछि साईली भुत्भुत्याउन थाली अब भने हास्ने पालो हाम्रो थियो ।

कहिले पानी दिने बहानामा म उसको छेउ अनि कहिले बीउ दिने बहानामा उ मेरो छेउ यस्तै यस्तै .... चल्यो दिनभर । अरुहरु रोप्दै कहाँ पुगिसकेका हुन्थे अनि म दौडदै उनिहरुसम्म पुग्थे उ मलाई हेरि राख्थ्यो बाँकी रोपारहरु फेरि खित्ताका छोडेर हास्न थाल्थे म भने लाजले घोसे मुन्टो लगाई रहन्थे केहिबेर सम्म। भाउजु मलाई हेर्दै हास्नु हुन्थ्यो म भाउजुको आँचलमा आफुलाई लुकाउन पुग्थे ।त्यति बेलाको त्यो छेडछाड अनि हाम्रा जुधेका नजर त्यो प्रेम थियो थिएन म जान्दिन तर अहिले ती सब कुरा आँखामा प्यारो दृश्य बनेर नाचिरहन्छन्  ।त्यो दिन, त्यो रोपाई कसरी बित्यो मैले थाहासम्म पाएन । जब साझ पख रोपाई सकियो म कुलोमा आफुलाई सफा गर्दै थिए उ म नजिकै आएर भन्यो कहाँ अहिल्यै सकिएको छ र रोपाइ  म अलमलमा परे र सोधे कता तिरको गरा बाँकि छ अनि उसले चुपचाप हातमा हिलो लिई होलिको रंग झै गरेर मेरा गालाभरी दल्यो र भन्यो यहाँ बाँकि छ अब भने म पानिपानि भए अनि म पनि उसलाई हिलो दल्न थाले । साझ पर्न थालि सकेको थियो भाउजु म मलाई कुरेर बसिराख्नु भएको थियो ।त्यसैले कुलोको पानीले अलिअलि हिलो सफा गरेर म भाउजु भएतिर लागे ।उ पनि आफ्नो घरतिर गयो। त्यो स्पर्श, त्यो पल मेरा मानसपटलबाट कहिल्यै गएन, न हिजो न आज ।आज पनि जब असार आउछ, झरि बर्षन्छ मलाई त्यो दिन, त्यो पल खुब याद आउछ ।

त्यसको केही समय पछ्यास तराई बाट उसकि दिदी बिरामी भएको खबर आयो, उ केहिदिन पछि फर्कने भन्दै दिदिको घर तराई तिर गयो तर लामो समयसम्म पनि फर्केन त्यतिबेला अन्टि हाम्रोमा आउनु भएको थियो म अन्टिसंगै शहर आए र यतै पढ्न थाले । त्यसपछि उसंग मेरो भेट कहिल्यै भएन म गाउँ पनि कम जान थाले तर जसै असार आउँछ झरी बर्षिन्छ ।उसंग बिताएका ती पल सधै मेरा स्मरणमा आउछन् उ कहाँ होला कस्तो होला यहि कुराले पनि कहिलेकाही साह्रै सताउछ अनि फेरि म आफ्नै बर्तमानमा कतै हराउछु तर ...यो निरन्तर बर्षिरहेने झरीले उसलाई उसको यादलाई अझ गाढा बनाउदै लैजान्छ यो मस्तिष्कमा।
तब म बजाउन थाल्छु हातभरिका चुरा,अनि छमछम गर्ने पाउजु किनकि यी पाउजुका छमछम र चुराका छिनछिन उसलाई खुब मन पथ्यो ...... ।।।


उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...