लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब
होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा राखेर पढ्न थाल्छु । सोच्छु मैले त केही पढेकै रहेनछु । अझ पढ्नुपर्ने, जान्नु पर्ने, कैयौं कुराहरु बाँकी रहेछन । यस्तै क्रममा वरिष्ठ अधिवत्ता हरिप्रसाद उप्रेतीले जीवन, सङ्घर्ष अनि आफ्ना अनुभवलाई समेटेर लेख्नु भएको पुस्तक “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” पुस्तक पढ्न सुरु गरे । पुस्तक जब पढेर सके । ती किताबका शब्दमा यसरी हराएँ कि ती शब्दहरु मेरा मन मष्तिकमा गहिरो गरी समाउन पुगे । यसै पनि मलाई शब्दहरु खुब मन पर्छन् । त्यो पुस्तक पढिसकेपछि वरिष्ठ अधिवत्ता हरिप्रसाद उप्रेतीलाई “साहित्यकार हरिप्रसाद उप्रेती” भनेर सम्बोधन गर्न मन लाग्यो। पुस्तक सजिलो छ, बुझिने छ। कही कतै अल्झिन मन लाग्दैन, कही कतै पट्यार लाग्दैन र कही कतै पुस्तकलाई छोड्न मन लाग्दैन । लेखेकले आफ्नो जीवनका हरेक अवस्थालाई पूर्ण इमानदारिताका साथ यस पुस्कतमा उतार्नु भएको छ । ताप्लेजुङको विकट गाउँमा जन्मिएर वरिष्ठ अधिवत्ता अनि नेपाल बार एसोसिएसनको उपाध्यक्षसम्मको जीवन भोगाईमा आएका पारिवारिक, सामाजिक र पेसा व्यवसायका उतारचढाबलाई लेखकले बडो सुन्दरताका साथ पुस्तकामा पस्किनु भएको छ । एउटा सामान्य विद्यालयमा पढेर न्याय क्षेत्रको आकाशलाई अझ फराकिलो बनाउदै त्यो आकाशमा आफू पनि चम्किनु र त्यो आकाशलाई पनि चम्किलो बनाउनु कुनै सामान्य कुरा हैन ।

“पञ्चामृत खाएपछि जन्मेको म” भन्ने प्रसङ्गबाट पुस्तकको सुरुवात भएको छ । ताप्लेजुङको सामान्य गाउँबाट अक्षर चिन्न आरम्भ गर्नु भएका लेखकले पछि बसाइ सरेर झापाको सुरुङ्गामा पुगेपछि झापाको सुरुङ्गा, तोपगाछी हुदै राजविराज र पछि काठमाडौंमा आफ्नो अध्ययनको सिलसिला पूरा गर्नु भएको छ। लेखकले झापाको सुरुङ्गामा बिताएको बालापनदेखि व्यस्कसम्मको समयलाई र सुरुङ्गासँगको असीमित प्रेमलाई अत्यन्त सुन्दर र मार्मिक ढङ्गले पुस्तकमा पस्किनु भएको छ ।
जब जब “मेरो सुरुङ्गा” भन्ने परिच्छेदलाई पढ्न थालिन्छ, मन यसै यसै सुरुङ्गामा पुग्छ र लेखकसँगै सुरुङ्गाको सुन्दरतासँग रमाउन पुगिन्छ। अझ भनौँ लेखकले पाठकलाई आफूसंगै सुरुङ्गा घुमाउन सफल हुनु भएको छ। लेखकको पितृ प्रेम पनि अगाध छ । पितासँग अन्तिम पटक छुट्नु पर्दाको त्यो पिडा, त्यो छटपटी, त्यो कहील्यै पूरा नहुने दु:ख जसलाई पढ्दा मात्र पनि दुखको बोध हुन्छ। मन भारी हुन्छ र आँखाहरु रुझ्न थाल्छन् । यसरी पनि थाहा हुन्छ कि लेखकसँग कती कमलो हृदय रहेछ भनेर ।
यस पुस्तकमार्फत हामीलाई लेखकको सहयोगी भावना पनि ज्ञात हुन्छ । “मरेपछि खाली हात जानु पर्छ, त्यसैले छोडेर जानुभन्दा दिएर गएको राम्रो” भन्ने कुरालाई लेखकले आफ्नो पितापुर्खाको नाममा आफू पढेको विध्यालयमा अक्षय कोष खडा गरी विद्यार्थिहरुलाई दिने गरेको छात्रवृत्तिबाट प्रस्ट हुन्छ। र यसरी लेखक प्रेम, स्नेह, सद्भाव र आफ्नोपन बाढ्न पनी पछी पर्नु भएको छैन।
लेखक न्याय क्षेत्रमा कसरी आफू स्थापित हुन पुग्नु भयो र “कर्मचारीको मुद्दाका वकिल” भनेर चिनिन कसरी सफल हुनु भयो भन्ने कुरा पनि निकै रुचिकर छ । जीवनको सङ्घर्षबाट नथाक्ने, नआत्तिन्ने र आफूमा पूर्ण विश्वासका साथ आफ्नो काममा लागिपर्ने अरुको नराम्रो नचिताउने र अरुको नराम्रो नगर्ने स्वभावका कारण लेखक आज कानुनको नक्षत्रमा परिचित हुनुहुन्छ ।
बहुदलपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारले कर्मचारीमाथि गरेको दमन र अत्याचारका विरुध्दमा लड्दा लड्दै पनि सरकार पक्षले आफ्नो कुरा नसुनेको र बारम्बार अत्याचार गरेपछि कर्मचारी आन्दोलनलाई नेतृत्व गरिरहनु भएका लेखकले तत्कालीन सरकार विरुध्द सरकार बाहिर बसेर लड्नका लागी आफ्नो आठ बर्से जागिरे जीवनलाई राजीनमा दिई न्याय क्षेत्रमा कदम राख्नु भएको रहेछ । अत: लेखक यो क्षेत्रमा आफ्नो कदम जमाउन सफल मात्र हुनु भएन। आफूजस्ता अन्यायमा परेका कर्मचारीलाई न्याय दिलाउन पनि सफल हुनु भयो । कर्मचारी जीवनलाई राजिनामा दिई न्यायक्षेत्रमा सक्रिय हुनुभएका लेखकले आफूले वकालत पेसामा प्रवेश गरेदेखि आजका समयसम्म काम गर्दाका बाधा अड्चन, आरोह अवरोह अनि आफूलाई मिलेको सहयोगका बारेमा सिलसिलबद्ध रुपमा लेख्नु भएको छ।
अर्को कुरा लेखकले आफूले वकालत गर्दा सर्वोच्च अदालतका “न्यायाधीसहरुसँगको संयोग’ र “प्रधानन्यायाधीशहरुको प्रसङ्ग”बारे लेखेका कुराहरु पनि यस पुस्तकका महत्त्वपूर्ण पक्षहरु हुन । जुन न्याय क्षेत्रमा लागेका म जस्ता सिकारुहरुका लागी अत्यन्त उपयोगी छन् । लेखकले कहीलेकाहीँ कस्ता कस्ता मुद्दाको पनि प्रतीनिधित्व गर्नुपर्ने हुन्छ र त्यसको असर कस्तो हुन्छ भन्ने कुरालाई पनि यस पुस्तकमा पस्किनु भएको छ । वकालत गर्ने क्रममा पक्षले न्यायलाई विश्वास नगरी मुद्दा छोड्न आग्रह गरेको र पक्षलाई थाहा नदिई आफ्नो खर्चमा मुद्दा लडेको उक्त मुद्दा जितेपछि पक्षलाई खबर गरेको कुरा र यस्तै अरु मुद्दा बारेमा पनि लेखकले यस पुस्तकमार्फत उजागर गर्नु भएको छ ।
लेखकले राष्ट्रपती रामवरण यादब हुँदा आफूलाई गरेको व्यवहार र विद्या भण्डारी राष्ट्रपती हुँदा गरेको व्यवहारबारे भिन्नता पाएको विषय बारेमा लेख्नु भएको छ । यो लेखकको व्यक्तिगत कुरा हो जस्तो लाग्छ किनकि एमालेप्रती गहिरो आस्था राख्ने र विद्या भण्डारीलाई २०५१ सालको चुनावमा राम्रो सहयोग गरेका कारणले लेखकले विद्या भण्डारीबाट राम्रो सम्बन्धको अपेक्षा राख्नु स्वभाविक कुरा हो जस्तो लाग्छ । लेखकले देशको तत्कालीन अवस्था अनि राजनीती पाटीहरुले जनताप्रती गरेको घात र राजनीतीमा पुगेका राम्रा व्यक्तिहरुले पनि जनताप्रती उत्तरदायी हुन नसकेको कुरामा जसरी कडा रुपमा प्रस्तुत हुनु भएकोछ त्यो सराहनीय छ ।
पुस्तकको अन्त्यमा लेखकले “किनभने ऊ सर्वोच्चको न्यायाधीश हो” भनेर जुन कथा लेखकले लेख्नु भएको छ उक्त कथा अहिलेको अवस्थाको सवैभन्दा वास्तविक कथा हो । उक्त कथाले न्याय र कानुनको क्षेत्रमा आस्था राख्ने सबैलाई छुन्छ र उनीहरुकै मनको कथा लेखेको आभास गराउँछ ।
लेखकले सामान्य कुरालाई पनि यस पुस्तकमा सुन्दर र विशिष्ट तरिकाले पस्कनु भएको छ । जब सामान्य कुराहरुले महत्त्व पाउछन् ती सामान्य रहँदैनन् । जब आम मान्छेका कुरा लेखिन्छन ती आम रहँदैनन् ती खास बन्छन् । लेखकले ती हरेक आम कुरालाई आफ्नो लेखनीमार्फत खास बनाउनु भएको छ। यही एउटा स्रष्टाको सुन्दर पक्ष हो । यसरी लेखकले आफ्नो लेखनीप्रती न्याय गरेको आभास हुन्छ र यो कुरामा लेखक कैयौं हदैसम्म सफल हुनुभएको छ ।
आजको समयमा हरकोही आफ्ना कमी कमजोरीहरुलाई लुकाउन, छोप्न, ढाक्न मात्र खोजिरहन्छन् र आफूलाई ठुलो देखाउन खोज्छन् तर लेखकले पुस्तकलाई बिट मार्दै गर्दा आफ्ना कमजोरीहरुलाई सम्पूर्ण रुपमा स्वीकार गर्दै आफूभित्रको “म” लाई उजागर गर्दै उक्त पुस्तकलाई बिट मार्नु भएको छ जुन पुस्तकको अर्को सुन्दर पक्ष हो ।
अन्त्यमा यो पुस्तक हरकोहीलाई पढ्न सुझाव छ । एउटा सामान्य मान्छेले कानुन र न्यायको आकाशलाई कती फराकिलो बनाएको छ र बनाउन सक्छ भन्ने कुरा पुस्तकबाट प्रष्ट हुन्छ । एउटा व्यक्तिले बसौँ खर्च गरेर हासिल गरेको अनुभवलाई एउटा पुस्तकमार्फत जान्न पाउनु हाम्रो सौभाग्यको कुरा हो । जसका निम्ति लेखक बधाईका पात्र हुनुहुन्छ । यसरी आफ्नो जीवनको अनुभवलाई साझा गरेर लेखकले हामीप्रती जुन गुण लगाउनु भएको छ त्यसको निम्ति लेखक प्रती धेरै धैरै आभार व्यक्त गर्नु समुचित हुने छ ।
No comments:
Post a Comment