Yamunathapablog

Thursday, May 2, 2019

योनिको सुरक्षा

"नो मिन्स् नो" यो बाक्यले मलाई धेरै पटक सोच्न बाध्य बनाएको छ। र कतिपय ठाउमा मेरो हिम्मत पनि बनेको छ।मैले फेरि यहि वाक्य दोहोराएर सुने र यो पटक अझ बुझ्ने गरि सुने र हेरे पनि लेखक सौरभ कार्की द्वारा लेखित पितृसत्तात्मक सोचको उपज नाटक "प्राइभेट इज पोलिटिक"मा जुन बिगत केही दिनदेखी कौशी थेटर टेकुमा मञ्चन भइरहेको छ।

हिजोका दिन जस्तै आज पनि समाज नारिलागी बदलिएको छैन । नारिले भोगिरहेका उत्पीडित,शारिरिक र मानशिक यातनाहरु आज पनि उतिकै र उस्तै छ्न् । यहि कुरालाई चोटिलो शैलीले नाटकको रुपमा प्रस्तुत गरेकि छिन् बिगत चार वर्षदेखि काठमाडौमा योनिका कथाहरु नाटक मञ्चन गर्दै आएकी नाटककि निर्देशक आंकक्षा कार्कीले ।
नाटकमा एउटि नारीले घर देखि घर बाहिरसम्म जहाँ जहाँ उनि पुग्दछिन् त्यहाँ त्यहाँ उनिले सामाना गर्नु परेका शारीरिक र मानसिक पीडा जुन पितृसत्तात्मक सोचबाट हाबी छन् ती सबै कुरालाई प्रष्ट देखाउन खोजिएको छ ।

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...