Yamunathapablog

Saturday, October 20, 2018

शुभकामना बालदिबसको


ए ! मेरा साना साना नानिहरु
बगैंचाका रंगिचङ्गी कोपिलाहरु 
फुल्नु छ तिमि जगमगाएर
र छर्नुछ देशमा मीठो सुबास,

तिमी आशा हौ तिमी भरोसा हौ
हाम्रो बिश्वास पनि तिमि हौ
तिमी नै दिनलाई उज्यालो बनाउने
बिहानिको सुनौलो किरण हौ,

तिमिले जितेको हेर्न लालायित
छन् हाम्रा नजरहरु किनकि तिम्रो
जित भन्नू हाम्रो जित हो, राष्ट्रको
जित हो अनि मानब संसारको जित हो,

तिमि त्यो थोपा हौ जो सागर बन्छ
तिमि त्यो आभा हौ जो ज्वाला बन्छ 
तिमी त्यो दियो हौ जसले अध्यारोलाई 
चिरेर नयाँ बिहानि ल्याउछ !!
तिमिहरु सबैलाई बालदिबसको शुभकामना !!

तिमिसंग


तिमिसंग
कति ढुक्क छु म
तिमिसंगको भबिस्यसंग 
अझ भनै अनिश्चित भबिस्यसंग,


जहाँ कुनै आशा छैनन् 
अपेक्षा छैनन् 
न त कुनै प्रतीक्षा नै छ,


मात्र आनन्द छ
तिमिसंग केहिपल हुनुको,
मज्जा छ
तिमिसंग केहिपल जिउनुको,


प्रत्येक पलमा आनन्द छ 
प्रत्येक पलमा सुकुन छ,



न छट्पटी,न त्रास न शंका
अह केही छैन
छ त केवल जताततै प्रेम नै प्रेम,


यस्तो प्रेम सायदैले पाउछन् 
अनि सायदैले रोज्छ्न्
तर म खुशी छु उन्माद खुशी किनकि 
म मेरो प्रेममा स्वतन्त्र छु,


तिमिसंगका पलमा आनन्दीत छु
प्रेमिल छु र ठूलो कुरा मात्र म प्रेमिका छु !!




Saturday, October 13, 2018

दशै

दशै
आमाको प्रतीक्षाको पुर्णता हो दशै
गाँउको रमझम हो दशै
आफ्नालाई आफ्नैले स्वागत
गर्ने अबसर हो दशै,

उत्साह हो दशै
उमंग हो दशै
खुशिको रंग हो दशै,

खुशिका आँसु आखाभरी छल्काए र
ओठभरी मुस्कान लिएर
अनि सारा दुखहरु अकातिर
पन्छाएर आफ्नालाई अंगालोमा
बेर्ने मीठो पल हो दसै,

न धनि,न गरिब, न ठूलो न सानो
अह कसैलाई भेदभाव नगरी
सबैका लागि बराबरी खुशी र आशिष
बोकेर आउने पर्व हो दशै,

त्यसैले त सबैको प्यारो छ दसै
सबैको आखाको नानिमा बसेको छ दशै
सबैको खुशीको कारण बनेको छ दशै
साच्चै साह्रै महान छ दशै
सम्पुर्ण नेपाल र नेपालीको प्यारो दशै ।

दुखी काठमाडौ


दुखी काठमाडौ 

सधै सबै म मा समाउछ्न्
रमाउछन्,
नतमस्तक हुन्छन्
भनेर गर्व गर्ने काठमाडौ
साच्चै कति एक्लो हुन्छ
दशै आउदा,

जसरि झोलामा खुशी बोकेर
उमंग र उत्साह बोकेर बाहिरिन्छन
मान्छेहरु काठमाडौबाट
अह त्यो उत्साह त्यो उमंग
काठमाडौले कहिल्यै पाएन
आफ्नोलागि,

सबथोक भएर पनि कति अभागी छ
काठमाडौ,कति बेखुसी अनि कती लाचार छ काठमाडौ,
सधै काठमाडौसंग सुख दुख
साट्नेहरु आफ्नो सबैभन्दा ठूलो खुशी कहिल्यै काठमाडौसंग साट्दैनन्,

उसलाई आफ्नो ठान्दैनन्,
यस्तोबेला साच्चै काठमाडौ साह्रै माया लागेर आउँछ तिम्रो !!

Tuesday, October 9, 2018

स्वरा



शनिबारको दिन हप्ताको एकदिन छुट्टीको दिन साच्चै भन्नुपर्दा त्यस दिन सबैका धेरै काम हुन्छन् परिवार भएका हरुलाई परिवारका मान्छेलाई समय दिने समय बिताउने,छोराछोरीसंग खेल्ने घुम्ने भर्खरका युवायुवतीलाई लाई डेटिङ जाने देखि लिएर घर सफा गर्ने,फोहोर मैला कपडा धुने यस्तै यस्तै ...
तर म रुम लिएर एउटा कोठामा सिमित भएकी केटिका लागि यी कुराहरु कुनै महत्व थिएनन् मेरालागि शनिबार र अरु बार केही फरक हुदैन सबै उस्तै उस्तै त्यहि शनिबार कलेज जानु पर्दैन भन्ने मात्र हो।

आजभोलि काठमाडौमा प्रत्येक शनिबार जसो एउटा न एउटा पुस्तकको बिमोचन भइरहेको हुन्छन् त्यसैले सोचे दिनभरी रुममा फेसबुक र अनलाइनमा झुन्डिनु भन्दा बरु त्यतै जान्छु।त्यसैले बिहानिको खाना खाएर म प्रज्ञा भबनको डबली तिर लागे .. शनिबार भएर होला मान्छेहरुको उपस्तिथि राम्रै थियो।नाम चलेका लेखकको पुस्तक बिमोचन हुँदै थियो भन्ने कुरा यहाँ आएका नाम चलेका लेखक र पत्रकारको उपस्तिथिले प्रष्ट पार्थ्यो ।
त्यही रमझममा घुम्दा घुम्दै आज सात बजे स्वराको युसएको फलाइट छ भन्ने कुरा भुसुक्कै बिर्सेछु।स्वराको ममिले फोन गरेपछि पो झसङ्ग भए।अनि फोन राख्दै भने अन्टि म आउदै छु।अनि बसपार्क आएर एर्पोटको गाडी चडे।  

सम्झे दुई बर्ष अगाडिको स्वरासंग भएको भेटे सायद मेरो क्लास जोइन गर्ने त्यो सिजनको अन्तिम बिध्यार्थी थिइ उ। र कलास सुरु भएको केही समयपछि मत्रा कलास आएकी थिइ यसै पनि  हप्ताको एक दिन त  हुन्थ्यो मेरो कलास। सानि फुच्ची केटि गहुगोरो बर्णकि अनि आँखामा चस्मा लाएकी ओहो! हेर्दा बाहुनी हो जस्तो लागेकै थिएन हिस्स परेनि परि जस्तै लाग्ने।

उसले कलास अरुभन्दा पछाडी जोइन गरेपनि कलासकी रेगुलर बिध्यार्थी उ कडा मिहिनेत,लगनशीलता र निरन्तरता उसको पढाइमा देखिन्थ्यो।हासिरहने मानौ पिडा के हो दुख के हो के थाहा छैन जस्तो, मिठो हासो मिजासिलो बानि साच्चै यस्तो संसार बाट आएकि जस्ति देखिन्थि कि जहाँ मात्र जिबनको सुखको रंग छ,खुशिको रंग छ।

मैले सबै बिध्यार्थीलाई मलाई मिस हैन दिदी भन्न सिकाएको थिए किनकि म उनीहरुको नजिक हुन चाहन्थे साथी बन्न चाहन्थे र उनिहरुलाई सकेजती सिकाउन र बुझाउन खोज्थे।सायद यहि सम्बन्धको प्रभावले होला बिस्तारै बिस्तारै स्वरा मसंग धेरै घुलमिल हुन थालिके थिइ खुल्न थाली।सामान्य घटना हरेक मान्छेका जिबनमा घटिरहेका हुन्छन्।त्यसै मैले कसैमाथि पनि त्यति ध्यान दिन तर एकदिन कलासमा स्वरा न आएपछि उसका साथिहरु बाट मैले उ बिरामी भएको कुरा थाहा पाए ।र स्वराको मिल्ने साथि रितासंग म स्वराको घर गए।सानो गल्लीनै गल्लिको बाटो हुँदै गरेर भित्र पट्टीको सानो घरमा कुचुक्क परेको सानो कोठा।अनि यत्रतत्र छरिएका सामान जहाँ दुई वटा उस्तै उमेरका देखिने सानि नानिहरु, दुई जना अदबैसे उमेरका महिलाहरु अनि बिरामि स्वरा जो बेडमा सुतिरहेकि थिइ।रिताले स्वरालाई म आएको जानकारि दिदै र आफुलाई ढिला भएको भन्दै गइहालिन् । स्वरा बिस्तारै बेडबाट उठेर एकजना महिला तर्फ देखाउदै भनि उहाँ मेरो ममि ।मैले स्वराको ममिलाई नमस्कार गरेर औपचारिकता पुरा गरे ।स्वराको हालचाल बुझे पछि मैले अर्कि आइमाइको बारेमा सोधे उसले भनि मेरो अर्को ममि मत्लब सौतेलि ममि।म एकछिन त निशब्द भए अनि ए भनेर कुरा सके।

त्यहा बस्दै गर्दा स्वराको ममिसंग कुरा गरे साह्रै मजाकि हुनुहुदोरहेछ।एकदुई पटकको भेट पछि मैले के हो कसो हो भनेर उहाँसगं सोध्दा उहाँले यसरि बताउनु भयो आफ्नो कथा.....

सानो छदा एकजना मान्छेसंग काठमाडै आए।उसैको घरमा बसे र काम गर्दै पढ्न थाले। समयसंगै समयले ममा जवानि भर्दै गयो र एक दिन स्वराको बाबासंग भेट भयो।बिस्तारै मन मिल्दै गएपछि हामिले बिहे गरेयै।एउटा छोरा एउटा छोरि सानो परिवार थियो राम्रोसंग घरगृस्थी चरिरहेको थियो।एकदिन समयले यस्तो आधि आयो जसले मेरो सबथोक लुटेर लग्यो। मेरो श्रीमनले मेरै बहिनिलाई मेरि सौताको रुपमा मेरै घरमा भित्रायो म त्यो दृश्य देखेर स्तब्ध भए के भइरहेको छ टुङ्गो लाउन सकिन बस यहि सोच्न थाले कि ममा के कमि थियो र उसले यसरि अर्कि आइमाइ ल्याउनु पर्यो त्यो पनि मेरै बहिनि सायद अरु भए पनि म मन बुझाउथे होला अह सकिन मन बुझाउन र मन बुझाउने ठाउँ पनि कहि थिएन।मैले मर्छु भनेर पमि नसोचेकि हैन तर स्वरा र समिरको अनुहार झलझलि अगाडि आयो अनि मर्न पनि सकिन।त्यसपछि सुरु मेरो भए अझ संघर्षको दिन।

काठमाडौको ठाउँ लोग्नेले छोडेकी आइमाई अनि समाजले हेर्ने नजर घरकाले गर्ने ब्यवहार साच्चै त्यसपछि जिन्दगी साह्रै कठोर बनिदियो मेरो लागि।मैले त न्याय माग्ने ठाउँ पनि कतै थिएन अदालत त जाउ भने यसैमा केहि कमि थियो त्यसैले त आफ्नै बहिनि ल्यायो अरु ल्याएको भए झन कस्तो गर्थि होला मिले बसे भएगयो भन्नेको जमात धेरै एउटै घरभित्र बस्न गाह्रो ।तर पनि आफ्नै घर छोड्न मन लागेन बसे।र बाच्न थाले छोराछोरिकालागि र यिनैका लागि फेरि संघर्ष गर्न थाले अरुको घरमा काम गरेर यिनिहरुको पालनपालन गर्न थाले अब मेरा सबैथोक भनेका मेरा छोराछोरि हुन।

जब अन्टिको कुरा सुने अन्टिको कुराले मेरो मन मस्तिष्क हल्लाएको ओहो! आत्तिए म एकछिन त यस्तो कुरा त मेरो कल्पना भन्दा पनि बाहिरको कुरा थियो र हो।र यति धेरै मानसिक तनाब सहनु पर्दा पनि सानि मान्छेले जिन्दगिको यस्तो कुरुपतासंग सामना गर्नुपर्दा पनि मैले कहिल्यै स्वरालाई पिडाको गहिराई बाट भर्खर निस्किएकि जस्ति देखीन, साथिसंग खेल्ने चाहना,दिल खोलेर हास्ने रहर कतै बिर्सेकी छ जस्तो पाईन जहिले देखे ओठमा मुस्कान र आफुमा आत्मबिस्वासका साथ अघि बढेकि पाए सायद यहि कुराले नै उसले जिन्दगिमा सफलता हासिल गर्नेछे।

अभाव दुख एकातिर छ तर आफ्नैको धोका आफ्नैको फरेब ओहो कसरि सहन्छ मान्छेले ।अभाबकै कुरा गर्यौ भने त मैले पनि भोगेकी छु अभाब काठमाडौको बसाईमा, अझ म त भन्छु यो काठमाडौमा अभाव नभोग्ने को होला संघर्ष नगर्नेको होला।तर आफ्नैको बिस्वास घात सहेर बाच्न त ठुलै हिम्मत चाहिन्छ र अन्टिको त्यो हिम्मत र संघर्षलाई मनै देखि सलाम गर्न मन लाग्यो र गरे।

आज उनै हिम्मतिलि र संघर्षशिल आमाकी छोरी केही दिनलाई भएपनी नेपाल देखि अमेरिका सम्मको यात्रा तय गर्दै थिइ आफ्नो सपना तर्फ पहिलो र ठूलो उडान भर्दैथी जसलाई बिदाई गर्न म आफै एर्पोट जाँदै थिए यस्तै सोच्दासोच्दै कतिबेला एर्पोट आइसके छ कन्डक्टरले एर्पोट झर्नेहरु आउनुहोस् भने पछि पो झस्किए र गाडिबाट ओर्लि एर्पोटतिर लागे र स्वरालाई बिदा गर्दै गर्दा भने स्वरा यो तिम्रो सपनाको उडानको पहिलो सुरुवात हो अन्तिम हैन यस्ता उडान अझ तिमिले धेरै भर्नु छ जसि कालागतिमी तयार हौ र यो यात्रा राम्रोसगं पुरा गर.......।
र म सरासर आफ्नो रुम तिर लागे।

Monday, October 1, 2018

शंका

बगैंचामा फक्राउने सपना देखेर
बोटहरुले जन्माएका थिए 
कयौं कोपिलाहरु
र देखेका थिए सुन्दर सपना 
फूल भएर फुल्ने र देउताको मन्दिरमा चढ्ने !

तर कहाँ जान्दथे बोटहरु
समय कति अप्रीय हुदैंँछ भनेर
वसन्त कति थला पर्दैछ भनेर !

महसुस गर्दै छु !
रङ्गिचङ्गि बगैचामा पापी नजर लगाउदैछन्
दुष्ट प्यासी भमराहरु
कोपिलाका दुश्मनहरु जसले उनीहरुलाई फुल्नै दिएनन्!

निर्दोष बोटहरु
चिच्याइरहे कोपिलाको जीवन रक्षाको लागि !

आफ्ना कोपिलाको निर्मम हालात देखेर
बोटहरुले प्रण लिए झै लाग्छ
अब उनिहरु कहिल्यै कोपिला जन्माउने छैनन् 
कोपिलालाई फूल बनाएर फुलाउने छैनन् !

त्यसैले त आजभोलि म हरेक बोटहरु नाङ्गो देखिरहेकि छु, 
हरेक कोपिलामा उत्साह मरे झै भेटिरहेकी छु !

के समयको यस्तो कुरुपतालाई आत्मसात गरेर 
फेरि बोटहरुले कोपिला जन्माउलान्त शंका लाग्छ मलाई ?

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...