Yamunathapablog

Monday, June 25, 2018

निर्णय


म जन्मिदा मेरा बाबाआमा खुशी भए भएनन् त्यो त मलाई थाहा छैन,तर जसै म हुर्किदै गए जति हाम्रो समाजलाई बुझ्दै गए र समाजमा छोरी भनेको दोस्रो दर्जाको प्राणी हो भनेर थाहा पाउन थाले त्यसपछि मलाई लाग्छ मेरो बाबाआमा पनि पक्कै खुशी थिएनन् होला म जन्मेको दिन किनकि उनिहरु पनि यहि समाजका हिस्सा थिए छोराको चाहाना राख्थे अनि कसरी उनीहरु यो समाजको नियम बाट बाहिर जान सक्थे ।त्यसपछि मलाई लाग्यो मेरि आमा जसले मलाई नौ महिना आफ्नो कोखमा राखेर जिन्दगी र मृत्युसंग लडेर मलाई यो संसारमा ल्याउदा कति अपमान अनि अरुको भनाई सुन्नु परेको होला छोरी जन्माई भनेर, त्यो पनि पहिलो सन्तान अझ यो समाजको अनि आफ्नै घरपरिवारको आखाको कसिङ्गर नै बनिन् होला केहि समय सम्म त उनि तर जे जस्तो भएपनी उनिले मलाई यो संसारमा ल्याइसके कि थिन्  त्यसैले अब उनिले आफ्ना सपना म मा सारेकि थिन,सायद त्यसैले पनि होला समाजका हरेक भनाइबाट नराम्रो ब्यवहारबाट मलाई बचाउदै हुर्काइरहेकी थिन ।

चाहे समाजले जे सोचोस् दुनियाँले जे भनोस् मलाई कुनै प्रवाह थिएन ।म हुर्किदै थिए, एक एक गर्दै मेरा आखामा सपना सजिन थालेका थिए । सपना थिए सुन्दर भबिस्यको उज्ज्वल संसार मेरा बाबाआमा भाइबहिनी अनि म बस यहि थियो मेरो दुनिया,मेरो भगवानसंगको कामना तर मलाई के थाहा जहाँ म  आफ्नै घर सम्झेर हासो खुशी अनि उमंगका लहर छर्दै  थिए त्यही मेरा बाबाआमा मेरा लागि अन्तै कतै मेरो खोज्दै हुनुहुन्छ भनेर । मैले कहिल्यै बुझ्न सकिन न बुझाउन नै सके छोरी पराइ घरकी नासो होइन भनेर सायद समाजको बिकासक्रम अनि समाजिक परम्परा यहि भएर होला मेरा बाबाआमा पनि यसबाट अछुतो रहन सक्नु भएन । एकातिर भर्खर कलेज पढ्दै गरेकी म अनि अर्कोतिर मेरालागि पराइघर खोज्दै गरेका मेरा बाबाआमा,अब बाबाआमासंग कुरा मिल्न छाड्यो,उहाँहरुको निर्णयमा स्वीकृत नमिसाउदा घरमा एकप्रकारको तनाबको वातावरण सृजना हुनथाल्यो । आमा त सिधा मुख बोल्न पनि छाड्नु भयो बाबाको त झन कुरै नगरौ । अब घरको बिग्रीदै गरेको परिस्थितिको जिम्मेवार म नै थिए । मात्र म एउटाको निर्णयले सबैको ओठको हासो फिर्ता आउन सक्थ्यो ।अब मसंग कुनै बिकल्प बाकी थिएन। केटा पक्षलाई म मन परिसकेकी थिए,यति भए सबैलाई पुगिसकेको थियोे मेरो मर्जी, मलाई केटा कस्तो लाग्यो, मलाई केटा मन पर्यो कि परेन यहाँ कसलाई पर्बाह थियो र बस प्रवाह थियो त मेरो मन्जुरीको । मैले क्रान्तिकारी महिलाका बारे नपढेकी हैन,नबुझेकी हैन। बिबाह जिन्दगी हैन मात्र जिन्दगीको एउटा पाटो हो न जानेकी हैन तर परिस्थिति यस्तो सृजना भैरहेको थियो कि म शुन्यतामा झै लागिरहेकी थिए । मैले बुझ्न सकिरहेकि थिएन किन आमा मेरो बिहेको कुरामा एकोहोरो हुनु भएको छ किन उहाँ बिर्सदै हुनुहुन्छ त्यो प्रसबको पीडा अनि किन बिर्सनु हुदैछ बिहेपछिका आफ्ना दिनहरु । के छोरिको नियती जन्मघरदेखि पराइघरसम्मको मात्र हुन्छ,आफ्नो संसार  बेरंग पारेर अरुको संसार रंगिन बनाउनु नै छोरिको नियती हो, भाग्य हो यदि यसो हो भने म मेरो कोखबाट कहिल्यै छोरी जन्माउने छैन,फेरि छोरी भएर कहिल्यै जन्मिने छैन ।

घरमा बिस्तारै बिहेको तयारि चल्न थालेको थियो। बिहान देखि बेलुकिसम्म मान्छेहरू यताउता गरिहन्थे हरेकको मुख एउटै कुरा निता त कति भाग्यमानी कति राम्रो केटा, कति धेरै पढेको छ, नाम चलेको अफिसमा जागिर गर्छ। यहाँ सबलाई मेरो भाग्य देखेर डाहा लाग्न थालेको मलाई भने मेरो सम्झौताको बोझ अझ बढ्न थालेको थियो आभास हुदै थियो । आमाले मलाई कति याद गर्नुभयो भएन थाहा छैन तर मेरो मन्जुरी पाएको दिनदेखि आमा साह्रै खुशी हुनुहुन्थ्यो। लाग्थ्यो आमाले मलाई जन्माउनु भएकै यसैदिनको लागिको हो त्यो प्रसब पीडा सहनु भएकै यसै पलको लागि हो । आमाले मलाईलाई एकपटक सोध्नु भएन त खुशी छस् कि छैनस्। झन बाँकी दुनियालाई त के मत्लब भयो र उनिहरुलाई त रमाइलो गर्न मौका चाहिने हो। अब त बिहेको दिन नजिक आइसकेको थियो घरमा हतार हतार बिहेको तयारी चल्दै थियो म भने कलेज जान छोडेकि थिएन । साथिहरु जिस्काउथे अब त कलेज हैन श्रीमानको घर जाने हो ,हातमा किताब हैन चुरा बजाउदै हिड्ने हो,चुरा म झस्के मैले धेरै पहिले तस्लिमा नरसिंहको किताब आइमाईको कुनै देश छैनमा पढेकी थिए चुरा भनेका त नेल हुन जुन कदैलाई मात्र लगाइनछन् सोचे मैले त्यस्तो के गल्ति गरेकी छु र जो मेरा हातमा चुरारुप नेल यो समाजले लगाउदै छ । अनि झमक घिमिरेको पुस्तक समय र बिम्बमा पनि पढेकि थिए बिबाह सुन्दर जिबनको आरम्भ हो,बिना योजना यो सुन्दर जीवन भयानक जिबनमा परिणत हुन कत्ती बेर लाग्दैन ।

सोचे के छन् त मेरा योजना त्यस्ता जो बिबाह पछिको जिन्दगीका लागि होस् । म मेरो बिहे हुन लागेको मान्छेलाई दोहोरो चिन्दिन पनि जान्दिन पनि अनि के मेरो वैवाहित जिन्दगी कल्पना गरे जस्तो सुन्दर हुन्छ त  । उफ् एकातिर घरमा खुशिको सिमा छैन अर्कोतिर मेरो निर्णय म आफै माथी हाबी हुँदै गइरहेको छ। बस म संग मात्र एउटा विकल्प बाकी थियो यात सब थोक बिर्सेर बिहेको मण्डपमा बस्ने यात आफ्नाको खुशी लत्याउदै सबथोक छोडेर घरबाट भाग्ने जताबाट पनि नोक्सानी मेरै थियो । न आमाको ओठको हासो खोस्ने ताकतमा थियो न यस्तो जिन्दगीमा हाम फाल्ने ताकत जोसंग म बिल्कुल अन्जान छु । अझ समाजमा बसिसके पछि परिवारको इज्जत ठुलो कुरा बन्छ ।मान मर्यादा इज्जत बन्छ । सायदै कसैले ठिकै भनेको हो छोरिको जुनि हारेको कर्म । साच्चै बिस्तारै बिस्तारै जताँततैबाट म हार्दै थिए बिहे दिन एकदिनमात्र पर थियो मेरो मानसिन उथलपुथल भने अलिकती पनि कम भएको थिएन । जाउ कहाँ भनु कसलाई म छट्पटीन थालेकी थिए । मेरो यति धेरै छट्पटी ममा आएको उथलपुथल घरमा कसैले थाहासम्म पाएनन् । त्यतिबेला मलाई लाग्यो घरकाका लागि त म कुनै माइने नै न राख्ने रैछु । बस सबैलाई आफ्नो खुशि,आफ्नो इज्जतको मात्र प्रबाह रहेछ साच्चै साह्रै रुन मन लाग्यो त्यतिबेला । तर यहाँ त आसु देखाउने ठाउँ पनि थिएन अझ भनौ आँसु झार्नु नै बेकार थियो ।

त्यसपछि मैले निर्णय गरे अब म ठोस निर्णयमा पुग्नैपर्छ यहाँ परिवारको इज्जत मात्र ठूलो हैन मेरो भबिष्यको सवाल पनि छ त्यसैले सरासर म आमा भए तिर गएर भने .... यो सब गरिरहन आवश्यक छैन आमा किनकि यो बिबाह हुदैन,म यो बिबाह गर्न तयार छैन त्यसपछि आमा स्तब्ध हुनु भयो,आमा मात्र हैन बाँकि सबै मुखामुख हेर्न थाले मलाई त झन अहिले नै फाँसिमा चडाउला झै गर्न थाले  .....  त्यसपछि आमा छोरिबिचको सम्बन्ध सकिए जस्तै भयो आमाले डोलिमा काकाकी छोरी राखेर बिदाइ गर्नुभयो । काकी छोरिसंगै मैले पनि घर छोडे आफ्नो सपनाको उडान भर्न, जुन दिन मैले मेरो सपनामा उडान भरेर आमाको सामु जाने छु मलाई बिश्वास छ त्यो दिन आमाले त्यहि मलाई चुम्बन गर्नु हुने छ जुन म जन्मेको दिन गर्नु भएको थियो र मलाई आफ्ने आचलमा समेट्नु हुनेछ जसरि पहिले समेट्नु हुन्थ्यो ......।

Friday, June 8, 2018

महत्त्व आङ्क्षा

महत्त्व आङ्क्षा

मानिसबाट मर्दै छ
मानबता दिनप्रतिदिन
बन्दैछ मानिस क्रृर दिनप्रतिदिन,

तिमी मान नमान आमा तिम्रो
सन्तानमा मानबताको हैन
राक्षसको बाँस हुदै
गएको छ दिनप्रतिदिन,

कहिले अबोध बालिकामाथि बलात्कार
त कहिले छाउपडिको नाममा मार्दैछ
आफ्नै छोरी बहिनी अहिले त हुदाहुदा
आफ्नै आमासरी
आमालाई मार्यो छुवाछूतको आडमा,

न बुझ्छ यसले पीडा,
न सुन्छ यसले पुकार
साच्चै! आमा कस्तो राक्षसको बाँस भयो
यो मानबमा,

हैन हैन आमा यो तिम्रो कोख गल्ती हैन
तिम्रो कोखबाट संग्लै मान्छेले जन्म लिएको हो
निअपराध र गुनिले  नै जन्म लिएको हो,

बस गलत उसको आवश्यक भन्दा
बढी बढ्दै गएको महत्त्व आङ्क्षा हो
अनि भड्किलो र बिसंगतिले भरिएको
आधुनिकता तर्फको अग्रसरता हो !!

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...