Yamunathapablog

Friday, May 20, 2022

खबरदार !!

छोरी कहिलेसम्म


हिंसाको सिकार हुने

छोरी कहिलेसम्म सुन्दरी

प्रतियोगिताको

नाममा शोषित हुने

छोरीको आवाजलाई

कहिलेसम्म दबाइने

अब अति भो

छोरीको आवाज छोरी नै बन्नुपर्छ

र घाँटी निमोट्नु पर्छ

यस्ता सत्ताधारीको

जसले छोरीको

सादापन र सरलपनलाई

कमजोरी ठानेर

खेलिरहेका छन् 

शोषण गरिरहेका छन्

अब खबरदार !

ए साशकहरु

ए पितृसत्ताका भोकाहरु 

तिम्रो मुखौटा पहिचान 

भइसकेको छ

तिम्रो असली अनुहार 

बाहिर आइसकेको छ

तिम्रो विरुद्धमा आवाजहरु 

एक भइसकेका छन् 

अब यहाँ माफी हैन फैसला हुन्छ

अब सुनाइ हैन सजाए हुन्छ 

खबरदार शोषितहरु

खबरदार सत्तादारीहरु 

खबरदार पितृसत्तादारीहरु 

खबरदार मानबको नाममा

पशुहरु ....

खबरदार !!!

Wednesday, April 20, 2022

तिमी आफ्नै थियौ त ?

हातबाट हात छुटेपछिको 

समय थियो त्यो

साथसँग साथ छुटेपछिको 

समय थियो त्यो,


जहाँ,

पराइ थिए आफ्नाहरु

बन्धकिमा थिए 

-रहरहरु 

आँसुहरुमा बगेका थिए

 -सपनाहरू,


हो, त्यसैबेला

तिमी नजरबाट पराइ बनेयौ 

ओठहरुले 

आफ्नो भन्न सकेनन् 

तिमी जान्दाजान्दै अन्जान बनेयौ

र,

मनले तिमीलाई आफ्नो भन्न सकेन,


के तिमी आफ्नै थियौ त?

जिन्दगीको कसौटिमा 

समयको सवाल

यहि क्षण सबैभन्दा कठिन थियो,


अदालतको कठघरामा

उभिए जस्तो

साक्षी विरुद्धमा

गवाह विरुद्धमा 

त्यतिबेला लागेको थियो

मृत्यु यहाँभन्दा हसिन हुँदोहो,


यि दिनहरुमा 

जब ति क्षणहरु फेर्केर हेर्छु 

सोच्छु

जे थियो हिजो

आज त्यो हिजोसंग कति अन्जान छ

यो जिन्दगी ।।

#जिन्दगी


Wednesday, April 13, 2022

नयाँ वर्ष तिमीलाई आभार

सुनौलो रंग 


ओढेर उदाएको छ विहानी 

शीरमा लालिगुँरास 

सिउरिएर मुस्कुराएको छ वसन्त 

प्रीतिका फूलहरु 

कविले फूलाएका छन् 

आफ्ना कविताहरुमा 

आरु र पैंयौले फेरेका छन् 

पालुवाहरु डाली डालिमा 

वसन्तको रङ्गमा रङ्गिएको छ प्रकृति 

नयाँ वर्षको उल्लासमा नाँचेका मनहरु

साँच्चै साह्रै चहकिला देखिएका छन् 

यि उत्साहका नूरहरु 

प्रीय नयाँ वर्ष 

तिमीसँग ठूलाठूला 

बाचाहरु गर्न मन छैन

तिमीसँग न ठूलाठूला 

अपेक्षाहरु नै छन्

बस,

तिमीलाई सदा आफूमा 

आफ्नो बनाएर राख्न सकु

तिमीमा तिम्रो बनेर 

समाउन सकु 

विश्वासको घुम्टो ओढेर 

प्रेमको भाषा बोलेर 

सृजनाशिलाताको रङ्ग भरेर 

आशाका किरणहरु तिमीमा भर्न सकु 

प्रेमशिल हृदयका साथ 

तिमीमा प्रेम भर्न सकु

सद्भाव सहित तिमीलाई एक अन्चुली 

मीठो स्नेह दिन सकु

इन्द्रधनुशको रङ्ग बनेर 

तिमिमा कोरिन सकु

अनि

तिम्रो क्यानभासमा 

तिम्रै सुन्दर आकृती बनाएर 

तिमीलाई सजाउन सकु 

प्रीय नयाँ वर्ष 

तिम्रो आगमनमा तिमीलाई स्वागत छ 

तिमी हाम्रो जिन्दगीमा आयौ

तिमीलाई आभार छ 💕💕

#२०७९

Thursday, March 31, 2022

मेरो प्रतीक्षा

प्रीयतम

मलाई तिमीसँगको 

प्रेमिल पलले कति छोयो 

भन्दा पनि कुन पलले 

छोएन भनेर सम्झन मन लाग्छ,


जाने देखिका हरेक पलहरु 

तिम्रो एहिसासले 

जगमगाउन थालेका छन्

ओठहरु तिम्रो नाममा 

मुस्कुराउन थालेका छन् 

विना रङ्गको मौसम 

पनि रङ्गिन लाग्न थालेको छन्,


यस्तो लाग्छ 

वसन्त ममा नै समाएर 

मेरै निम्ति फूलेको छ

वसन्त मलाई नै सिङ्गार्न 

यो धर्तिमा झरेको छ,


त्यसैले माया 💕💕

जिन्दगीले प्रण लिए झै लाग्छ

सासहरुले जिद्दी गरे झै लाग्छ

धड्कनले वेग बढाए झै लाग्छ,


की

बस तिम्रै नाममा 

-धड्किने

बस तिम्रै एहिसासमा 

-बाँच्ने

बस तिम्रै आभास सहितको 

यात्रामा निस्कने .... यस्तै यस्तै,


त्यसैले माया 

यी दिनहरुमा लाग्न थालेको छ 

जिन्दगी भन्नू नै प्रेम हो

प्रेम भन्नू  "तिमी" हौ

अनि तिमिसंग साथ 

-मेरो प्रतीक्षा .....💕💕

Sunday, March 27, 2022

हराएका नजरहरु

प्रीयतम 

तिमीले निम्तो पठायौ 

"मीठो भेटको"

मैले सौगातमा मुस्कान पस्के,


प्रेमिल रात थियो 

झिलिमिली 

जुनताराको साथ थियो

पवनको सुमधुर लहर

रातको सुरिलो सङ्गीत 

आहा! 


जहाँ,

हातमा हात थमाएर

हाम्रा

नजरहरु एकाअर्कामा हराएका थिए,


मौनताको प्रेमिल भाका 

बेहिसाब थियो

अधरको चंचलतामा मोहोनी 

अनि 

बोलिमा माधुर्यता थियो,


मायालु 

तिमीले "रङ्गको" कुरा गरेयौ 

मैले तिमीलाई सम्झे 

तिमीले "खुसीको" कुरा गर्यौ 

मैले तिमीसँगको 

सामीप्यतालाई महसुस गरे,


अनि 

जसै तिमीले "जुनको" कुरा गरेयौ 

मैले ऐना हेरे 

तिमीले "प्रेम, रस,राग र प्रीतीका" कुरा गरेयौ 

मैले तिम्रो नजरमा आफ्ना नजर थमाए ।।


Saturday, March 12, 2022

तिम्रा प्रेमलताका सुगन्धहरु

प्रीयतम


तिम्रो प्रेमको तरवारको धार 

आज यस हृदयको आरपार गराउ

अनि बग्नदेउ 

मेरा सबै अशुद्धिहरू 

मेरा सम्पूर्ण रक्तका विषाक्तताहरू 

र तय गर्न देऊ मलाई

त्यो आत्मासम्मको यात्रा 

ताकि

म स्पर्श गर्न सकु

त्यसमा यौटा जीवन्तता, 

भेटेर तिम्रो त्यही विशुद्ध उर्जा 

तिमी एउटा सञ्जीवनी बनिदेऊ

एउटा शाश्वत प्रेमले भरिदेऊ "

अनि

मनका ऐठनहरूमा

म हेर्छु तिमीलाई समस्ततामा,

रूप रंग मुस्कानहरूमा 

तिम्रा विस्तारित जीवन ज्योतिमा 

आफ्नै हृदयको कुनामा

साँच्चै 

तिम्रा अनन्त प्रतीक्षाले 

तिम्रा असीम हृदयले 

तिम्रा विशाल आलिंगनले 

जागृत दिईरहेछ 

मलाई हरपल 

एउटा 

अटूट झरनाको निर्झरमा,

स्वच्छ सरिताको जलधारमा,

भव्य ईन्द्रेणीका रंगोलीमा 

अनुपम फूलका ऋतुहरूमा 

केबल यौटै कुरामात्र भेट्छु म 

तिम्रा प्रेमलताका सुगन्धहरू 

तिम्रा प्रेमलताका सुगन्धहरु ।।

Wednesday, March 9, 2022

नारामा सिमित भएको नारी दिवस

 प्रीयतम 

आज संसारभर नारी दिवस मनाइदै छ, अझ भनौ महिला श्रमिक दिबस त्यो पनि ११२औ महिला श्रमिक दिवस ।


यो पटक पनि हरेक वर्ष जस्तै आज पनि राजधानीका विभिन्न ठाउँहरुमा र्याली, गोष्ठी, सेमिनार र महिलाका मुद्दाहरुलाई शिर्ष स्थानमा राखेर विभिन्न छ्लफल गरेर यो दिनलाई मनाइदैछ । यो पटक कुनै दमदार लेख लेखौ, नभए कमसेकम टुइटरमा दुई चार ओटा महिलाका दु:खको बिसुन थापौ, साथिहरुलाई नारी दिवसको शुभकामना भन्दै म्यासेज गर्यौ खै किन हो पटक्कै मन लागेन । यो पटक मनले मस्तिष्कलाई यसको वास्ता नभएको हो कि अथवा मन मस्तिष्कले यो समाजको देखावटी चरीत्रलाई बोध गरेको हो थाहा छैन तर यी सबैबाट पर रहेर यी कुरालाई मनन गर्न मन लाग्यो ।

छोरी भएर हरेक पाइला पाइलामा समाजको पहरेदारिको सामाना गर्दै गर्दा पनि त नारी दिवस आएको थियो होला नारा, जुलुस र र्याली भएका थिए होला तर किन सुनिएनन् ती आवाज कर्णलिका खेत र बारिमा घाँस काट्दै गर्दा, बस्तु भाउ चलाउदै गर्दा किन सुनिएनन् ती खोला र खोल्सामा यो कुरा मनमा मस्तिष्क खुब घोचेर बस्छ ।

हरेक घरमा सासू बुहारीको चर्काचर्की चलिरहन्छ, मधेसका हरेक जसो घरमा बुहारी दाइजोको नाममा जलिरहेकी हुन्छिन्, हरेक समाजमा छोरिहरु आफ्नै आफन्तबाट यौन हिंसाका सिकार भइरहेका हुन्छन्, त्यतिबेला नारी दिबसमा लगाइने चर्को चर्को नारा किन पुग्दैन त्यहाँसम्म .... 

आफ्नै श्रीमानसँग कति कुराहरु मन लागेर बोल्न सकिदैन, उसको इच्छामा नाई भन्न सकिँदैन, मन नहुँदा नहुदै उसका हरेक कुरालाई महिला भएकै कारण स्वीर्कानु पर्दा के अर्थ रहन्छ तारे होटेलमा लाखौ खर्चेर गरेको गोष्ठी र सेमिनारको  ....

जसै जसै जिन्दगीको सत्यलाई नजिक बाट निहाल्दै गइन्छ कति सस्तो र खल्लो लाग्ने छैनन् यी आदर्शका आडम्बरहरु,कति घिन लाग्ने रहेछ यी दोहोरो चरीत्र बोक्नेहरुसँग ... 

महिलाको नाममा महिलालाई नै शोषण गर्नेहरुको कमि कहाँ रहेछ र यो समाजमा, छोरिको नाममा छोरिको चरीत्र हत्या गर्ने हत्याराहरु छ्याप्छ्याती पाइलै पिच्छे भेटिने रहेछनन् यहाँ ... अनि त्यो नारा त्यो जुलुस बस कर्कश आवाज बनेर रहने रहेछ ।

आमा, छोरी, बुहारी, श्रीमती यी सबै भूमिकालाई हरेक नारीले बिना कमि कमजोरीका साथ निभाएका थिए र निभाइरहेका छन् र यी जिम्मेवारीलाई लिएर उनीहरूले कहिल्यै गुनासो गरेनन् र गुनासो गर्दैनन् पनि । किनकि हाम्रो समाजले महिलामाथि यसलाई संस्कारको नामको आवरण जो ओढाएको छ । जब म यस्तो संस्कारलाई खेलाउन थाल्छु । यति बेला झट्ट याद आउँछ सिमोन द बोउमारको कुरा उनी भन्छिन् "महिलालाई सहनशीलताका धनी भनिएको छ, धर्ती माता भनिएको छ र सहनशीलताकि देबि भनेर उसलाई देवित्व करण गरिएको छ जसको भार थाम्नलाई भए पनि महिलाले कहिल्यै उफ् सम्म गरेनन् र गर्दैनन् पनि ... "तर यो मानसिकता अब भत्किनु पर्छ र प्रीयतम मलाई तिम्रो साथ सहित यो मानसिकता भत्काउनु छ ।

तिमीलाई प्रीयतम मानिरहदा तिम्रो प्रीयसि बन्नु छ र स्वयमलाई बुझाउनु छ कि समाजमा महिलाको मात्रको अस्तित्व पूर्ण छैन । यदि महिला मात्र पूर्ण जवाफ हुन्थ्यो भने सृष्टिमा महिला र पुरुष अस्तित्व किन सँगै जोडिएर आउथ्यो होला र । महिला भन्दा पुरुष अलब्ब छन् अनि महिला पनि कम छैनन् खुब देखिन्छ र चल्छ यो समाजमा, यो लडाई । तर हाम्रो मानसिकताले यो कुरा किन बुझ्दैन कि हरेक समयको आफ्नो आफ्नो महत्त्व हुन्छ तर एकलाई हराएर अर्को कहिल्यै पूरा हुन सक्दैन । अनि कहिल्यै एकाअर्काबिना पूरा हुन नसकिने यो लडाइँ किन र कहिलेसम्म चलाउने होला किन हामी यो सवाल आफैसँग गर्दैनौ होला ।

प्रीयतम नारी दिवस होस् या अरु दिन होस् मलाई कहिल्यै यो अपेक्षा छैन कि तिमी मेरा सारा जिद्दीहरु पूरा गरिदेउ,मेरा सारा कुरामा सहि थापेर मलाई महान बनाइदेउ, मलाई मेरा अधिकारहरुले पुरिदेऊ अह मलाई यो अपेक्षा पटक्कै छैन बस म त यत्ती चाहन्छु कि हामिबिच एउटा गहन प्रगाढता होस्, भावको समर्पण र सम्मिलन होस्, जीवनमा परिपूणता होस्, र यो हरपल हरक्षण ताजा बनिरहोस् जहाँ अनुमति र सहमतिको उच्च स्थान सहित तिम्रो जिन्दगीमा "म" हुनुको एहिसासमा कहिल्यै कमि नआओस्, हाम्रो प्रेमको डोरमा सदा "हामी" कायम होस्, तिम्रा दु:खहरु मेरा हुँदा मेरा सारा सुखहरु तिम्रा बनुन्, तिम्रो दु:खमा म धर्यौ बनु, मेरा आँसुहरुमा तिमी हौसला बनिदेऊ, हामी सदा एकाअर्काको निम्ति प्रेरणा, प्रीत र प्रेम बनिरहन सक्कौ बस यहि काफी छ जिन्दगीमा इज्जत सम्मान र प्रीत सहित बाँच्न ।

र एउटा सुन्दर संसारको सृजना गर्न ।।

#मार्च ८

#अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस 

 


Saturday, February 19, 2022

मरभूमीमा ओइलाएको प्रेमपुष्प

उसको नाममा कोरेका


यी अनगिन्ती पत्रहरु 

अझ प्रेमपत्रहरु 

ऊ कोर्दै र फाल्दै गरिरहेकी छे

यसै गर्दागर्दै कतिबेला 

उसको कोठकाे सानो डस्बिन 

भरिन्छ उसलाई थाहै हुँदैन

फेरि के लाग्छ कुन्नी उसलाई 

एकतमास ती फ्यालिएका 

पत्रहरु खेलाउन थाल्छे

अक्षर र वाक्यका विशाल अर्थ संयोजन 

यसरी मिल्छन् कि

उसको मायालुका सम्झना 

उसको मुटुभरी छरिन्छन् कहिल्यै नमेटिने 

मृगतृष्णा बनेर,


के थाहा थियो उसलाई 

समय पनि कठोर हुँनेछ भनेर

बिकराल हुँनेछ भनेर

उसको प्रेमिले उपहार स्वरुप दिएका 

यी नौरङी चुराहरुका रङ्ग उस्तै रहेनन् 

गुलाफ उस्तै रहेन

यो सिंदुर, यो पोतो उस्तै रहेन 

बस उस्तै रहयो त उसको प्रेमिप्रतिको

प्रेमिल सद्भाव 

तर समयले उसको यो खुसी धेरै बेर थेकीरहन सकेन

वसन्तले उसको प्रेममा रङ्ग भरिरहन सकेन

बस सम्झनाहरु रहेछन् सधैँ जीवित रहने

जिन्दगी त भरोसा बिहिन रहेछ,


भन्छन्- जन्म,मृत्यु र प्रेम उसले लेखिदिन्छ 

यदि यसो हो भने उसको प्रश्न छ

यो समयसँग 

किन सुनिएन उसको प्रेमको आवाज

प्रेम त प्रकृतिको रचना हो

स्वयम् शिवशक्ति हो, राधा कृष्ण हो 

अनि किन सुनिएन उसको

अन्तस्करणको आवाज 

किन केही बोलेन राज्य 

उसको प्रेमिले रेमिटान्समा पठाएको पैसाले 

आफ्नो गोजी भर्ने यो सरकार 

किन मौन रहयो 

त्यो पराइ भूमिले उसको प्रेम खोस्दा,


जबजब ऊ सोच्छे 

आफ्नै यथार्थको पहाड 

स्वाभिमान बनेर आफ्नै अगाडि 

ठडिदा 

यो सरकार के गर्दो हो 

यो रातो हुँदो हो कि कालो

आफ्नो हुँदो हो कि बिरानो 

कहिल्यै दासत्त्व न भोगेको उसको देश

के सोच्दो हो यो लाचारिपनमा

के कहिल्यै यसले स्वतन्त्रताको सास 

फेर्न पाउला यी दलालहरुको 

पन्जाबाट फुत्किएर,


उसको प्रेमिको सपना थियो 

देश हिमालदेखी फेदि, फाट हुँदै 

महासिन्धुसम्म पुगोस्

देशको सभ्यता 

जहाँ 

सम्पूर्णको जीवन बाँचेको छ

जहाँ जिन्दगीहरु हाँसेका छन् 

तर 

थाहा छैन यो सुरुवात हो कि  

एक अघोषित द्वन्द्व,


जसले देशको निमित्त आफ्नो देश छोड्यो

जसले देशका तमात ब्यासाहरुको भोक मेटायो 

जसले बस दुईछाक खानलाई 

देश र देशको माया बोकेर देश छोड्न बाध्य भयो 

आज उसको निम्ति बोलिदिने कोहि भएन

राज्य बहिरो भयो

सरकार अन्धो भयो

हिजो ऊ झोला बोकेर गएको थियो 

आज बाकसमा त्यही झोला सहित फर्किएको छ 

बस साथमा छैन त सास,


जसले गरेको थियो देशसँग अमिमित प्रेम

आफ्नी प्रेमिकासँग अनगिन्ती बाचाहरु 

प्रेम दिवसको अवसर पारेर 

आज उहीँ प्रेमीको मृत शरीर 

आफ्नो काखमा राखेर रोइरहेकी छ 

एउटा प्रेमिका 

र उसको आँखामा प्रतिबिम्बित भइरहेकोछ 

एउटा यस्तो आगो जसको नाम हो - महाभारत ।।

Tuesday, February 15, 2022

प्रेम, प्रजातन्त्र र देशभक्ति



                  उसको नाममा कोरेका 

अनगन्ती  प्रेमपत्रहरू 

ऊ कोर्दै र फाल्दै गरिरहेकी छे 

यसै गर्दागर्दै कति वेला 

उसको कोठाको डस्टबिन भरिन्छ 

थाहै हुँदैन उसलाई

फेरि के लाग्छ कुन्नि उसको मनलाई 

ती फालिएका पत्रहरु 

खेलाउन थाल्छे एकतमास

अक्षर र वाक्यका अन्तरकुन्तर खोतल्छे

उसको मायालुको सम्झना  मुटुभरि छरिन्छ 

के वसन्तले उसको प्रेममा रङ्ग भर्न सक्ला ? 

प्रजातन्त्रको उज्यालोतिर चियाउँछे ऊ ।


थाहा थिएन उसलाई 

समय कति कठोर हुने छ भनेर 

हातका नौरङ्गी चुरा 

उस्तै रहन्छन् कि रहन्नन् भनेर 

साँच्चै, गुलाफ उस्तै रहेन 

सिँदुरपोते उस्तै रहेन 

तर उस्तै रह्यो   

प्रेमीप्रतिको उसको गहिरो सद्भाव 

प्रजातन्त्रप्रतिको अटल विश्वास ।


थाहा छ उसलाई 

जन्म र मृत्यु  शाश्वत छ  

जीवन त प्रकृतिको रचना हो 

तर थाहा छैन उसलाई

किन 

प्रजातन्त्रमै  जीवन  लापत्ता भइरहेछ ?

रेमिटान्समा  र्याल चुहिरहेछ ? 

ताता तावामा अमूल्य जीवन डढिरहेछ ?


दासत्व  कहिल्यै नभोगेको देशकी स्वाभिमानी ऊ 

सक्तिन आँसु बगाउन बाकसका लास कुरेर 

बरु निम्त्याउँछे  एउटा महाभारत 

गर्दै उद्घोष जय जन्मभूमि ।।




Tuesday, February 8, 2022

प्रेमको रङ्गरस

यादहरुको 


पछेयौरीमा पलपलका

प्रेमका सुनौला रङ्गहरु

छोपेर

जिन्दगीको मिठासमा

अझ मिठास थप्नु छ 

र बनाउनुछ जिन्दगीलाई

प्रेममय 💕💕

थाहा छ बितेर जाने 

जिन्दगीको स्वभाव हो

त्यसैले त 

जिन्दगीको क्यानभासमा 

प्रेमको सुन्दर

तस्वीर कोर्नु छ

र दिनु छ

जिन्दगीलाई उपहार

स्वरुप प्रेमको सुन्दर तस्वीर 

जुन कहिल्यै 

फिक्का पर्ने छैन 

कहिल्यै ओइलाउने छैन 

बरु जिन्दगीका पानाहरुमा

यो सदा 

जगमगाउनेछ जुनकीरी बनेर

मगमगाउने छ फूल बनेर

र मुस्कुराउने छ उज्यालो नूर बनेर 

#प्रेम सप्ताह

Sunday, February 6, 2022

क्षितिज पारिको मान्छे !!

कहिलेकाहीँ


सम्झनाहरुले तरङ्गित 

बनाउछन्

ए! क्षितिज पारिको मान्छे 

तिमीले ओडाएको घुम्टोमा

असीमित आनन्दको 

अनुभुति छ 

असितिम स्वतन्त्रताको 

उडान छ 

सप्तरङ्गी इन्द्रधनुशको 

सुन्दर रङ्ग छ 

तिमी केवल मेरो 

ख्याल मात्र हैनौ

पलपलको

सुन्दर हकिकत हौ 

जसलाई महसुस 

गरे मात्र पुग्छ 

अझै यादहरुमा 

ताजा छन् ....

तिमीसँग गरिएका

ती अनन्त यात्राहरु 

तिमीसँग साटिएका

ती सुन्दर क्षणहरु 

आज किनकिन

ती सब दिव्य लाग्छन् 

तिमीमा 

मनले महसुस 

गरेको चमक

तिमीमा मनले 

समेटेको 

सम्पूर्ण आफ्नोपन 

किनकिन तिम्रो अझ 

नजिक बनाउछन्

साँच्चै ए! क्षितिज पारिको मान्छे

तिमीसँग आत्माले थाहै नपाई आत्मीयता

गाँसिसके छ 

तिमीसँग हृदयले थाहै नपाई प्रीत 

लाईसकेछ ।।

Thursday, January 20, 2022

प्रेम र प्रीत

थाहा छ तिमीलाई 

प्रेमको गहिराई कति छ 

भनेर कहिल्यै 

बताउन सकिँदैन, 


म यहि सोच्छु

प्रेम हृदयमा समाएको छ, 

धड्कनले प्रेमको 

आभास गरेको छ 

अनि तिमीलाई 

आफ्नो भनेर 

सम्बोधन गरेको छ,  


तिमी सोध्छौ नि


"तिमीले प्रेम गरेयौ कि 

प्रेममय भयौ भनेर ?"


साँच्चै भनु

प्रेममा हुनु भनेको 

प्रेम गर्नु हो

जोसँग प्रेम छैन 

उसले कसरी प्रेम 

दिन सक्छ,


प्रीयतम मैले तिमीलाई 

प्रेम गरिरहेकी छु 

किनकि म प्रेममय छु,


तिमी सबै सवालहरु

जवाफमा नखोज्नु 

किनकी हरेक सवालका

जवाफ हुदैनन्,


अनि 

सबै जवाफहरु सधै शब्दमा 

पूरा हुदैनन्,


बरु कहिलेकाहीँ तिमी 

स्वयम् आफ्नो हृदयको 

गहिराईमा डुबुल्की मार्नु, 


तिम्रो हृदयको प्रेमिल 

आभास नै तिम्रा तमाम 

सवालहरुको जवाफ हुनेछ,


त्यही जवाफ हाम्रो

प्रेम हुनेछ 

अनि त्यही प्रेम हाम्रो

सुन्दर प्रीत बन्नेछ ।।


Sunday, January 16, 2022

चाँदनीमा "चकोर"

प्रीयतम 

किन यस्तो लाग्छ 

तिमीसँगको हरेक समय

पुन: दोहोराउ

तिमीसँगका हरेक अधुरा यात्राहरु 

पुन: पूरा गरु,


यो प्रेमको प्रेम शैयामा

तिमीलाई लिएर यसरी डुबु 

कि उत्रीदा प्रेम बाहेक केही

बाकीँ नरहोस्,


साँच्चै प्रीयतम 

यो चाँदनी रात 

बनेर तिम्रो चाँदनी 

गर्नु छ प्रेमको यात्रा 

बसेर प्रेमको जहाजमा,


बनेर मधु 

बनाउनु छ 

सन्ध्या मधुमय 

अनि बेरिनु छ 

प्रेमको अंगालोमा जो भन्दा

समीप अरु केही नहोस्,


चाँदनी रात 

मधुमय सन्ध्या 

बलिरहेको दियो 

तिम्रो प्रेमिल आलिङ्गन 

बस 

गर्नु छ अनि गराउनु छ

प्रेमको मखमली आभास,


यस्तो प्रेमिल आभास 

जहाँ, 

हृदयले हृदयलाई छोएको होस्

प्रेमको मीठो तृष्णा पलपल बढोस् 

अधर प्रेमको चुम्बनले 

तृप्त होस् 

नयन प्रेमका कायल बनुन् 

अनि हामी एकाअर्कामा 

बिलिन हौ

जसरी बिलिन हुन्छ चाँदनीमा "चकोर" ।।

Monday, January 10, 2022

प्रेमको रङ्ग भाग- २

थाहा छ जब जब म शब्दहरु कोर्न थाल्छु तिमी अनायासौ

लेखिन थाल्छौ, प्रेम, प्रीत, आफ्नोपन र स्नेह बनेर ....  अनि मलाई तिम्रो गहिरिदै गएको प्रेमसँग प्रेम हुन थाल्छ, तिम्रा आँखाहरुले छल्काइ रहेको प्रेमको गहिराईमा डुब्न मन लाग्छ र त हिजोआज हृदयले प्रेमलाई "तिमी" भनेर सम्बोधन गर्न थालेको छ तिमीलाई प्रेमको पर्यावाची मान्न थालेको छ यस्तो लाग्छ यदि संसारमा प्रेमको कुनै स्वरुप हुन्छ भने त्यो "तिमी" हौ । बस त्यतिबेला मन एउटै प्रार्थना गर्न थाल्छ कि जिन्दगीको सफरमा तिमी सदा प्रीय बनिराख्नु, जिन्दगीका हरेक रङ्गमा तिमी रङ्ग बनिराख्नु सधैं जिन्दगीका रङ्ग  रङ्गिन नहोलान्, सधैं जिन्दगीका पल हसिन नहोलान् तर जबजब जिन्दगी तिम्रो सानिध्यतामा हुन्छ जिन्दगी स्वत: रङ्गिन बन्न थाल्नेछ, प्रेमको रङ्ग गाढा हुन थाल्नेछ यो मनको विश्वास हो । 

थाहा छ मेरो शहर केही पलको झरिले भिजि रहदा म तिम्रा यादहरुको प्रेमलतामा भिजिरहेकी हुन्छु हरेक पल .. प्रेमको रङ्ग सुन्दर हुन्छन् मैले कयौं पटक लेख्ने गरेकी छु, मैले कयौं पटक प्रेमलाई सुन्दर शब्दमा पस्केकी पनि छु । मैले प्रेम कहिलेदेखि लेख्न सिके, मेरा औलाहरुमा प्रेम कहिलेदेखि यसरी बस्यो म आफै जान्दिन ।

तर तिमीसँगको यात्रामा मैले प्रेमलाई साह्रै नजिकबाट महसुस गर्न थालेकी छु, तिमी सोध्छौ "जीवनका सुन्दर पलहरु धेरै हुन्छन् कि धेरै ?" साँच्च भनु "जीवन हरेक पलमा सुन्दर छ"। मैले यो यस कारण भनेकी हैन कि म तिमीसँगको प्रेममा छु अथवा यो समयमा मैले प्रेमलताको शैर गरेकी छु । मैले जीवनलाई साह्रै सरलताका साथ आत्मसात गर्ने गरेकी छु र जतिजति म यो सरलताको नजीक पुग्छु मलाई जीवन उतिउती सुन्दर लाग्छ, उतिउती रसमय लाग्छ र प्रेमिल लाग्छ । 

तिमीले साँच्चै भनेयौ हाम्रो बीच समय वास्तवमा रोकिएको हुन्छ त्यसैले हाम्रो बीचका संवादको कुनै अन्त्य हुँदैन । अझ भनौँ सबैथोक रोकिएको हुन्छ: सीमा, परिभाषा, तर्क आदि आदि

र त मनमा यस्तो लाग्छ यो पल लाई सधैँ कैद गरूँ ताकि यस पलको परिपूर्णता पछि अन्य पलको कुनै जरुरत नै नपरोस् ।

सायद प्रेम गर्नेहरुले अझ भनौ प्रेमलाई हृदयबाट आत्मसात गर्नेहरुले प्रेमको गरिमालाई उच्च स्थानमा राखेर यसरी नै सोच्छन् होला जस्तो तिमीले सोच्छौ । जस्तो तिमीले मलाई महसुस गराउछौ । 

साँच्चै तिमी सहि सोच्छौ अनुभवको संसारमा यो पनि प्रवाहमय नै हो, यो अस्थिर हुन सक्दैन, यो त झन झन पूर्ण गतिशील हुन्छ ।र त यो अन्तरतम हृदयको गहिराईमा शाश्वत हिसाबले सधैँ बाँचीहरन्छ । जीवनलाई भोग्दै जादाँ जीवनका बाह्य, पारिस्थितिक, व्यवहारिक, चुनौतीहरू र लक्षहरूका संघर्षमा जीवनका कोमलतम पक्षहरू कतिपय नाजुक पनि हुने गर्छन् । तर प्रेम अपवाद छ किनकि यो शाश्वत छ र यसलाई शाश्वत  भनिसकेपछि यो कमजोर हुन्छ भनेर सोच्नु नै  मूर्खता हुन्छ ।बस परिस्थितिका चुनौतीमा यसले जीवनलाई कसरी, कहाँ, कुन चुनौतीमा लाने गर्छ त्यो मात्र अर्को पाटो हो ।

जीवन पनि त यौटा प्रवाह हो - नदीजस्तै कहिले शान्त हुन्छ कहिलो यसमा घनघोट बाढीहरू पनि त आउने गर्छन् । तर हामी जीवनलाई बाँच्न कहाँ छोडेका छौ र, जीवनका प्रत्येक चुनौतीमा हामी अझ मजबुत भएर जीवनको अगाडि उभिने गर्छौ सायद यहि जीवनको सुन्दर पाठ हो जसलाई सबैले जीउछन् तर कमले मात्र बाँच्छन् । 

मलाई थाहा छैन प्रेमलता विशुद्ध र निरपेक्ष हुन सक्छ, या सक्दैन । बस मलाई यति थाहा छ कि प्रेममा मात्र "प्रेम" हुन्छ प्रेम बाहेक प्रेममा बाकीँ कुरा गौण हुन्छन् । प्रेमले जीवनको यौटै यात्रा कहाँ खोज्छ र प्रेम यति स्वार्थी कहाँ हुन्छ र प्रेमले त सबैलाई आफूमा समेटेर राख्छ, सबैलाई समेटेर सबैमा जिन्दगी भर्ने काम गर्छ र जीवनको यात्रालाई मजबुति दिँदै जान्छ, स्वार्थी भयो भने त यो निरस भईहाल्छ, अझ भनौँ प्रेम स्वार्थमा जाँदा अलग भएर अन्तै हराईसकेको हुन्छ, र त्यहाँ प्रेम क्षिण हुन्छ। अनि अर्को कुरा समयले, ठाउँले, व्यक्तिले प्रेमलाई कत्ती पनि फरक नपार्ने रहेछन् किनकि प्रेम गर्नेहरुले प्रेम हृदयसँग गरेका हुन्छन् र हृदय यी सब कुराको कायल हुँदैन । र तआन्तरिक हृदयमा प्रेमको झरना  सधैँ जहाँ, जहिले, जसै गरे पनि नरोकिईकन बगि नै रहेको हुनेरहेछ । व्यक्तिले त्यस बोधलाई वास्तविक र गहन स्पर्शमय प्रतिमूर्तिको स्थूलता दिने रहेछ ।

प्रेम व्यक्तिको कायल हुन्छन्, उसको हृदयको कायल हुन्छ, जसले प्रेमलाई हृदयलाई लगाउन सक्यो प्रेम उसैको हुन्छ । प्रेमले दुखाउछ या दुखाउदैन म यी दिनहरुमा यी कुराहरु सोच्न चाहादिन बस म तिमीलाई जिउन चाहन्छु प्रेम सहित, तिमीसँग जिउन चाहन्छु प्रेम बनेर ..... 

तिमीलाई थाहा छ नि जिन्दगीमा जति नै कुरा गरेपनि जिन्दगी जिउने भनेको बास्तबिकताको धरातलमा नै हो । र मलाई त्यही धरातलमा टेकेर तिमीसँग प्रेमको उडान भर्नु छ, तिम्रो आलिङ्गनमा बेरिएर तिमीमा हामी भएर बाँच्नु छ  बस ...... ...... ....... ..... .....!!


उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...