Yamunathapablog

Wednesday, December 9, 2020

बंशको हकमा पनि छोरि

इतिहासमा लामो समयदेखि महिलामाथि भेदभाव हुदैँ आएको छ र यो बिस्तारै बिस्तारै हिंसामा बदलिन थालेको छ।महिलामाथि हुदैं आएको भेदभाव र हिंसालाई रोक्नको लागि र यसलाई अझ बढ्न नदिनको लागि लैङ्गिग समानता भन्ने विषयलाई अघि सारियो। लैङ्गिग समानता भन्नाले महिला पुरुष दुबैलाई अवसर, जिम्मेवारी, अधिकार, सेवा, लाभ स्रोत साधन आदिमा समान अवसर र पहुँच दिनु हो।महिला पुरुष दुबैलाई आफ्नो व्यक्तिगत स्वत्रन्ता छनोट गर्ने समान अधिकार हुन्छ यो अधिकार प्रदान हुनु नै लैङ्गिग समानता हो।

हाम्रो जस्तो समाज जहाँ आज पनि अशिक्षा, जनचेतनाको कमि र कमजोर आर्थिक स्थितिले जरा गाडेको छ।त्यहाँ लैङ्गिग समानता कायम गर्न त्यति सजिलो छैन यसको लागि विशेष अभियानहरुको सन्चालन गर्नुपर्छ र आउने चुनौतिसंग डटेर जुध्दै  जानुपर्छ। लैङ्गिग समानता ल्याउनको लागि विशेष गरेर नारिवर्गको चेतनामा अभिवृद्धि गर्नुपर्छ।उनीहरुसम्म शिक्षाको पहुँच पुर्याउनु पर्छ।नीतिनिर्माणका उच्च तहसम्म महिलाहरु पुग्नुपर्छ। उनीहरुको सहभागिता हुनुपर्छ।तबमात्र लैङ्गिग समानताले खुड्किलो चढ्छ।वास्तवमा भन्ने हो भने लैङ्गिग समानताले सारवान समानता कायम गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्दछ।

अझ भन्ने हो भने हाम्रो समाज लैङ्गिग सामाजिकरण भएको समाज हो जहाँ समाजले महिला पुरुषको लागि बेग्ला बेग्लै मूल्य मान्यता भूमिका उत्तरदायित्व र विशेषता तोकिदिएको हुन्छ। भर्खरै जन्मिएको शिशुलाई उसको लिङ्गको आधारमा पुरुष र महिलामा परिवर्तन गर्न सामाजिक र संस्कृतिक प्रक्रिया शुरु गरिएको हुन्छ। सामाजिकरण जस्तो समाज छ त्यसैले चाहे अनुशार हुन्छ। सामाजिकरण स्वभाविक प्रक्रिया हो, किनकि प्रत्येक समाजमा त्यहाँ स्थापित चाल चलन रितिरिवाजलाई स्वभावैले अनुशण गरिन्छ तर सवाल के हो भने त्यो समाज कति सभ्य छ? त्यहाँ विभेदहरु छन् कि छैन्न, त्यसका मूल्य मान्यता न्यायसंगत छन् वा छैनन्, त्यसले नै सामाजिक प्रक्रियामा प्रभाव पार्दछ।जस्तैःअत्यन्तै रुढीग्रस्त समाजमा जन्मेको बालकले पनि बाह्य प्रभाव प्राप्त गर्न सकेन भने त्यही समाज अनुकूल बन्न पुग्दछ तर जन्मदै उ रुढीवादी बनेर जन्मेको हुदैन। सामाजिकीकरण हुनु आफैमा नराम्रो होइन तर गलत समाजमा रहेका गलत मान्यतालाई परिवर्तन गर्नु आजको आवश्यकता हो

समाज हाम्रो हो। हामिले जसरि यो समाजलाई निर्माण गर्छौ समाजको स्वरुप त्यस्तै हुन्छ।तर आज हाम्रो समाज जुन रुपमा सामाजिकरण भइरहेको छ त्यसको भविष्य सोचेको जस्तो सुनौलो भने पक्कै छैन।आज पनि हाम्रो समाजमा छोरिहरु गर्भमा नै मारिन्छन्। छोरा जन्माउनको लागि तछाड मछाड चल्छ, छोरिको बलिदान हाँसि हाँसि दिइन्छ।र यो सिलसिला बिस्तारै हिंसा परिणत भएको छ।छोरिहरु कहिले दाइजोको नाममा, त कहिले छोरा नजन्माएकोमा हिंसाका सिकार भइरहेका छन्।बोक्सिको आरोपमा कुटिरहेका छन्, बलात्कारको चपेटामा परिरहेका छन्।

लामो समयदेखि लैङ्गिक हिंसा विरुद्धमा अभियान पनि चलाइन थालेका छन्।तर म सोच्छु यतिका वर्षसम्म यस्ता अभियानहरु चलाएर कतिसम्म कम गर्न सकेयौ त हामीले लैङ्गिक हिंसा, घरेलु हिंसा, बलात्कार जस्ता अपराध, बोक्सीको आरोप। अहिले पनि यि कुराहरु जस्ताक तस्तै छन् हाम्रो समाजमा। त्यसैले मलाई लाग्छ यहाँ सिक्ने मान्छेको कमि भन्दा सिकाइने मान्छेले कति र कसरी सिकाए भनेर सोच्ने हो कि।हिंसा कहाँ छ? हिंसा कस्त परिवार र कस्ता समाजमा बढि छन्? यो कुरालाई कतिको मनन गरे सरोकारवालाहरुले, सामाजिक अभियान्ताहरुले। कि देशको राजधानीमा बसेर निहाल्न खोज्दै उनीहरु छन् हिंसा र हिंसाका पिडितहरुलाई। दाइजो कम भएको कारण र मधेसी दलित महिला भएको कारणले गर्दा धेरै मारमा परेका मधेसी समुदायका छोरीहरु र मदेशी दलित महिलाहरु। दाइजो कम भएको कारण बारम्बार घरेलु हिंसाका सिकार भएका छन् छोरी र छोरीका परिवारहरु। यस्ता कुराको लेखाजोखा कति राखेका छन् सरोकारवालाहरुले। कति भिजेका छन् यस्ता कुराहरुसंग सामाजिन अभियान्ताहरु।

समाज जति विकसित हुदैछ शिक्षित र जागरुक हुँदै छ त्यति नै धेरै समाजमा लिङ्गको महत्त्व बढ्दै गएको छ। आज हाम्रो मेडिकल साइन्सले यति धेरै तरक्की गरेको छ कि गर्भ रहेको केही समयमा नै छुट्टायाइ दिन्छ गर्भमा छोरा छ या छोरी भनेर अनि धनी शिक्षित भनिएकाहरुले नै सुरु गर्छन् छोरी भूणहत्या गर्न।छोरी भूणहत्या पाप हो अपराध हो। अब यो कुरालाई राज्यले कानुनि रुपमा नै समेट्नु पर्छ छोरिका अधिकारहरुलाई सुरक्षित पार्दै छोरिको हक अंशमा मात्र हैन बंशमा पनि सुनिश्चित हुनुपर्छ तबमात्र छोरिहरुको अस्तिव यो समाजमा स्वतन्त्र रुपमा सुनिश्चित हुनेछ ।

साच्चै भन्ने हो भने लैङ्गिक असमानता त घर परिवार बाट नै सुरु हुन्छ। यो सामान्य कुरा हो र सबैले देखि भोगी आएको कुरा हो। आमाबाबालाई सन्तानको समान माया ममता हुँदैन।उनीहरुबाट नै समान व्यवहार हुँदैन भने हामी अरुबाट के नै अपेक्षा राख्न सक्छौ। आमा बाबाले सन्तानको इच्छा चाहाना बुझ्नुपर्ने ठाउमा उल्टै उनीहरूबाट नै भेदभाव सुरु हुन्छ भने यस्तो अवस्थामा हाम्रो भोलि कतातिर जाला यो सोच्नै प्रश्न हो। एकातिर हामि जस्तो अझ विशेष गरेर दक्षिण एसियाशिली देशहरु जहाँ धर्मका नाममा, जातका नाममा, संस्कार र संस्कृतिको नाममा छोरीहरु हिंसा सहन बाध्य छन् अपहेलित र निमोठिक मजबुर छन् भने अर्कोतिर युरोप अमेरिका जस्ता देशहरु छन् जसले विज्ञानको नौलो नौलो परिक्षण गरेर विश्वलाई नै आश्चर्य चकित पारिरहेका छन्।

के अब हामीले सोच्ने बेला आएन र आमा बाबाका लागि सन्तान छोरा या छोरि हैनन् मात्र सन्तान हुन्।छोरिलाई पनि सन्तान सम्झेर स्वतन्त्र उड्न दिनु पर्छ।छोरिहरु चुराको छिनछिन र पाउजुको छमछममात्र हैनन् उनीहरु आवाज हुन् उनीहरु जस्वाद हुन्।उनीहरु सृष्टिको अनुपम उपहार हुन्। उनीहरुलाई उनीहरुले चाहे जस्तै गरि बाँच्न दिनुपर्छ भनेर


छोरालाई काखा छोरीलाई पाका गर्ने परम्परामाको अब अन्त्य हुनुपर्छ, छोरा र छोरि दुई आँखाका नानी भन्ने चेतनाको विकास हुनुपर्छ।छोरी भएकै कारण गर्भमा नै छोरीहरूले मारिनु पर्ने शिलशिलाको अन्त्य हुनुपर्छ। सभ्य बुहारी, सभ्य आमा खोजिने समाजले अब सभ्य छोरीलाई जन्म दिन अघि सर्नु पर्छ र छोरिको वैभवताले विश्वलाई नै प्रज्वलित पार्नु पर्छ र लैङ्गिक समानताको सुरुवात अव घरबाट नै हुनुपर्छ ।


Wednesday, November 25, 2020

मेरो दशै

..... उस्तै थियो भित्रिदै गरेको दशैंको सुबास, उस्तै थियो हावाको बहाब, उसै गरि झुलिरहेका थिए धानका बाला उसैगरी फुलिरहएको थियो बारीभरी कोदो .. उसैगरी रातो माटो र सेतो कमेरोले रङ्गिदै थिए घरहरू यस्तो लाग्थ्यो मानौ सम्पुर्ण संसारको सुन्दरता यहि समेटिएको छ, प्रकृतिले आफ्नो सम्पुर्ण मेहनत यहि पस्किरहेको छ।

भिडभाडले भरिएको तर एकाअर्कासंग बिलकुल अपरिचित सहर, गगनचुम्बि महलहरु चिल्ला र पुराना गाडीले भरिएको बाटो,  हावा यस्तो कि जस्लाई लिन पनि कयौं पटक सोच्नु पर्ने हुन्छ अनि कोरोना जस्तो महामारीले थलिएको सहर अझ राजधानी जहाँबाट लामो समयपछि म मेरो माटोमा फर्किए कि थिए, मेरी आमाको काखमा लुटपुटि हुन पुगेकि थिए। लामो लकडाउन र सानो कोठको बसाई पछि निस्किएर गाउँ पुगेकी म त्यहाँ यसरी रमाइरहेकी थिए मानौ म उड्दै थिए। जसरी पंछी रमाउदै उड्छ लामो समयको पिजडाको कदैबाट छुटेपछि।

 
लकडाउन हाम्रो सुरक्षा थियो। तर समयले त्यसलाई बिस्तारै कैदमा परिवर्तन गरेझै लाग्दै थियो राजधानी बासिलाई।दशैंको माहोल, लामो समयको लकडाउन अनि आफन्तको प्रीय याद .. घर कसलाई प्रीय हुँदैन यतिबेला, गाउँ कस्को स्मृतिमा नाँच्दैन होला यो समयमा। त्यसैपनि गाँउको त्यो लोभलाग्दो खुल्लापन, बालापनसँगै बाँचेका साथीहरु अनि असिमित प्रेम गर्ने आफ्नाहरु .. जहाँ जीवनको सबैभन्दा सुन्दर क्षण बसेको हुन्छ र जसलाई बाँच्न हरकोहि मरिमेट्छ।र म पनि त्यहि पल बाँच्दै थिए।

 

हरियो पहाडको मुनितिर लहलह सुनका बाला झुलाउदै गमक्क परीरहेको मेरो खेत, सुनौला किरण छरेर मोतिका दाना टल्लक टल्काउदै उदाइरहेको थियो मेरो आँगनमा बिहानी अनि आँखा मिच्दै ओछ्यानबाट आँगनसम्म प्रकृतिको यो उपहार र उपकारलाई स्वागत गर्न हर बिहान लालायित भइरहेकि हुन्थे म ।


यसै त पहाडमा दशैं आउन लाग्दा हावाको बहाब र बेग नै भिन्न लाग्छ। माटोको सुगन्ध र फूलको सुवासले जगत जगमगाउछ अनि चराहरूको सङ्गीत र घामको स्पर्शले प्रकृतीको रंगमा निखार आउँछ। टाढाटाढाबाट घर फर्केका छोराछोरी र आफन्तजनको खैलाबैलाले घरको रोनक नै बढाएको हुन्छ। आमाको आँखामा खुशी नाँचिरहेको हुन्छ। बाबाको शिरको टोपी गर्बिलो बनिरहेको हुन्छ। आफ्ना सन्ततिलाई आँगनमा सजाएर आमा सन्तोषको सास फेरिरहेकी हुन्छिन्। जुन मैले मेरि आमामा पनि प्रष्ट देखिरहेकी हुन्थे ।

म गाउँमा जति अव्यस्त हुँदै जान्थे सहरको कोलाहल, सहरको बर्बरता र सहरको छुच्चोपनाबाट टाढिदै गएको महसुस गर्थे। सायद लामो समयपछिको गाउँको स्पर्श पाएर होला मन गाउँ कै भइरहेको थियो। सहरको छुच्चोपनले डामिएकी मलाई गाउँ आफ्नो न्यानोपन र कोमल स्पर्शमा अंगाल्दै थियो। जुन माटोसँग खेलेर जिन्दगीका यतिका बसन्त पार गरे त्यो माटोलाई चिन्न मनले पैतालाले धेरै बेर गरेनन्। माटोले आफूसम्म मात्र तानेन त्यही प्रेम र त्यहि माया पनि दियो।जुन बर्षै पहिले छुटेको थियो।

कोरोनाले थलिएको राजधानीभन्दा पहाडको बसाइँ निकै भिन्न थियो। किनकि पहाड उस्तै थियो जस्तो पहिला थियो। मान्छेहरुमा महामारीको आतंक भन्दा पनि बढी जीवनको लय थियो। जीवनको मेलोमेसो थियो। जस्तो खुशी दशैंको थियो त्यस्तै खुशी धान पाक्नु र भित्राउनुसँग थियो। दशैंमा नयाँ नोट नभए र के भयो त दशैंको टिकाको रातो रंगमा झल्किने खुशी र उमंग उस्तै थियो आशिषमा विश्वास, सरलता र पावनपन उत्तिकै थियो। मान्छेहरुमा शहरको जस्तो त्रास थिएन। जीवनको अनौठो आत्मविश्वास थियो। जीवनलाई हेर्ने नजरिया बेग्लै थियो।

कोहि तरकारी खेती गरेर जीवनलाई ताजा बनाइरहेका थिए। कोहि बाख्रा पालन गरेर जीवनलाई समृद्धितर्फ अग्रसर गरिरहेका थिए। पहाडमा पनि कृषिले नयाँ बाटो कोर्दै थियो। मान्छेहरु आधुनिक कृषितर्फ लम्कदै गरेको देख्दा मन साह्रै हर्षित भएको थियो। मान्छेहरु आफ्नो सोचलाई बदल्दै थिए। कोरोनाले सहरमा अझ बढी फाटो ल्याएको जस्तो लाग्छ तर गाउँमा मान्छेहरुमा कहि कतै देख्न पाँइदैन त्यो भय, त्यो आतंक बरु मान्छेहरु सचेत हुँदै छन्। विद्यालयहरु धमाधम खुल्दै छन्, बिहानिको शोभा सानासाना नानीबाबुहरु स्कुल ड्रेसमा विद्यालय जाँदै छन् जसलाई देखेर मनमा आशाका दिपहरु जगमगाउन थाल्छन् ।

बर्खाभरी बाबाआमाले मेहनत गरेर लगाएको धानलाई आफ्नो हातले स्यार्न पाँउदा मन यसै यसै हर्षविभोर भएको थिए। ती धानका बाला, धानका बाला मात्र कहाँ थिए र ती त बाबाआमाका खुशी थिए, मेहनत र परिश्रम थिए जसलाई बाबाआमाले हाम्रो निम्ति भनेर खर्चिनु भएको थियो। धानका बालालाई हातमा राख्दा जिन्दगीको नयाँ आशा भेटे जस्तै लाग्थ्यो। खुशिको नयाँ आयम स्पर्श गरेको जस्तो लाग्थ्यो किनकि त्यहाँ बाबाआमाको मेहनत र परिश्रम झल्किन्थ्यो।



यसैपनि धान भित्र्याउने समय भनेको बर्षकै रमाइलो समय हो। त्यसैले पनि बिहानबाट सुरु भइसकेको थियो पर्म तिर्नलगाउन भेला भएका छिमेकीहरूको खैलाबैला। अनि अर्को कुनामा खलो खुर्कर लिपपोत गरी सुरु भएको थियो चिटिक्कको रमाइलो संसार। जहाँ धानका बिटा खलामा ओसारि रहेका थिए वल्लपल्ला घरका काकाकाकिहरु जसमा म आफु पनि सहभागी थिए।अनि सबैभन्दा रमाइलो त सकिनसकी धानका बिटा खलामा ओसार्दै गरेका साना केटाकेटीबीच चलिरहेको प्रतिस्पर्धा थियो जसले मलाई मेरै विगतको याद दिलाइरहेको थियो। कोरोनाको महामारी, शहरको खैलाबैला, केके कै छुटेको जस्तो गरि चल्ने जिन्दगीको हतारलाई एकातिर बिर्सेर र म त्यही दाँयीमा रमाइरहेकी थिए। दिनभर दाँयीमा गोरु घुमाउनुको आनन्द नै बेग्लै, धानका गेडा छुट्याउदै पराल छाटेर पन्छाउनुको मज्जा बेग्लै खमारमा धान रूँग्न तयार पारिएको परालको अस्थायी गोठमा आफन्तसंग बस्नुको आनन्द बेग्लै।जसै परालबाट धानको गेडा छुट्टाएर धानको रास लगाउदै केलाएर धान बोरा भित्र भरिन्छ किसानको मेहनतले पुर्णता पाएको जस्तो लाग्छ। अझ रमाइलो त त्यतिबेला हुन्छ जब दाँयी सकेर धानको बोरा सहित घर पुगिन्छ र सबैजनासंगै बसेर मिठो मसिनो खाइन्छ त्यो जति मिठो र स्वादिलो खाना सायिदै अरु होला संसारमा। परालको भारी बाधेर छुट्याउदै साथिहरुसँग हसिमजाक गर्दै घर ओसारनुको मज्जा लुट्दालुट्दै कतिबेला दाँयी सकियो पत्तो नै भएन।

जसै दशैं र दाँयी काम सकियो नि सुरु भयो तिहारको रमझम।तिहारलाई घर भित्राउदै फेरि म ब्यस्त भए मखमली र हजारी फूलमा भाईका खुशिहरु उन्न, सेल रोटि र फिनि रोटि पकाउदै लक्ष्मिलाई भित्राउन, सप्तरंगी टिकामा पोखेको भाइबहिनिको प्रेमलाई आँखाभरी कैद गर्न।

कोरोनाको बितृष्णालाई, कोरोनाको भय र आतंक एकातिर, गाँउको माया गाँउको बसाइ अर्कोतिर जसले साबथोक बिर्साएर मन र मस्तिकमा पुनर्ताजकि भरिदिएको छ।र यो बसाई जीवनको सुन्दर चित्र बनेर मेरा आँखा अगाडि रहिरहनेछन् सधैँ आहा! बनेर ।

 

Tuesday, September 29, 2020

दसैंतिहार र नयाँ संस्कृति

नेपाल कम्युनिस्ट पार्टी(एमाले) अन्तर्गतको राष्ट्रिय जनसांस्कृतिक महासंङ्घको एक घटना जनसाहित्यिक मञ्च नेपालले २०६६ असोज ३ गतेक दिन एक महत्त्वपूर्ण अन्तरक्रिया कार्यक्रमको आयोजना गर्‍यो सूचना तथा सञ्चारमन्त्री शङ्खर पोखरेलको प्रमुख आतिथ्य तथा जनसाहित्यक मञ्चको अध्यक्ष राम विनयको अध्यक्षता साहित्यकार एवम् कलाकारहरुको महत्त्वपूर्ण उपस्थितिमा सो कार्यक्रममा प्रमुख अतिथि पोखरेल लगायत विशिष्ट अतिथी मोदनाथ प्रश्रित, आनन्ददेव भट्ट, शान्ता मानवी, प्रा. राजेन्द्र सुवेदी, विजय सुब्बा, विनोद मञ्जन र म स्वयम्ले दसैतिहार र सांस्कृतिक रुपान्तरणबारे केही कुरा राख्यौं। अन्तरक्रियाका क्रममा व्यक्त विचार र निष्कर्षहरु नयाँ संस्कृतिको निर्माणतर्फ लक्षित थिए र भविष्यमा यसलाई निरन्तरता दिंदै जाने वचनबद्धताबीच कार्यक्रम टुङ्ग्याइएको थियो।

कार्यक्रममा संस्कृतिलाई मानवले श्रम गर्दै र प्रकृतिमाथी विजय प्राप्ति गर्दै सचेत र सामुहिक रुपमा गरेको सृष्टिका रुपमा लिइएको थियो। यो कुनै दैवी वा पारलौकिक रहस्यको कुरा नभई यसै धर्तीका मान्छेहरुबाट निर्मित भएको र समयका गतिसँगै रूपान्तरित हुँदै आएको विचार पनि त्यहाँ व्यक्त भएको थियो। मुलुकको परिवर्तित सन्दर्भमा सांस्कृतिक रुपान्तरण  आवश्यकता र चाडबाड केकसरी मनाउने भन्ने कुरा व्यापक चासोको विषयका रुपमा रगेको र यसतर्फ सघन छलफलको खाँचो रहेको कुरा पनि त्यहाँ आत्मसात गरिएको थियो। सो कार्यक्रममा यस पङ्क्तिका लेखकले राखेका धारणासँग सम्बन्धित केही कुरालाई नै यहाँ प्रस्तुत गर्ने प्रयास गरिएको छ।

दसैंतिहारजस्ता चाडपर्वले पाएको व्याप्ति र समाजबाट पाएको महत्त्वले गर्दा ती समाजका अभिन्न अङ्ग बनिसकेका छन्। यसरी नै समाजमा विशेष महत्त्वका साथ मनाइने तीज, छठ, इद, ल्होछार, माघी, क्रीसमस, गौरा, न्हुँद, आदिले पनि परिवर्तित नेपालमा राष्ट्रिय महत्त्व पाएका छन्। यी चाडपर्वहरु राष्ट्रिय जीवनलाई एक सूत्रमा गाँस्ने कडीका रुपमा विकसित हुन थालेको छन् । जसरी घाँटु, सोरेठी, चण्डीनाच, भैलो, देउसी, तामाङ सेलो, थारु नाच, मिथिला कला र नृत्य, नेवार समुदायका विभिन्न जात्रा आदिले समग्र नेपालीको रुचि आकर्षित गरेका छन् र हरेक नेपाली तिनलाई आफ्ना महत्त्वपूर्ण सम्पत्ति ठानेर गर्व गर्दछ, त्यसरी नै समग्र राष्ट्रिय चाड पनि सबैका हृदयका धड्कनसँग गाँसिन थालेका छन् । नवीन नेपाली संस्कृतिको एक महत्वपूर्ण विकासका रुपमा हामीले यसलाई आत्मसात गर्नुपर्दछ। सिङ्गो नेपाली जाति र संस्कृतिको पहिचानका निम्ति तिनको विशिष्ट भूमिका र योगदान रहने कुरा निर्विवाद छ। सिङ्गो नेपाली समाजालाई एकताको सूत्रमा बाँध्ने क्षमताले युक्त ती चाडपर्वहरुले मुलुकभर व्याप्ति पाउन सकून्! टुँडिखेल र खुला चौरहरु ढाकिरहुन्। छठले बागमतीका किनारबाट सूर्यदर्शन गराइरहोस्, देउसीभैलोले तराईका घर आँगन गुञ्जायमाब पारिरहून्। गौरा र चण्डीनाचले सबै नेपालीलाई एउटै हारमा सिलीबद्ध बनाइरहून् ! विभिन्न जातजातिमा विद्यमान कलाकौशल र संस्कृतिले प्रकाशमान हुने अवसर पाइरहून् !

यी चाडपर्वहरु रुढी, अन्धविश्वास तडकभडक आदिबाट मुक्त होऊन् र मनाउनका निम्ति बोझिला नबुनन् भन्नेबारे पनि हाम्रो सुर्ता आवश्यक छ। एक त समाज स्वयम् संस्कृतिको निर्माता भएकोले त्यसले पनि यस सुर्तालाई घटाउनेतर्फ गरेका कामलाई हामीले महत्त्व दिनुपर्छ भन्ने अर्कोतिर यसको बौद्धिक छलफल र मन्थनलाई पनि अघि बढाउनुपर्छ। जनसाहित्य मञ्चले त्यसतर्फ पाइला अघि सारेर सराहनीय काम गरेको छ।

जनस्तरमा दसैंतिहारलाई मिलन समारोहका रुपमा विकास गर्न थालिएको छ। विभिन्न पार्टी र संस्थाहरुले पनि जलपान कार्यक्रमको आयोजना गरि सर्वसाधारणलाई भेटघाट र भलाकुसारीको अवसर प्रदान गर्न थालेका छन्। आर्थिक अभावका पिल्सिँदै घरमा उदासीन अवस्था गुजार्न विवश व्यक्तिहरुले पनि सो मिलन कार्यक्रमको उपयोग गर्न थालेका छन्। गाउँमा मालासिरीको दुर्गे पूजा मात्र नभई त्यसमा जनस्तरका लोक गतिविधि पनि देखापर्न थालेका छन् । देउसीभैलोलाई भोजभतेर मात्र होइन, निर्माण विकासका निम्ति अर्थ सङ्कलको माध्यम पनि बनाउन थालिएको  छ। दु:खी- गरिबलाई त्यसले दु:ख नदेओस् भन्ने सचेतना भने त्यसमा आवश्यक छ। चाडपर्वमा परम्परागत रुढीग्रस्त भगवानभक्तिका गीत मात्र नभई आधुनिक चेतनाले युक्त गीतहरु पनि गाउन थालिएका छन्। तरका दसैं गीतहरु यस सन्दर्भमा तुलनीय छन्:


१) जयदेवी दुर्गा भावानी! दर्शन देऊ


असुर विनाशिनी जगतको हितकारिणी!


श्री देवी दुर्गा भवानी!


सुभ निसुभ असुर मारी


दु:ख हरने सिरिकालिका!


२)आइहाल्यो दसैं फुलिहाल्यो भाँगो

काटेका द्यौतालाई सताहार राँगो


काटेका द्यौतालाई भेढाको रगत 


हुनेलाई मासु बुङ्गालाई रहत

 
३) नहुनेलाई के दसैं तिहार

सधैँभरी अँध्यारो संसार


सुरुको गीतमा देवीको स्तुति छ, दोस्रोमा हुने र नहुनेको बीचको भेद प्रकट भएको छ भने तेस्रोमा नहुनेका निम्ति दसैंतिहार सधैँ अँध्यारो रहेको खुलासा गरिएको छ । हामीले मनाउने दसैंतिहारले नहुनेलाई अँध्यारो मात्रै छर्ने हो भने त्यसको केहि अर्थ रहँदैन। अत: दुःखिगरिब कसैले पनि आत्मग्लानिले पिरोलिनु नपर्ने गरि दसैं कसरी मनाउने हो सोच्न आवस्यक छ। हाम्रा चाडपर्वका कार्यक्रमहरु भड्किला, रवाफयुक्त र अन्धविश्वासपूर्ण रहे भने तिनले समाजलाई दु:ख दिइरहनेछन्। अत: जति सक्यो त्यति सरल रुपमा दु:खसुख बाँड्ने, समाजमा चेतना छर्ने, सामाजिक उत्थानका काम अघि बढाउने र विभिन्न सिर्जनशील काम गर्ने अवसरका रुपमा यिनको उपयोग गरिनुपर्छ। यिनको सदुपयोग गर्न सकेमा सामाजिक सद्भाव, एकता र सहयोग वृद्धि भई समाज सुदृढपूर्वक अघि बढ्नेछ भने दुरुपयोग हुन गयो भने दुष्परिणाम निम्तिने छन्। समाजको चेतनशिल वर्गले यसतर्फ दृष्टि पुर्‍याई समाजसँग अभिन्न रुपले गाँसिएका दशैंतिहारलगाएतका चाडपर्वलाई समय र युगसँग सुहाउँदो गरि कसरी मनाउने भनी मार्गदर्शक बौद्धिक कसरत गर्न जति आवश्यक छ त्यति नै व्यावहारिक र वैज्ञानिक बाटो अँगाली समाजले पनि चाडपर्वलाई समाजोपयोगी रुपमा मनाउनेतिर पाइला चाल्न जरुरी छ।

चाडपर्वमा लामो समयपछि गाउँमा पुग्ने व्यक्तिहरूले नयाँ चेतनाले युक्त पुस्तक, पत्रीका आदि कोसेलीका रुपमा पुर्‍याउन सक्छन् र पुस्तकालय वाचनालय आदिको विकासमा सहयोग पुर्‍याउन सक्छन्। गाउँको भाषा, लोलसाहित्य र संस्कृतिसँग सम्बन्धित सामग्री बटुलेर ल्याई तिनको व्याख्या विश्लेषणबाट समाजलाई महत्त्वपूर्ण खुराक पस्कन सक्छन्। समाजले विकास गरेका नाचगान, खेलकुद आदिका कार्यक्रमहरु यस अवसरमा सञ्चालन गर्न सकिन्छ। यसका साथै गाउँको विकासका लागि आफ्ना अध्ययन र अनुभूति आदानप्रदान गर्ने गोष्ठीहरु पनि सञ्चालन गर्न सकिन्छ। आत्मीय छलफलका यस्ता कार्यक्रमका निष्कर्षबाट गाउँका धारा, चौतारा, मैदान, विद्यालय, कुलो, बिजुली, यातायात, स्वास्थ आदिका काममा ठूलो योगदान पुग्न सक्तछ। अत: हाम्रा दसैंतिहार परम्परागत प्रचलनले युक्त भएकाले तिनलाई बहिष्कार गर्नुपर्दछ भन्ने उग्रचिन्तन लिनुभन्दा तिनलाई समाजल हितमा प्रयोग गर्न हामी अग्रसर हुनुपर्दछ । यसरी नै परम्परालाई जस्ताको त्यस्तै जोगाउनुपर्छ भन्ने यथास्थितिवादका फन्दामा नपरी समाजका निम्ति तिनको रुपान्तरण गर्ने नयाँ सोच हामीले अँगाल्नुपर्दछ। नेकपा(एमाले) को यहि मध्यमार्गी बाटो नै समाज र मुलुकका हितमा छ।


मुलुकबाट निरङ्कुश राजतन्त्र बिदा भएको छ तर त्यसले निर्माण गरेको सामन्ती संस्कृतिका जरा अझै उखेलिसकिएका छैनन् । समाज नयाँ दिशातिर लम्किन आँटिरहेको छ र लोकतान्त्रिक सङ्घीय गणतन्त्रका आधारहरुको निर्माण गर्न जुटेको छ। यस सङ्क्रमणकालीन अवस्थामा संस्कृतिले पनि नवीन स्वरुपको खोजी गर्नु स्वाभाविक छ। पुरानो असल कुराहरूलाई पन्छाउँदै निर्माण हुने जनसंस्कृतिले हाम्रो परिवर्तित राजनीतिक व्यवस्थालाई बल पुर्‍याउने छ। अत: परम्पराप्रती पूर्णत: नकारात्मक दृष्टि नलगाई त्यहाँका राम्रा कुराहरुलाई हामीले आत्मसात् गर्नुपर्दछ। दसैं र तिहारले गराउने परम्पराको भेट, आत्मीयता र हार्दिकताको वृद्धिमा छेकबार लगाउन केही जरुरी छैन तर तिनका नाममा गरिने ठूलाठूलाको चाकरी, बलीप्रथा अवतार पुजा, पोसाक र गरगहनाको प्रदर्शन आदि भने त्याज्य छन् । मालसिरीका भाका र धनुमा नयाँ युगीन स्वर बोकेका शब्दको खाँचो छ। ती देवीका मन्दिरभित्र होइन विशाल जनसमुदायमाझ गुन्जिन आवश्यक छ ।अब भैलो र देउसी लिएर ठूलबडाको प्रशस्तिमा होइन, लाखौं जनताको हृदय हँसाउने काममा कला र गलाका धनीहरु जुट्नुपरेको छ। सर्जकहरुको कुची,मादल, बाँसुरी र लेखनीको तागतमा नयाँ दसैं र नयाँ तिहारको रौनक कुरेर बस्ने विशाल जनसमुदायका इच्छा, अपेक्षा र आकाङ्क्षा नयाँ संस्कृतिसँगै गाँसिएका छन् ।

 


Sunday, September 27, 2020

उनी

  ....फेरि पनि मेरो प्रेम अधुरै रह्यो,जन्मदै नजन्मेको शिशुको भुण हत्या हुँदा आमालाई किन यतिधेरै पीडा
हुन्छहोला
सधैँ सोच्थे, बल्ल बुझ्दैछु यसको मर्म आफ्नै सुरु नभएको अधुरो प्रेम कहानीलाई भोगेर। इज्जतलाई ज्यानभन्दा बढी सम्मालेर राख्ने म इज्जत गरेर जस्तो गरेर बेइज्जत भएको धक्का महसुस गरिहेकी छु प्रीय संगीनी, म कसरी भनु तिमीला प्रेम मेरो निम्ति हैन भनेर, प्रेमले मलाई चुनेको छैन भनेर, आँसु गहबाट बग्दासम्म पनि म चुपचाप छु। के मैले प्रेम खोज्नु गलत हो?, के मैले प्रेमको चाह गर्नु गलत हो?, जवाफ दिने त कोहि छैनन् यहाँ तर पनि जान्न मन छ गलत कहाँनेर हो भनेर।


किन यस्ता मान्छेहरु जिन्दगीमा ठोकिन पुग्छन्
? जसले अकारण नै सजाय तोक्छन्, अनि फैसला सुनाउछन्।कसरी आउँछ उनीहरूमा यतिधेरै आत्मविश्वास, यतिधेरै आत्मबल किन मान्छेहरु यति निर्दयी र मानवताहिन भएका छन् किन मान्छेको हृदय पाषाण हुँदैछ। सवाल नै सवाल छन् खै जवाफ ...?

आज सृष्टि पनि हैरान भएको छ मान्छेको यस्तो विध्वंस रुप देखेर, स्वयम् ब्रहमा जी लज्जित छन् आफ्नो सृष्टि देखेर। मलाई प्रेमसंग खेलेको कत्ती मन पर्दैन तर मान्छेहरुलाई किन यति धेरै प्रीय लाग्छ प्रेमसंग खेल्न, मनसँग खेलवाड गर्न। मैले धेरै भयो सपनामा रंग भर्न छोडेको, अरुको त कुरा के म प्रेमलाई लिएर पनि कुनै सपना देख्दिन। होला प्रेम संसारको सुन्दर कुरा तर प्रेमले सबैको जिन्दगीमा खुशी नै दिन्छ भन्ने हुँदै न खुशी भरिदिन्छ भन्ने नै हुन्छ ।संसारका धेरै मान्छेहरु प्रेम बिना बर्बाद भएका छैनन्, तर कतिपय मान्छेहरु प्रेमले गर्दा बर्बाद भएका छन्। मान्छेका विवशता र कमजोरीलाई निशुल्क किन्ने हतियारको हो प्रेम जसले मान्छेलाई कहिको पनि बाँकी राख्दैन।आँसुको किमत साह्रै महंगो पर्छ चुकाउनु पर्दा तर पनि मान्छेहरु वेपर्वाह आँसुको मूल्य लगाउदै हिड्न्छ। मैले सोचेको थिए तिमीसंग मिलेर प्रेमको नयाँ रंग कोर्छु तर कहानी अर्कै भयो समयलाई अरु नै कुनै कुरा मन्जुर थियो त्यसैले त यहाँ बर्बादी लेखियो । यो बर्बादी कसको हुनेछ त्यो समयले बताउने छभन्छन् नि "पर्ख र हेर" अबको प्रतीक्षा त्यसैको छ।


धेरै भएको थियो शब्द कोर्न बिर्सेको त्यसैले पनि एकमनले त तिमीलाई मुरीमुरी धन्यवाद भन्छु कि म फेरि शब्द कोर्दैछु उसै गरि जसरी कोर्ने गर्थे तर माफ भने म गर्न सक्दिन किनकि आँसुको मूल्य यती सस्तो छैन। अनि इज्जत इलामको लागि हैन। 


तिमी यो भ्रममा नहुनु कि मैले तिमीसंग प्रेम गरेकी थिए। र तिम्रो मेरो साथलाई लिएर तिमी दुखी पनि नहुनु, र मलाई पनि कुनै खुशी छनै किनकि तिम्रो र मेरो साथ अस्ताउदै गरेको घाम र रात पर्दै गरेको साझ जस्तै हो जुन एकाअर्काका लागि जरुरी त हुन्छन् तर एकाअर्कालागि हुँदैनन्।


बस म त मेरो इज्जतसंग प्रेम गर्थे जसलाई तिमीले बेइज्जत गर्ने कोसिस गर्यौ। इज्जतमाथि बेइमानी गर्यौ त्यसैको प्रतिफल हो। तिमीसंगको घृणा जुन अब सास नसकिउन्जेल सम्म सकिने छैन। आफैलाई बिर्सिएको दिन सायद यो अपमान बिर्सिन्छु कि म।त्यो पनि मुस्किल छ। 


यसको बदलामा म बदला चाहन्न। म त बस न्याय चाहन्छु। बिना कारण हत्या गरिएको मेरो प्रेमप्रति न्याय, मेरो इज्जतप्रति न्याय, मेरा आँसुहरुप्रति न्याय ..तिमीलाई थाहा नै छ इज्जत र प्रतिष्ठाको निम्ति द्रोपतिले महाभारत रचेकी थिन् र म आफ्नो न्यायकोलागि जे पनि गर्न तयार छु त्यसको लागी चाहे फेरि अर्को महाभारत नै किन रच्नु नपरोस् म तयार छु, फेरि द्रौपती बन्न फेरि महाभारत रच्न।

थाहा छैन यो सबको पछाडि को थियो तर उनको मन साच्चै नै रोएको थियो।मन दुखेको प्रष्ट महसुस हुन्थ्यो। म आफूले त कहिल्यै प्रेम गरिन तर जब उनलाई बुझ्दै गइ प्रेम गर्ने हिम्मत ममा पनि बाँकी रहेन।जब प्रीय संगिनी भने उनीले यी सबै कुरा एक सास भनेर सकिन यस्तो लाग्यो उनी म मा आफ्नै संगिनी देखिरहेकि थिन् र आफूलाई पोखिरहेकी थिन्। म भने उनको अगाडि चुपचाप थिए बोलु पनि के? यस्ता कुनै शब्द नै थिएनन् जसले उनलाई सान्त्वना दिन सकोस् उनको दुखी रहेको मुटुमा मलम लगाउन सकोस् । बस मैले उनलाई अन्तिममा यति भने समयको अगाडि कसको केही लाग्दैन त्यसैले तिमी पनि समयको प्रतीक्षा गर सहि समयको प्रतीक्षा ... 


यति भनेर म आफ्नो बाटो लागे ।

 


Saturday, August 1, 2020

किन काटिन्छन् जन्मदिनमा केक ?

जन्मदिनमा केक कहिले देखि काटिन थालेको हो त्यो ठ्याक्कै मलाई थाहा छैन, सायद यसै गरि केक काट्नेहरुलाई पनि थाहा छैन होला कि जन्मदिनमा केक ठ्याक्कै कहिले देखि काटिन थालेको हो भनेर।किन काट्छन् जन्मदिनमा केकहरु भनौ भने केही दिन अगाडि मात्र म आफैले पनि के काटेर आफ्नो जन्मदिन मनाएकी थिए।साथै मैन बत्ती पनि जलाएकि थिए। यसरि नै धेरै साथिभाईहरुले जन्मदिन मनाएको देखेकी छु कतिकोमा त म आफै पनि सरिक भएकी छु।यसरी जन्मदिन मनाइ रहदा मनै देखि लाग्यो के यो हाम्रो संस्कार र संस्कृत हो त? यदि हो भने पहिले पहिलेका हाम्रा हजुरबुबा हजुरआमाले किन यसको बारेमा केही कुरा भन्नू भएन किन सिकाउनु भएन? यसतर्फ सोच्न मन

लाग्यो।

साच्चै भन्ने हो भने केट काट्ने, मैन बत्ती जलाउने चलन मैले यहि सहरमा भित्रिएपछि जाने कि हुँ। घरमा हुँदा पहिलो कुरा जन्मदिन याद गर्ने फुर्सद नै कसैलाई हुदैन्थ्यो यदि याद भएछ भने रातो टीका लगाएर एक मुरि सबैले आशिर्वाद दिनुहुन्थो अनि घर कै मन्दिर दियो बालिन्थियो  घरमा मीठो मसिनो जे पाक्थ्यो त्यहि खाइन्थ्यो जुन साह्रै रमाइलो लाग्थ्यो

आजभोलि सहरको त कुरा छोड्यौँ गाउँ गाउँमा पनि केकको बजार खुब देख्न पाइन्छ।जन्मदिनमा मात्र केट काटिदैन आजभोलि त हरेक साना ठुला कार्यक्रममा केक काट्नु संस्कार जस्तै भएको छ यस्तो लाग्छ यदि केक काटिएन भने हामी त्यो समाजको हिस्सामा नै पर्दैनौ। यदि त्यसो लागेन भने पनि हाम्रा आफ्ना वरपरका मान्छेले त्यो कुराको महसुस गराइदिन्छन्।

तर साच्चै भन्ने हो भने केक बडो रमाइलो र गम्भीर विषय भएको छ हाम्रो नेपाली समाजमा। धेरै परको कुरा गर्नै पर्दै केही महिना अगाडि हाम्रा प्रधानमन्त्री केपि शर्मा ओलि ज्युले देशको नक्सा बनाएर काटेको केकले खुब चर्चा बटुलेको थियो यति धेरै चर्चा कि त्यो विभिन्न पत्रपत्रिकाको केही दिनसम्मको खुराक नै बन्यो अझ केकको मुल्यले त झनै बजार लियो। टिकाटिप्पणी गर्नेहरुले त्यो केकको पैसाले सानो तिनो विकासको काम नै पूरा हुने ठोकुवा गरे।  केक त्यसमाथि नेपालको नक्सा आकारको अनि के चाहियो।कुरा त यहाँसम्स उठ्यो कि प्रधानमन्त्री ज्युले आफ्नै देश आफ्नो जन्मदिनमा काटेर खानु भयो।त्यसो त प्रधानमन्त्री ज्यु के-के गर्नु भयो र के-के गर्नु भएन यो सब त जगजाहेर नै छ।र आउने दिनमा अझ हुनेछ।

बस हामी केकको कुरा गर्यौ। केक पश्चिममा संस्कृतिको एउटा नमुना हो यो कुरा हामी सबैलाई थाहा छ। यति यो पश्चिममा चालचलन हो भने यसलाई यसै रहन किन नदिने। तर अपशोस! हामीले त यसलाई हाम्रै संस्कृति झै बनाइ सकेयौ।अब त  श्राद्ध र मान्छेको अन्तेष्टी गर्नेबेला पनि केक काट्नु पर्छ केक चाहियो भन्ने दिन मात्र आउन बाँकि छ हाम्रो समाजमा। हुना त देश अनुशारको भेष भने झै प्रधानमन्त्री ज्युले नै सत्ताइस लाखको केक काटी सकेपछि जाबो दुई चार सयको केट काट्नु कुन ठूलो कुरा भयो र जनाताको लागी भन्ने पनि होला तर कुरा त्यसो पनि होइन मुख्य कुरा त यो हो कि सिकाई कस्तो हुँदैछ जनताले आफ्ना प्रधानमन्त्रीबाट के कुरा सिक्दैछन् भन्ने कुरा महत्वपूर्ण हो।

केक नकाट्नु होस भनेर भनेको हैन तर यसलाई संस्कृति नबनाउ भन्न मात्र खोजेको हो। अहिलेका हुर्कदै गरेका नानिबाबुले कहिल्यै यो नसिकुन कि केक उनीहरूको संस्कार हो बरु उनीहरूले यो जानुन कि रातो टीका र मान्यजनाको आशीर्वाद जन्मदिनको ठूलो उपहार हो। अरु ठूला कुरा सिकाउन नसके पनि संस्कार र संस्कृति हामीले हाम्रा नानीबाबुलाई सिकाउन सक्छौ। केक मात्र हैन यस्ता कती कुराहरु यस्ता छन् जसले हाम्रै संस्कार र संस्कृतिलाई लोपमा पर्दैछन्। यस्ता कुरा हामीले बुझ्न सम्झिन आवश्यक छ तब मात्र हाम्रो आउदो पिडिले यसलाई अझ पछ्याउने छन्

खुशियाली रमाइलो एकातीर त छदैछ तर यसको नाममा आफ्नो संस्कार धरोहरलाई धरापमा पार्नु कतिको जायज होला य तर्फ पनि सोच्ने बेला भयो कि अब

हुना त प्रधानमन्त्रीले नै लाखौको केक काट्नु हुन्छ भने पछि जनताले के सिक्ने कस्तो सिक्ने भन्ने अलमल हुनसक्छ त्यसैले यस्तो अवस्थामा समाजको नेतृत्वकर्मiले सहि नेतृत्व गर्नुपर्ने हुन्छ।बदलिँदो छ समयसमयसँगै बदलिदै छैन् हाम्रा संस्कृतिहरु पनि अझ भनौ हाम्रो समाजबाट हराउदै छन् हाम्रा संस्कृतिहरु, हाम्रा परम्पराहरु हामीबाटैयस्तो अवस्थामा कहिलेकाही सोच्छु अरुको संस्कृतिलाई पछ्याउनेहरु नै नेपालको संस्कृतिको बारेमा गुणगान गाइरहेका हुन्छन्अझ पर्यटकलाई आफ्नो संस्कृतितर्फ आकर्षण गरेर लाखौ कमाउने सपना देख्छन् र देखाउछ्न्।तर उनीहरुलाई यो किन थाहा हुदैन कि भाषण गरेर, मिठा कुरा गरेर संस्कृति र परम्परा जोगिदैन, यसको पहिचान हुदैन। यसलाई जोगाउनको लागी बचाउनको लागि त व्यवहारिक रुपमा नै अवलम्बन गरिनुपर्छ। नेतृत्वमा बसेकाले नै जनतालाई सिकाउनु पर्छ।जनतालाई बुझाउनु पर्छ।

तर हाम्रो सिकाई भने ठ्याक्कै उल्टो । हामी अरुको संस्कृति आत्मसात गर्नमा जति अलब्ब छौ उति नै आफ्नो संस्कृतिलाई नजरअन्दाज गर्नमा पनि अलब्ब छौ।जसको परिणाम स्वरुप अब आउदै गरेका नयाँ पुस्ताको लागी पुरानो रितिथिती र संस्कार कुन चराको नाम हो जस्तै हुनेवाला छ।त्यसैले यसतर्फ गम्भिर भएर सोच्न आवश्यक छ।

अझ स्वास्थको हिसाबमा भन्ने हो भने नेपालमा बन्ने धेरै केकहरु अस्वस्थकर हुन्छन्। धेरै चिनी र वनस्पतिको घ्युले भरिएको केक हामीले खाइरहेका हुन्छौ, र खुवाइरहेका हुन्छौजसको आशीर्वादको रुपमा डा. अरुणा उप्रेतिले भने झै चिनी खादा रोग लागेस्,तिमीहरुको मुटु खराब होस्।आफ्नो मौलिक संस्कृति बिर्स, जन्मदिनमा मैनबत्ती निभाएर जीवन अँध्यारो बनाउने कला सिक। यहि र यस्तै हुन जादैन त हामीले जन्मदिनमा लिने दिने आशीर्वाद

त्यसैले अब सोच्ने बेला आएको छ। हामीले हाम्रा आँउदा पिडिलाई के सिकाउने कस्तो सिकाउने भन्ने कुरा किनकि सबै कुरा किताबमा मात्र पढेर हुँदैन।न विध्यालयमा जाँदैमा सिकिन्छ भन्ने नै छ। यस्ता कुराहरु त घरपरिवारमा सिकाइनु पर्छ, अभिभावकले बुझाउनु पर्छ।केक मात्र केक हो, यो काट्नु, खानु रमाइलो गर्नु आफ्नो ठाँउमा छ तर यसले हाम्रो मौलिकता, पहिचान र संस्कृतीलाई ओझेलमा पार्नु हुँदैन, केक काटिदा हाम्रा खुशिहरु काटिनु हुँदैन, मैन बत्ती निभाइदा आशाका किरणहरु मर्नु हुँदैन बस यी कुराहरु सँधै ख्याल गरिनु पर्छ ।

र अन्त्यमा मलाई साच्चै थाहा छैन जन्मदिनमा केक किन काटिन्छन् ? तर यो चाँहि पक्का हो मलाई केक खुब मन पर्छ।



उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...