Yamunathapablog

Wednesday, September 12, 2018

ह्यापी तीज


ह्यापि तीज
हिन्दु नारिको महान पर्व तीजले हिन्दु नारिहरुलाई आफ्नो रंगमा रंङ्गाइ रहेछ, नारिहरु आफ्ना दुख पीडाहरुलाई एकातिर पन्छ्याएर हास्दै छन् र कति हास्ने कोसिस गर्दैछन्,सपनाहरूका पछाडि भागिरहदा आफ्नाहरु कहि पछाडि छुट्दारहेछन् आमा! साथिहरुले, मिठा खानेकुराले,राम्रा लुगाले परिवारको कमि, तिम्रो कमि पूरा नगर्ने रहेछन् .. एकातिर तीजको गीत बजिरहेको छ अनि अर्कोतिर शहर रातो हरियो भएर ढाकिरहेको छ ..साझ झिलिमिली बत्तिले सजिरहदा ..... सम्झे त्यो चिउरी फुलेको आगन,आमा तिम्रो स्वर,बहिनिहरुसंगको झगडा, भाइसंगको प्रेम, बाबासंगको जिद्दीपन .. अनि तीजकोलागी भनेर बनाएको तिम्रो हातको मिठो दर जस्को स्वाद म दुनियाँमा सायदै भेटुला अनि ति रमाइला पलहरु जुन आचलमा समेट्न मिल्ने भए म अहिल्यै आचल फुकालेर यसलाई आफ्नो वरिपरि सजाउने थिए र रमाउने थिए यिनिसँगै आमा! आफ्नाहरुसंग साटेको खुशिको महत्त्व नै छुट्टै हुन्छन् त्यसैले होला संसारले परिवारको आफ्नाहरुको स्थानलाई धेरै माथी राखेको।

यहाँ रमजम छ, मिठो भोजन छ तर त्यो रस छैन त्यो आफ्नोपन छैन अनि सबैभन्दा ठूलो कुरा त परिवार छैन तिमि छैनौ आमा।यस्तो लाग्छ यहाँ त तीज तीज हैन गहना र कपडाको प्रदर्शनि जस्तो लागिरहेको छ र यस्तो लाग्दै छ कि काठमाडौ यो चत्रीकला हरेर ब्याङ्ग्यात्मक हाँसो हाँसोरहेको छ ।

भन्छन् तीज हिन्दु धर्मावलम्बीहरूको एक महत्वपूर्ण पर्व हो।यो पर्व भाद्रशुक्ल पक्ष तृतीयाका दिनमा पर्दछ।धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भई महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् ।

हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि उनिले आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्।पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बसेकी र उनको व्रत पूर्ण भई महादेव पति पाएको दिन भाद्र शुक्ल तृतीयाको दिन थियो।त्यहाँदेखि नै हिन्दू नारीहरूले हरितालिका तीज मनाउदै आएको बिश्वाश गरिन्छ ।

तीजको महिमा एकातिर यस्तो छ अर्को तिर तीज समाजमा सद्भाव हैन बिकृतिको माध्यम बन्दै गईरहेको छ । ठुलालाई सम्मान र सानालाई माया गर्नु पर्छ यो कुरा त समाजमा आजका मान्छेहरुले आजका युवा पिडिले बिर्से झै लाग्छ।सबैजना अधिकारका कुरा गर्छन् पाउनकै लागि मरिमेट्छन् तर धर्मका नाममा बिकृती फैलिरहेको कुरा त यहाँ कसैलाई ख्याल नै छैन जसले मलाई एकदम दुखी बनाउन छ आमा।

जे थिए जस्ता थिए बरु तिनै दिन राम्रा थिए।एकअर्काप्रति माया प्रेम र स्नहे त थियो।सहयोगको भावना थियो संस्कार र धर्मप्रती निष्ठा र इमानदारीता थियो।न तीज नाच्नलाई आजभोलिका जस्ता गीत थिए न मियुजिक स्टम नै थियो तर पनि आज तिनै गित राम्रा लाग्छन्, ति नै भाका सम्झिन मन लाग्छ।जहाँ गितमा आफ्नै मौलिकपन पाइन्थ्यो चेलीबेटीका दुख पीडा समेटिएका हुन्थे।आमाको माया अनि माइतिको आगन स्वर्ग झै हुन्थ्यो टाढा टाढाका दिदिबहिनी जम्मा भएर स्वरमा स्वर भरेर आफ्ना खुशी साट्थे पीडा साट्थे र पलभरलाई भएपनि सबैथोक बिर्सेर रमाउथे, हास्थे, नाच्थे, गाउथे।आज त ती दिन, ती कुरा सब सब मिठा सपना जस्ता लाग्छन् आमा! शहर अनि यो समय किन यति धेरै क्रूर भएको होला बन्दै गएको होला सोच्दा पनि अचम लाग्छ।

अनि फेरि सोच्छु सायद समयको बदलाब यहि होला।जहाँ पुराना कुरालाई नयाँ कुराले बिस्थापित गर्दैछैन् तर भन्छन्नि समय घुम्छ र बिश्वास छ कुनै दिन समय घुम्दै घुम्दै फेरि त्यही ठाँउमा पुग्नेछ।समयसंगै चल्नुपर्छ भन्छन् सबैजना खुशी भइरहेको ठाँउमा एक दुई जना दुखी हुदैमा केही फरक पर्दैन त्यसैले पनि आमा यो तीजले यो रमझमले सबैको जिन्दगीमा खुशी ल्याउने छ,सबैको ओठ्को मीठो मुस्कान बन्ने छ र निर्मला र निर्मला जस्ता हजारै छोरिहरुले न्याय पाउनेछन् भन्ने विश्वासका साथ सबैलाई ढिलै भएपनी ह्यापि तीज....
 

No comments:

Post a Comment

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...