Yamunathapablog

Tuesday, December 28, 2021

"तिम्रो" बनाउन

गहिरो मौनता

भावयुक्त आँखाहरु 

रसयुक्त भावना 

अनि 

ती भित्र नजर आउने

समर्पण युक्त तिम्रो प्रेम,


बस 

यहि काफी छ मलाई 

"तिम्रो" बनाउन 

अनि 

तिमीलाई आफूमा समाहित 

गरी प्रेम गरिराख्न,


तिमीले चुमेका 

-यी औलाहरु

तिमीले पुजेका

-यी पाउहरु 

तिमीले गुनगुनाएका 

-यी भाकाहरु 

तिमीले छोएका 

-यी आँखाहरु 

बस यिनै काफी छन् मलाई 

"तिम्रो" बनाउन 

अनि 

तिमीलाई आफूमा समाहित 

गरी प्रेम गरिराख्न,


तिम्रो निम्ति 

-हृदयले गरेको आभास

तिमीसँग बिताएका 

-ती अनमोल पलहरु

तिमीसँग गरेका 

-ती बातहरु

तिम्रो सानिध्यताले 

महसुस गराएको 

त्यो 

-आफ्नोपन 

बस यहि काफी छ मलाई 

"तिम्रो" बनाउन 

अनि

तिमीलाई आफूमा समाहित 

गरी प्रेम गरिराख्न ।।



जीवनमा प्रेमका रङ्गहरु ..... !

प्रीतिकाहरु फूलहरु, 

इन्द्रधनुशका रङ्गहरु 

खुशीका नूरहरु 

यी सब साह्रै सुन्दर हुन्छन् 

तर 

यी भन्दा पनि सुन्दर हुन्छन् 

जीवनमा जीवनका रङ्गहरु ..... !


जुनेली रातका जूनताराहरु 

वर्षादका झरीहरु

अधेरि रातका जुनकीरीहरु

जसले बोकेका छन् सुन्दरताको

परिभाषा

तर यी भन्दा पनि सुन्दर हुन्छन् 

जीवनमा जीवनका परिभाषा ..... !!


दु:खका कहानिहरु

सुखका पलहरु 

सङ्गर्षका घडिहरु 

जसमा समाएको हुन्छ जिन्दगीको

सम्पूर्ण सुन्दरता 

तर 

यी भन्दा पनि सुन्दर बनिदिन्छ

जीवनमा जीवनका अनुभूतिहरु ..... !!!


नदिका किनाराहरु 

चखेवाका जोडिहरु 

क्षितिजका किरणहरु

जसले बोकेका छन् 

सम्पूर्ण सुन्दरताको संसार

तर 

यी भन्दा पनि सुन्दर लागिदिन्छन्

जीवनमा जीवन बोक्ने बादलहरु.... !!!!


Wednesday, December 8, 2021

मंसिर अनि भोज

मंसिरको महिना चलिरहेको शैँ-तिहारको रमझम सकिएपछि थोरै समयान्तरमा सुरु हुने यो महिनानेपालीहरुको खेतीका बाली भित्र्याउने महिना पनि हो धान-धान्यको अन्नपूर्णता समृद्धिसँगै यसै महिना विवाहका लगनगाँठो   उत्सवहरूले समाज तात्दै गतिमान भईरहेको देख्न सकिन्छ विवाहको यस ऋतुसँगै विवाहसँग जोडिएर आउने परंपरा, मनोविज्ञान प्रचलनहरूलाई आजको आँखाबाट थप घोत्लिँदै केही गहन पक्षहरूलाई पनि केलाउन जरूरी खासगरी यौटी नवविवाहिता बधू बन्न तयार हुँदैगरेकी केटीको विवाहसँगका व्यक्तिगत, मनोवैज्ञानिक आत्मीक अपेक्षाहरू उनको आफ्नै विकास स्वतन्त्रताका विविध पक्षहरूमा वैचारिक चर्चा जरूरी

यस मंसिर महिनालाई विवाहवारीको महिना पनि भनिन्छ किनकि मंसिर महिना लागेपछि विवाहका लगनहरू सुरु हुन्छन्। अनि बाबुआमालाई हतार हुन्छ विवाहको लगन छोप्न केटा पक्षलाई केटीको खोजी, केटी पक्षलाई केटाको खोजी यस्तो लाग्छ मानौ कुनै होडबाजी चलिरहेको अझ धेरै केटीका बाबुआमाहरू ही कुरामा बढी साधान हुन्छन् कि आफ्नी छोरीमा कुनै खोट नदेखियोस; सकभर पहिलो "केटाले नै विवाहको लागि हुन्छ भनिदियोस् अझ पहिलो केटाले नै छोरीलाई मन पराइदियोस्" किनकि पहिलो केटाबाट अस्वीकार हुनु भएको केटी केटीको परिवारको लागि बढो हीनताबोधको कुरा हुन्छ किनकि यसरी पहिलो केटाबाट अस्वीकार  भएको केटी केटीको परिवारको लागि हेर्ने हाम्रो समाजको दृष्टिकोणमा अझै परिवर्तन आएको छैन त्यसैले पनि आमाबाबु यो कुरामा ढी सजक देखिन्छन् साथै आफ्नो क्षमतामा भन्दा माथि नै गएर छोरीको विवाह गरिदिन बाबुआमा तयार हुन्छन् त्यसको लागि त्यो परिवार कति शिक्षित कति अशिक्षित, केटी कति क्षमतावान् त्यसको कुनै महत्त्व हुँदैन, स् महत्त्व हुन्छ विवाहको, केटा केटाको परिवारको मर्जीको यहाँ केटीको मर्जी, केटीको इच्छा कतै दबेर रहिदिन्छ, कतै हराइदिन्छ, गुमसुम भइदिन्छ   

अनि केटीहरु पनि यसरी उपस्थित हुन्छन् मानौँ उनीहरु कतै सजाएर राखेका सुन्दर खेलौना हुन जसलाई भर्खर दराजबाट बाहिर निकालिँदैछ फेरि दु: कहाँ लाग्छ भने केटीरू पनि बिना विरोध, बिना सवाल जवाफ गुडिया बन्न तयार भइदिन्छ गुडिया बनेर उपस्थित पनि भैदिन्छन् कहिलेकाहीँ सोच्छु यो पितृसत्ताको सोच कतिसम्म हाबी हुन सकेको होला महिलाहरुको जिन्दगीमा अझ कहिलेसम्म होला यसले महिलाहरुलाई आफ्नो शिकार बनाउने अनि महिलाहरु यसको सिकार बनिरहने

अक्सर मंसिर महिनामा धेरै जसोको विवाह हुन्छ, हुने गर्छन् पनि कतिको प्रेम सम्बन्ध छुट्छ, कतिको प्रेम सम्बन्धले पूर्णता पाउँ जे हो होस् मंसिरमा रुने रुवाने खेल राम्रै चल्छ कतिको विवाह गर्ने सपना हुन्छ, कतिले घरकाको करले विवाह गरेका हुन्छन् कतिलाई बाबुआमालाई मर्न सजिलो बनाइदिनलाई पनि विवाह गर्नुपर्ने हुन्छ जे होस् अनेकौं कारण सहित एउटा केटिले विवाहको जग्यदेखि केटाको घरसम्मको दूरि तय गर्छे

आफ्नो मनले राजिखुसिले बिहे गर्नेको लागि ठी बिहे तर हाम्रो समाजमा समाजले विवाहको लागि यस्तो मापदण्ड तय गरेको जसलाई पूरा नगर्नु ठूलै पाप सरह मानिन्छ केटीले, केटीका परिवारले समाजका अनेकौं कुराहरु सुन्नु पर्ने हुन्छ कहिलेकाहीँ स्थिति यति सम्म बन्न जान्छ कि सुन्न सक्ने हौसला पनि सकिएर जान्छ

अझ अलिकति उमेर पुगेका केटीहरुकोलागि मंसिर महिना सकस नै हो जसले पाइला पाइलामा एउटै सवाल खेप्नु पर्ने हुन्छ मंसिर लाग्यो भोज कहिले खुवाने हो यो पालिको मंसिर पनि जाला जस्तो , यस्तै यस्तै मलाई विवाहसँग समस्या हैन विवाहलाई लिएर हाम्रो समाजले तोकेको मापदण्डसँ हो, विवाह आफैँमा समस्या नभए पनि यसैसँगै समाजले तोकेको मापदंडमा प्रचुर समस्याहरू छन् जसमा केटीको उमेर, केटीको संस्कार, केटीको कपाल केटीको पहिरन आदि आदि प्रमुख कुरा हुन आइदिन्छ  एकपल यस्तो लाग्छ हाम्रो समाजले "केटी पनि मान्छे" नै हो भनेर सोच्नै बिर्सन्छ उसलाई मान्छेको दृष्टिकोणले हेर्नै चाहन्न, बस् हेर्छ लिङ्गको रूपमा कि " छोरी हो, केटी हो" बीस वर्ष पुगेपछि विवाह गर्नै पर्छ नभए विवाहको उमेर सकिएर जान्छ यो उमेरमा विवाह भएन भने यो समाजको हिस्सा बन्न सुहाउँदिन

समाजको अर्को दृष्टिकोण यस्तो हुन्छ भने अर्कोतिर केलाउँदा केटाहरुलाई फेरी अर्कै सोचले प्रताडित गरिरहेको हुन्छ कि अब हाम्री प्रेमिकालाई कुन चाहिँ पि.. वालाले डाउँने हो ! जब जब यस्ता स्टाटस, ट्वीटहरू प्रकाशित भएका भेटिन्छन् अनि केटा मान्छेहरुका यस्ता सोचहरू सुनिन्छन्, तिनले अचम्मित पार्छन् किनकि जुन प्रेम सम्बन्धमा विश्वासको डोरी नै कायम भएको हुँदै, यस्तो प्रेमबाट कस्तो अपेक्षा राख्ने ? अनि केटीहरुले आफ्नो भविष्य सोच्नै नपाउने यो कस्तो दासत्व हो ? विवाह पछि अधिकांश केटीहरु श्रीमानको अधिनमा हुन्छन्, यो कुरा भन्नै पर्दैन अब कि विवाह अघि प्रेमीको अधिनमा पनि हुनै पर्ने अझ दुईचार दिन भेटेर बोलेको मान्छेको अधिनमा हुनै पर्ने सोचको उपज केटीको जीवनलाई नै नियन्त्रित हुनेगरेको भेट्दा यस पंक्तिकारलाई बेलाबेलामा बढा अचम्मित पार्छ

अघिपछि छोरीको कपडा, संस्कार कपालको कुरालाई नजरअन्दाज गरिरहेका बाबुआमा अब एक्कासि उनीहरूलाई छोरीको कपडा, संस्कार कपालको चिन्ता हुन थाल्छ हिजोसम्म पाइन्ट टिसर्ट लगाइरहेकी छोरीलाई आमाको र्दी जारी हुन्छ कुर्ता लगाउ, सल , आफूलाई छोपेर हिँ, कपाल नकाट; उता केटाहरुलाई मन पर्दैन खाना बनाउन सिक, तिमीलाई हेर्न केटाहरु आउदैछन् चिटिक्क परेर बस धेरै नबोल बेस्सरी नहाँस उर्खुट्टी हालेर नबस ओहो ! यस्तो कुरा कति हो कति त्यतिबेला लाग्छ विश्वविद्यालयको प्रमाणपत्र फिक्का पर्दैछ बरु भान्साको, घरको अनि केटाको अगाडि कसरी प्रस्तुत हुने भनेर कक्षा लिएको भए हुन्थ्यो होला  

विवाहले किन एउटा केटीको लागि यति धेरै बारहरु, मापदण्डहरु निर्माण गरिदिन्छ होला ? आफ्नो जिन्दगी, आफ्नो सोच, आफ्नो निर्णय, आफ्नो फैसला आफ्ना अनुभुतिहरु पनि हुन्छन् होला आफ्नो लागि के ही, के गलत भनेर फैँ पनि सोच्न सक्ने भएको हुनैपर्छ कि नितान्त मेरो तर्फबाट मलाई बुझेर यहाँ कस्ले सोचिदिने ? बाबु-आमाको छदै थियो, दाइ-भाइको पनि राम्रै प्रभुत्व हुन्छ केटीको जिन्दगीमा कहिलेकाहीँ सोच्छु यतिका मान्छेले प्रभुत्व राखिरहँदा कहाँ हुन्छे स्वयंमा यौटी केटी मान्छे ? कहाँ उसको स्वतन्त्रा, उसको सोचको सम्मान ? कहाँ उसको भावनाको सम्मान ? कहाँ छे स्वयम् ? कहिलेकाही यी यस्ता प्रश्नले खुब रन्थल्याउछन् मलाई  

विवाहको आफ्नै ठाउँमा होला हरेकको जिन्दगीमा। तर कयौं पटक असहमति जनाउँदा जनाउँदै पनि कयौं केटीहरूले आफ्नै केटा साथीहरुबाट दुर्व्यवहार सहनु परेको हुन्छ प्रेम सम्बन्धलाई अस्वीकार गरेकै कारण जल्नु जलाइनु परेको हुन्छ, तीब्र मानसिक वा  एसिड आक्रमणसम्मका अपराधहरूका शिकार बनाईएको हुन्छ यी सब फैँमा साह्रै निकृष्ट कुराहरू हुन्

विवाहलाई नै जिन्दगी मान्नेको ठूलै संख्या हाम्रो वरपर अधिकांश केटीहरू विवाहको सपना देखेर विवाहकै सिकार हुन्छन्  हाम्रो समाजमा विवाहलाई जिन्दगी एउटा सुन्दर पक्ष मानेर अगाडि बढ्ने हो नकि विवाहलाई जिन्दगी बनाएर जिन्दगी नै दाउमा लाउने हैन, यो कुरा बुझ्न केटीहरुलाई अझ कति समय लाग्ने हो, भन्न गाह्रो पितृसत्ताको यो जरो कहिलेसम्म हामीमा जीवन्त बनेर हामिलाई सताउने हो भन्न कठीन

विवाहको सकारात्मक नकारात्मक पक्षलाई नकेलाइकन यसको पाईला चाल्नेहरूको समूह एकातिर भने विवाहको नकारात्मक पक्षलाई मात्र हेरर यसको आलोचना गर्ने समूह पनि कम छैन हाम्रो समाजमा बदलिँदै गरेको समाज, बदलिंदै गरेको समय अनि यो समयसँग जुध्न नसकेका कतिपय युवा वर्गहरु... ? विवाह जति केटीको लागि असहज हाउगुजीको विषय बनेको , त्यती नै केटाको लागि पनि असहज विषय हो प्रेम विवाह आफ्नो ठाउँमा तर आज नि हाम्रो समाजले, हाम्रा आमाबाबुले चाहने, खोज्ने रोज्ने भनेको नै मागी विवाह हो मागी विवाहको महत्त्व नै छुट्टै हुन्छ हाम्रो समाजमा प्रेम विवाहलाई आज पनि हाम्रो समाजमा पूर्णतया राम्रो नजरले हेरिँदैन, पाउनु पर्ने जति इज्जत प्रेम विवाहले पाँउछ त्यसैले विवाह केटा पक्षको लागि पनि  त्यति नै नयाँ, कौतुहता असहजताको विषय हो जति एउटा केटीको निम्ति हो तर बिहेकै नाममा केटाभन्दा केटीहरु बढी सिकार हुन पुग्छन् हाम्रो समाजमा  

छोरीलाई पढाउन सक्ने, उनीहरुलाई हिम्मत उँडान भर्न सपना देखाउने सक्ने बाबुआमाले किन छोरीको आत्मनिर्भर बन्ने चाहनालाई नजरअन्दाज गरिदिन्छन् ? छोराको आत्मनिर्भरतालाई खुसिका साथ स्वीकार गर्ने बाबुआमाले बुहारी घरेलु नै किन खोज्छन् ? यस्ता जिज्ञासाहरू यी दिनहरुमा धेरै नै उठ्न थालेका छ्न् मेरो मनमा  

मैले आफ्नो जिन्दगीका परिपक्वतासँगै आफ्नो स्वतन्त्रतासँग केही चुनौतीपूर्ण वसन्तहरू पार गरिरहँदा जसरी मंसिर भोजलाई लिएर प्रश्नरू सुनेँ, तिनको सामना रेँ, ती कुराले मलाई केही फरक तरिकाले सोच्न सिकायो जुन आफ्नो उपलब्धि मान्छु मलाई यी दिनहरुमा विवाहसँग समस्या पनि हैन तर मलाई जहिले आफ्नो स्वतन्त्रता, आफ्नो आत्मनिर्भरता आफ्नोपनसँग प्रेम रहिरह्यो, रहिरहने ; यो सत्य हो

एउटा केटीले आफ्नो निम्ति श्रीमान भन्दा ढी एउटा साथी चाहन्छे जसले उसका सारा कुरालाई सहजै बुझिदियोस्, उसका खुशिहरु, उसका उमंगहरु सहजै बाँढिदियोस् दु:खहरु कसको जिन्दगीमा हुदैनन्, संघर्ष कसले गर्दैन ? बस उसका खुसीमा त्तिकै हर्षित उत्साहित भएर उसका खुसीहरुको  सहभागी भईदियोस् उसको जिवनसाथी बस यति नै चाहन्छे, यति नै खोज्छे

जुन दिन हाम्रो समाजले छोरीलाई छोरी हैन यौटी पूर्ण मान्छे सम्झेर हेर्छ, केटाले आफ्नो लागि श्रीमती हैन साथी रोज्छ, त्यस दिनदेखि कुनै बाबुआमालाई छोरीको विवाह गर्न हतार हुने छैन अनि आफन्तलाई सोध्न जरुरी पनि हुने छैन कि मंसिर सकियो भोज कहिले खाने भनेर

 




उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...