Yamunathapablog

Sunday, December 24, 2023

तिमी

 माया 

 न घामले जुनलाई भेट्छ

न जुनले घामलाई भेट्छ

फेरि पनि

घाम र जुनको प्रेम

यो धर्तीमा स्मरणीए 

अनुपम छ


मान्छेहरू भन्छन

“प्रेम त्यहि सम्भव छ,जहाँ सामिप्यता छ”

तर माया जबजब

म बिना कुनै अपेक्षा 

अबिरल बगिरहने

ती दुई किनाराहरु देख्छु

सारा दुनिया झुटो लाग्छ


प्रेम त्यहि मजबुत  देख्छु 

प्रेम त्यहि निखारिएको देख्छु 

जहा विश्वासको जरा बलियो छ


दुनिया रातका कुरा गर्छन 

जब म चखेवाको जोडि देख्छु 

लाग्छ 

प्रेम कहा रातको मोहोताज छ र 

प्रेम त भरोसा र आत्मसम्मानको 

आदि छ


होलान संसारका 

आफ्नै रितहरु 

तर जब कुरा प्रेमको आउछ 

प्रेम सदा मनसंग जोडिन्छ 

र मनलाई साक्षी राखेर 

जोडिएको प्रेम 

हर सम्बन्ध भन्दा पर हुन्छ ।।

प्रेमको झरी

सागर भेट्न आकास छोडेका  यि पानीका थोपाहरु कयौं जीवनमा  जीवन थप्दै हिडेका छन् फेरि कयौं जीवन आफैमा  सिमित गरिदिएका छन  म यी पानीका थोपामा  जी...