Yamunathapablog

Thursday, December 29, 2016

बिबाह

                                                           

                                              बिबाह 

करिब एकबर्षको बसाइपछी काठमाडौदेखि दैलेख गएकिथिए म। दैलेख मेरो गृहजिल्ला जहाँ मेरा मैले र मलाई माया गर्ने मान्छे बस्छ्न हुन त काठमाडौम पनि माया गर्ने मान्छे नभएका भने हैन्न तरपनी म धेरै पछि बा आमा भाइबहिनी साथिसंग भेटेकी थिए म हुनत आफ्ना आफन्तसंग भेट्दा खुशी नहुने को नै हुन्छन् र यो दुनियाँमा म पनि साह्रै खुशी थिए।
दसै सकिए लगैतै केहिदिन पछिको कुरा हो कुनै काम बिशेषले त हैन तर एकजना दिदिसंग म प्रहरी चौकीमा पुगे त्यहा पुग्दा थाहा हुन्थ्यो दसै सकिसके पनि दसैको ह्यागले भने छोडेको छैन हाम्रा गाउघरका युवाहरूलाई त्यहा धेरै जसो मान्छेहरु दसैमा भएको झै-झगडा जुन चौकिमा पुगेकाछन ती मिलाउन ब्यस्त भैरहेका थिए। यसैपनि यस्ता कुरा सधै देखे सुनेको त हो त्यसैले यसतर्फ त्यति ध्यान दिन मन लागेन तर यसैबेला मेरो नजर एउटा गोलो घेरा बनाएर बसेका मान्छेहरुमाथी पर्यो अनि मलाई पनि त्यहा गएर जान्न मनलाग्यो के रहेछ भनेर,त्यहा एकजना धेरै त हैन यस्तै पचास पुगेका मान्छे अधबैंसे मान्छे त्यहिका अलि हुनेखाने जस्ता देखिने मान्छेसंग भन्दै थिए "छोराले नथापाएर ल्याइहाल्यो,छोराले ल्याएपछि मेरो बिहे गर्दिने कर्तव्य हो त्यहि गरिदिने कोसिस गरे मैले के बिराए हजुर जसरि पनि कुरा मिलाइदिनुहोस यहाबाट घर पुग्न दुइदिन लाग्छ। यहाँ बस्ने पैसा पनि छैन आज तीन दिन भैसक्यो यहाँ बस्न थालेको"। यो सब सुनेपछि मलाई अचम्म लाग्यो हैन यी बा के भन्दैहुनुहुन्छ यस्तो अनि मैले यहि भएका मान्छेबाट थाहा पाए उहाको छोरा माथि बालबिबाहको केश लागेको रहेछ अहिलेसम्म जुन पन्ध्र सोह्र बर्षका केटाकेटी मैले मेरा आँखा अगाडि देखिरहेकी थिए अब तिनिहरुको मासुम अनुहार देखेर मलाई माया लाग्न थाल्यो,जसलाइ जिन्दगी के हो ?,बिबाह भनेको के हो ?थाहा छैन उनीहरु नै बालबिबाहको शिकार भएर प्रहरी चौकीमा बसेका छन त्यो पनि आफ्नै गल्तिका कारण,कुरा के रहेछ भने केटाकेटी नौ कक्षामा पढ्दा रहेछन् र लभ गरेर भागेका रहेछन् ।
गाउघरको रित अनुसार छोराले बुहारी ल्याएपछि बिहे गरिदिनु कर्तव्य ठानेर बाउले बिहे गरिदिएछ्न तर जब बिबाह दर्ता गर्नुपर्यो केटाकेटी दुबैको उमेर बढाइ बिबाह दर्ता नगरपालिकाले गर्दै गर्दा प्रहरीले उनिहरुलाइ पक्राउ गरि प्रहरी चौकि ल्याएको रहेछ । अब यहाँ कस्को गल्ती भन्ने बाउआमाको, समाजको ! केटाकेटी नपढेका पनि हैन्न फेरि पढेका छन् स्कुलपनी जान्छ अनि उनिहरुलाइ थाहा पनि छ । प्रहरी कार्यलयले बालबिबाह विरुद्ध अभियान चलाइ रहेको छ,जनचेतनाका कार्यक्रम ल्याइरहेको छ तरपनी आजभोलि केटाकेटीहरु यस्तो काम बुझेर गर्छन कि नबुझेर गर्छ्न किताबमा पढ्दा पढ्दै पनि उमेर नै नपुगी बिबाह गर्छ्न अनि अभिभावकलाई जानेर होस नजानेर होस त्यस्ता काममा छोराछोरीको साथ दिनुपर्ने हुन्छ र दिरहेका हुन्छ्न ।
बालबिबाहका कारण आफ्नो स्वास्थे बिग्रन्छ,भबिस्य अन्धकारमा डुब्छ भन्ने जान्दाजान्दै पनि किन मान्छेहरु यस्ता कार्य गर्छन होला अनि यस्ता कार्यहरु तपाई हाम्रै समाजमा भैरहदा रोक्नु हाम्रो कर्तव्य हैन र कहिलेसम्म हामी यसरी मौन बस्ने यो त गम्भीर बिषय हैन र यो समस्या हेर्दा मात्र सानो हो तर यस्तै समस्याल्र नै हो समाजमा बिकराल समस्या उत्पन्न गराउने ।
यो त केबल एउटा प्रतिनिधि घटना मात्र हो।यस्ता घटना तपाईं हाम्रो समाजमा कति घटिरहेका छन् र घटिरहेका होलान् यस तर्फ कडा निगरानी राख्नु सरकार र प्रहरीको मात्र कर्तव्य हैन हामी सबैको कर्तव्य हो। अब तपाईं हामी मिलेर नै यस्ता घटनालाई रोक्नुपर्छ ताकी यस्ता घटनाका शिकार तपाई हाम्रा आफ्ना मान्छे नहुन त्यसैले स्वच्छ र सुन्दर समाज बालबिबाह मुक्त समाज प्रहरिको यो अभियानमा अब हामिसबैले पुर्ण सकृयताका साथ दिनुपर्छ र प्रहरीको यस्तो राम्रो अभियानलाई हामी सबैले सलाम गर्नुपर्छ ।

साथी

साथी
साथी यो शब्द सुन्नलाइ त मात्र दुई शब्दको छ तर यसमा जिन्दगी बसेको छ। चाहे हामी संसारमा जसको जति नजिक किन नहु तर साथीको जति नजिक र साथि जति नजिकको कोहि हुदैन हाम्रो लागि।हाम्रो जिन्दगीमा हाम्रा धेरै किसिमका साथि हुन्छन् बाल्यकालका साथी,युवाअवस्थाका साथी,स्कुल,कलेजका साथी,जिबनको सहयात्री जिनब साथी तर पनि यी मध्य कोहि एक खास साथि हुन्छ जसलाइ हामी बेस्ट फ्रेन्ड भन्छौ जो लाखौंमा एक हुन्छ ।
आस्था र रेस्मा पनि एकाअर्काका मिल्ने साथी हुन। उनिहरु प्राय एकाअर्कासंगै हुन्छन् हुन त उनीहरुको भेट केही दिनअगाडि मात्र केलेजमा भएको हो नया कलेज,नया साथिबिच उनीहरुले एकाअर्का साथी बनाएका हुन । दुबैजना एकदम रमाइला छन्,एकाअर्काका भाबनालाइ बुझ्छन्,दुखलाइ बुझ्छन् साच्चै यिनिहरुको मित्रता थोरै दिनमा धेरै घनिष्ठ बनेकोछ ।
चिसो महिनाको दिन आस्था र रेस्मा चिया पिउनलाइ नजिकको सानो चिया पसलमा पसे। यसैपनि चिसो दिनमा तातो तातो चियाको मज्जा बेग्लै हुन्छ। यसको आनन्द उठाउनमा उनीहरु पनि के कम थिए र ! चिया पसलमा पुग्ना बित्तिकै उनीहरुको भेट एक जना युवकसंग भयो । तर अचम्मको कुरा के थियो भने रेस्मा र त्यो युवक पहिले देखिनै एकाअर्का साथी रहेछन् अनि रेस्माले त्यो युबकलाइ आस्थासंग परिचत गराइ आस्था उ विशाल,विशाल उ आस्था ।आस्था नया मान्छेसंग छिटै घुलमिल हुने र धेरै बोल्ने मान्छे त हैन तर पनि त्यो युवकसंग छिट्टै नजिकी र घुलमिल भइ मत्लब अरु नौलो मान्छेसंग भन्दा छिटो ।
केहि समयपछि चिया पिएर उनिहरु तिनै जना त्यहाबाट छुटिए । बेलुका कोठामा पुगेर सब काम सकि आस्था जब आफ्नो बेडमा पुगि उसलाई त्यो चिया पसलको युबक याद आयो।हुन त उसले त्यो युवकलाई पहिलो पटक भेटेकी हो तर कताकता उसलाई त्यो युबकसंग बर्सौ छुटेर भेटेको जस्तो आभास भैरहेको थियो । उसको बोली उसको कुरा गराइ,उसको हाउभाउ देख्दा उसलाई लागिरहेको थियो उसले यी सब कुरा पहिले कतै महसुस गरिकेकी छे।
उसले सम्झी ती दिन जतिबेला उ मात्र आठ बर्ष कि थिइ । उ र उसको साथि घण्टाै माटोसंग खेल्दै रमाउथे,संगै स्कुल जान्थे,आउथे,उसलाई थेरैमात्र चोट लाग्दा पनि उसको साथिलाइ कति धेरै दुख्थ्यो अनि उसको साथिलाइ कसैले नराम्रो भन्दा आस्था कति धेरै रुन्थी ! देख्नेहरु भन्थे उनीहरु त जन्मजन्म देखिका साथि हुन कहिल्यै नछुट्टिने,हुनपनी उनीहरु यति मिल्थेकी एक छिन छुटिदैनथे,साच्चै रात हुदैनथ्यो भने उनिहरु त्यो समय पनिसंगै हुन्थेहोला । तर नियतिको लेखा ती दिन आज उसको सम्झनामा मात्र सिमित छन् । उस्ले अझै भुलेकी छैन त्यो दिन जुन दिन उ र उसको साथी स्कुल जान भनी गएर दिन भर जंगलमा लुकामारी खेल्दै बसेका थिए उनिहरुले घर पनि जान बिर्सेका थिए धन्न घर नजिकका काका उनिहरु नजिक आउदै गरेको उनिहरुले टाढैबाट देखे, त्यहा त्यसरि खेलेको देखेर काकाले स्कुल नएको कुरा थाहा पाउँछन् र गाली गर्छ्न भन्ने डरले उनिहरु काकाबाट लुक्दै साझमा घर पुगेकाथिए । उनीहरु कति दिन त बनबन लालिगुरास टिप्दै बिताउथे,लुकामारी खेल्दै गर्दा उ उसको साथिलाइ नभेटेर कति रोएकी पनि थिइ । उफ आजपनी ती दिन याद गर्दा उसका ओठहरु अनायासै मुस्कुराउछन् ।भन्छन् ओठले मुस्कान धेरै बेर सहन सक्दैन रे जब उसलाइ उनीहरुले एकाअर्कासंग कहिल्यै नछुटिने भनि हातको बुढी औला छोएर जिन्दगीभर भनी खाएको कसम दुईदिन नहुदै टुटेको याद आउँछ उसको मुस्कानले अनायासै उसका ओठसंग नाता तोड्छ,आज त बस उनीहरुले खाएकि ती कसम कसमै सिमित भएर रहेकाछन ।
समय भनौ या भाग्य उसको साथी को आर्थिक स्थिर उ भन्दा धेरै राम्रो थियो त्यसैले पनि उसको साथिको सहपरिवार त्यो गाउबाट बसाइ सरि गए र उनिहरुसंगौ साथी पनि गयो त्यस दिनदेखि उसको साथी मात्र उसको सम्झनामा मीठो याद बनेर सिमित भएको छ ।
उसलाई यत्तिचाही थाहा थियो ।उसको साथी यहि सहरको कुनै ठूलो घरमा बस्छ तर कहा कुन घर?यो सहरमा त ठुला घर कति छन् कति ! उसलाई लाग्थ्यो सामाजिक संजालमा हराएकालाइ खोज्न सकिन्छ, त्यसैले पनि उसले अनुहार पुस्तिकाको पन्ना पन्नामा खोजेकी थिइ। उसको हराएको साथिलाइ तर उसको मेहनत सब खेर गइरहेको थियो। त्यसैले पनि आजभोलि त उसलाइ सामाजिक संजाल पनि मिथ्या लाग्न थालेको छ ।
तर जब उसले त्यो चिया पसलमा नौलो युबकसंग भेटेर आएकि थिइ कताकता उसलाई आफ्नो बाल्यकालमा हराएको साथी भेटिएको जस्तो आभास भइरहेको थियो। त्यसैले पनि उसले सोची भोलि फेरि उ त्यही चिया पसलमा जानेछ र त्यो युबकलाइ भेट्ने छे अनि उ त्यो युवक आफ्नो बाल्यकालको साथी हो कि हैन भन्ने पक्का गर्नेछे ........

Monday, December 26, 2016

परिबर्तन

परिबर्तन
भन्छन् सम्बन्ध दुई ब्यक्तिबाट सुरु भएर अन्न्त अन्न्त काल सम्म चल्छ र चलिरहन्छ। तर उ त्यसो मान्दिन किनकि उ उसंग जोडिने हरेक सम्बन्धलाई घृणा गर्छे। अरुसंग उसलाई कुनै मत्लब छैन अरुका सम्बन्धसंग पनि कुनै मत्लब छैन,अरुका सम्बन्धलाइ त उ यति सम्मान गर्छे कि सायद दुनियाँ नै पछाडि पछि पर्छ होला उसका अगाडि । बस उसलाई घृणा छ आफूसंग जोडिएका र आफ्नो वरपर आफुलाइ घेरेका सम्बन्धसंग ।

यसै त उसलाइ अजन्वीहरुसंग बोल्न त्यति मन पर्दैन र उ त्यती बोल्दा पनि बोल्दिन । उसलाइ आफ्नै साथी नै ठिक्क छ्न बोल्नलाइ। उसलाई प्राय एकान्त धेरै मन पर्छ उ एकान्त पाईभने त्यही एकान्तमा आफुलाइ पनि भुलाइ दिन्छे । एकदिनको कुरा हो उ त्यस्तै एकान्तमा आफुलाइ भुलेर रमाउदै थिइ त्यति नै बेला उसको एकान्तलाइ खल्बल्याउन एकाएक एक अज्नबी युवक आइपुग्यो। आफ्नो एकान्तलाई यसरी खल्बल्याएको देखेर उसलाइ त्यो अज्नबी युवकसंग कम्ति रिस उठेको हैन तर के गर्नु एकाएक त्यसरी रिस पनि देखाउने नमिल्ने उ चुपचाप त्यही बसिरही । अज्नबि मान्छेले उसंग भन्यो "मैले तिम्रो एकान्त लाई भंङ्ग गरेकोमा माफ पाउ" उसको आवाज यति नरम र मीठो थियो कि एकछिन अघिसम्म उठेको रिस पनि मारिदिएको थियो । अनि उसले भनी "केही छैन केही काम थियो कि ? उसले सोधी"।काम केही थिएन तिमि यसरी बसेको देखेर तिमिसंग कुरा गर्न मन लाग्यो म यहाँ नया हु मलाई एक्लै बस्न पनि दिक्क लाग्छ यसैले।

यसपछी उनिहरु हेर्दाहेर्दै कुरा गर्दैजादा एकाएक बर्सौ छुटिएर भेटेका साथी जस्ता भए एकअर्का बारेमा एकअर्कालाइ भने एकअर्काका कुरा एकअर्काले सुने । कुरैकुराको सिलसिलामा अज्नबी युबकले भन्यो म मेरो बाबाआमालाइ धेरै माया गर्छु उहाहरुले मेरा हरेक चाहिने नचाहिने सबै इच्छालाई पूरा गर्नु हुन्छ र पूरा गर्नुभएको छ म त चाहान्छु मेरो उहाहरुसंगको सम्बन्ध जन्मजन्मसम्म पनि यसरि नै रहिहोस । म हरेक जन्ममा उहाकै सन्तान रहिरन पाउ यस्तो सम्बन्ध भगवान हर कसैलाइ दिउन ।त्यो अज्नबी युबकको कुरा सकिन नपाउदै उ त्यहा बाट एकाएक फर्किएर कोठा आइ उसलाइ जान्छु पनि नभनि अनि सोच्न थाली उसका कुरालाइ आमा त ल ठिक छ,आमा हरेक सन्तानलागि प्यरी हुन्छिन तर बाउ उफ अनि उ आफ्नो आजबाट बिगत तर्फ हराइ।

एकदिनको कुरा उ सानि थिइ र धेरै रोइरहेकी थिइ परबाट कोहि आकृती आइरहेको थियो हातभरी चक्लेट र खेलौना बोकेर, उ जति जति उसको नजिक हुँदै जान्थ्यो उ उतिउती आफ्नो बाबालाइ कल्पना गर्थी तर त्यो आकृती अरु कसैको हुन्थ्यो र उ खिन्न हुन्थी यसरी नै उसको बाल्यकाल बित्दै गयो उ बिस्तारै ठुली हुँदै गइ । उसकी आमाले उसलाई खुब माया गर्थिन उनी चाहान्थिन छोरी सहि गलत छुट्याउन सिकोस भबिस्यमा राम्रो गरोस त्यसैले पनि उनीले उसलाइ बिध्यालय पठाएकि थिइन। पहिला पहिला त उ कुरा बुझ्दैन थिइ किन बाबाले उसलाइ माया गर्दैनन किन बाबा र आमा बिच जहिले झगडा र कलह मात्र हुन्छ तर जब उ ठुली भइ सहि ज्ञानको फरक छुट्याउन सक्ने भइ अनि उसले थाहा पाई ।

उसको बाबुको चाहाना छोरा हो उसलाई पनि छोरा भनेर जन्माएका रे उसका बाउले जब उ छोरा हैन छोरी भएर यो संसारमा आइ उसका बाउले उसकि आमासंग दिनहुँ छोरा कै लागि किचकिच गर्न थाले र बाबू आमाको सम्बन्धमा यति धेरै फरक आयो कि यसको असर उमाथी पनि प्रत्यक्ष पर्न थाल्यो ।

जुन दिन उसका बाउ उसकी आमासंग किचकिच गर्दै उ छोरी भएर जन्मेकोले उसका बाउको इज्जत समाजमा घटेको कुरा भन्दै गरेको सुनी त्यो दिनदेखि बाउ भन्ने शब्दैलाइ नै उसले घृणा गर्न थाली र बाउसंग जोडिएको उसको सम्बन्धसंग पनि घृणा गर्न थाली उसकोलागी उसको बाउ मात्र एउटा त्यस्तो पात्र हुन जसलाइ समाजले पुरुषको नाम दिएको छ । उसले जहिले बाउ र बाउसंग जोएको सम्बन्धलाई घृणा गर्थी तर उसकी आमा जहिले उसलाई सम्बन्धलाई सम्मान गर्न भन्थिन र सिकाउथिन । उ आमाका कुरा काट्न त सक्दैन थिइ तर बाउलाइ सजिलै माफ पनि गर्न सक्दैन थिइ न बाउसंग जोडिएको सम्बन्धलाई सम्मान नै गर्न सक्थी जुन दिन देखि उसले गाउँ छोडेकी थिइ उसले आफ्नो बाउ र उनिसंग जोडिने रहेक सम्बन्धलाई भुलिसके कि थिइ उसको वरिपरी कोहि थिएन, थिए त केबल उसकी आमा अनि उसका केही साथी बस।

आज त्यो अज्नबि युबकको कुराले उसलाई नचाहेर पनि उसलाई उसको बिगतसंग सामाना गराइदिएको छ । सोच्न बाध्य भएकी छ उ जुन बाबुलाइ उ एउटा पुरुष बाहेक केही देख्दिन, जसकालागि सम्बन्ध मात्र भन्नलाइ हुन्छन् के ती बास्तबमा नै त्यो युबकले भनेका जस्तो प्यारो र पबित्र र आत्मीय हुन्छ त । उसले सोचे जस्तै सम्बन्धको डोर बलियो हुन्छ त,जसले अन्न्त कालसम्म एकअर्कासंग बाधेर राख्ने सकोस।

अनि उसले निर्णय गर्छे उ फेरि त्यो अजन्बी युबनसंग भेट्नेछे र उसंग आफ्ना सारा कुरा साट्ने छे के थाहा त्यसपछि उसको बाउलाइ र बाउसंग जोडिएको सम्बन्धलाई हेर्ने नजर परिबर्तन पो हुन्छ कि !!!


Wednesday, December 21, 2016

समर लब सम्बन्ध

समर लब सम्बन्ध
हिजो कोठामा आइपुग्न अलि अबेर भयो। अबेरसम्म जागा रहने काठमाडौंका लागि यो त्यति ढिला समय हैन, तर काठमाडौंका घरधनीलाई कस्ले सम्झाइ देओस्? यसमाथि यो घरका घरबेटी बा। यिनलाई बेलुकाको ६ बज्दा पनि रातिको एक बजेको झैँ लाग्छ क्यार! सात बजे नै कोठामा पुग्दा पनि 'कति ढिला आकि नानी? छोरी मान्छे भएर यति ढिला आउने हो?' भन्दै कोठा मै आइपुग्थे बुढा। झन, हिजो त नौ बजेछ ! 'के के सुनाउने हुन् बुढाले' यस्तै यस्तै सोच्दै कोठाको ढोका समेत नढप्काई ब्याग टेबलमा राख्दै बस्न मात्र के भ्याएकी थिए घरबेटी बा टुप्लुक्क देखा परे। बुढालाई देख्दै दिक्क लाग्यो 'के के सुनाउने हुन् फेरि' भनेर। तर अचम्म ! बुढा केही नबोली मेरो हातमा बिहेको कार्ड थमाएर गए। बिहेको कार्डले म झन अचम्ममा परेँ। 'मेरा मिल्ने-नमिल्ने प्राय सबैजसो साथीहरुले घरजम त भैसकेको छ। हैन, यो फेरी कसको बिहेको कार्ड हो यो!' बेडमा बसेर यस्तै सोच्दै कार्ड हेरे। निम्तो मेरै नाममा थियो। फेरि छक्क परे, खोलेर हेरे। 

कार्डमा लेखिएको वरको नामले मलाई एकाएक मेरो वर्तमानबाट अतितमा पुर्‍यायो। कुरा केही वर्ष अघिको हो। प्रज्ञा भवन कमलादीमा पुस्तक मेला लागिरहेको थियो। पुस्तक भनेपछि हुरुक्कै हुन्छु । किन किन मलाई किताबका सुगन्धित पानासँग मेरो जन्म जन्मको नाता छ लाग्छ। जताततै फिजाइएका पुस्तक हेर्दै जाँदा मेरो नजर 'समर लभ' शीर्षकमा गएर पज भयो। माया प्रेम लभसभ वाला कथाले नतान्ने मलाई 'समर लभ' ले अड्काएको थियो। यो किताबको चर्चा यति धेरै सुनेकी थिएँ कि मेला हात एकछिनमै किताब खेलाउन थालेछन्। उठाउन खोज्दा थाहा भयो त्यो किताबलाई एक युवकले त्यो किताब उठाउनै खोज्दा मेरा हात त्यहाँ पुगेका रहेछन्। अप्ठ्यारो मान्दै स्टलवालासँग अर्को प्रति मागे। 

उसले भन्यो 'एउटा मात्र बाकीँ छ, सबै सकिसक्यो मिलेर हेर्नुहोस दुबै जना।' भो हेर्दिन जस्तो नलागेको पनि कहाँ हो र ! तर, नजर परिसकेपछी नहेरि छोड्दिन, त्यो पनि त्यो युवकभन्दा पहिले भन्ने लाग्यो। उफ ! यो इगो म मा कहाँ बाट आयोहोला? अचम्म लाग्छ अहिले सम्झिँदा मात्र पनि। त्यहीँबाट सुरु भएको हो मेरो 'प्रेम' ऊसँग। अनि, उसको र मेरो दोस्ती। उसले मलाई कहिल्यै प्रेम गरेन, म उसलाई कहिल्यै प्रेम नगरी बस्न सकिँन। वास्तवमा त्यो प्रेम र दोस्तीको सुरुवात, परिचय गरेर पालैपालो 'समर लभ' हेर्ने मेरो मनले ठीक मानेको निर्णयबाट सुरु भएको थियो। 
'हाई, मेरो नाम यमुना।' 
'म समीर बसाइँ' जवाफ आयो। 
अनि कुरा अघि बढ्यो। कुरा गर्दै हामी बानेश्वरसम्म सँगै आयौं। अब कुरा गर्ने माध्यम भयो 'अनुहार पुस्तिका'। अनुहार पुस्तिकाको भर्चुअल हाँसो, ठठ्टा र कुराकानीले हामी फिजिकल दुनियाँमै छौं कि भन्ने फील हुँदै थियो मलाई। ऊ मेरो नजिक हुँदैछ भन्ने लागिरहेको थियो। तर, म उसको नजिक ! मलाई बिस्तारै थाहा हुँदै गयो, 'उसको नजरमा म एक साथी भन्दा बढी छैन।' तैपनि, मेरालागी ऊ सब थोक थियो। यति सम्म कि उसको लागि म आफूलाई बिर्सिदै थिए। उसँग एकपल बाँच्न पाए म वर्षौं वर्षको उमेर कुर्बान गर्न सक्थे। उसँग रुनु र अरुसँग हाँस्नु मलाई सरोबर हुन लागेको थियो। 

मैले कहिल्यै चाहिँन- उसले मलाई, मैले उसलाई गरे झैं प्रेम गरोस्। म चाहन्थे, 'प्रेम त यस्तो होस्, न पाउने आश न गुमाउने डर, बस प्रेम रहिरहोस। अनन्तः अनन्त कालसम्म। तर, खै मैले उसलाई बुझाउन नसकेको हो कि उसले नबुझेको हो ! ऊ मबाट एकाएक टाढा भयो। उसलाई लाग्यो होला, 'मबाट टाढा भए भने ऊ मलाई बिर्सलिन्।' उसलाई के थाहा मेरो प्रेम भुल्न र भुलाउनलाई थिएन भनेर। 'मैले तिमीलाई प्रेम गर्छु भन्दैमा तिमीले मलाई प्रेम गर्नै पर्छ भन्ने जरुरी छैन', भनेर ऊ मेरो नजिक हुदैँमा मेरो प्रेम बढ्ने र टाढा हुदैँमा घट्ने दृष्टि जस्तो हैन भन्ने उसलाई एहसास नदिलाएको पनि कहाँ हुँ र मैले ! तर, उसले खै के सोच्यो? त्यसपछि हाम्रो भेट हुन छोड्यो र पहिलेजस्तो दोहोरो कुरा हुन पनि छोड्यो। तर, ऊ मेरो मनमा आज पनि उस्तै छ। ऊ प्रतिको मेरो प्रेम पनि उस्तै छ। सबै थोक उस्तै छ। 

उफ् ! म पनि के के सोच्छु ! कार्डमा लेखिएको नाम थियो - समीर। उसको भोलि बिबाह हुँदै रहेछ। घरबेटी बा को हातको मार्फत भएर समीरको बिहेको कार्ड आएछ। उसको स-सानो खुशी नै आफ्नो खुसी मान्ने म उसको जिन्दगीको यति ठूलो खुसीमा कसरी पो बेखुसी हुन सक्थेँ र? बिहानै उठेर सबै सरसफाइ गरी फूलको पसलमा गए। एउटा रातो गुलाबको बुकि किनेँ।  एउटा कार्डमा लेखे -दाम्पत्य जीवन सुखमय रहोस् समीर!   म बिहेको लागि निम्तो आएको ठेगान तर्फ लागेँ...।

Monday, December 19, 2016

जिन्दगीसंग जित्ने रहर

जिन्दगीसंग जित्ने रहर
भन्छन् रहर पूरा गर्नलाइ हुदैनन् रहर त बस रहरका लागि मात्र हुन्छन् र जसका रहर पूरा हुन्छन् ती भाग्यमानी हुन्छन्। तर म ती भाग्यमानी मध्यहरुमा कहाँ पर्छु र तरपनी रहर गर्न भने मैले कहिल्यै छोडिन चाहे ती पूरा हुन चाहे नहुन। तर कहिलेकाही म आफैलाइ अचम्म लाग्छ आफ्नो रहर देखेर मान्छेहरू सफल हुने,सम्पन्न हुने,सगरमाथा चढ्ने,जुन छुने, तारालाइ धर्तीमा ल्याउने रहर गर्छन् तर मलाइ भने जिन्दगीसंग जिन्दगी जित्ने रहर लागेको छ।थाहा छ जुन कहिल्यै पूरा हुदैन र यो पनि थाहा छ मै हु भन्नेहरूले पनि जिन्दगीसंग जित्दा जित्दै हारेको मैले मेरै आँखा अगाडि नदेखी कहाँ छु र तरपनी मलाई जिन्दगीसंग जित्ने रहर लाग्यो,रहर लाग्यो त लाग्यो मैले के गरु !!
जिन्दगी र भगवानसंग दुखको गहिराई सोध्ने मान्छे हु म ताकी त्यो गहिराईलाई पार गरेर एउटा नया जिन्दगी हासिल गर्न सकु,जिन्दगीलाई नया आयम दिन सकु।यस्तैमा एकदिन जिन्दगी र दुखको गहिराईको कुरा गर्दा एक जना अन्जबी मान्छेले भने बिहानी हुनलाई रातको अन्धकार फाट्नुपर्छ र रातको अन्धकार फाट्नलाइ तिमिले केही समय कुर्नुपर्छ।हो जिन्दगी पनि त्यस्तै हो जति नै दुखको कालो बादलले घेरेपनी एकदिन उज्यालो बिहानी अवश्य आउँछ तर तिमिले फर्खन सक्नुपर्छ र तिमी पर्ख आफ्नो कर्म नछाडि गर। यसै पनि जिन्दगीसंग हर समय लडिनै रहेकी हुन्छु म कहिले आसुसंग,त कहिले ओठमै आएर हराएको मुस्कानसंग,कहिले दिनको उज्यालोमा त कहिले रातको अन्धकारमा हर समय लड्नु त लड्नु नै छ त्यसैले पनि ती अज्नबिका कुराले कताकता मन छोए !!
त्यसपछिका हरेक दिनहरु म एउटा नया उमिद र रोशनीकासाथ सुरु गर्न थाले चाहे जति पीडा होस म मुस्कुराउन थाले,चाहे दुखका काला बादलले जति नै घेरुन म तिनीहरुलाई उछिन्न थाले तर यहा अरुले आफुलाई जितेको कस्लाइ मन पर्छ र हो त्यसैले पनि मेरो जिन्दगीलाई पनि मैले उसंग जित्ने कोसिस गरेको मन परेन र उ म प्रती कठोर हुन थाल्यो र अझ कठिक चुनौती खडा गर्न थाल्यो,अझ भनौ मप्रती उसको व्यवार रुखो हुन थाल्यो अनि म पनि के कम थिएर उसका चुनौतिसंग अझ मजबुत भएर लड्दै गए उसका सामु आफू कम्जोर भइन र जिन्दगीलाई चुनौती दिदै भने जिन्दगी म तसंग हारेकी छैन र कहिल्यै हार्दिन पनि यसको सबैभन्दा ठुलो प्रमाण यो हो कि तेरा हरेक परिक्षाका कसौटिलाई मैले सकुसल पार गरेकी छु र अझ भनौ तेरा हरेक चुनौती र परिक्षाका बाहुजुत पनि तैले दिएका दुख र पीडा बाहुजुद पनि म बाचेकी छु !!

जिन्दगीसंग जित्ने रहर
भन्छन् रहर पूरा गर्नलाइ हुदैनन् रहर त बस रहरका लागि मात्र हुन्छन् र जसका रहर पूरा हुन्छन् ती भाग्यमानी हुन्छन्। तर म ती भाग्यमानी मध्यहरुमा कहाँ पर्छु र तरपनी रहर गर्न भने मैले कहिल्यै छोडिन चाहे ती पूरा हुन चाहे नहुन। तर कहिलेकाही म आफैलाइ अचम्म लाग्छ आफ्नो रहर देखेर मान्छेहरू सफल हुने,सम्पन्न हुने,सगरमाथा चढ्ने,जुन छुने, तारालाइ धर्तीमा ल्याउने रहर गर्छन् तर मलाइ भने जिन्दगीसंग जिन्दगी जित्ने रहर लागेको छ।थाहा छ जुन कहिल्यै पूरा हुदैन र यो पनि थाहा छ मै हु भन्नेहरूले पनि जिन्दगीसंग जित्दा जित्दै हारेको मैले मेरै आँखा अगाडि नदेखी कहाँ छु र तरपनी मलाई जिन्दगीसंग जित्ने रहर लाग्यो,रहर लाग्यो त लाग्यो मैले के गरु,जिन्दगी र भगवानसंग दुखको गहिराई सोध्ने मान्छे हु म ताकी त्यो गहिराईलाई पार गरेर एउटा नया जिन्दगी हासिल गर्न सकु,जिन्दगीलाई नया आयम दिन सकु।यस्तैमा एकदिन जिन्दगी र दुखको गहिराईको कुरा गर्दा एक जना अन्जबी मान्छेले भने बिहानी हुनलाई रातको अन्धकार फाट्नुपर्छ र रातको अन्धकार फाट्नलाइ तिमिले केही समय कुर्नुपर्छ।हो जिन्दगी पनि त्यस्तै हो जति नै दुखको कालो बादलले घेरेपनी एकदिन उज्यालो बिहानी अवश्य आउँछ तर तिमिले फर्खन सक्नुपर्छ र तिमी पर्ख आफ्नो कर्म नछाडि गर। यसै पनि जिन्दगीसंग हर समय लडिनै रहेकी हुन्छु म कहिले आसुसंग,त कहिले ओठमै आएर हराएको मुस्कानसंग,कहिले दिनको उज्यालोमा त कहिले रातको अन्धकारमा हर समय लड्नु त लड्नु नै छ त्यसैले पनि ती अज्नबिका कुराले कताकता मन छोए !!
त्यसपछिका हरेक दिनहरु म एउटा नया उमिद र रोशनीकासाथ सुरु गर्न थाले चाहे जति पीडा होस म मुस्कुराउन थाले,चाहे दुखका काला बादलले जति नै घेरुन म तिनीहरुलाई उछिन्न थाले तर यहा अरुले आफुलाई जितेको कस्लाइ मन पर्छ र हो त्यसैले पनि मेरो जिन्दगीलाई पनि मैले उसंग जित्ने कोसिस गरेको मन परेन र उ म प्रती कठोर हुन थाल्यो र अझ कठिक चुनौती खडा गर्न थाल्यो,अझ भनौ मप्रती उसको व्यवार रुखो हुन थाल्यो अनि म पनि के कम थिएर उसका चुनौतिसंग अझ मजबुत भएर लड्दै गए उसका सामु आफू कम्जोर भइन र जिन्दगीलाई चुनौती दिदै भने जिन्दगी म तसंग हारेकी छैन र कहिल्यै हार्दिन पनि यसको सबैभन्दा ठुलो प्रमाण यो हो कि तेरा हरेक परिक्षाका कसौटिलाई मैले सकुसल पार गरेकी छु र अझ भनौ तेरा हरेक चुनौती र परिक्षाका बाहुजुत पनि तैले दिएका दुख र पीडा बाहुजुद पनि म बाचेकी छु !!

Saturday, December 17, 2016

उ म र मनसुन

                                                       मनसुन 
         सुबिन भट्टराईको मनसुन केहिदिन मै हामिबिच आउदै थियो जसलाई हामी सबैजनाले एकदमै धेरै पर्खिरहेका थियौ!! तिनै दिनहरु मध्य एकदिनको कुरा हो अनुहार पुस्तिकाको भित्तामा कुरै कुराको शिलशिलामा उसले भन्यो
 " तिमी बुक पढिरहने मान्छे मनसुन आउदैछ त्यो पनि पढ्छौ होला हैन"!!
 अनि मैले भने
"तिमिलाइ पनि मन पर्छ सुबिन भट्टराई तिमी चाहिँ नपढ्ने हो मनसुन"!!
अनि जवाफमा उसले भन्यो किनेर पढिदैन कसैले दियो भने बेग्लै कुरा !!
यस्तै यस्तै कुराहरूमा त्यसदिन हाम्रो कुरा सकियो
    त्यसैको केहि दिन पछि मनसुनको बिमोचन दिन सार्बजनिक भयो मत्लब मैले पढ्न चाहेको पुस्तक हामी माझ आउने भयो एकदम खुशी उत्साहितका साथ मनसुन लिन गए मत्लब मनसुनको बिमोचनमा प्रज्ञा भबनको डबलिमा अनि मनसुन लिएर फर्के त्यो पनि लेखको हस्ताक्षर सहित कम्ती खुशी थिए त्यो दिन कोठामा आउने बित्तिकै खाना समेत नखाएर करिब 5 घण्टाको बसाइमा मनसुन सके कहि सुभानका कुराले कहि आँखा भिजे कहि मनसुनको हर्कतले रिस उठ्यो कहि हजुरबुबा नातिको सम्बन्धले मन छोयो जे होस पढुन जेल मनसुनले मनसुन जसरी भिजायो !!
     तर जब एकाएक मनसुनका पात्रहरु खेलाउन थाले तब मनसुनको स्वार्थी चरीत्र देखेर रिस उठेर आयो अरु कसैलाई भुलाउन कसैको मन भावना संग नराम्रो संग खेलेको देखेर भित्र देखि रिस उठेर आयो के गर्ने मनसुन एउटा बुककी फगत मात्र थिइ अनि अर्कोतिर सुभान जो कसैलाइ चोखो माया गर्छ उसकोलागी जे पनि गर्न तयार जतिजती सुभानलाइ पढ्दै गए उतिउती सुभानले मलाइ छुदै गयो उसको माया लागेर आउन थाल्यो उसले यति कुराको एहिसास गरायो कि कसैलाई आफ्नो जिन्दगीमा ठाउमा दिनु भनेको आफैले आफैलाइ पीडा दिनु हो,आफुलाइ कमजोर बनाउनु हो
  साच्चिकै आफू केटि भएर पनि सुभानको चरित्रले मलाई प्रभाव पार्यो मनसुन सकेको केहिदिन पछि को कुरा हो अनुहार पुस्तिकालाइ पल्टाउदै जादा थाहा पाए उसको जन्मदिन नजिकिदै गरेको कुरा अनि जन्मदिनको दिन भेट्ने कुरा पनि भयो ! भेट्ने भने तर उपहार के लिउ, बिना उपहार जाउ उसको जन्मदिन जाउ भेट्ने कुरा आफैले गरेकी छु उफ अनि याद आयो सुबिन भट्टराईको मनसुन, मनसुन बोकेर गए उसलाइ भेट्न अनि उपहार स्वरुप मनसुन दिएर फर्के।
   जब कोठामा आएर एकाएक मनसुनको कहानी सम्झे साह्रै अत्यास लाग्यो किनकि मनसुन जो एकतर्फी प्रेमकथा थियो जुन मैले उसलाई दिएको त्यो पनि त्यो पनि जन्मदिनको अवसरमा साथी बनेपछिको पहिलो उपहार थियो !! अनि सोचे एकतर्फी प्रेमकथा उपहार बाट सुरु भएको हाम्रो सम्बन्धको भबिस्य कस्तो होला ??

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...