Yamunathapablog

Friday, August 24, 2018

तिमिले न्याय पाउनेछौ निर्मला


तिमिले न्याय पाउनेछौ निर्मला!

कति छट्पटायौ होला तिमी
कति चिच्यायौ होला तिमी
त्यो पापिले तिमिलाई
छुदा,तिमिलाई चिथोर्दा,

तिम्रो भयावह अवस्था देखेर
कति रोयो होला,आफुलाई कति 
धिक्कार्यो होला,
कुपुतहरुलाई जन्म दिएकोमा,
त्यतिबेला त्यो धर्तीले,त्यो सृष्टिले,

तिम्रो अवस्था र तिम्रो पीडा
सम्झदा मात्र पनि आत्मा
शिरिंग हुन्छ भने
तिमी त स्यंवम पीडा सहने मान्छे
कस्तो भयो होला तिमिलाई,

म महसुस गर्न सक्छु
तिम्रो पीडा,
म सुन्न सक्छु तिम्रो चित्कार ,
र म जान्दछु
तिम्रो आसुको मोल,
तिम्रो आत्माको पुकार,
र त म लड्न तयार भएकी छु
तिमिमाथिको अन्याय विरुद्ध ,
किनकि म पनि एउटा छोरि हु,
कास म तिम्रो पिडालाई
थोरै पनि म कम गर्न सक्थे,

तर अब तिमी चिन्ता नगर
आज लाखौ छोरिहरु सडकम छन्
तिमिलाई न्याय दिलाउन
र मलाई बिश्वास छ तिमिले न्याय पाउनेछौ
प्यारि निर्मला !!

No comments:

Post a Comment

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...