छोरी कहिलेसम्म
हिंसाको सिकार हुने
छोरी कहिलेसम्म सुन्दरी
प्रतियोगिताको
नाममा शोषित हुने
छोरीको आवाजलाई
कहिलेसम्म दबाइने
अब अति भो
छोरीको आवाज छोरी नै बन्नुपर्छ
र घाँटी निमोट्नु पर्छ
यस्ता सत्ताधारीको
जसले छोरीको
सादापन र सरलपनलाई
कमजोरी ठानेर
खेलिरहेका छन्
शोषण गरिरहेका छन्
अब खबरदार !
ए साशकहरु
ए पितृसत्ताका भोकाहरु
तिम्रो मुखौटा पहिचान
भइसकेको छ
तिम्रो असली अनुहार
बाहिर आइसकेको छ
तिम्रो विरुद्धमा आवाजहरु
एक भइसकेका छन्
अब यहाँ माफी हैन फैसला हुन्छ
अब सुनाइ हैन सजाए हुन्छ
खबरदार शोषितहरु
खबरदार सत्तादारीहरु
खबरदार पितृसत्तादारीहरु
खबरदार मानबको नाममा
पशुहरु ....
खबरदार !!!
