Yamunathapablog

Saturday, April 18, 2020

त्यस पछि प्रेमको फुल कहिल्यै फुल्दैन ।



“प्रिय जिन्दगि तिम्रो प्रेममा यसरी हराए की तिमी नै तिमी भएर हराए, केही हैन जस्तो लाग्ने जिन्दगीमा पनि सबथोक पाए जसरि हराए, तिमीसंगको भेट जिन्दगी थियो त्यो तिमसंग छुटे पछि जाने



एक थोपा पानी, एक धर्सो किरण, एक झोका पवन .. बस अनि एक पल प्रेम जुन प्रेमिल बनिदिन्छ तिमी साह्रै सुन्दर लाग्छौ, लाग्छ संसार  सुन्दरताको मोहोमा डुब्दैछ  .... त्यस पछि प्रेमको फुल कहिल्यै फुल्दैन

मुहार मनसम्मको बाधक बनिदिन्छ, प्रेम गर्नेहरु मनको कुरा गरेर मुहारमा रुमलिरहेका हुन्छन् अनि प्रेमलाई पाए भन्नेहरु मनसम्म कहिल्यै पुगेको जस्तै लाग्दैन। यो मेरो प्रेम गर्नेहरुलाई देखेर निकालेको निष्कर्स हो।

अब त हामिसंग हुन्छ भन्ने आशा पनि सकिसकेको छ ... छ त केबल मीठो बिगत जुन आगमिक दिनहरुमा तितो याद बनेर आउनेछ मलाई सताउन तर तिमी बिश्वास गर म कत्ति पनि आत्तिने छैन, कम्जोर पर्ने छैनबरु म डटेर उभिनेछु यी यादहरुका सामुन्ने।किनकि मलाई थाहा छ यौवनमा मात्र हो पिरतिको धुन सुरिलो सुनिने, जिन्दगीको बसन्त एकपटक शिशिरमा बदलिए पछि जिन्दगीमा जति नै बहार आएपनी त्यो पुन वसन्त बन्न सक्दैन

यी दिनहरुमा तिमी साह्रै नबुझिने मान्छे हौ मेरो लागि, न तिमी मलाई टाढा जान दिन्छौ, न नजिक आउन नै त्यसैले पनि मैले टाढा जाने फैसलालाई अमल गरेकी हु। आशाले मान्छेलाई जती जिउने आधर दिन्छ। अपेक्षाले त्यति नै मान्छेलाई दुख दिन्छ यो तिमी र म दुबैलाई राम्रोसंग थाहा छ।त्यसैले अपेक्षालाई एकातिर पन्छ्याएर अगाडि बढ्नु नै उचित हुन्छ यस्तो मेरो मनले मेरो मस्तिष्कले निर्णय गर्यो जसलाई म पछ्याउँदै छु ।
तिमी जान्दैनौ मेरो यो फैसलालाई मेरो यो कदमलाई ...र म चाहन्छु यि दिनहरुमा तिमी अन्जान नै बन किनकि मलाई थाहा छ मेरो आकर्षणको जादु तिमबाट सकिएको छैन

आकर्षण जादु  गजबको चिज हो यसले नाफा र नोक्सान दुबै गर्छ त्यसैले यो बिस्तारै बिस्तारै सकिएकै राम्रो र एकदिन सकिनेछ पनि। किनकि मलाई प्रेमलाई मात्र प्रेम सहित बाँच्नु छ बाँकि अरु थोक हैन।मलाई प्रेममा साउनको भेल जसरी हैन समुन्द्र जसरी शान्त भएर बग्नुछ र गर्नुछ अनन्तसम्मको यात्रा चाहे त्यसमा तिमी साथ हौ नहौ मलाई केही फरक पदैन बस मेरो प्रेम बदनाम हुनु भएन मेरो प्रेमको गरिमा कुल्चिनु भएन।

मान्छेहरू जोडि ढुकुरको कुरा गर्छन् .. किनारा हुनुको पनि त मज्जा बेग्लै छ .. अन्तिम समयसम्म साथ निभाइ राख्न के जोडि ढुकुरले सक्छन् होला ? तर किनाराको साथ कहिल्यै छुट्दैन अनि त्यहा प्रेम छैन कसरी भन्न सक्छौ तिमी ?

लाग्न सक्छ तिमिलाई म भ्रमको खेती गरिरहेकी छु ...तर बिश्वास गर तिम्रो बिश्वासलाई म खेर जान दिने छैन। र भन्ने पनि छैन कि तिमी मौसम सरि बदलियौ, बदलिनु मौसमको रहर हैन यो त उसको बाध्यता र जिम्मेवारी हो प्रकृतिको भलाईको निम्ति ..जुन मलाई राम्रोसंग थाहा छ अनि म कसरी यती स्वार्थी बनेर मौसमलाई कारण देखाएर तिमलाई  दोषी करार गर्न सक्छुप्रेममा यो सब हुदैन प्रेममा त बस कदर हुन्छ।र छ मलाई कदर, प्रेमको कदर।

थाहा छ सानो सानो कुरामा तिमसंग बादबिबाद गरिरहु, तिमसंग घन्टौसम्म उल्झी रहु यस्तो नलागेको हैन.. तर फेरि सोच्थे कहि कतै यहि बिच तिम्रो मन दुखाउन पुगेछु भने अनि मलाई चुपचाप तिम्रो जित घोषणा गर्न मन लाग्थ्यो र म गर्थे पनि त्यसै।

न तिमिलाई पाउछु भन्ने आश छ, न गुमाउछु भन्ने डर नै, किनकि गुमाउनलाई तिमी म संग छैनौ र पाउनलाई तिमी मभन्दा टाढा छौ यस्तो कहिल्यै लागेन मलाई ....

तिम्रो उपस्तिथिले महत्त्व नराख्ने हैन जिन्दगीमा  धेरै धेरै महत्त्व राख्छ  .. तर कहिलेकाही उपस्तिथि मात्र पनि सबथोक नबन्ने रहेछ .. साथमा माया, प्रेम, स्नेह र आफ्नोपनको चाहाना राख्ने रहेछ जिन्दगीले

त्यसैले छुट्नेबेला म चाहन्छु तिम्रा शब्दहरुमा कोरिन,अझ भनौ तिम्रा शब्दले सजिन ताकि जान्न सकु ... तिम्रो नजर कि "म" तिम्रो शब्द कि "म"।

त्यसपछि तिम्रा शब्दमा कोरिन त म सकिन तर यी हरफहरु कोर्दै गर्दा कयौं पटक मैले तिमलाई सम्झे अझै भनौ तिमिसंगको अन्ति पललाई सम्झे थाहा छैन मलाई प्रेमका अभिव्यक्ति कस्ता हुन्छन् अनि थाहा छैन मलाई प्रेमका प्रेमिल पल कस्ता हुन्छन् जुन समयमा तिमलाई नितान्त तिमी सम्झेर प्रेम गरे तिमी मनमा मात्र थियौजब भौतिक दुनियामा तिम्रो अस्तित्वको खोजे गर्न थाले तिमी टाढा चम्किने तारा जस्तै बनेयौ। मैले तिम्रो अस्तित्व पाउनु अनि तिमी मैले  खोजेको अस्तित्व भन्दा परको मान्छे हुनु सायद एउटै समय परेछ क्यार। जब आफू पुर्णरुपमा प्रेममा परे लाग्यो तिमी पनि मसंगको प्रेममा छौ तर त्यो गलत आकलन थियो मेरो।  मैले तिमिलाई सम्झिने "तिमी" र तिमीले मलाई सम्झिने "म" कति फरक थियो हाम्रो सोच।

यी दिनहरूमा तिमसंग गरेको प्रेमले मलाई प्रेमलाई हेर्ने दृष्टिकोणलाई नै बदली दिएको छ मलाई बारम्बार सोच्न बाध्य बनाउछ आखामा नजर आउने त्यो चमक के प्रेम थिएनतिम्रो शब्दमा नजर आउने आफ्नोपन त्यो प्रबाह के प्रेम हैन। कि प्रेम त्यहाभन्दा छुट्टै हुन्छ

जे होस् यी दिनहरुमा सोच्न र सम्झिन भन्दा बढी म केही गर्न सक्दिन किनकि आज मेरो हातमा बर्तमान मात्र छ बिगत छैन । र..... आउने भविष्यसंग म विलकुल अन्जान छु।

त्यो दिलमा तस्बिर छ मेरो


असिमित प्रेमका भाकासहित यि नजरमा प्रतीक्षा छ तिम्रो
तिम्रा झुकिरहेका नजरमा जवाफ छ त्यो दिलमा तस्बिर छ मेरो,

जमानाको कुन रितमा अल्झियौ तिमि जान्दिन म
बेपर्वाह भन्छु साँच्चै तिमि बिना बेपर्वाह छु म,

तिमिसंग छ बेचैनी त तिमिसंगै छ चैन मेरो
तिम्रा झुकिरहेका नजरमा जवाफ छ त्यो दिलमा तस्बिर छ मेरो,

तिमिले मेरो मनको प्रेम बुझेयौ कहिल्यै 
त्यसैले त हाम्रो प्रेम मात्र मेरो प्रेम भयो सधैं,

मेरो यादमा मेरो छुटेको गाँउ




हेर्दाहेर्दै नयाँ वर्ष आयोगएको वर्षको अन्तिम महिनादेखि घरको कोठामा बन्द भएका हामी कोठामा नै छौ तर नयाँ वर्ष त नयाँ वर्ष नै हो अझ यो वर्षको नयाँ वर्ष अलि फरक छ। मान्छेहरुसँग धेरै अपेक्षा छन्आशा छन्। खै थाहा छैन पूरा हुन्छन् कि हुदैनन् ।

नयाँ वर्षमा आमाले फोन गर्नु भयो। आमासँगै बाबाभाइबहिनिसँग पनि कुरा भयो । गाउँको माया आफ्नाको माया मनभरी उर्लेर आयो।आखाँ रसाए। सम्झनामा एकाएक गाउँ लटरम्म गरि छायो- रुखमा आँप फलेको” जस्तै गरि ।

मन गयो यो सानो कोठाबाट गाउँ घुम्न वनभरी काफल टिप्दैकोइलीका भाकामा भाका मिलाउदै हिड्यो मन। खोलाको किनार बसेर खोलाबाट एक अञ्जुली पानी निकालेर पानीको तिर्खा मेट्यो अनि फेरिखेतबारितिर लगायो एक नजर।

मनले डुलेको गाउँ उस्तै थियो पहिला जस्तैमान्छेहरू कहाँ सहरको जस्तो लकडाउनमा थिए र ! उनीहरुको आफ्नै लय थियो कामकोचौतारीमा उसैगरी भारि बिसाइ रहेका थिए बटुवाहरु, पसिना उस्तै थियो। चौतारिमा गाइने भाका उस्तै थिए। सब सब उस्तै थियो त्यहाँ न सरकारको लकडाउन थियो न प्रहरिको लाठि केहि थिएन। लकडाउन त सहरमा रहेछ अनि लकडाउनमा त म पो रैछु। चौतारिका बटुवाका बात उस्तै थिए, दु:खमा पनि मिठास भरिएका, आशा र हौसलाका उहिँ एक छाक टार्न पाए सबैथोक पुरा भए जस्तो उनीहरुलाई …. जति कमाए पनि नपुग्ने त सहरमा रहेछ।

सक्छौ र फेरि


भो फेरि न आउनु तिमी फूूष्प गुच्छाहरु बोकेर
पत्र पत्र बनाएर मेरो बाटो सजाउने अभिलाषा बोकेर,

हिजो सपना र उमंगमा हराउने नयनमा आज बिरान झाङिएको छ
हिजो फूल, पात र पंछिको पछि भाग्ने मन आज पत्थर भएको छ,

कसैको दुखमा आँसु रोक्न नसक्ने यी नयन
कसैको पीडा आफ्नो खुशी बलिदान गर्ने यो मन,

Saturday, April 11, 2020

सानो कोठाको संसार

सुनेको थिए “राम्रो समय आउँछ आउँदैन थाहा छैन तर यो समय अवश्य बितेर जानेछ”।आजको यो समयमा यो कुरा समय सान्दर्भिक भएको छ। समय सधै उस्तै रहँदैन, आजको यो समय बितेर त  अवश्य जानेछ । तर भोलिको समय कस्तो हुनेछ यो हामी कसैलाई थाहा छैन। मानिसहरु आफ्नै घरमा आफैलाई बन्द गरेर बसेका छन् जबकि सबैलाई थाहा छ संसारमा अजम्बरी कोही छैन।
सोच्छु यो प्रकृतिको कस्तो निर्माणको प्रारब्ध हो।कतै ससांरलाई फेरि नयाँ संसार बनाउने गाथाको आरम्भ त हैन।हामी भनिरहेका हुन्छौं “समय बिताउन गाह्रो भयो।समय बल्लतल्ल बितायौ”।हामी कसलाई विश्वासघात गरिरहेका छौ समयलाई वा आफैलाई।वास्तवमा हामीभित्र कसले कसलाई बिताइरहेको छ? के यो हामीले कहिल्यै सोचेका छौ ?

Thursday, April 9, 2020

फेरि प्रकृति अर्को जीत



गीतामा भनिएको छ "जे भयो राम्रैका लागि भयोजे हुन्छ राम्रैका लागि हुन्छ र जे हुनेछ त्यो पनि राम्रैका लागि हुनेछ"।अहिकेको समयमा यो कुरा समय सान्दर्भिक भएको छ।एकाएक विश्व टक्क रोकिएको छ।जो जहाँ छ त्यही हुन बाध्य छ।एकातिर प्रकृतिलाई चुनौती दिने मानिस छ अनि अर्कोतिर आखाँको नजरमा सम्म नआउने भाइरस  जसले संसारलाई जहाँको त्यही सिमित गरिदिएको छ। सम्पुर्ण मानव समुदाय घरभित्र त्यो पनी एक्लै बसेर बाँच्नको निम्त सङ्गर्ष गरिहेको छ। पैसाको पछि भागेर नसक्के मानीस, आज उसलाई न पैसासंग मत्लब छ न राम्रो लाउनसंग मत्लब छन मीठो खाना संग नै बस यो समयमा उसलाई बाँच्नु छ । हिजो मन्दिरमा दान गरेर नथाक्नेहरु आज अस्पताल नभएकोमा गुनासो गर्दैछन्।हिजो भगवान पुजेर नथाक्नेहरु आज मठ मन्दिरचर्चगुम्बामस्तिक बन्द गरेर डाक्टर र नर्सको अगाडि शिर झुकाउन विवस छ्न्।

Tuesday, April 7, 2020

मानव

तिमी त साह्रै मजबुत मान्छे
तिम्रो खाँचो छ यति वेला
ती कमजोर आँखामा साहस भर
ती दुखी मनमा विश्वास भर
ती मर्दै गरेका सपनामा उत्साह भर,

बताऊ उनीहरुलाई
सूर्यको किरण उस्तै छ
फूलहरु उसै गरी मुस्कुराइ रहेका छन्
चराहरु उसै गरी उत्साह बोकेर गाइरहेका छन्,

समय सधैँ उस्तै कहाँ रहन्छ र!
यो समय जसरी आएको छ
उसै गरी बितिजाने छ,

नपत्याए आफैलाई महसुस गरेर हेर
तिमीले देख्ने सपनाको रङ्ग उस्तै छ आज रङ्गीन,
हिजो जस्तै
फूलहरुको सुगन्ध उस्तै छ आज मिठो,
हिजो जस्तै 
चराहरुको गीत उस्तै छ आज मधुर,
हिजो जस्तै

तर नबिर्स!
तिमी मानव हौ अनि 
सङ्घर्ष तिम्रो नियति

यहाँ हार पनि तिमीसँगै छ 
अनि जित पनि तिमीसँगै छ,
समयको यो चुनौतीलाई स्विकार्दै
यो भयावह र विकराल परिस्थितिसँग
धैर्य र विश्वासले लडेर
तिमीले इतिहासलाई नयाँ साक्षी दिन्छौ या दिँदैनौ
त्यो तिम्रो हातमा छ-मानव।।


उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...