Yamunathapablog

Thursday, November 30, 2023

आफ्नो भनि दिन मन लाग्छ ।

 सम्बन्धको

हिसाबकिताब एकातिर 

कहिलेकाहीँ 

जिन्दगी नितान्त 

आफ्नो पनि त हुन्छ 

सम्झ्नु पर्ने हजार कुराहरु हुन्छन 

कहिलेकाहीँ 

बिर्सन पनि त पाइन्छ 

 

आज तिमि हुनु नहुनुको 

सत्य एकातिर 

कुनैदिन तिमी 

सबैभन्दा प्रीय थियौ 

कहिलेकाहीँ 

यहि एहिसास पनि त काफि हुन्छ 

छलिन्छन कयौ कुरा नजरबाट

सबै आफ्नै हुनुपर्छ 

भन्ने पनि त छैन 

 

हो आफ्नो हुनु र आफ्नो लाग्नु 

फरक कुरा हुन 

कहिलेकाहीँ 

कुनै कुरा यसै मानिदिन 

मन लाग्छ 

आफ्नो हैन 

जान्दाजान्दै पनि 

आफ्नो भनि दिन मन लाग्छ 

 

बिर्सिएर दुनियाका सारा रित 

नितान्त आफ्नो बनि दिन मन लाग्छ 

चोरेर तिमिलाई 

आफै भित्र लुकाइ दिन मन लाग्छ ।।

 

 

प्रेमको झरी

सागर भेट्न आकास छोडेका  यि पानीका थोपाहरु कयौं जीवनमा  जीवन थप्दै हिडेका छन् फेरि कयौं जीवन आफैमा  सिमित गरिदिएका छन  म यी पानीका थोपामा  जी...