हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर महिला हिंसा विरुद्धको १६ दिने अभियान
मनाइन्छ । जहाँ महिलामाथि भएका र हुने शारीरिक, मानसिक र सामाजिक पिडाका बारेमा चर्चा गरिन्छ । विभिन्न सरकारि तथा गैरसरकारि संघ संस्थाले यसको बारे विभिन्न नारा लगाएर, क्याम्पिएन चलाएर र कार्यक्रमहरु गरेर यसलाई मनाउने गर्छन् ।सती अर्थात 'चोखो,चरीत्रवान्,
पवित्र' आदि आदि । हाम्रो समाजले नारीमा सँधै यहि कुरा
खोज्छ र यहि कुरा हाम्रो मन मस्तिष्कमा बसाइदिन्छ र नारीहरु पनि सती हुन पाउँदा
खुब गर्व गर्छन् ।
सती प्रथा के हो ? कस्तो होर यसले
महिलालाई कसरी र कति सम्म शोषण गरेको छ? कुन कुन समयकाकालखंडमा
यसले महिलालाई कसरी शोषण गर्यो ? भन्ने कुराबाट
सुरु भएर पुस्तक पहिलो अध्याय देखि आठ अध्यायमा गएर सकिएको छ त्यसपछि केही
किंवदन्तीहरु अनुश्रुति र अभिलेखहरुकासाथ पुस्तक सकिएको छ ।
महिलालाई तिमी महान छौ, तिमीमा देवीको रूप
छ । तिमीले आफ्नो श्रीमानलाई सदा सर्वदा प्रेम गरिराख्नु पर्छ । तिमी श्रीमानको
सम्पत्ति हौ । श्रीमानको जीवनलीला समाप्त भएपछि तिमीले पनि आफूलाई उसको प्रेयसी
साबित गर्नुपर्छ, त्यसैले तिमी तिम्रा श्रीमानसँगै सती जानू
पर्छ, उसको चितासँगै जल्नु पर्छ तब मात्र तिम्रो
सत्यता प्रमाणीत हुनेछ जस्ता कुराहरुले महिलाको मानसिकतालाई आफ्नो बसमा गरेर यो
पुरुषबादि समाज, अझ म यसलाई पितृसत्ताको भोको समाज भन्न
रुचाउछु । जसले महिलालाई विवश पारेर उनीहरुको हत्या गरेको छ । उनीहरुको रगत पिएर
आफू दिनप्रतिदिन जवान हुँदै गएको कुरा सतीको पहिलो अध्यायबाट नै प्रष्ट हुन आउँछ ।
सती देवि देखि सितासम्मको कुराहरु उठाएर लेखकले हाम्रो सामु सति प्रथाको
विषयमा अझ उजागर गरेका छन् । मनुस्मृती कुराहरु जोडेर लेखकले महिलालाई प्रताडित
गर्न हाम्रा स्मृतिहरु पनि कम छैनन् भन्ने कुरालाई हाम्रो सामु प्रस्ट्याएका छ्न्
। महाभारतको कुरा अलग छ ।
सती प्रथा कहिलेदेखि सुरु भएको त्यो भन्न कठिन भए पनि यो मुसलमानको आक्रमण पछि यो अझ कडा हुँदै गएको र भारत हुँदै नेपालसम्म आइपुगेको अनि नेपालमा पनि यसको
अभ्यास राम्रै भएको कुरा हामी पुस्तक अघि बढ्दै गर्दा थाहा पाउछौ ।
हुन त कमजोर मान्छेका कथाहरु लेखिंदैनन् । त्यो समयमा आम महिलाहरु कति सती गए कति यसका सिकार भए त्यो भन्न कठीन छ । तर महिला हिंसा, महिलाको यौनजीवनमाथी नियन्त्रण, उसलाई मात्र यौन दासि सम्झिनु, सन्तान उत्पादन गर्ने फगत मेसिन सम्झिनु हिजोका दिनमा मात्र हैन आजका दिनमा पनि यो सोच उच्च धरानियाहरु राम्रै पाइन्छन् । बस हिजोका दिनमा महिलाहरु उनीहरुका पतिसँगै सती जान्थे र यी कुराहरु बाहिर कमै आउँथे आजका दिनमा यी कुराहरु छरपस्ट छन् तर पनि महिलाहरु बाध्य नै छन् ।
महिलालाई हाम्रो समाजले सधैँ दोस्रो दर्जा कै रुपमा हेर्छ । महिलालाई सती पठाउनुको प्रमुख कारण नै सम्पत्तिमाथी महिलाले हक दाबी गर्न नपाउन भन्ने थियो र यो आज पनि कतिपय कुराहरुमा झल्किन आउँछ अनि राज घरानाहरुमा रानीहरु सत्ताको भागिदार बन्न नसकुन भनेर जान्ने बुझ्ने पुरुषले गरेको बठ्याइ थियो तर जे थियो त्यो साह्रै क्रूर थियो । पाप थियो । र आजका दिनमा पनि हाम्रो समाजमा नारीको यहि अवस्था छ; बस जलाउने र जल्ने तरिकामा परिवर्तन आएको छ ।
समाज बदलिएको छैन, बस बदलिएको जस्तो
मात्र देखिन्छ। समाजकोठूलैहिस्सामाआज पनि माहिलाहरुको
योनिमा इज्जत बसेको छ । आज पनि छोरीलाई कन्यादान गरिदिन पाउँदा बाबाआमा खुसी
हुन्छन् आज पनि महिनावारी हुँदा महिला स्वयमले आफु अपवित्र भएको महसुस गर्छन् ।
बोक्सीको आरोपमा कुटिनु होस्, बलात्कारको सिकार
हुनु होस् वा तेजावबाट जलिनु होस् महिला जलेकै छन् । जलाएकै छन् ।
यी कुराहरु लेखकले पुस्तकमा राम्रोसँग पस्केका छन् । पुस्तक पढिसक्दा
लेखनले यति धेरै कुरा लेखिरहँदा हामीले यो सोचलाई अत्यन्त गर्न अझ कस्ता कदम
चाल्नुपर्ने हो भन्ने बारे खुलाएको भए हुन्थ्यो भन्ने लागेको थियो, त्योरहेनछ। तर लेखकले कति कुराहरु हामी पाठक स्वयंलाई
सोच्न लगाएको अनुमानगर्नसकिन्छ ।
तरपनि अझ कतै लाग्छ जति पनि कुराहरु पुस्तकको सुरु देखि अन्त्यसम्ममा
लेखिए ती सबै एउटा समयदेखि अर्को समयसम्मका दास्तान थिए जुन आज पनि हाम्रो समाजमा
अवशेष बनेर रहिरहेका छन्।सती प्रथा देखि महिलामाथि जमाइएका अनेकौं प्रभुत्वहरु ती
सबै पितृसत्ताका ज्वलन्त उदाहरण हुन् । लेखेकले यसरी लेखिरहँदा यी कुरालाई पनि
समेटेको भए पुस्तक अझ सुन्दर हुने थियो जुन अवशेष हाम्रो समाजमा रहेको छ । यसलाई चिन्तनतर्फ कसरी लिन सकिन्छ भन्ने कुराको
छलफल पनि जरुरी छ कि जस्तो लाग्छ मलाई ।


