Yamunathapablog

Tuesday, August 28, 2018

जवाफ..शुन्य


जवाफ..शुन्य
बिहान पाँच बजे उठ्यो हतार हतार तयार भयो अनि कलेज तिर लाग्यो। कलेज दस बजे छुट्टि हुन्छ अनि हतार हतार खाजा खायो अनि अफिसतिर दौड्यो बिहानिको खाना राम्रोसंग नखाएको त कति भयो उसैले बिर्सी सकि।अफिस पुग्यो किन ढिला? हाकिमको रेडिमेट प्रश्न अनि उसको पनि रेडिमेट जवाफ सर कलेजबाट खाजा खाएर निस्किदा निस्किदै ढिला भयोल ल! भोलि देखि छिटो आउनु हस् अनि दिनभर अफिसको काम प्राइभेट अफिस न पर्यो त्यसै त श्रम शोषण गर्न बसेकाहरु गोरु जोतिए झै जोतिर काम गरे पनि जस दिदैनन् घरी यो भएन, घरी त्यो भएन भनेको छ।यस्तो सुन्दासुन्दै सकिन्छ दिन।भन्नत आठ घण्टा भन्छन् तर दस घण्टा त प्राइभेट अफिसमा यत्ती कै बित्छ अनि तलब कुरै नगरौ भन्न पनि बेइज्जत हुन्छ। दिनभरको काम रुम आइपुग्दा आठ बजिसकेको हुन्छ।खाना पकाउने जागर हुन्न अझ घरी नुन सकिएको हुन्छ, घरी बेसार दिक्क लाग्छ।

अनि उ सोच्छे उ र उ जस्ता लाखौ युवाहरु जो उच्च शिक्षा हासिल गएर देशको लागि, परिवारकोलागी केही गर्ने सपना बोकेर शहर भित्रीयका छन्।शहरको बसाइ दिनप्रतिदिनको महंगाइ घरबाट बाबुआमाले पठाएको पैसा कतिदिनलाई होस्।अनि कति दिनसम्म बुढा बाआमाको हाड घोटेको कमाइमा बाच्ने यहि सोचेर उ रोजगारको खोजिमा दौडिएकि थिइ। भन्नलाई त हातमा मास्टर डिग्रिको सटिफिकेट थियो तर यो त शहर पो पर्यो यहाँ कहाँ योग्यता अनुशारको जागिर पाईन्छ र! अनि उ सानो प्राइभेट जागिर गर्न पुगेकि हुन्छे।जसको महिनाको आम्दानी दस हजार हुन्छ अनि खर्च त्यसको दोब्बर।घरभाडा यसमा पानी, बत्ती, नेट भन्यो आधा भन्दा बढि तरब त यसै सकिन्छ।अनि अर्कोतिर काठमाडौका घरबेटि जसलाई महिनाको अन्त्यमा होस् वा अगाडि अनि पाचँ हजार होस् वा पच्चिस हजार घरभाडा बुझाउ उनिहरुले गर्ने व्यवाहारमा कुनै फरक आउदैन।कोठामा बस्ने मान्छेलाई मान्छे नै भन्दैनन् उनिहरु अनि पाइला पिच्छे तरकारी र खाद्यान्नको मूल्य छोइ सक्नु हुदैन।एकदिन अगाडि किनेको चिनिको मुल्यमा भोलिपल्ट फरक आइसकेको हुन्छ।क्याम्पसको फिस, कपि कलमको त कुनै हिसाबकिताब नै छैन।अनि अर्कोतिर मान्छेले देख्ने दुनियाँमा आफ्नो सामान्य स्टयान्डर कायम राख्नै पर्यो ।ओहो ! यो पनि एक किसिमको समस्या झै लाग्छ उसलाई । एउटा ड्रेस दोहोराएर लगायो भने साथिहरुको दशथरि टिप्पणि सुन्नु पर्ने यस्तोबेला कलेज नजानु परेनि हुन्थ्यो भन्ने नलागेको हैन उसलाई फेरि बाबुआमाको अनुहार सम्झना आउथ्यो ।संसारमा आफ्नो मान्छे नहुनुको पिडा एकातिर छ अनि आफ्नो मान्छे हुनुको मुस्किल अर्को तिर ...।

उ सम्झिन्छे उ र उ जस्ता लाखौ युवाहरु जसका हातमा मास्टर डिग्रीका सर्टिफिकेट छन्। काम गर्न आवस्यक पर्ने ज्ञान,सिप र क्षमता पनि छ बस छैनन् त ठाउँ र पहुँचमा आफ्ना मान्छे, ठुला ठुला गैरसरकारी संस्थामा आफ्नो मान्छे नहुनेको पिडा, राजनीति र सरकारी कार्यलयमा आफ्ना मान्छे नहुनेको सजाए उ र उ जस्ता लाखौ युवाहरुले कति भोग्नुपरेको छ यसको पिडा उसलाई जति कस्लाई थाहा होला र ! जब जब जोसका साथ केही गर्छु भन्ने चाहाना उसमा पलाउछ अनि सताउन थाल्छ उसलाई ठाँउमा आफ्ना आफन्त नहुनेको पिडाले र सस्तो मुल्यमा आफ्नो श्रम बेच्नु पर्ने बाध्यताले।

रोजगार हुदाँहुदै पनि कहिले चिया र बिस्कुटको भरमा त कहिले चाउचाउ उमालेर रात काट्नु परेका कयैँ क्षणहरु उसका मष्तिकमा ताजै छन् । अनि अर्कोतिर दस रुपैयाँ बचाउन आधी घण्टा हिड्नु परेको क्षण ओहो! साच्चै कहिलेकाही त साह्रै दयनीय लाग्छ उसलाई आफ्नो अवस्था देख्दा।अनि उ सोच्छे उ कस्तो किसिमकि जगिरे हो,या जागिरे हो या हैन एकछिन त उ आफै अलमलमा पर्छे।कलेजमा फिसको कचकच यता बेलैमा भाडा बुझाउन नसक्दा घरबेटीको कचकच अनि कोठामा खाद्दन सकिएको अबस्था अनि हातमा उच्चशिक्षाको सर्टिफिकेट हुनुको पिडाले साह्रै पिरोल्छ उसलाई। सबै चिजको अभाब एकै पटक हुदाँ त हो नि मान्छेले जिन्दगि देखि नै हार मान्ने।त्यति बेला उ र उ जस्ता युवा डिप्रेशनको सिकार नभए अरु को हुन्छ होला ? आखिर अहिले भएको पनि यस्तै छ ..... !

कोहि यहाँ बाच्नलाई कमाई रहेका छन्, अनि कोहि कमाउनलाई बाँचि रहेका छन् । सबथोक पुर्ण झै लाग्ने काठमाडौ सहरमा उ सबथोक अस्तब्यस्त देख्छे।हेर्दा सबै जना खुशि झै देखीन्छन् तर उसले बुझेकि छ त्यो झुटो मुस्कानको मुल्य पनि कति महंगो छ भनेर कहिलेकाहि उसले मुस्कुराउने मुस्कान पनि त्यसैको प्रमाण त हो अनि कसरि नबुझोस उ ।जब उ समचार हेर्छे र सुन्छे बढा झ्वाक चल्छ उसलाई उहि कहिल्यै पुरा नहुने सरकारका झुटा आश्वान अनि दिनमा दुई गुना र रातमा चौउ गुना बिदेश भित्रिने युवाहरुको बाध्यतामक स्थिति बारे मैन बसेको सरकार साह्रै लाचार लाग् उसलाई।
उ सरकारलाई गालि गर्न पनि सक्दिन किनकि उसलाई राम्रो संग थाहा छ उसको गालि सरकारले सुनेजस्तो सम्म पनि गर्दैन।न उसको र उ जस्ता युवाको उद्दार नै हुन्छ।अनि उ सोच्छे यस्तै अवस्था रहिरहयो भने अबको समाज कता तिर जाला।उ त जसोतसो गरेर बाच्ले तर के उ जस्तै गरि अरु बाच्लान् त.... अनि उ सोच्छे एकदिन यसैगरि नै लाखै युवाहरु डिप्रेशनको शिकार हुनेछन् र यहि नै उनिहरुको डिप्रेशन हुनुको कारण बन्नेछ त्यतिबेला यसको जिम्मा कस्ले लिने ... प्रश्न नै प्रश्न गुन्जिन्छ जताततै तर जवाफ..शुन्य ।



No comments:

Post a Comment

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...