Yamunathapablog

Tuesday, August 27, 2019

संस्कार संस्कृति : तिज र नारी

नेपाली महिलाको महान चाड तिज हाम्रो संघारमै आइसकेको छ । रातो साडी र सृङगारमा सजिएर तिजको दिन पतिको चिरञ्जीवी आयुको कामनाका गर्दै बिवाहित नारीले पानी पनि नपिइ व्रत बस्ने गर्छन् ।विशेष गरी हिन्दू महिलाले मनाउँदै आएको यो चाड अहिले सबै वर्ग समुदायका महिलाले मनाउने गरेका छन् । हिन्दू महिलाको मात्र रहेन यो चाड । नेपाली महिलाको एकताको सूत्र बनेको छ यो चाड ।
यो परम्परा हाम्रो समाजमा परापूर्व कालदेखि चलिआएको छ । तिजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ । रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ । पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो । हृदय स्वच्छ भए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास तिजको व्रतमा अन्तरनिहित रहेको छ ।

Wednesday, August 21, 2019

जिउनुछ तिमीसंग ए! जिन्दगी

हजारौं पिडाहरुका बिच पनि
मृत्युको शैयामा टेकेर बाँच्नु छ

मलाई तिमीसंग ए! जिन्दगी,

हो बालपन देखि रमाउदै आएका
ती पाखाहरुमा
ति पखेराहरुमा
जहाँ फुल झै नाँच्दथे मेरा प्रीय बचपनहरु,
जसको आँचललाइ मेरै सपनाको सहरले कतै टाढा छुट्याइदिको छ
मदेखी र मलाई ल्याइपुर्याको छ कुनै अनकन्टार गुफाजस्तो संसारमा
जहाँ केबल सुनिन्छन्
त जिउदा चित्कारहरु
जहाँ भेटिन्छन्
त केबल जिउदा लासहरु
जोसंग हाड र मासुको शरीर त छ तर छैन
जिउने चाहना,
छैन उत्साहको सास
जहाँ आफ्नै अस्तित्व पनि हराएको भान हुन्छ
हो त्यतिबेला मलाई महसुस भएको थियो कि मैले चाहेर पनि लेख्न सकिरहेकी छैन
तिम्रो नाममा एउटा प्रेमपत्र ए! जिन्दगी !

Sunday, August 4, 2019

उनको कथा

उनको कथा मात्र उनको कथा हैन यो हामी सबै छोरिहरुको कथा हो। आमा,बुहारी पत्नी यी सबै छोरिले समयसंगै निभाउनु पर्ने कर्तव्य मात्र हुन् । सबैभन्दा महत्त्वपूर्ण कुरा त "छोरी" आफू स्वयम् हुन र उन कथा आफैमा धेरै रसहरुले भरिएका हुन्छन् । कहिले उनका कथाले आँखा भिजाउछन त कहिले आत्मबिश्वास र हौसला जगाउछ्न् हो यिनै त हुन उनका कथा छोरिका कथा। आफ्नै दुनियाँमा मस्त यो पुरुषप्रधान समाजमा छोरिहरु मानौ कतै निस्सासी रहेछन्, निमोठी रहेका छन् परम्परा र संस्कृतिको नाममा त्यस्तो समाजमा उनका कथा हाम्रा निम्त साहस र हिम्मत बोकेर आएका छन् जुन  सानो कुरा हैन ।


Friday, August 2, 2019

प्रियतम


प्रियतम
धेरै धेरै सम्झना।
लामो समयको प्रयास पछि यो पत्र लेख्दै छु।कंयौ पटक शब्दहरू कोर्दै मेटाउदै गरे त्यसको लेखाजोखा म आफैसंग छैन।खै किन हो यस्तो लाग्छ तिम्रो सम्बोधनमा शब्दहरु पनि कम पर्न आउछन्।किनकि हरपल हरक्षण तिमी मन मस्तिष्कमा छाउछौ, तिमी नै तिमी नजरभरि आउछौ। तिमिलाई नदेखु भनेर कयौं पल्ट आँखा बन्द गर्छु । तर बन्द आँखामा तिमी झन संग्लो भएर नजर आउछौ ।यिनै  हरेक कुराको निष्कर्षले आज मलाई महसुस गराएको छ कि म त प्रेममा पो रहेछु, हो तिमिसंगको प्रेममा।यस्तो प्रेम जसको कुनै सिमा छैन, जसको कुनै अन्त्य छैन जहाँ बिश्वास छ, इज्जत छ, सम्मान छ अनि पाउने आस र गुमाउने डर भन्दा पनि तिमिलाई चाहन्छु, तिमिलाई प्रेम गर्छु भन्ने कुरा नै बढी महत्त्व राख्छ ।

Her story summit program 2019..


न खोज मलाई रसिला कबिता र सायरिमा 
म त बुलन्दका स्वरहरुमा गुन्जिन्छु,


अब भेट्दैनौ तिमी मलाई घुम्टोको पर्दा भित्र 

म त सरेआम नाङ्गो शिर लिएर
बिना उज्यालोमा पनि चम्किन्छु,


म आफुलाई सीता या त द्रपती केही भन्दिन
म त छोरि हु यो युग कि छोरि 
मलाई महसुस गरेर हेर त म हौसलाको जस्बाद हु,


उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...