Yamunathapablog

Wednesday, September 19, 2018

फस्ट डेट ..


फस्ट डेट
आज शनिबार बिहान सबेरै उठे देखि नुवाइधुवा गर्नमा नै ब्यस्त छ शृजन।कहिल्यै यति छिटो नउठ्ने उ आजको उसको पारा देखेर छक्क छन् घरका सबै जना कसैले थाहा नपाउन भनेर उ बढा सावधानी पुर्बक आफ्ना कामहरु गरिरहेको छ।खाना खाइवरी उ कोठामा जान्छ र तयार हुन थाल्छ नयाँ पेन्ट,नयाँ टिसर्टका साथ कपाल पनि बढो मेहनतका साथ मिलाउछ थोरै गोरो हुने क्रीम पनि दल्छ अनि ऐनामा हेर्छ।आफुलाई कुनै हिरो भन्दा कम लाग्दैन उसलाई उ....।

सुजाता जोसंग उ आज भेट्न जादैछ।उनिहरु पहिले त राम्रा साथी थिए तर साथिको सिलसिला कहिले प्रेम बदलिसकेछ उसलाई थाहा नै भएन।भन्ने हो भने उ सुजातालाई एकहद सम्म चाहन थालेको थियो र उसका मनमा मच्चिएका हलचलबारे सुजाता पनि अबगत थिइ र उसले पनि ती हलचलहरुलाई हावा दिरहेकी थिइ ।खासमा भन्ने हो भने आज उ सुजातासंग फस्ट डेटका लागि मेहनत गरिरहेको हो। आज कोटेश्वर चोकमा बिहान एघार बजे भेट्ने भनेर हिजो उनिहरु छुट्टेका थिएका थिए।त्यसैले उसले सुजातालाई आफु घरबाट निस्किएको जानकारि दिइ उसलाई समयमा नै आउन भनि म्यासेज छोड्छ र आफु घरबाट निस्कन्छ।

कोटेश्वर चोकमा उ अलि अगाडि नै पुगेको हुन्छ। र उ सम्झन्छ थाल्छ..... देख्छ परबाट उसकी सुजाता रातो कुर्तामा सजिएर उसकै अगाडि आइरहेकि हुन्छे।आँखामा काजल, ओठमा कलेजी रंगको लिपिस्टिक, निधारमा कालो टीका आहा सुजाता कुनै अप्सरा भन्दा कम देखिएकी हुदैन।जब उससंग सुजाताका आँखा जुध्छन् सुजाता लजाएर निउरिन्छे।उसको यो लजालुपनामा उसलाई प्यार आउँछ अनि उ बिस्तारै उसको छेउ आएर बस्छे अनि उनिहरु काठमाडौ भन्दा पर धुलिखेल जान्छन् जहाँ उनिहरु एकअर्कालाई पुर्ण महसुस गर्न सकुन धुलिखेलको शितल हावा अनि हरियाली मौसमले उनिहरुलाई नै स्वागत गरेको महसुस हुन्छ।पर डाँडाँमा लालिगुँरास फुलिरहेको हुन्छ उसले त्यो गुराँस टपक्क टिपेर सुजाताको शिरमा शिउरिदिन्छ सुजाताले लाजले रातोपिरो हुन्छे, अनि उसले सुजाताको हात आफ्नो हातमा राखेत जीवन भरि साथ निभाउने बाचा गर्छ। पहिलो पल्ट सुजातालाई देख्दा उसका मनमा उठेका भाबनाहरु व्यक्त गर्छ।उसंग प्रेम भएको कुरा महसुस हुदाँ उ कति खुशी भएको थियो र सुजातालाई बताउन कति हतारिएको थियो सब सब कुरा उ सुजातालाई बताइ रहेको थियो अनि सुजाता पनि उसका कुरा मन्त्रमुक्ध भएर चुपचाप चुपचाप सुनिरहेकी थिई।

आज सुजातालाई आफ्ना सम्पुर्ण अनुभुती बताउने र उसका अनभुती जान्ने चाहाना तिब्र थियो उसमा। सुजाता कहिले पहिलो पल्ट खुशि भइ, त्यो खुशिको कारण के थियो, उसलाई के मन पर्छ, के मन पर्दैन, कहाँ घुम्न मन छ यस्ता हरेको कुरा सुजाताका बारेमा जान्न चाहन्थ्यो उ ताकी ती सवै खुशी सुजातालाई दिन सकोस् उ किनकि सुजाता नै उसले आफ्ना लागि चाहेको पहिलो खुशि थिई।जसको आहाटले उसलाई रोकेको हुन्छ।जसका शब्दहरुले उसको अन्तरहृदयलाई छोएको हुन्छ।जसको स्पर्शमा उसलाई जिन्दगी नै पाएको आभास हुन्छ।अलिपर पानीको धारामा सुजाता पानीसंग खेलिरहेकी हुन्छे। उ सोच्छ सुजाताको हृदय पनि यहि पानी जस्तै  कति निश्चल र कञ्चन छ।उ सुजातालाई चुम्न चाहान्छ, मानौ उ आफ्नो हो भन्ने मोहोर लगाउन चाहन्छ।

अनि सुजाता पनि त कहाँ कम छे र! न रुपको कमि, न गुणको कमि, मान्छे रिझाउन जाने कै छे, कहाँ कसलाई कस्तो आदार सम्मान गर्नुपर्छ केही सिकाउनु पर्दैन उसलाई तर बस यत्ति कुराको डर छ उसलाई कि कोहि उसलाई नतोडिदियोस्।कसैको ठूलो स्वर पनि सहन सक्दैन उसको हृदयले साह्रै नाजुक छे सुजाता ।

भेट्ने, कुरा गर्ने पहिला पनि नगरेको हैन उसले सुजातासंग तर आजको भेट आजको उसंगको समय साह्रै खास लागेको छ उसलाई । घरी फोटो खिच्नु, घरी पानीसंग खेल्नु अनि पारी फुलेका गुराँसमा जीवन खोज्नु र तिनैसंग हराउनु यस्तै छ आजको दिन र आज उसले अरु दिन भेटेकी सुजाता भन्दा भिन्न सुजाता देखिरहेको छ जो खुलेर बाचेकी छ, जसमा केटाकेटी जस्तो चन्चलपन छ, आमाको जस्तो माया गर्ने हृदय छ, साथी जस्तो आफ्नोपन छ अनि प्रेमिकाको जस्तो प्रेम यो भन्दा बढि के चाहाना हुन्छर एउटा केटालाई उसकी प्रेमिकाबाट ।

दिनले मध्यान्हको समय पार गरेर कतिबेला सन्ध्याको शुभारम्भ गरिसके छ उसलाई थाहा नै भएन । गुराँसको लाली, गुराँसको सिंदुर अनि गुराँस नै घुम्टोले सजिएकी सुजाता उसले सम्झ्यो आहा! कति राम्री उसकी दुलही सुजाता उ कल्पनामा नै हराउन थाल्यो एकछिन त। जब सुजाता पानीका थोपाहरुले उसलाई हिर्काउथिइ उ झसङ्ग हुन्थ्यो र सुरु हुन्थ्यो सुजातालाई पनि उसैगरी पानीले छ्याप्ने काम एकअर्कासंग यसरी उनिहरु पहिलो पल्ट समय बिताइरहेका थिए दुबैकोलागि यो नयाँ र रोमाञ्चक अनुभव थियो।दुबैको आँखामा एकअर्कासंग हुनुको खुशिको आन्नद देख्न सकिन्थ्यो।

उ यस्तै कुरा सोच्दै थियो आवाज आयो कता हराएको कति बोकाइसके उ झस्क्यो आवाज सुजाताको थियो अघि देखेका दृश्य त सब सपना पो रहेछन् उसले आफैसंग भन्यो एक नजर सुजातालाई हेर्यो साच्चै नै आफुले सोचेजस्तै सुजाता राम्री देखिएकी थिइ । भन्यो कति बेल लागाएकी अनि जिस्कायो यतिबेर लगाएको नतिजा त जस्ताको त्यस्तै छ  पाउडर लाइनौ कि क्या हो।एकछिन त खुब रिसाइ सुजाता अनि फेरि भन्यो अब राम्री देखियौ अनि एकाअर्कालाई जिस्काउदै कुरा गर्दै रिसाउदै,फकाउदै उनिहरु काठमाडौं बाहिर धुलिखेल तिर लागे आफ्नो फस्ट डेट इन्ज्योइ गर्न ........।


No comments:

Post a Comment

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...