सामान्यतय
महिनावारीको समय भनेको बाह्र तेह्र वर्षको उमेर हो।यो समयमा सबै जसो युवतिहरुमा महिनावरी हुन्छ।महिनावरीलाई हाम्रो गाँउले ठेट भाषामा छुई, पर सर्नु, पाखा
लाग्नु आदि भाषामा सम्बोधन गरिन्छ।हामी सबैले बुझेको कुरो हो महिनावारी हरेक
महिलाको मासिक चक्र हो जो महिना दिन विराएर हुने गर्छ ।विश्व
समाजले “मे २८” अर्थात “जेठ १५” लाई महिनावारि
दिवस घोषण गरेको छ र यसलाई विश्व भर नै
महत्वपूर्ण दिनको रुपमा मनाउने गर्दछ।तर यसरि विश्व समाजमा यसलाई महत्वपूर्ण
दिनको रुपमा मनाइ रहदा हाम्रो नेपाली
समाजमा भने महिनावारी सजाए र श्राप जस्तै भएर
जरा गाडेको छ।हामी विश्वको नै पुर्वीया समाजमा बस्छौ, जसलाई प्रकासको आगमन हुने ठाँउ मानिन्छ।आज पश्चिममाहरु
विज्ञान र प्रविधिको हिसाबमा हामी भन्दा कोषौ अगि पुगिसके।हामी आफुलाई खुब
पुर्वीया भन्छौ, तर हाम्रो सोच
हाम्रो ब्यवहार कयौं कोष पछाडि नै छ भन्ने हो भने
हामि हुनु पर्ने जसरी विकास भएकै छैनौ।
Yamunathapablog
Tuesday, May 26, 2020
Thursday, May 21, 2020
सम्झना कलिला मनहरुलाई
जिंदगीको वसन्तको रंग ओढ्दै
गरेर आँखामा सुनौला सपना बोकेर हिडेका नानिहरु
तिम्रो यो उमेरसंग साह्रै डाहा लाग्छ अनि माया त्यो भन्दा कति हो कति लाग्छ।यो
तिम्रो उमेरलाई बाँच्ने समय हो,संसारका सारा दुख एकातिर पन्छाएर तिमी मात्र “तिमी” भएर नाच, गाँउ, उफ्र अनेक सपना देख सपनामा रंग भर, रंग
यसरी भर कि बेपर्वाह भएर भर।के थाहा कुन रंग कहाँ सुहाइजाने हो।जब सुहाउने रंग पाउछौ
त्यसलाई भने न छोड नि फेरि, त्यसलाई सम्मालेर राख ताकी त्यो रंगले तिम्रो आउने
जिंदगीलाई मीठो हुने गरि रंगाओस्। प्यारा नानिहरु जब जब म तिमिलाई देख्छु।यो समयमा म आफुलाई तिम्रो उमेरमा राखेर
सोच्छु। म केके सोच्थे त्यो उमेरमा।के के रहर थिए
मेरा त्यो समयमा यस्तै यस्तै। प्यारा नानिहरु
जब म तिमिहरुको उमेरमा थिए, थिएनन् मसंग खेल्नलाई यी अनेक प्रकारका खेलौका र गुडिया
न थिए मोबाइल र ल्यापटप नै, न थियो नेट र ईन्टरनेट नै।हो मलाई यत्ती याद छ बाबाको सानो मोबाइल थियो जसमा रेडियो बज्थ्यो त्यसलाई सुन्न पाउँदा छुन पाउँदा संसारको
ठुलै कुरा पाएको जस्तो लाग्थ्यो ।Sunday, May 10, 2020
विवाह हाउगुजि
हाम्रो
नेपाली समाजमा जब छोरिहरुको उमेरले बिसौ वसन्त पार गर्छ।अनि सुरु हुन्छ छरछिमेक, आफन्त नातागोता सबैको चियो चर्चो।हिजोसम्म को हो? के हो ? कसको छोरि हो
? भन्ने केही थाहा नहुने छरछिमेकलाई
सुरु हुन्छ खसखस।भन्न थाल्छन् “हेर हेर फलानोको छोरी कस्ति हल्लक बढेकी।बिहे गर्ने उमेर पनि ठिक्क भएको रहेछ”।उता केटिलाई भने यसको
बारेमा केहि थाहा हुदैन।न उसलाई यो थाहा हुन्छ कि अब उसको बिहे हुने उमेर भएको छ।उ
त आफ्नै दुनियाँमा मस्त हुन्छे, उड्न चाहान्छे, उड्नलाई पखेटा फिजाएकि हुन्छे। तर
उसलाई के थाहा यता समाज उसका पखेटा काट्नलाई तयार भएर बसेको छ भनेर।आफन्तहरु,
छिमेकिहरु घरमा आएर बाबुआमासंग कुरा गर्न थाल्छन्।“यो मेरो फलानोको छोरा हेर्नू त
कस्तो राम्रो छ अमेरिकामा बस्छ।फेरि अर्को भन्न थाल्छे हैन
यो राम्रो छ यो अष्ट्रेलियामा बस्छ योसंग बिहे भयो भने त हजुरकी छोरिको
त भाग्यनै चम्किछ” भन्दै धमाधम बिहेको कुरा ल्याउन
थाल्छन्।केटिका बाउआमालाई दबाब दिन
थाल्छन्।अनि केटिका बाबुआमा केटिलाई दबाब दिन थाल्छन् र यसरि एउटि केटि दबाब नै
दबाबमा आएर बिहेको आगोमा आहुति हुन पुग्छे।
Saturday, May 9, 2020
खाली खाली
मलाई तिमीसंग
कयौं कुरा गर्न मन रैछ,कति कुराहरु भन्नू रैछ तिमीसंग छुटेपछिको यो समयमा याद
आउदैछन्।यो गरेको भए हुन्थ्यो त्यो नगरेको भए हुन्थ्यो यस्तो कति कति ... लाग्छ।
सोच्थे जिवनलाई कति धेरै भोगिसके तर अब जान्दैछु
मैले भोग्न त कति बाकी रैछ कति। पहिलो पटक लाग्दै छ कि बिना
प्रेममा पनि यति धेरै शब्द कोर्न मन लाग्ने रैछ र कोरिने रैछन् पनि।
सायद मैले प्रेमलाई हेर्ने दृष्टिकोणलाई बदलेर पो हो कि! म के बदल्न सक्थे खै आफूलाई। कति धेरै चाहन्थे म तिमीलाई।कति तिमीसंगै मन पराउथे आफैलाई तर मैले जान्नै सकिन आफैले चाहेको मान्छे पनि टाढा हुन सक्छ भनेर खै किन हुन्छ यस्तो .. अझ म आफैलाई धेरै समझदार भन्छु तर केहि जान्दिन यस्ता कुराहरु ...।
Subscribe to:
Posts (Atom)
उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा
लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...
-
प्रीयतम आज संसारभर नारी दिवस मनाइदै छ , अझ भनौ महिला श्रमिक दिबस त्यो पनि ११२औ महिला श्रमिक दिवस । यो पटक पनि हरेक वर्ष जस्तै आज पनि ...
-
उसको नाममा कोरेका यी अनगिन्ती पत्रहरु अझ प्रेमपत्रहरु ऊ कोर्दै र फाल्दै गरिरहेकी छे यसै गर्दागर्दै कतिबेला उसको कोठकाे सानो डस्बिन भरिन्...
-
लामो समयको बाहिर बसाई पछि म यतिबेला आफ्नो गाउँमा आइपुगेगिछु । अझै भनौ नेपालमा चलिरहेको दोस्रो लकडाउनमा म आफ्नो घर आगनमा छु । लकडाउनले सहर ब...
