मान्छेहरुको
जिन्दगीमा पहिला चिनजान हुन्छ, उनीहरु
एकाअर्कालाई बुझ्दै जान्छन् अनि प्रेम हुन्छ त्यसपछि बिबाह,तर मलाई लाग्छ मेरो जिन्दगीमा ठिक त्यसको उल्टो हुन्छ होला
पहिला उसंग बिबाह त्यसपछि चिनजान अनि प्रेम सायिद यहि सम्बन्धलाई मान्छेहरु हम्सफरसंगको
साथ भन्छन् होला।यो सब त मेरो फगत सपना मात्र हो तर पनि ... तिमिसंग झुट कसरी बोलु म, कि मैले तिमिलाई दुवामा मागे भनेर साच्चै भन्छु मैले
तिमिलाई दुवामा कहिल्यै मागिन हो बरु तिम्रो सलामती माग्ने,सुन्दर भबिस्य मागे तर तिमिलाई आफ्नो लागि भनेर कहिल्यै
मागिन किन थाहा छ किनकि मैले तिमिलाई आफुभन्दा भिन्न कहिल्यै सम्झिन “म” भन्नू नै "तिमी"
हौ अनि तिमी भन्नू नै "म"।ममा तिमी नै तिमि समाएका छौ।त्यसैले पनि मैले
तिमिलाई आफुबाट टाढा सोच्नै सकिन न समयसंग जित्न नै सके।
Yamunathapablog
Saturday, December 21, 2019
Tuesday, August 27, 2019
संस्कार संस्कृति : तिज र नारी
नेपाली महिलाको महान चाड तिज हाम्रो संघारमै आइसकेको छ । रातो साडी र सृङगारमा सजिएर तिजको दिन पतिको चिरञ्जीवी आयुको कामनाका गर्दै बिवाहित नारीले पानी पनि नपिइ व्रत बस्ने गर्छन् ।विशेष गरी हिन्दू महिलाले मनाउँदै आएको यो चाड अहिले सबै वर्ग समुदायका महिलाले मनाउने गरेका छन् । हिन्दू महिलाको मात्र रहेन यो चाड । नेपाली महिलाको एकताको सूत्र बनेको छ यो चाड ।
यो परम्परा हाम्रो समाजमा परापूर्व कालदेखि चलिआएको छ । तिजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ । रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ । पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो । हृदय स्वच्छ भए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास तिजको व्रतमा अन्तरनिहित रहेको छ ।
Wednesday, August 21, 2019
जिउनुछ तिमीसंग ए! जिन्दगी
हजारौं पिडाहरुका बिच पनि
हो बालपन देखि रमाउदै आएका
ती पाखाहरुमा
ति पखेराहरुमा
जहाँ फुल झै नाँच्दथे मेरा प्रीय बचपनहरु,
जसको आँचललाइ मेरै सपनाको सहरले कतै टाढा छुट्याइदिको छ
मदेखी र मलाई ल्याइपुर्याको छ कुनै अनकन्टार गुफाजस्तो संसारमा
जहाँ केबल सुनिन्छन्
त जिउदा चित्कारहरु
जहाँ भेटिन्छन्
त केबल जिउदा लासहरु
जोसंग हाड र मासुको शरीर त छ तर छैन
जिउने चाहना,
छैन उत्साहको सास
जहाँ आफ्नै अस्तित्व पनि हराएको भान हुन्छ
हो त्यतिबेला मलाई महसुस भएको थियो कि मैले चाहेर पनि लेख्न सकिरहेकी छैन
तिम्रो नाममा एउटा प्रेमपत्र ए! जिन्दगी !
ती पाखाहरुमा
ति पखेराहरुमा
जहाँ फुल झै नाँच्दथे मेरा प्रीय बचपनहरु,
जसको आँचललाइ मेरै सपनाको सहरले कतै टाढा छुट्याइदिको छ
मदेखी र मलाई ल्याइपुर्याको छ कुनै अनकन्टार गुफाजस्तो संसारमा
जहाँ केबल सुनिन्छन्
त जिउदा चित्कारहरु
जहाँ भेटिन्छन्
त केबल जिउदा लासहरु
जोसंग हाड र मासुको शरीर त छ तर छैन
जिउने चाहना,
छैन उत्साहको सास
जहाँ आफ्नै अस्तित्व पनि हराएको भान हुन्छ
हो त्यतिबेला मलाई महसुस भएको थियो कि मैले चाहेर पनि लेख्न सकिरहेकी छैन
तिम्रो नाममा एउटा प्रेमपत्र ए! जिन्दगी !
Sunday, August 4, 2019
उनको कथा
Friday, August 2, 2019
प्रियतम
धेरै धेरै
सम्झना।
लामो समयको प्रयास
पछि यो पत्र लेख्दै छु।कंयौ पटक शब्दहरू कोर्दै मेटाउदै गरे त्यसको लेखाजोखा म
आफैसंग छैन।खै किन हो यस्तो लाग्छ तिम्रो सम्बोधनमा शब्दहरु पनि कम पर्न
आउछन्।किनकि हरपल हरक्षण तिमी मन मस्तिष्कमा छाउछौ, तिमी नै तिमी नजरभरि आउछौ। तिमिलाई नदेखु भनेर कयौं पल्ट
आँखा बन्द गर्छु । तर बन्द आँखामा तिमी झन संग्लो भएर नजर आउछौ ।यिनै हरेक कुराको निष्कर्षले आज मलाई महसुस
गराएको छ कि म त प्रेममा पो रहेछु, हो तिमिसंगको प्रेममा।यस्तो प्रेम जसको कुनै सिमा छैन, जसको कुनै अन्त्य छैन जहाँ बिश्वास छ,
इज्जत छ, सम्मान छ अनि पाउने आस र गुमाउने डर भन्दा पनि तिमिलाई चाहन्छु, तिमिलाई प्रेम गर्छु भन्ने कुरा नै बढी
महत्त्व राख्छ ।
Her story summit program 2019..
न खोज मलाई रसिला कबिता र सायरिमा
अब भेट्दैनौ तिमी मलाई घुम्टोको पर्दा भित्र
म त सरेआम नाङ्गो शिर लिएर
बिना उज्यालोमा पनि चम्किन्छु,
म आफुलाई सीता या त द्रपती केही भन्दिन
म त छोरि हु यो युग कि छोरि
मलाई महसुस गरेर हेर त म हौसलाको जस्बाद हु,
Saturday, July 20, 2019
....नसोच्नु फेरि प्रेम हुने छ !!
यो नसोच्नु कि तिमि फेरि प्रेम हुनेछ यसै गरि हुनेछ, हो समझदारी हुन सक्छ तर प्रेम अह फेरि कहिल्यै हुनेछैन । यो कुराले हैरान वनाउछ कि जसलाई मैले सबैभन्दा बढी प्रेम गरे, घृणा पनि उसैसंग सबैभन्दा बढी छ। कस्ले भन्छ एकपटक प्रेम भयो भन्दैमा सधै प्रेम रहिरहन्छ र गरिरहनु पर्छ। बरु म त भन्छु प्रेम नबुझ्नेलाई,प्रेमको महिमालाई कुचल्नेलाई प्रेम गर्नुको कुनै अर्थ नै छैन ।
तिमिले भन्थौ कि सबै चिज लुटाइसके पछि होस् आउनुको के अर्थ रहयो र तर प्रेममा लुटाउनुको आनन्द म तिमिलाई कसरि बयान गर्न सक्छु र! तिमि यो सब बुझ्न पनि सक्दैनौ किनकि प्रेममा पाउनु भन्दा लुटाउनुले सुख दिन्छ भन्ने कुरा प्रेमको नाटक गर्नेहरूले बुझ्दैनन् ।आखिर मन न हो बहिकिन्छ कहिलेकाही तर जसलाई सबथोक सोचिन्छ उसैले मुख मोडेपछी जिन्दगी बिरान बिरान लाग्दो रहेछ चाहे त्यो पलभरलाइ नै किन नहोस्। कहिलेकाही भाबनामा धेरै बहिन्छ र त्यस्तै कुरा बढी सोचिन्छ तर जस्तो सोच्यो त्यसै हुनुपर्छ भन्ने पनि त छैन जिन्दगी । कहिलेकाही सागरको गहिराइमा पुग्न मन लाग्छ त कहिलेकाही बादल भित्र लुक्न मन लाग्छ तर मन बिर्सन्छ मनमा लागेको कुरा सधै जिन्दगीमा पुरा हुदैन भनेर ।
Thursday, May 2, 2019
योनिको सुरक्षा
"नो मिन्स् नो" यो बाक्यले मलाई धेरै पटक सोच्न बाध्य बनाएको छ।
र कतिपय ठाउमा मेरो हिम्मत पनि बनेको छ।मैले फेरि यहि वाक्य दोहोराएर सुने र यो
पटक अझ बुझ्ने गरि सुने र हेरे पनि लेखक सौरभ कार्की द्वारा लेखित पितृसत्तात्मक
सोचको उपज नाटक "प्राइभेट इज पोलिटिक"मा जुन बिगत केही दिनदेखी कौशी
थेटर टेकुमा मञ्चन भइरहेको छ।
हिजोका दिन जस्तै आज
पनि समाज नारिलागी बदलिएको छैन । नारिले भोगिरहेका उत्पीडित,शारिरिक र मानशिक यातनाहरु
आज पनि उतिकै र उस्तै छ्न् । यहि कुरालाई चोटिलो शैलीले नाटकको रुपमा प्रस्तुत
गरेकि छिन् बिगत चार वर्षदेखि काठमाडौमा योनिका कथाहरु नाटक मञ्चन गर्दै आएकी
नाटककि निर्देशक आंकक्षा कार्कीले ।
नाटकमा एउटि नारीले घर
देखि घर बाहिरसम्म जहाँ जहाँ उनि पुग्दछिन् त्यहाँ त्यहाँ उनिले सामाना गर्नु परेका
शारीरिक र मानसिक पीडा जुन पितृसत्तात्मक सोचबाट हाबी छन् ती सबै कुरालाई प्रष्ट
देखाउन खोजिएको छ ।
Wednesday, March 6, 2019
महिलाका आन्दोलन र अधिकार
महिलाको अधिकारको लागि सुरुवात गरिएको विश्व महिला आन्दोलनले करिब १०९ बर्ष पूरा गर्दै छ।यसैको अवसर पारेर हामिले फागुन २४ अर्थात मार्च ८ का दिन १०९औ अन्तराष्ट्रिय महिला श्रमिक दिबस मनाउदै छौ।यतिका बर्षमा हामीले के कती उपलब्धि हासिल गर्यौ त्यो आफ्नो ठाउँमा छ।तर अब भने फेरि बुक गरिन्छन् महिलाका अधिकारका बिषयमा वकालत गर्नलाई तारे होटलहरु र त्यहाँ भित्र सन्चालाम गरिन्छन् ठुला ठुला गोष्ठी, सेमिनाहरु जुन जुम्ला हुम्ला दार्चुला र डडेल्धुराका महिलाका नाममा केन्द्रित हुन्छन् तर उता ती महिलाहरु भने टाउकोमा घाँस दाउराको भारी बोकेर उकाली ओराली गरिरहेका हुनेछन्,खोलाको किनारामा रुढि कुटिरहेका हुनेछन्, जसलाई न महिला दिबससंग सरोकार छ,न महिला अधिकारको बिषयमा चासो नै बस उनिहरुलाई आफ्नो जीवन धान्न पाए त्यही ठूलो कुरा हुन्छ।Friday, February 15, 2019
त्यो दिन
....यसरी त्यो दिन म फेरि
दुखेकी थिए र एउटा ठोस निर्णय पुगेकी थिए।लाउदै नलाएको मायामा चोट, गर्दैन
नगरेको प्रेममा बदनामी।साच्चै खादै नखाएको बीस लागेको थियो मलाई त्यो दिन।जसलाई
अक्षरमा सजाएर कहिल्यै सस्तो बनाउदिन भनेर सोच्थे उसैले दोबाटोमा पारेर सस्तो बनाइ
दिएको थियो।यति धेरै सस्तो कि मलाइ समेटिन पनि कंयौ समय लागेको थियो।त्यसै दिनदेखि मैले बिस्तारै
बिस्तारै सम्बन्धका धागोहरु चुडाउदै जाने निर्यण गरेकि थिए ताकि पीडा पनि थोरै थोरै गरि मिलोस् र
भोलिका दिनमा हामी दुबैलाई ठुलो पिडा नहोस् ।Monday, February 11, 2019
बाचा सहित
उकालि ओरालि
अनि थकाइ मार्न बिसाइयो होला
चौतारिमा
यसैगरि कति भारि बोकियो प्रेमको
र बिसाइयो पनि
तर अह कहिल्यौ भएन थकाइको
अनुभुति,
हातभरि गुलाब बोकि आउदैमा
अङ्गालोभरि टेडि बोकि आउदैमा
तिमि जिन्दगिको अन्तिम सास सम्म
मेरो हुन्छौ भन्ने निश्चित हुन्छ भने
स्विकार छ मलाई बजारका ति अनगिन्ति
प्रेम साट्ने खेलौनाहरु.....
Wednesday, February 6, 2019
खुशी
यसैपनि शान्त र गम्भीर मान्छे
म कसैसंग एकै भेटमा खुलिहाल्दिन।मान्छेसंग बोल्न घुलमिल हुन, नजकिन केही समय लाग्छ
मलाई।हरेक बिहानी ओछ्यानबाट बाहिरका दृश्य निहाल्दै चियाको अन्तिम घुट्किमा
सकिन्छन् मेरा।शान्त बाताबरण मोति झै सितका थोपाले सजिएको बिहान अनि चराहरुको मिठो
बदमासीले सजिएको प्रकृतिको स्वरुप कुनै जादुभन्दा कम लाग्दैन मलाई।जब आफ्नै घर
अगाडिको आगनमा उभिएको रुखलाइ एकटक निहाल्छु तब लाग्छ त्यो रुख मेरि प्रेमिका हो,
जो बर्षौ देखि मेरो प्रतीक्षामा मलाई नै कुरेर बसिरहेकी छ मेरो एकझलक पाउनलाई। अनि
त्यसपछि यस्तै यस्तै के के सोच्न थाल्छु म । र अन्तमा आफ्नो सोचाइ र कल्पनाप्रती
हासो उठ्छ आफैलाई।
हुन त म यहाँ सरुवा
भएर आएको धेरै भएको छैन। तर यो मलाई ठाउको साह्रै माया लाग्छ किनकि जब नेपाल सरकारको
शाका अधिकृतमा मेरो नाम निस्कियो तब मेरो पहिलो सरुवा भने कै यहि ठाउँ हो।यहि ठाउँ
अर्थात दैलेख।पहिला पहिला त साह्रै अत्यास लाग्थ्यो मलाई यहाँ। भिरालो जमिन परिवरी
पहाड नै पहाड नै साह्रै सकस। तर बिस्तारै बिस्तारै रमाउन थालेको थिए म यहाँ। केही
समय त घुमघाममा नै बिते कहिले श्रीस्थान त कहिले नाबिस्थान, कहिले गडि त
कहिले माबुको लेक तर बिस्तारै बिस्तारै घुम्ने ठाउँ पनि सकिए। बाफ रे त्यस पछि त म
साह्रै अत्तालिएको थिए, धन्न ईन्टरनेट सुबिधा थियो र त्यही ईन्टरनेट मा भेटिन
थालेकी थिइ ऊ।ऊ अर्थात थोरै चुलबुली, थोरै जिद्दी, हसिली, फुर्तिली र
धेरै प्यारी मेरि खुशी ।ऊ म भन्दा धेरै सानी थिइ र कच्चा पनि ।अझ भनै उसको बालपना
गएकै थिएन, चञ्चलताका बहाबहरु उसमा भर्खर देखा पर्न थालेका थिए।भाबनाको गहिराईमा
डुबुल्की मार्नकि सिपालु थिइ ऊ। एक्लै मुस्कुराउ थिइ, हावासंगै
उडिदिन्थी, पानीसंगै बगिदिन्थि, जुनसंगै हासी दिन्थी, शितसंगै
रोइदिन्थी पनि त्यसैले त ऊ यति प्यारी थिइ । र उसको यो निश्चल र निर्मल स्वभाव
प्रती म नजानिदो पारा रे खिचिदै गएको थिए।
उसंगको भेट नै अनौठो
थियो।त्यो शितल दिनमा म आफ्नो कार्यलय कक्षमा फाइलहरु पल्टाउदै थिए।ढोकाबाट आवाज
आयो "सर म भित्र आउन सक्छु"।त्यो आवाजले मेरो नजर मेरो फाइल बाट एकैचोटि
ढोकामा पुग्यो।हेर्दा साह्रै हसिली र फ़ुर्तलि यस्तै बिस बाइस बर्ष कि केटि ढोकामा
उभिएकि थिइ।मैले भित्र आउने संकेत गरेपछि उ भित्र आइ र मेरो अगाडि एक दुई ओटा पेपर
राखेको फाइल सराइ र भनी यसमा हजुरको साइन चाहियो गरिदिनुहुन्छ कि।मैले फाइल रामरि
हेर फाइल राहदानी प्राप्तिको लागि राखेको निबेदनको थियो मैले मेरो साइन गरे र फाइल
उसलाई दिदै भने “तिमी कुन देश
जान लागेको हो र”! उसले सिधै र
गम्भीर भएर भनी “भारत” एकछिन हामी दुबै चुप
लागेयौ मानै वातावरण नै सुनसान भयो अनि फेरि हासो रोक्दै उसले भनी “कुनै देश हैन बनाइ
राखै भबिस्यमा चाहिन सक्छ भनेर बनाउन लागेको घर आएको मौकामा समयको सदुपयोग र बचत
दुबै गरेको” यति भनेर
परिचय आदन प्रदान गरि ऊ छुट्टि। उ हेर्दा जति सामान्य लाग्थी उति नै अरुभन्दा फरक
लागि मलाई ।
म कसैसँग यति छिटै
सम्पर्कमा आइहाल्ने खालको मान्छे पक्कै होइन तर उसको कुरा गर्ने
शैले र चन्चपन मलाई यति धेरै मनपर्यो कि हामी अनुहार पुस्तक अर्थात फेसबुकमा
जोडियौ ।
अनुहार पुस्तिकामा
जोडिएको केही समय पछि मैले म्यासेज गरे।
“हलो के छ खवर ? कता छौ”।म्यासेज गरेको
दुइदिन पछी जवाफ आयो।
“सन्चै छु अनि हजुर”।“म त यहि काठमाडौ भन्ने खाल्डोमा छु”।
यस्तै यस्तै गर्दै हाम्रा
कुराकानीका शिलशिला सुरु भए।भेट्दा जस्ति थिइ उस्तै रहेछ कुरा गर्दा पनि रसिली, फरासिली र उत्साही।
जमाना नेटको छ, संचारको छ
जहाँ देश दुनिया र संसार अटेको छ सोच्छु यदि यो नेट नहुदो हो त म उसलाई फेरि कसरी
भेट्थे होला उसका बारेमा यति धेरै कुरा कसरी जान्दथे होला ऊ अर्थात खुशी जो नाम
जस्तै एउटा अनौठो तरंग र खुसि बनेर केही समय अघि मात्र मेरि जिबनमा आएकी थिइ तर
मेरो नै घनिष्ट बनिसकेकी थिइ।
उ चरा जस्तै थिइ खुला आकासमा
स्वतन्त्र उड्न मन पराउने।पुतलिलाई छोप्न मन पराउने।उ मलाई दिनप्रतिदिन अझ मन
पर्दै गइ, मेरो समिपमा छाउदै गइ।उ योबन भरिदै गरेकि युबति अनि म चालीस कट्दै
गरेको अधबैशे पुरुष। हाम्रो मेल कतै थिएन झन उमेरले कतै थिएन तर पनि उसको
सानिध्यता मलाई साह्रै मन पर्न थालेको थियो।
जो जहाँ हुन्छ त्यसरी
नै बाच्नु पर्छ, हास्नु पर्छ, नाच्नु पर्छ, रमाउनु पर्छ, यो उसको
सिद्धान्त थियो।उ भोलिमा हैन आजमा रमाउनु पर्छ भन्थी र आजमा नै धेरै बिश्वास गर्थी
। भन्थी भोलि कस्ले देखेको छ र ! हरेक पल्ट नयाँ कुरा गर्थी, हरेक चिजलाई
नयाँ ढंगबाट सोच्थी, हार्नु, निराश हुनु मान्नौ उसको डिस्नेरिमा त छदै छैन, सधै उत्साहि र
उमंगले भरिएकी हुन्थी ऊ। सबै काममा छिटी छरिती र फुर्तिली कहिलेकाही त उसको त्यो
उत्साह र उमंग संग साह्रै डाहा लाग्थ्यो मलाई।नलागोस पनि किन उ थिइ नै यस्तै,
मान्छे साह्रै राम्री त हैन तर जिउ ज्यान चट्ट मिलेको थियो सधै निधारमा सानो टीका, कालो लामो
केस, प्राय कुर्ती र पेन्टमा हुन्थी उ अनि उसलाई मन पर्ने कलेजी रंगको
रातो सलमा।जहिले देखे, जति देखे हरेक पटक अझ राम्री र सुन्दर पाए मैले उसलाई
अर्थात खुशिलाई।कहिलेकाही म भन्ने गर्थे तिमी साह्रै राम्री छौ तिमिलाई त पेन्ट
टिसर्ट पनि सुहाउछ होला उ भन्दी सुहाउन त के के सुहाउछ सुहाउछ ओन पिस त अझ ......
अनि खित्का छोडेर हास्न थाल्थी।
एकदिन भिडियो कलमा
उसले आफ्नो सारा रुम देखाएकी थिइ।रुम देख्दै छक्क परेको थिए म।एउटा कुनामा चट्क्क
परेको बेड अर्को तिर पढ्ने कुर्ची र टेबल अनि उसको कपडा राख्ने काठको दराज, उसका मेकपका
सामान अनि नयाँ ढंगले सजाइएको कोठको एउटा भागमा उसको सानो पुस्तकालय।मैले भने “यति धेरै पुस्तक कहिले
पढेर सक्छौ त खुशी” उसले हास्दै
भनी “मैले यी सबै
पढिसके अब नयाँ ल्याउनु पर्ने छ” ।अनि मैले जिस्कदै भने “लब गर्ने उमेर पुस्तकालयमा बिताएर बुढिकन्या बस्न मन छ कि क्या हो
खुशी” उसले पनि
हास्दै भनी “सोच्दै छु अब
त्यस्तै गर्नु पर्ला”।
उ आफुलाई खुल्ला किताब
बताउथी मलाई भने दिनप्रतिदिन उ झनझन रहस्यमय लाग्दै थिइ ।रहस्य कि खानी नै भने पनि
हुन्छ उसलाई।
बेला मौका पर्दा म
काठमाडौ आइराख्थे त्यही समयमा हामी कंयौ पटक भेटेका छौ।हरेक पटकको भेटमा उ अझ
रंगिन, अझ स्वप्नशिल र अझ प्रभावशाली लाग्थी मलाई सोच्थे साच्चै के
कुरा होला यो केटिमा यस्तो, जो बाट म चाहेर पनि टाढा हुनसक्दिन।उसका कहिल्यै नसकिने
रंगका कुरा, जाउजाउ लाग्ने सपनाको दुनियाँ ओहो! म अझ अझ समीप पुग्थ्यो उसको मानौ
उ कुनै गुरुत्व आकर्षणको केन्द्र बिन्दु हो र म कुनै बस्तु जो उ तर्फ तानिदै
गइरहेको छु।यसरी नै हामी कहिले
प्रत्यक्ष त कहिले भर्चुअल दुनियाँमा देखिइरह्यौ, भेटिइरह्यौ,कुरा
गरिइरह्यौ।
कहिले कुरा उसले सुरु
गर्थी कहिले म आफै, प्रत्यक्ष भेट्दा उ जती धेरै बोल्थी, भर्चुअल
दुनियामा त्यति नै कम, तर जति कुरा गर्थी रसिला र रंगिन हुन्थे, उत्साहले
भरिएका हुन्थे।कहिले म सोध्थे “के गर्दै खुशी”? उ “भन्थी बाख्रा चराउन
गोठाला जान लागेको आउने हजुर पनि”। अनि म पनि भनिदिन्थे “राम्ररी हेर्नु बाख्रा फेरि बाघले लैजाला नि”।उ “हाहा” को इमो पठाउथी।
यस प्रकार हामी
एकअर्कामा रमाइ रहेका हुन्थेयौ।थाहा छैन खै के जादु थियो उसंग,उसका कुरासंग सारा
थकान र तनाब छुमन्तर भइहाल्थे मेरा।त्यसैले पनि धेरै समय म उसैको अनलाइन आउने समय
पर्खेर बस्थे। कहिलेकाही बेखर हुन्थी हु, यता मेरो छट्पटी बढ्न
थाल्थ्यो।
त्यसपछि बिस्तारै
बिस्तारै हाम्रो भेटघाट पातलिन थाल्यो। र त्यो औशी पुर्णेमा बदलियो।औशी पुर्णे
सम्म त ठिकै थियो त्यसपछि त ग्रहण नै लाग्यो अनि त के थियो र मेरा सकसका दिन सुरु
भइहाले कतै हराउन थाले म, आँखा चिम्म गर्दा उसैको अनुहार, खोलाहालमा
पनि उसैको आवाज, उसको निर्दोष अनि निश्चल हासो, लहराउदो केश। ओहो! म
त थिचिन लागे आफनै मनको भारिले।अनि उ यादहरुमा नै लहराउदै भन्थी “मैले परेवासंग चिठी
पठाएको थिए त पायौनौ”।लौ न कसैको
अगाडि नझुक्ने यो मन,थाहै नपाई आज त्यो सानी केटिको अगाडि हारेको छ, उसलाई चाहन
थालेको छ, प्रेम गर्न थालेको छ।एकातिर सम्मानित सरकारी जागिर, घर परिवर
इस्टमित्र गाउसमाजले नै राम्रो मानेको मान्छे एउटा परिपक्क पुरुष म। सबथोकले
भरिभराउ हुदा पनि केही नभए जस्तो कस्तो खाली खाली कति रित्तोपन ......
जे भयो जे हुँदै थियो
त्यो मैले चाहेर भएको थिएन न मैले चाहेर गरेको नै थिए।कसलाई भन्नू,के भन्नु।म आफै
आफ्नै सवालले बिथोलिएको थिए।
जति जति म उसलाई
सोच्थे त्यति नै काबु हुँदै जान्थे उसको प्रेममा, उसको आकर्षणमा।दुनियाँले
भनुन नभनुन, मानुन नमानुन तर आफ्नो मन भन्दा टाढा भागेर जाने कुनै ठाउँ थिएन।तर
उता उ भने आफ्नै संसारमा ब्यस्त थिइ उहीँ पुस्तक, साथी संगि, पानी पुरी ..
उसको यो बेपर्बाहसंग
साह्रै रिस उठ्थ्यो मलाई, चिच्याएर भन्न मन लाग्थ्यो सानी केटि म तिम्रो प्रेममा
परिसके।म तिमिलाई आफुभन्दा पनि बढी प्रेम गर्छु। तर डर लाग्थ्यो कहि उसले मेरो प्रेमलाई
बासनाको रुप दिई भने .... प्रेमको गरिमा यसरी कुल्चियोस् म चाहनन्थे।र त एक्लै
तड्पिए, एक्लै चिच्यारहे .... परिस्थिति अझ अझ जटिल बन्दै गयो मेरो हाल
बेहाल हुन थाल्यो।म छट्पटीमा उसलाई म्यासेज गरिन थाले फोन घुमाइ रहन थाले तर उ भने
लापरबाह भइ रहि न फोनमा उसको आवाज सुनिन्थ्यो न भर्चुअल दुनियाँमा ऊ देखिन्थी।यसरी
मेरि खुशी मेरा खुशिका पोकाहरु चोरेर कहि कतै हराएकि थिइ।
यसरी नै समय बित्दै
गयो।र केही समय पश्यात ऊ अर्थात खुशी अनुहार पुस्तिका भित्ताहरु मा टुप्लुक्क देखा
परि मानौ मेरो उजाड बस्तिम राम्रै हरियाली छायो।एकपल त रिस पनि उठ्यो यतिका समय
यसरी हराएको देखेर फेरि सम्मालिदै भने।
"कति पुस्तकसंग
मात्र रमाउछौ खुशी अब त रमाउने मान्छे पनि खोज्नु पर्यो"। अनि उसले भनी
"यति छिटै पनि के खोज्नु अंकल अझ मलाई रमाइलो गर्न, जिन्दगी जिउन पुगेकै छैन
तैपनि हजुरले भन्नू भयो बिस्तारै सोच्नु पर्ला"।
प्रेमको आकासमा उड्दै
गरेको मलाई उसले जोडेको अंकल शब्दले भुइमा नराम्ररी पछारिदियो।अनि केही बोल्नु बाकि
थिएन त्यहाँ। मैले शान्त हुँदै सोधे साच्चै खुशी तिमिलाई कस्तो केटा मन पर्छ। अनि
उसले भनी “पहिलो कुरा
मलाई कुनै केटा नै मन पर्दैन” अनि “दोस्रो कुरा
मेरो बाबा जस्तो त पक्कै मन पर्दैन”।ओहो! के भन्छे यो केटि मैले सुनेको थिए हरेक केटि मान्छे आफ्नो बाबू
जस्तै जिबनसाथी चाहन्छन् रे जिबनमा।तर उसको अर्थात खुशीको रोजाइ बिल्कुल फरक छ।हैन
के सोच्छे यो केटि आफुलाई अनि के चाहन्छे जिन्दगीसंग .....
मैले सवाल जवाफ गर्ने
कुनै ठाउँ बाकी थिएन अब म चुपचाप भए अनि उ आफै बोलि “चिन्ता नगर्नु मैले बिहे गरे भने मेरो
बिहेको पहिलो कार्ड म हजुरलाई दिनेछु”।
आफ्नो बाबू जस्तो
लोग्नेमान्छे मन नपराउने ऊ झन म उसलाई प्रेम गर्न थालेको छु भन्दा के पो सोच्दि हो।हुन
पनि किन मन पराओस त ऊ म जस्तो बूढो बेरंग र उमेर छिपिएको लोग्नेमान्छेलाई।ऊ आफू
रसिली छे, रंगिन छे, सारा संसार रंगिन बनाउने क्षमता राख्छे।आफैलाई
लाज लाग्यो कि म उसलाई प्रेम गर्ने हिम्मत गर्छु, जसले आफ्नी
श्रीमतीलाई बिर्सयो, छोराछोरी, इस्टमित्र र समाजलाई बिर्सयो।काम र कर्तव्यको बोधले थिचिएर
आफुलाई बिर्सयो।र अनन्त आफुलाई खुबै स्माट र बलियो ठान्ने अहम बोकेको पुरुष एउटा
सानी केटिसंग नराम्ररी हार्यो।
खुशी मेरो जिबनमा
खुसीको बहार बनेर आई। सपनाको मोहक दृश्यको पात्र बनेर आई।मेरो बेरंग र उजाड
दुनियामा खुशिको रंग बनेर पोखी।जो संग मैले खुलेर हास्न सिके, नाच्न सिके, आफ्नै
जिन्दगीमा रंग भर्न सिके, अनि आफैसंग प्रेम गर्न सिके। साच्चै भन्दा उसंगको भेट
उसंगका संबात अनि रिसाउने फकाउने याद मेरो जिबनका सुन्दर मिठा स्मृति भए।अब त उ
भर्चुअल दुनियाँबाट अनि मेरो जिबनबाट हराइ सकेकी थिइ।भर्चुअल दुनियाँमा उसलाई
खोज्नु बेकार थियो र ऊ बिनाको भर्चुअल दुनियाँ मलाई बेरंग र बेस्वाद लाग्न थाल्यो
त्यसैले मैले पनि भर्चुअल दुनियालाई बाई भनिसकेको थिए।
यसै पनि कहिले मीठो
गित बनेर त कहिले मीठो संगित बनेर उ मेरा यादहरुमा छाइरहन्थी यसै गरि अचानक एक दिन
ऊ त्रिभुवन एर्पोटमा भेटी उहीँ उत्साह उहीँ चन्चलता अनि उहि हसिलोपन मैले सोधे “खुशी सन्चै छौ” अनि उसले भनी “सन्चै छु थाहा छ पासपोर्ट
त बल्ल काम लाग्यो फाइनली म पश्चिम उड्न लागे नि”। म चुपचाप भए र भने राम्रो गर्नु, अझ
राम्रो बन्नू शुभकामना त्यसै दिन उसको फ्लाइट रहेछ उ दिउसोको चार वजे आफ्नो उडाड
तर्फ उडान भरी किनकिन त्यतिबेला मेरा गह भिझे थाहा छिन किन भिझे खुशीले या दुखले,
दुखभन्दा खुसि धेरै थियो किनकि ऊ आप्नो खुसि तर्फ जादै थिई दुख यो कारण कि सायद यो
हाम्रो अन्तिम भेट पनि थियो तर पनि म खुसि नै थे किनकि मेरि खुशी आफ्नो खुशी तर्फ
पाइला बढाउदै थिई .....
Monday, January 21, 2019
एउटै गल्ती
त्यस दिन
तर गल्ती भएकै थियो,
किनकि त्यस दिन
मैले खुब गाली खाएकी थिए आमाको
मुखबाट
अनि बाबाको आँखाबाट,
मैले घरमा जोडले हाँस्दा
आमा बारम्बार
आँखा तर्नु हुन्थ्यो,
मैले सुस्केरा मारेर घरमा
यताउता हिड्दा
आमा घर नै टाउकोमा उचाले
जसरी रिसाउनु हुन्थ्यो,
मैले मेरै घरमा आवाज
ठूलो पारेर हिड्न मनाही थियो
मैले मेरै आफन्तबिच खुट्टा उर्खुटी
मारेर बस्न मनाही थियो,
मलाई बेपर्वाह र निस्फिक्री हिड्न
मनाही थियो
मलाई पछेउरी र सल बिना घरबाट बाहिर
निस्किन मनाई थियो
साँच्चै यस्ता धेरै कुराहरु
थिए जसमा मलाई रोकोटोक थियो
जब समयसँगै मैले बुझ्न थाले
यी सबै कुराकाे जरो त
म छोरी हुनु थियो
हो! आज फर्केर हेर्दा
त्यतिबेलाका ति प्रत्येक गालिहरुको
एउटै गल्ती म छोरी हुनु थियो !!
Subscribe to:
Posts (Atom)
उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा
लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...
-
प्रीयतम आज संसारभर नारी दिवस मनाइदै छ , अझ भनौ महिला श्रमिक दिबस त्यो पनि ११२औ महिला श्रमिक दिवस । यो पटक पनि हरेक वर्ष जस्तै आज पनि ...
-
उसको नाममा कोरेका यी अनगिन्ती पत्रहरु अझ प्रेमपत्रहरु ऊ कोर्दै र फाल्दै गरिरहेकी छे यसै गर्दागर्दै कतिबेला उसको कोठकाे सानो डस्बिन भरिन्...
-
लामो समयको बाहिर बसाई पछि म यतिबेला आफ्नो गाउँमा आइपुगेगिछु । अझै भनौ नेपालमा चलिरहेको दोस्रो लकडाउनमा म आफ्नो घर आगनमा छु । लकडाउनले सहर ब...




