Yamunathapablog

Thursday, December 21, 2017

फैसला

फैसला
सम्बन्धबिच्छेदको
कागजमा हस्ताक्षर गर्दै गर्दा,
ती दिन मानसपटलमा छर्लङ्ग हुँदै थिए,

ओहो ! सिंदुरले सिउदो रंगिएको क्षण
संसार सारा मेरो रंगमा रंगेको आभास 
भएको थियो मलाइ,

बिबाहको मण्डपमा सात फेरा लिदै गर्दा पण्डितले 
भनेको त्यो वचन "अब सात जन्मसम्मको अटुट बन्धन 
हो है यो नानि हजुरहरुको"भनेको भर्खर जस्तो लाग्छ
हासो,खुसी अनि सौभाग्यले सजिदा संसारको सबैभन्दा
भाग्यमानी केटि सम्झेकी थिए मैले आफुलाइ,

तर बिहेको केही समयमा नै हामी बिचको दुरि यति धेरै 
बढ्यो कि आज मेरो हातलाई रोक्न मेहेन्दिको रंग पनि 
फिक्का परिरहेको छ,

र मेरा औलाहरुले सम्बन्ध बिच्छेदको कागजमा
हस्ताक्षर गरिरहदा म चुपचाप चुपचाप र मौन छु, 
आफ्नै फैसला र औलाहरुको अगाडि ........

Thursday, September 14, 2017

बालदिबस र रिता

बालदिबस र रिता

एकाबिहानै साउको घरमा
रेडियो बज्छ र भन्छ
आज बालदिबस देशभर विभिन्न कार्यक्रम
गरेर मनाइदै छ,

अनि साएब कराउछ
ए का मरिस ! छिटो चिया लिएर आ
मलाइ बाल अधिकारको कार्यक्रममा
जान ढिला भैसक्यो,

उ हतार हतार चिया टक्राउछे साउको अगाडि
र साएब भन्छ आज बाल दिबस
मैले घरमा मान्छे बोलाएको छु छलफलको लागि

घर र भाडा राम्ररी सफा गर्नु
अनि खाना राम्रो बनाउनु,
घरमा छलफल हुन्छ
,बेलुन उडाइन्छ बाल अधिकारका नाउमा,
 र
उ १३ बर्सकी रिता घरी झुठा भाडा घरी
उडिरहेको बेलुन तिर हेर्दै
 तप्प आसुका थोपा झुठा भाडामा खसाल्दै भन्छे
आज बाल दिबस,बाल दिबस,बाल दिबस !!!

Friday, August 4, 2017

रित्तो खाम

उफ्फ ! यो कलंकीको जाम कस्ले बयान गरि सकोस् । गाडी

कुर्दा कुर्दा हैरान भैसकेकी थिए म। धन्न अफिसबाट अलि छिटो निस्किएकि थिए र गाडि मा सिट पाए। म संगैको सिटमा एकजना युवती पनि बसेकी थिइन । उनिसंगैको सिटमा बसेकाले मेरो नजर उनले हातमा समाती रहेको खाम मा पर्यो । मान्नौ त्यो उनको लागि धेरै महत्त्वपूर्ण चिज थियो ।त्यसैले त खाम ब्यागमा सम्म नराखी हातमा समाएकी थिइन । कालिमाटी टेकुको जाम त्यसमाथी गुन्द्रुक खादे झै कोचिएका मान्छे ! साच्चै छोटो दुरिको भएपनि साह्रै मुस्किलको यो यात्राले उनिप्रतिको मेरो कौतुहल्तालाई असहज बनाइ दिएको थियो। सिट पाउँदा त यति सकस छ झन उभिएर यात्रा गर्नु परेको भए के हाल हुन्थ्यो होला । म यस्तै सोच्दै थिए। गाडी कतिबेला कालिमाटी, टेकु अनि थापाथलीको जाम छिचोल्दै बानेश्वर आइपुगेछ पत्तै भएन ।,बानेश्वर आइपुग्ना
साथ ती युवती गाडिबाट हतार हतात निस्किन् मानौ उनको प्लेन नै छुट्दैछ तर हतार हतारमा उनिले त्यति माया गरेको त्यो खाम त्यही गाडीको सिटमा नै बिर्सेर गइन ।
मैले बोलाए पनि सायद उनिले सुनिन्न । गाडी पनि अगाडी बडिहाल्यो । त्यो खाम मा के होला कसो होला मलाइ कौतुहल्ता त लागिरहेको थियो तर त्यो चिठी उठाउ कि न उठाउ ? एकछिन को अलमल पछि खाम उठाए मैले । गाडीबाट झरेर सरासर आफ्नो रुम तिर लागे । रुममा पुग्ने बित्तिकै ब्याग टेबलमा राखे र फ्रेस भए । यो धुवाधुलो, अफिसको काम अनि गाडिको जामले शरीर थाकेको थियो । खाना बनाउने समेत जागर थिएन्न ।तर भोकले सतायेको थियो खाना त बनाउनै पर्यो ।त्यसैले पनि खाना बनाएर खाए अनि फेसबुक खोले ।फुसबुक पनि कत्ती हेर्नू। आज यो गरे, आज यस्तो भयो,मेरो यो चिज यस्तो भन्दै राखेका साथिहरुका पोस्ट बाहेक केही हुन्न। दिक्क लाग्यो फेसबुक चलाउन पनि,अनि बन्द गरे मोबाइल,एक हप्ता अगाडि मात्र अनाबरण भएको पुस्तक माङ्गेनाले टेबलबाट चिहाइरहेको थियो सोचे होस यहि पढ्छु एकछिन र माङ्गेना हातमा लिए। माङ्गेना हातमा मात्र के लिएकी थिए।अघिको त्यो खामको याद आयो अनि खाम ब्यागबाट निकालेर ओल्टाइपल्टाइ ठेगाना हेरे । खाम त बेनामी थियो । अनि खोलेर हेरे धन्न रित्तो रहेनछ। त्यहा भित्र एउटा चिठी थियो जुन अलि अधुरो अधुरो जस्तो थियो । अक्षरमा डिका पनि हालिएका थिएन्न तर पनि चिठी खोलिसके कि थिए । त्यसैले पनि बुझी नबुझी पनि पढ्ने कोशिस गरे । किन पढ्नु अरुको चिठि जस्तो नलागेको पनि हैन तर खोलिसके पछि मन कहाँ मान्दोरैछ र ! अनि मैले चिठी पढ्न सुरु गरे ।
चिठी लेखेको देखेर तिमीलाई अचम्म लाग्ला न कुनै सम्बोधन, न हाल खबर,न सन्चो बिसन्चो केही छैन । एकै चोटि यसरी लेखिएको छ। पहिला त म तिमिलाइ शुभकामना भन्छु। आफ्ना नयनमा सजाएका सुन्दर सपना पुरा गर्न अर्कै देश जो जान्दैछौ। हुन त यो सब मैले भेटमा पनि भन्न सक्थे । तर सकिन भन्न साह्रै गाह्रो हुदोरहेछ । तिमी पो नया सपनाका तर्फ उडान भर्दै थियौ तर मेरा सपनाहरू त एकएक गरेर टुट्दै थिए, सिसा जस्तै किनकि मेरो सपना भन्नू नै तिमी जो थियौ । तिमिसंग हुदा, तिमी साथ हुदा मैले मेरो प्रेम कहिल्यै अभिव्यक्त गर्न सकिन अझ भनौ मैले आभास नै गर्न सकिन ,किन तिमिसंग हुदा मौसम रंगिन लाग्छ, किन तिमीसंग कुरा गर्न,जिस्किन रिसाउन मन लाग्छ बुझ्नै सकिन । जब बुझे, जब आभास पाए,व्यक्त गर्न सकिन साहस बटुलेर तिमीलाई भन्छु भनेको दिन त तिमिसंगको आखिरि दिन रहेछ। तिमीले धेरै समय देखि कोसिस गरेको तिम्रो अस्ट्रेलिया जाने दिन पक्का भएछ | मत्लब तिम्रो भिजा आएको रहेछ। तिमी साह्रै खुशी थियौ सबैसँग खुशी बाड्दै थियौ जहाँ म पनि सामेल थिए । तिम्रो खुशी देखेर म तिम्रो खुशिमा नै भुले, भुले आफ्नो कुरा भन्न आफ्नो प्रेम अभिव्यक्त गर्न । अझ भनौ चाहिन मैले भन्न,कतै मेरो प्रेम तिम्रो सपनामा बाधा त बन्ने हैन भनेर ।
तिमीलाई लाग्ला फेसबुकको जमानामा चिठी किन लेख्नु परेको होला कस्तो पागल केटि तर कलमले यो कागजमा आफुलाइ अभिव्यक्त गर्नु जतिको मज्जा कहाँ त्यो फेसबुकको किबोर्डमा हुन्छ र ! मनलाइ यो कागजले जति के त्यो किबोर्डले बुझ्ला र खै ! तिमीसंगको पहिले भेट नै जिबनको सुरुवात हुन्छ होला कहिल्यै सोचेको थिएन मैले ।सायद तिमि नै यस्तो ब्यक्ती थियौ जाे हजारौं को भिडमा बेग्लै लागेको थियो मलाई,जसलाई मेरा नजरले बारम्बार खोजिरहन्थे,पछ्याइरहन्थे । तर तिमिले यसको आभास सम्म पाएनौ, अझ भनौ मैले तिमिलाइ आभास गर्नै दिन। साच्चै भन्छु तिमिसंगका प्रत्येक पल मेरो मानसपटलमा छर्लङ्ग र मेरा नयनमा कैद भएका छन । मसंग हुदा तिमी कस्तो अनुभुती गर्थेयौ थाहा छैन तर तिमिसंग हुदा म आफुलाइ बिर्सन्थे संसार तिमिमा देख्थे। सोच्थे यो पल,यो समय यहि रोकियोस् सदासदाको लागि । यो प्रेम भन्ने चिज नै अनौठो हुदोरहेछ जसलाई प्रेम गरिन्छ उसैलाई अभिव्यक्ति गर्न नसकिने रहेछ न माया नगरी बस्न नै सकिने रहेछ ।
तिमीलाई याद छ एकदिन हामी केहिछिन लाई भनेर बानेश्वरको एउटा क्याफेमा भेटेका थियौ तिमीलाई कुनै केटि साथिको फोन आएको थियौ तिमी उसंग जिस्की जिस्की कुरा गरिरहेका थियौ । अनि मैले रिसाएर फोन काटिदिएकी थिए। तिमी साह्रै रिसाएका थियौ । मैले कति सरि भन्दा पनि मानेका थिएनौ । अनि तिमीले किन त्यसो गरेको भन्दा म मौन बसेकि थिए तर आज तिमीले सबै कुरा बुझेयौ होला। थाहा छ जुन दिन मैले तिमीसंग प्रेम भएको आभास पाए । त्यो दिन म सबैभन्दा बढी खुशी भएकी थिए । किनकि मलाइ कसैसंग प्रेम भएको थियो। हो,कोहि मलाई मन पर्न थालेको थियो साच्चै त्यो पल मेरो जिबनको साह्रै सुन्दर पल थियो । तर जसलाई म प्रेम गर्न थालेकी थिए, उसलाई यो बारेमा त पत्तो तिएन बरु उसको सपना त अरु नै थियो। म सानोसानो कुरा रमाउने मान्छे उसलाई संसारका ठुलाठुला महल चुम्नुपर्ने, सागरको गहिराइ नाप्नु पर्ने । भन्छन् जिन्दगीमा खुशिका पल थोरै र दुखका पल धेरै भोग्नुपर्छ रे,दुख त भोग्नु नै छ । त्यसैले मैले खुशिका पल रोजे रमाए केहिछिनलाई र छोडिदिए मनलाई बेपर्बाह, त्यसैपनी मन कहाँ आफ्नो बसमा हुनथालेको थियो र त्यतिबेला ।
एकदिन अचानक तिमीले बोलायौ म सजिए खुशीले,सजिए केही शृङ्गारिक बस्तुले सोचेको थिए तिमीलाई आफ्नो मनको कुरा भन्छु । तिमी साह्रै खुशी थियौ त्यो दिन तर तिम्रो खुशिमा म निकैबेर खुशी रहन सकिन । जब तिमिले अस्ट्रेलियाको भिजा आएको कुरा सुनायौ त्यहि नै आफ्नो सबैभन्दा ठुलो खुशी भनेयौ र अब छिटै नै नेपाल छाडेर जाने कुरा गरेयौ म त छागां बाट खसे झै भए जुन मान्छेलाइ म आफ्नो सोच्थे,आफ्नो बनाउछु भन्थे, उसलाई मेरो त के देशको समेस मत्लब थिएन उ त देश छोडेर जाने कुरामा रमाउदै थियो। उफ्फ ! म केही नबोली कोठामा आए अब छिटै नै एअरपोर्टमा भेट्ने बाचा सहित । तिमीसंग छुटेर त आए तर मन कहाँ सम्मालिदो रहेछ र कति बेर रोए । अनि तिम्रो खुशि नै आफ्नो खुशि सम्झेर चित्त बुझाए र अन्त्यमा सोचे एकपटक जसरी भएपनी आफ्नो मनको कुरा तिमिलाइ भन्छु तिम्रो जवाफ जस्तो होस ठिक छ । त्यसैले मैले तिमिलाइ यो पत्र लेखेकी दृश्य । सायद यो पत्र तिम्रो हातमा पर्दा हामी कोसौ टाढा हुन्छौ होला तर मलाई आशा छ तिमी मलाइ बुझ्नेछौ,मेरो प्रेमलाइ बुझ्नेछौ, अनि मेरा भाबनलाइ बुझ्नेछौ ।भन्छन् समय चक्र हो तिमी पनि फर्कनेछौ एकदिन अवश्य। र म तिमीलाई कुरिरहेकी हुनेछु चाहे तिम्रो जवाफ जे होस तिमीलाई माया गर्ने नेहा ।
उफ! जब चिठी पढे मेरा आँखा भरिए, मन भारी भयो सोचे आज पनि संसारमा प्रेम जिउदो छ,साचो प्रेम गर्ने मान्छे छन ,त्यसैले यो चिठी यसरी कथामा उतारेकी हु ताकी यो दृश्य सम्म पुगोस । आशा छ उसले नेहाको प्रेमलाइ अनि उसको प्रतीक्षालाई बुझ्नेछ । मेरो पनि अनुरोध छ दृश्य साचो माया र साचो माया गर्ने मान्छे संसारमा कमै पाइन्छन् । यो चिठी पाउनु भयो भने अवश्य पढ्नु होला। नेहाको लागि उसको प्रेमको लागि अवश्य नेपाल फर्कनु होला र उसको प्रेम र प्रतीक्षालाई पुर्णता दिनुहोला ।

Monday, July 31, 2017

सभ्य समाज


                            सभ्य समाज

हाम्रो देश नेपाल संसार कै सुन्दर देशमध्य एकमा पर्दछ। यहाँका संस्कार र संस्कृति पनि त्यति नै राम्रा र प्यारा छन् तर बाहिर हेर्नलाई जति राम्रा र सुन्दर देखिए पनि यहाँ भित्रको समाज र संस्कार कुसंस्कृती भित्र नराम्रो तरिकाले जकटिएको छ । हेर्नलाइ जति सभ्य र भलादमी देखिन्छ त्यही नै फोहोरी र हिंस्रक पनि छ । यो कुरा बुझ्नलाई र देख्न लाई धेरै टाढा जानै पर्दैन। हाम्रो देशको तराइ मधेसलाई नजिक बाट हेर्ने हो भने त्यहाँ प्रत्येक दिन दाइजो नल्याएको आरोपमा एउटि बुहारि घरपरिवारबाट आगोमा जलाइएर मर्छे या त परिवारको कुटपिट अनि दिन प्रतिदिनको मानसिक यातनालाई सहन नसकेर आत्महत्या गर्न बाध्य हुन्छे।उ यस्तो समाजमा बस्न बाध्य भएकी हुन्छे,जहाँ महिलाको स्थान घरमा पालेको पशु सहर पनि छैन ।त्यस्तो छ हाम्रो सुन्दर देखिने समाजको बास्तबिकता ।

अनि अर्कोतिर मध्य पश्चिम र सुदुर पश्चिमका समाजलाई हेर्ने हो भने त्यहाँ हरेक महिना एउटि छोरी, एउटि बुहारी छाउ बार्नु पर्ने र छाउगोठको घिनलाग्दो परम्पराले मर्न बाध्य हुन्छे । शरिरमा आउने परिवर्तन र नयाँ जिबनको आरम्भ हो, रजस्वला तर यहि कुरालाइ हाम्रो समाजले बुझेर पनि बुझ्न नसक्दा र पचाउन नसक्दा सुदुर पश्चिमका अधिकांश छोरि बुहारिहरुले अकालमा नै ज्यान गुमाउनु परेको घटना दिन प्रतिदिन आजका पत्रपत्रीकाको मसालेदार तर लज्जास्पद समाचार बनिरहेको छन्।यसतर्फ हामी कहिले सतर्क हुने अनि यस्ता कुरालाई कसरी न्युनिकरण गर्ने। हुदाँहुदाँ ‍अब त हाम्रो समाजमा छुवाछुतको प्रभाब पनि यति धेरै बढेको छ कि छुवाछुतको कारण आमा सरि महिलाको ज्यान लिन पनि पछि पर्दैन समाज ।हामी भन्न त भन्छौ नारी लक्ष्मी हो,देबि दुर्गा अनि देबि सरस्वतीको प्रतीक हो तर यहि समाजमा महिलालाई बोक्सिको आरोप लगाएर मलमुत्र खुवाइन्छ। अझ नपुगेर आगोले जलाइन्छ अनि कुटपिट गरेर उसको हत्या गरिन्छ र चौराहमा फालिन्छ । यस्ता घटनाको जिम्मेवार को ? के यहि हो महिलालाई गरिने सम्मान ? महिलालाई दिइने इज्जत ?

आज देशले जति नै प्रगती गरे पनि दुईचार जना महिला राष्ट्रको उच्च तहमा पुगेपनि बदलिएको छैन हाम्रो नेपाली समाज, अनि हाम्रो सोच ति अधिकाशं महिलाप्रति। हामीले एक दुई वटा घर र मान्छे बदलिएको देख्दैमा सिङ्गो नेपाली समाज नै बदलियो भनेर सोच्नु मुर्खता शिवाय केही हैन । आफुलाई एक्काइस औ शताब्दिको आधुनिक मानब हु भन्नेहरु बाट नै यस्ता ब्यावहार भैरहेका छन् । समाजको रोल मोडल हु भन्दै महिला र महिलाका बिषयमा ठुला र चर्को नारा लाउनेहरुले नै यस्ता घटानालाई नजर अन्दाज गरेका कयौं उदारण हाम्रा सामु प्रत्येक्ष छन् । समाज बदल्छु र बदल्नु पर्छ भनेर मात्र केहि हुदैन। जबसम्म सुरुवात आफुबाट हुदैन । हाम्रो समाजमा गर्नुपर्छ भनेर भन्नेहरु धेरै छन् तर गर्ने मानिसहरु मात्र औलामा सिमित छन् । नेपाली समाजको रुपरेखा फेर्नेले र फेर्न चाहनाले समाजमा भएका स-साना कुसंस्कारलाई हटाउदै जानू पर्छ ।

आज विश्व समाजले नयाँ इतिहास रचेको बेलामा हाम्रो समाज बुहारीले दाइजो कम ल्याएको कुरामा अड्किएर बसेको छ।रजस्वला शारीरिक बनावट हो भनेर जाँन्दाजाँन्दै छाउ बार्नै पर्ने कुरालाई पछ्याउँदै बसेको छ। आज महिलाले संसार हल्लाएको बेला हाम्रो समाजमा महिलालाई बोक्सीको आरोप लगाएर कुटपिट गर्न ठिक्क छ। यस्तो छ हाम्रो सुन्दर देखीने समाजको बास्तबक चरीत्र ।

अब त हाम्रो समाजले राम्रो नराम्रो पनि छुट्टाउन नसक्ने भैसकेको छ। अझ भनौ अन्धो भैसकेको छ।आफ्नो यौनको हवस बुझाउन साना साना नानिको अस्तित्वसंग खेलवाड गर्न पनि पछि पर्दैन। कहिले पुर्ब, कहिले पश्चिम बलात्कारका घटना दिनप्रतिदिन बढिरहेको छन् ।कतिको त ज्यान पनि गएको छ बलात्कारकै कारण।यहाँ त महिलाको ज्यानको कुनै पर्वाह नै छैन। बरु पशुको स्थान उच्च होला यहाँ तर खै कहाँ छ महिलाको अस्तित्वको रक्षा। न बलात्कारिलाई  उचित दण्ड नै मिल्छ।कहिलेकाही त लाग्छ कानुन अन्धो मात्र हैन बहिरो पनि छ महिलाका सवालमा । एकातिर अस्तित्व लुटिएको पिडा अनि अर्कोतिर उचित न्यान नपाएको दुख यस्तो अवस्था के गरोस् ? एउटि महिलाइले अनि उसको विकल्पको बाटो बन्छ आत्महत्या।

हो यसरि नदेखिदो पाराले अनि सब जना अन्जान भएको नाटक गर्नाले महिलाको अस्तित्व दिन प्रतिदिन खतरामा पर्दै गएको छ। हरेक पल हरेक समय एउटि महिला नजानिदो डरले बाच्न बाध्य भएकी हुन्छे ।अझ भनौ मरेर बाच्दै छे।कहिले छोरा नजन्माएको आरोप, त कहिले दाइजो कम भएको कारण, कहिले बोक्सिको आरोप, कहिले बलत्कृत भएर, त कहिले छाउका कारण हरपल हर समय महिला नै समाजको कुसंस्कारको कठघरामा उभिन बाध्य छे हाम्रो राम्रो भनिने समाजमा ।

महिलाको निम्ति कहिले बदलिने समाज अनि महिलाप्रतिको मानशिकतामा कहिले आउने सकारात्मक परिबर्तन समाजलाई तब कस्तो हुन्छ होला त्यो समाज जहाँ महिलालाई हरेकको कुराको स्वतन्त्रता हुन्छ ।जहाँ महिला जहाँतहिँ हल पल सुरक्षित हुन्छे अनि अश देखि बशंसम्म महिलाको अधिकार हुन्छ .....।


Friday, March 10, 2017

एक सुरुवात


                                                                                     एक सुरुवात    
        

              बेहुली भएर घुम्टो भित्र सजिएको दिन मेरा मानसपटलमा ति प्रत्येक पल छर्लङ्ग हुँदै थिए मेरो घर जुन मेरो स्वर्ग थियो।त्यो दिन पराइ बन्दै थियो,मेरा प्यारा सम्बन्धहरु छुट्टै थिए।अनि आखा भरिदै थिए। आँसु आखाबाट छुट्न नपाउदै ती आसुका थोपालाइ औलाको डिलमा राखेर एउटा अनौठो बिश्वासका साथ तिमिले भनेका थियौ,यी त मोतिका दाना हुन, जुन अमुल्य छ्न र यी तिम्रा आँखा कहिल्यै नभुल्कियौन अबदेखी यो मेरो जिम्मेवारी भयो !
        उफ! हिजो भर्खर जस्तो लाग्छ यो सब भएको तर कति छिटै हाम्रो सम्बन्धले जिन्दगीको पाचौं बसन्त पार गरी सकेछ।बिहे भएपछिका प्रत्येक पल तिमिले मलाइ कहिल्यै एक्लै छोडेनौ।नया घर,नया ठाउँ,नया परिवेश,हरेक कुरा नया थिए मेरोलागी तर तिमिले तिम्रो साथले यति सहज बनाइदियो कि म कति छिट्टै घुलमिल भएकी थिए।तिम्रो परिवार, समाज र परिबेससंग।हुन त हाम्रो बिबाह दुइ परिवारबिचको आपसी निर्णय थियो जसलाई तिमिले र मैले सहजै स्वीकारेका थियौ। 
        तिम्रो बिगत के थियो त्यो जान्ने कोसिस मैले कहिल्यै गरिन, र न तिमिले नै गरेयौ । सायद यहि बिश्वास बाट सुरु भएको थियो हाम्रो सम्बन्ध। बिश्वास र आफन्तको आशीर्वाद सायद अलिअलि प्रेम पनि,आशा थियोे एकदिन त्यो प्रेम पनि हुनेछ जो दुइजना बिच आवस्यक हुन्छ । बिहेपछी हरेक केटिका जस्तै मेरा पनि सपना थिए तिम्रो मायालु स्पर्श, निश्छ्ल प्रेम, बिश्वास,समझदारि र अनन्त अनन्तसम्मको साथ यस्तै यस्तै । तिमिलाइ पनि थियो होला म बाट केही यस्तै आशाहरु। पाएकी हु मैले तिम्रो साथ नपाएको म भन्दिन र दिएकी पनि हु साथ र चाहान्थे जिन्दगीभर यसैगरी दिरहु।प्रेम त्याग हो, समर्पण हो मैले तिमिसंग जोडिए पछी थाहा पाए। बिबाहले दुई ब्यक्तिलाइ मात्र हैन दुई परिवारलाई पनि जोडेको हुन्छ यहि सोचेर सम्बधमा अघि बढे ।
      समय कहाँ सधै उस्तै हुदोरहेछ र,तिमी तिम्रो प्रेम बदलिदै थियो। बिश्वास डगमगाउदै थियो । कतै केही छुटेको आभास हुँदै थियो ।सके जति सम्बन्धलाई बचाएउने कोसिस गरेकी हु मैले । तर न तिमी केही भन्थेयौ,न केही सुन्थेयौ। तिम्रो बदलिदो व्यवाहर अनि परिवारको बढ्दै गरेको बिश्वास। म सोच्न बाध्य हुन थालेकी थिए । आमाले कहिल्यै बुहारी सोच्नु भएन छोरी बनाएर राख्नु भएको थियो । हरेक पाइलामा साथ दिनु भएको थियो । त्यसैले पनि उहासंग तिम्रो बदलिदो व्यावाहरको बारेमा कहिल्यै कुरा गर्ने आट आएन र उहालाइ छोरा कहिल्यै गलत हुदैन भन्ने बिश्वास आफुभन्दा पनि बढी थियो। एउटि आमाको बिश्वास तोड्ने साहस मैले गर्न सकिन । न तिम्रो बदलिदो व्यावहरमा मौन बस्ने हिम्मत नै बाकी थियो म मा ।
     तिमिले नभने पनि अब मैले बुझ्नुपर्ने थियोे । किनकी म पनि एउटि आमा थिए आफ्नो सन्तानको भबिस्यको सवाल जो थियोे । बस यहि बुझ्दै जाने क्रममा थाहा भयो । तिमी अरु कसैसँग खुशी हुदैछौ,अरुको सपनासंग सपना जोड्दै छौ ।कति टुटेकी थिए म त्यो दिन म कल्पना पनि गर्न सक्दिन। कुन चाहिँ श्रीमती होला त्यस्ती जसले आफ्नो श्रीमान अरुसंग जोडिएको हेर्न सक्ने । तिम्रो बास्तबिकताले जति दुखी मलाई बनाएको थियो त्यहा भन्दा धेरै दुखी हुनुन्थियो आमाबुबा जसले मलाई बुहारी हैन छोरी मान्नु भएको थियो । कति लज्जित बोध गर्नुभएको थियो उहाहरुले मेरो अगाडि आफुलाइ । तर यसमा उहाहरुको के गल्ती थियो र! गलत तिमी थियौ या समय मलाई जान्नै मन लागेन । न तिमिसंग तिमिलाइ पाउन लडाइँ नै गर्न मन लाग्यो । त्यही दिन देखि न सिन्दुरमा बिश्वास रहयो, न लगनको पोतेमा न चुरामा सबै मन भुलाउने वाहान न रहेछन् झै लाग्यो । र झुटो आशाका प्रतिबिम्बहरु को मेरो जिन्दगीमा कुनै स्थान नै थिएन र मैले दिन पनि चाहिन।
      एकातिर सम्बन्धमा हुनु नहुनु उस्तै थियो मेरोलागि । र अर्कोतिर न सासुससुराको व्यावाहर मा कुनै फरकपन आएकोथियो न परिवारका अन्य कुनै सदस्यमा मेरोलागी । झन पहिले भन्दा अझ बढी माया र इज्जत बढेको पाउथे म उहाहरुको आखामा आफ्नोलागी । छोरा पनि दिनदिनै हुर्कदै थियो उसको सम्पुर्ण भबिस्य अब मेरो जिम्मेवारी थियो । अब घरकी बुहारी हैन छोरी थिए म त्यसैले पनि सासुससुरा र घर प्रतिको जिम्मेवार बढ्दै थियो। उहाहरुले त छोरालाइ मानौ घरबाट बहिष्कार नै गरिसक्नु भएको थियो।

     यी सबै जिम्मेवारलाई आत्मसात गर्दै नामको मात्र श्रीमतीको सम्बन्ध र पाच बर्ष बैबाहिक यात्रालाई डिभोर्सको कागजमा सहि गरेर तिमी र म दुबैलाइ आजात गरि नया सुरुवात गर्ने निर्णय गरे ।































Thursday, February 9, 2017

त्रीबि र स्ववियु

त्रीबि र स्ववियु
बिगत लामो समयदेखि स्ववियु चुनाब हुन नसकिरहेको अवस्थामा त्रीबिले स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नु आफैमा स्वागतयोग्य रहेकोे छ। र यसमाथि उमेर हदबन्दी पनि तोकिदिएको छ जसले गर्दा अब नया विद्यार्थीहरुको हातमा नेतृत्व पुग्दैछ।त्यसैले पनि बिद्यार्थीहरु माझ अझ उत्साह थपिएको छ ।
तर कता कता नया बिद्यार्थीहरुमा लामो समय पछि हुन लागि रहेको यस स्ववियु निर्वाचनले अपेक्षा गरे जस्तो नेतृत्व प्रदान गर्ला कि नगर्ला भन्ने सवाल उठिरहेको छ किनकि स्ववियु चुनाबको नतिजाले बिद्यार्थीमा प्रत्येक्ष रूपमा प्रभाब पार्ने भएकाले पनि यो चुनाव बिद्यार्थीका लागि अझ चासोको बिषय भएको छ ।
कलेज क्याम्पसहरुमा स्ववियुको लहर छाइरहेको छ त्यो देख्दा डर लाग्छ कहि अब पनि समर्थन चिया,चुरोट र पेट्रोलमा बिक्ने त हैन यतिका समयपछि हुन लागिरहेको स्ववियु चुनाबको नतिजा भ्रष्ट त हुने हैन ।यस्ता बिषयहरुमा त्रीबी र क्याम्पस प्रशासनको ध्यान जान जरुरी छ ।
त्रीबिले चुनावको कार्यतालिका सार्वजनिक गरेपनि त्यति ध्यान दिएको जस्तो लाग्दैन यसतर्फ पनि त्रीबी सचेत होस ताकि चुनाब निष्पक्ष होस् ।
स्ववियु निर्वाचन मात्र निर्वाचन हैन यो त बिद्यार्थी आन्दोलनको अर्को नाम पनि हो ।यसमा हाम्रा अग्रजहरुको रगत र पसिना बगेको छ ताकी आउदा पिडिहरुले शैक्षिक क्षेत्रमा दुख भोग्न नपरोस् भनेर त्यसैले पनि यो धरोहरलाई बचाएर स्वच्छ र निस्कलङ्क स्ववियुको निर्माण गर्ने दायित्व अब हाम्रो हो ।
आफ्नो व्यक्तिगत स्वर्थकोलागी विभिन्न राजनीति दल र अन्य निकायले स्ववियुलाइ कमजोर बनाउन खोजेको कुरा हामी माझ जगजाहेर नै छ जसको उदाहरण आजसम्म पनि स्ववियु चुनाब हुन नसक्नु पनि हो । त्यसैले पनि अब सुन्दर र स्वच्छ स्ववियुको भबिस्य हाम्रो हातमा रहेको छ हामी जिम्मेवार बन्नुपर्छ स्ववियुलाई बलियो बनाउनु पर्छ ताकी भोलिका पिडिले सवाल गर्दा हामी हिच्किचाउनु नपरोस्।
स्ववियु निर्वाचनको पुर्बसंध्यामा उभिरहदा हाम्रा सामु हजारौं सवाल र चुनौती खडा छन् के आउदा पिडिले अपेक्षा गरे अनुरुप नेतृत्व दिनसकिएला ? स्ववियुको त्यो गर्विलो इतिहासलाई कायम गर्दै स्वच्छ स्ववियु निर्माण गर्न सकिएला ? के अबको नेतृत्व विसंगति र बिकृती रहित होला यस्तै यस्तै सवाल जसको जवाब खोज्न जरुरी छ ।
समस्याहरु धेरै छन चुनौती कडा छ,लामो समयपछि स्ववियु निर्वाचनको मिति सार्वजनिक भएको छ त्यसैले पनि हिजो भन्दा आजको समय एक कदम भएपनी अगाडि छ सोच,समाज र समय बदलिएको छ बिद्यार्थी माझ बिद्यार्थी राजनीतिको चरीत्र कतै धमिलिएको छ त्यसैले पनि के यो स्ववियुले बास्तबमै नया सोच र उत्साह बिकास गर्ला त नया विद्यार्थीमा नया उर्जाका साथ धमिलिएको बिद्यार्थी राजनीतिको चरीत्रलाई सफा गर्ला त यस्ता प्रस्हरु धेरै छन ।
यसैले अब हामी सबै एकजुट भएर अराजकता र भ्रष्ट चुनाबको अन्त्य गरि आम बिद्यार्थीको रुचिलाइ मध्य नजर गरेर असल नेतृत्वको चयन गर्नुपर्छ चाहे जित जो कोहिको होस तर नेतृत्व भने असल हातमा जानू पर्छ यसकोलागी हामि सबै आआफ्नो तर्फबाट लाग्नुपर्छ ।

प्रेम:म: झापा

प्रेम : म : झापा
यस्तै रातिको नौ बजेको थियो। म्यासेन्जरमा म्यासेज आयो यमुना भोलि झापा जानुपर्छ तयार भएर बस। आस्थाले जसरी भएपनी तिमिहरु आउनु पर्छ मेरो बिहेमा भनिकी छे,यो म्यासेज गर्ने अरु कोहि नभएर सदि थिइ मलाई जान्छु जस्तो लागेको पनि थिएन र म झापा जानलाइ मानसिक रूपमा तयार पनि थिन। त्यसैले मैले म जादिन होला त जा भने, तर उसले कर गरेपछि नाइ भन्न मन लागेन। बिहे त्यो पनि मिल्ने साथिको ठिक छ जानुपर्यो भन्ने सोचेर बिहान साढे छ बजेतिर कोटेश्वर पुगे।माइक्रोबसमा सिट बुकिङ थियो सदि कौसलटाल बाट गाडी चढ्ने भनेर आएकी थिन। म सरासर गएर आफ्नो सिटमा बसे।
गाडिमा बसेर झापाको मीठो कल्पनामा हराउनै के आटेकी थिए एक जना युवक हेर्दा राम्रो थियो सुन्दा बोली मीठो थियो । उसले भन्यो ''ओइ कता हराएको तिमी मेरै कल्पनामा त हैन'' ।म झसङ्ग भए न देखेको छु,न चिनेको छु पहिले त लाग्यो मलाई भनेको हैन होला।त्यसैले केही बोलिन तर पछि मेरै छेउ आएर फेरि त्यसो भनेपछि पक्का भयो मलाइ नै रहेछ भनेर। अनि मैले भने "मैले बुझिन तिम्रो कुरा अनि न म तिमिलाइ चिन्छु नै"।उसले भन्यो "तिमिले मलाई राम्रोसंग चिनेकी छौ बस अन्जान छौ तिमी यो सत्यसंग तर म तिमिलाइ राम्रो संग चिन्छु किनकि म हरपल हरक्षण तिमिसंगै जो हुन्छु"।उफ उसका कुराले मलाइ कन्फिउज माथी कन्फिउज गरिरहेका थिए मैले केही बुझ्नै सकिरहेकी थिन उ पल मै आउथियो पल मै हराउथ्यो।उसको यो चक्करमा गाडी कतिबेला कौसल्टार पुगेछ,सदि छेउमेरै बसिसकिछ मैले थाहासम्म पाइन। झन म त उसलाई खोज्न पो थालेछु यताउता सदिले बोलाएपछी पो झस्के ।
गाडी रोकिन्थ्यो चल्थ्यो। उ मेरै छेउ हुन्थ्यो घरी मलाई हेरि बस्थ्यो घरी के के भनी अनि मैले चिच्याएरै भने को हौ तिमी किन यसरी सएताको मलाइ । अब भने उसले भन्यो "म तिमिलाइ माया गर्ने मार्ने मान्छे,तिमिलाइ चाहाने मान्छे अनि हरपल तिम्रो वरिपरि हुने मान्छे,तिमी भित्र बस्ने मान्छे । म उसको कुरा सुनेर हासे र भने यस्तो भन्ने तिमी पहिले मान्छे हैनौ मेरो लागि अनि उसले भयो " तर अन्तिम भने हु " म उसको जवाफले अबाक भए । केही बोलिन एकछिन सबथोक रोकिए झै लाग्यो अनि उसले मेरो हात मेरो मुटुमाथी राख्दै भन्यो यहाँ छामी हेर त त्यही छु म, तिमिसंग हरपल धड्किन्छु म,यस्तै कुरैकुराको शिलशिलासंगै माइक्रोबस झापाको दमकमा रोकियो आस्थाको भाउजू हामिलाइ लिन बसपार्क आउनु भएको थियो हामि उहाँसंग जाने भयौ।
आजलाइ मेरो यात्रा सकियो सायद उसको पनि हामिसंसगै उ पनि माइक्रोबसबाट ओर्लियो। उ फेरि त्यतै कतै हरायो म र सदि भाइजुसंग उहाको मामाघर गयौ।घरमा मामा माइजुले यति आत्मीय व्यवाहार देखाउनु भयो कि उहाहरुसंग पहिले पटक भेटेको आभास नै भएन। घरका सबैजना रमाइला र आत्मीय थिए। खानाखाइबरी यात्राले थाकेका हामि बेडमा ढल्किने बितिक्कै निदाएयौ । झापा दमकको पहिले बिहानि यति मनमोक र रमणीय लाग्यो कि त्यो बिहानिमा जिन्दगी नै बिताउ जस्तो त्योपनि उसैसंग। बिहानी सकिएसंगै म र सदि आस्थाको घर गौरिगन्ज तिर लागेयौ । माइजू बसपार्क सम्म छोड्न आउनु भयो। यतैकैमा कसैले मेरो हात पछाडि बाट समायो म चिच्याउन आटेकी के थिए। उसले चुप भनेर मेरो मुखमा हातेर राखेर भन्यो "तिम्रो हात यसरी नै समाएर जिन्दगीको त्यो अन्तिम क्षणसम्म यात्रा गर्न मन छ प्यारि,तिम्रो मन्जुरी छ नि"। मैले हात झटारे र रिसाउए उसले गालामा हात सुम्सुम्याउदै भन्यो तिमी यसौ त यति राम्री झन रिसाउदा बयानौ गर्न सक्दिन म उफ ! उसको कुराले हास्न पो थालेछु म। फेरि यताउता हेरे कसैले देख्ला कि भनेर हासो रोके अनि म र सदि गौरिगन्जको गाडी चडेढौ उ पनि हामिसंगै आयो।

हामि आस्थाको घर पुगेयौ,आस्था बाहेक कसैलाई जान्दौनथेयौ हामी तरपनी सबैलाई नमस्कार गरेर औपचारिक पूरा गरेयौ आस्था भोलिकी बेहुली उसलाई के के भन्दै जिस्कायौ । जसै साझ पर्यो अरुले के सोचे थाहा भएन तर मैले भने धेरै थोक सोचे एकपल आमा भएर,एकपल साथी भएर एकपल छोरी भएर,अनि एकपल दुलही भएर आज आफ्ना भनिएका सम्बन्ध भोलि पराइ हुनेछन्,पराइ आफ्ना बन्नेछन्,आज मात्र छोरी बनेकी मान्छे भोलि कसैकी श्रीमती,बुहारी,भाउजू,र माइजू आदिजस्ता सम्बन्धमा ढल्नुपर्ने छ,हरेक सम्बन्धलाई पछि छोड्दै नया सम्बन्धमा जोडिनु पर्ने ,आफ्नालाइ रुवाएर अरुको जिन्दगीमा खुशी छर्दै हिड्नु पर्ने उफ!कस्तो नियति हो यो छोरिको ! यि सब कुरा सोच्दा सोच्दै मेरा आखा त भरिन थालेछन् अनि मेरा आसु पुछ्दै उसले भन्यो तिमी भावुक छेयौ, तिमिलाइ हरेक कुराले छुन्छ भो अब धेरै नसोच र तिमी सुत भोलि बिहेको दिन तिमी राम्री देखिनु पर्छ। मेरोलागि भएपनी उसले भन्यो उसंग कुरा गर्दागर्दै निदाएछु ।
भोलिपल्ट बिहे बिहानदेखि भित्रबाहिर सुरु भयो बिहेको विधि सुरु भयो जन्ती आए स्वयम्बर,कन्यादान, बिबाह देखि लिएर आसुसंगै दुलहीको बिदाइ भयो। दुलहा पट्टी खुशी हुँदै दुलही लिएर गए माइती अँध्यारो मुख लगाउदै कोठा कोठा पसे। यो दृश्यले मैले अगाडि सोचेको जस्तै थियो।आज रुन भन्दा पनि सोच्न मन लागेको थियो। चिच्याएर समाज र संस्कारसंग सोध्न मन लागेको थियो। के छोरी हुनु यति ठूलो गल्ती हो कि छोटो जिन्दगीमा आफ्नैलाइ रुवाएर आफू खुशी हुनुपर्ने,आफ्नो घर आफ्ना बाआमा सब छोड्नै पर्ने किन तर मेरो जवाफ न समाजसंग नै थियो, र छ न संस्कारसंग । उ त बस मेरो मौनतालाई निहाली रहेको थियो,उ चाहन्थ्यो म केही बोलु तर म चुपचाप चुपचाप थिए।उसले मलाई झट्काएर भन्यो केही त बोल अनि मैले भने देखेयौ हैन मैले भनेको जस्तै भयो त्यसैले मलाई न प्रेम गर्न मन लाग्छ न बिबाह । उ मेरो कुराले स्तब्ध भयो सायद यसको जबाफ उसंग पनि थिएन।
झापाको बसाइ सकिदै थियो काठमाडौ हिड्ने समय हुन आटेको थियो उसले भयो प्रेम त्याग हो,समर्पण हो,प्राप्ति हो चाहना हो पुजा हो र भगवानको दोस्रो रुप हो । प्यारी तिम्रो र मेरो यात्रा सकियो म त बस तिम्रो यात्रा पुर्ण गराउन आएको हु यात्राको रहस्य तिमीले बुझिसक्यौ। र मेरो यात्रा पनि पुरा भयो।अब जुनदिन तिमिलाइ प्रेम हुन्छ त्यो दिन तिमिले मलाई सम्झिने छेयौ र म आउनेछु तिम्रो लागि मात्र तिम्रो लागि आज तिमिसंग प्रेमका शब्द छन्। तर प्रेम छैन कुनै दिन तिमिसंग दुबै हुनेछन् र तिमिलाइ महसुस हुने छ तिमी जस्तै,तिम्रा शब्दमा जस्तै प्रेम पनि सुन्दर छ ।
उ यति भनेर हरायो म भित्रै ।
र उसलाई र उसका कुरा सोच्दै म झापाको यात्रा सकेर काठमाडौ तिर लागे ।।




Saturday, January 7, 2017

परिक्षाभित्रको जिन्दगी


                                                      परिक्षाभित्रको जिन्दगी

       "कस्ले भन्छ बिश्वबिद्धालयका सटिफिकेटमा टप गरेर सफलता हासिल गर्दैमा जिन्दगीका सम्बन्धहरुमा पनि सफलता हासिल गर्न सकिन्छ भनेर"।पायल मेरो घर नजिककी साथी एउटै गाउँ,एउटै ठाउँ,एउटै स्कुल एउटै कक्षा तरपनि हामी मिल्ले साथी भने कहिल्यै भएनौ।उ कक्षाकि टपर गर्ल हामी मध्यस्थरका बिध्यार्थी कसरी मिल्नु,त्यतिबेला टपरका सान नै छुट्टै,गाउलेले शिक्षकले,र अरुले उसलाई र हामिलाइ हेर्ने नजर नै फरक। त्यसैले पनि होला मलाई जहिले टपर बन्ने रहर लाग्थ्यो मैले मेहनत नगरेको पनि कहाँ हो र तर खै कहाँ कहाँ के कमि रहन्थ्यो रहन्थ्यो। टपर बन्न नसके पनि कक्षामा मेरो पढाइ भने ठिकै थियो। समयसंगै हामी ठुला हुदै गयौ,कक्षा चढ्दै गयौ र हुदाहुदा प्रवेसिका परिक्षा पनि सकियो। केहि समयपछि प्रबेसिका परिक्षाको रिजल्ट प्रकाशित भयो ।पायलले प्रबेशिका परिक्षा पनि टप गरि,म र अरु सबै साथिहरुको परिक्षाफल संतोषजनक नै आयो। सबै जना खुशी थियौ एकाअर्काको परिक्षाफल देखेर। मिठाई बाडेयौ,चक्लेट बाडेयौ सबैले सबैलाइ र एकाअर्काको खुशिसाटासाट गयौ। त्यतिबेला प्रबेसिका परिक्षामा पास हुनु मात्र पनि कति ठूलो कुरा थियो।झन हाम्रो रिजल्ट त संतोषजनक थियो खुशी नहुने त कुरै थिएन। प्रबेसिका परिक्षाको रिजल्ट बोकेर सबै साथी उच्च शिक्षाको गन्तव्य तिर लागे कोहि सहर आए,कोहि गाउमै पढे र हामि सबै एकाअर्कासंग छुटेयौ।

मामामाइजु हुनुहुन्थ्यो सहरमा त्यसैले पनि म सहर आए कलेज पढ्न थाले । +2 सकियो ब्याचलर सकिन आटेको थियो तर मेरा गाउका साथी कोहिसंग पनि खासै मेरो भेट भएको थिएन ।अझ बिशेष गरेर पायलसंग म सोच्थे पायल त टपल गर्ल सहरको कुनै राम्रो कलेजमा राम्रो बिषय लिएर पढ्दै होले,सफल र सुन्दर जिन्दगीको रचना गर्दै होले । गाउमा जादा पनि उसका बारेमा मैले जहिले राम्रो मात्र सुने,कहिल्यै नराम्रो सुनिन। त्यसैले पनि किन किन उसंग एकपल्ट भेट्न मन लाग्थ्यो ।

बेलुकाको समय काठमाडौको जाम अनि सानो माइक्रोबसमा कोचाकोच मान्छे अनि उभिनु पर्दा उफ कम्ती सकस हुदैन सफर गर्न। धन्न एउटा केटिले भनी "म यहि नजिक झर्ने हो अनि मेरो सिटमा बसन"। मैले हुन्छ भनेर त्यो केटीको नजिक गएर उभिएर तर त्यो केटीको आवाज कता कता सुनेको जस्तो लाग्यो र नजिक गएर निहाल्दा त्यो केटीलाई देखेको जस्तो पनि लाग्यो अनि मैले भने "तिमि पायल हैन म निशा गाउमा तिमिसंगै पढ्को साथि"। उसले एकछिन सोचेर ए ए भनि । अनि मैले एकै चोटि उसको अगाडि प्रश्नको चाङ राख्न थाले के पढ्दै छौ,कहाँ बस्दैछौ आदि आदि । तर उसले यत्ती भनी आज म हतारमा छु र अलि ढिला पनि भएको छ । मलाइ कल गर कुनैदिन बसेर कुरा गरौंला अनि उ माइक्रोबस बाट ओर्लि ।

म पनि रुम फर्के।उसलाई भेटेको केही दिनपछीको कुरा हो मलाई फोन बज्यो नम्बर पायल कै थियो अचम्म लाग्यो । कक्षामा संगै पढ्दा कहिल्यै नबोल्ने केटि आज एकै भेटपछि आफै कल गरेर मलाई समय छ भने भेटौन भन्छे बा!अनि मलाई पनि उसंग भेट्न मन नलागेको कहाँ हो र मैले हुन्छ भन्दै साझ बानेश्वर चोकमा भेटौन भनेर फोन राखे ।

फोनमा कुरा भए अनुसारको समयमा हामी बानेश्वर चोकमा भेटेयौ,भेट्दा मभन्दा पनि बढी खुशी उ देखिन्थी । हामिले स्कुलका,गाउका र सहर आएपछी के के भयो सबै कुरा गरेयौ । उसंग भेट्दा मलाई यस्तो महसुस भैरहेको कि मान्नौ म उसको स्कुलदेखिको बेस्ट प्रेण्ड थिए । जेसुकै होस मलाई उसलाई भेट्दा खुशी नै लागिरहेको थियो । अनि मैले भने "पायल तिमी त टपर गर्ल जिन्दगी पनि मज्जैले चल्दै होला राम्रो बिषय पनि पढ्दैछौ फेरि" ।
मैले यत्ती के भनेकी थिए उसले सुरु गरि आफ्नो कथा - जब म प्रबेशिका परिक्षाको रिजल्ट बोकेर उच्चशिक्षाको लागि सहर आए। बाआमाले साइनो पर्ने दिदिसंग मेरो बस्ने व्यवस्था गरिदिनु भयो अनि म उहासंगै बसेर पढ्न थाले । सब कुरा सहि चलिरहेको थियो,पढाइ राम्रो थियो।त्यसै समयमा प्रेम भन्ने एकजना केटासंग मेरो प्रेम सम्बन्ध सुरु भयो । उसले मलाइ धेरै माया गर्थे।मेरा साना साना कुराको केयर गर्यो । मलाइ कक्षा देखि लिएर हरेक ठाउमा मलाइ मद्दत गर्थ्यो साच्चै त्यति धेरै माया त मलाई संसारमा नै कसैले गर्दैनथ्यो होला । तर म भने उसले मलाई माया गर्छ कि गर्दैन होला भनेर सोच्दै बसे,उसलाई टाइमपासको माध्यम बनाउदै गए । तर उभने मलाई अझ माया गर्दै गयो । मेरो हरेक खुशिको ख्याल गर्थ्यो उ ।

त्यसैबेला अनुहार पुस्तिकामा मेरो भेट बिबेकसंग भयो । बिबेक हेर्नलाइ राम्रो थियो मभन्दा म्याचुएर थियो।प्रतिष्ठित कम्पनीमा जब गर्थो र मलाई समय पनि दिन्थ्यो मलाई स्पेसल फिल गराउथेयो । अनि बिस्तारै बिस्तारै म मा बिबेक नशा छाउदै गयो अनि प्रेमको प्रेम मलाइ फिक्का लाग्दै गयो। बिबेक नै मेरोलागी सहि छ जस्तो लागेर मैले प्रेमलाइ बाहानामा नै ब्रेकअप दिए। बस अन्तिम पटक प्रेमले यत्ती भन्यो तिमी म बाहेक अरु कसैसँग खुशी हुन्छौ भने ठिक छ । तिमी जान सक्छौ तर त्यतिबेला मलाई प्रेमको कुराले केही छोएन तर जब अहिले सोच्छु लाग्छ उसले मलाई कतिसम्म माया गर्दोरहेछ ।

जब एक साझ बिबेकसंग केही समय बिताएर म फर्किदै थिए उसले भन्यो "पायल आउदो शुक्रबार मेरो घरमा पाटी छ तिमिलाइ निम्तो आउहै,बिबेकले पहिले पटक आफ्नो घर बोलाएको थियो त्यसैले पनि म चाहन्थे उसको परिवारमा मेरो प्रभाब राम्रो परोस्।त्यसैले पनि म राम्रोसंग तयार भएर उसको घर गए।उसको घरको रोनक बेग्लै थियो मानौ कुनै विशेष नै छ।बिबेक पनि यसरी तयार भएको थियो मानौ उसको बिहे नै छ।पाटी सुरु  भयो,समयसंगै पाटिको रोनक पनि सुरु भयो।अनि पाटिमा एक अनाउसमेट भयो जसले मलाइ भित्रै देखि हल्ल्याइ दियो।त्यो थियो बिबेकको अरु कुनै केटिसंग इन्गेजमेन्ट। त्यो अनाउसमेट सकिन नपाउदै मैले बिबेकलाइ उसको र आफ्नो सम्बन्ध बारे कुरा भने तर जवाफमा उसले भन्यो "मलाई तिमी मन मात्र पर्छ म तिमिलाइ प्रेम गर्छु भनेर सोच्नु त्यो तिम्रो भुल हो पायल । म अरु कसैलाई प्रेम गर्छु"।

उसको कुरा सुनेर म सपनाबाट बिउझे जस्तै भए । मैले साचो प्रेमको अर्थ त्यो दिन सम्झे जुन दिन म आकर्षणको दुनियाँमा छिरेर बाहिर निस्के । प्रेमलाइ कति सम्झे तर पछुताउने ठाउँ थिएन।जिन्दगीमा कहिल्यै कहि हारिन सबथोक पाउछु जस्तो लागेको थियो,साचो प्रेमको मूल्य बुझिन। त्यसैले कलास,कलेजमा अरुलाइ उछिन्दा उछिन्दै म आफैले आफैलाई पछाडि पार्दै गए। जिन्दगीको परिक्षामा जित्दाजित्दै म आफैसंग नराम्रोगरि हारे।
उसको कुरा सुनेर मेरा आँखा अनायासै भरिए।मेरा आँखा भरिएको देखेर केहिबेरसम्म उ पनि केही बोलिन र म पनि केही बोलिन ।

अन्तमा उसले सोधी निसा म आफैले छोडेको आफुलाइ खोज्यौ कि नखोज्यौ, खोज्यौ त कसरी खोज्यौ,के मैले खोजेर पाउनु सक्छु होला त। उसका प्रस्नका अगाडि म नाजबाफ भए र मैले भने पायल तिमी फेरि एकपटक आफै सोच अनि म उसंग छुटेर रुमतिर लागे।




















Sunday, January 1, 2017

कुमारी आमा

कुमारी आमा

माघको महिना बेलुकाको पाच बजेको छ।अफिसको काम आजलाइ सकिएको छ। उ एउटा प्राइभेट अफिसमा काम गर्छे। प्राइभेट अफिसको नोकरी न पर्यो,पाच नबजे सम्म निस्कन नमिल्ने। बिस्तारै साझ पर्दैछ। घरबेटी आमालाइ छोरालाइ स्कुलबाट ल्याएर आफुसंगै राख्दिन भनेकि छ। जब उ बस मार्फत कोठातिर फर्कदै थिइ,अनायासै उसको नजर सप्तरंगी क्याफे लेखिएको बोर्डमा पर्यो ।उसको नजर त्यो बोर्डमा अडियो अनि उ नचाहेर पनि आफ्नो बर्तमान बाट बिगततर्फ हराइ ।
कुरा करिब छ बर्ष अगाडिको हो जतिबेला उ कलेजमा पढ्थी रआकाससंग प्रेमिल दुनियामासस्त रमेकी थिइ। आकास उसको प्रेमी थियो र कलासमेट पनि। उसको प्रेममा उसले आफुलाइ भुलाएकी थिइ । उ आकासलाइ यति माया गर्थिकी जसको कुनै सिमा थिएन।उसको लागि उ आफुलाइ सम्पुर्ण रुपमा समर्पित गर्न पनि सक्थी र गरेकी पनि थिइ।
यहि क्याफे हो जसले उनिहरुलाइ एकाअर्काको नजिक बनाएको थियो।कलासमा त उ खासै कोहिसंग बोल्दैन थिइ र उनीहरुको सेक्सन पनि फरक थियो तर क्याफेमा गरिने हासो मजाक र ठट्टाले उनिहरुको जानपहिचान भएको थियो । र अहिलेको भर्चुएल दुनियाँमा नजिक बनाउने अर्को चर्चित माध्यम अनुहार पुस्तिका पनि छदै थियो जसले उनिहरुलाई अझ नजिक बनाएको थियो। आकाश उसलाई यति प्रेम गर्थो की उ यहाँ एक्लै बस्छे भन्ने कुरा पनि उसलाई महसुस हुदैन थियो । उनिहरु संसगै सुन्दर भबिस्यको सपना देख्थे एकाअर्काको हात जिन्दगीभर नछाड्ने कसम खान्थे, तर खै आज ती कसम,उ त एक्लै छे नितान्त त एक्लै !
आकास सहरको हुनेखाने बाउको एक्लो छोरा थियो। आकासको अगाडि उसको कुनै मेल थिएन तर पनि उसलाई आफ्नो प्रेम माथी पूरा बिश्वास थियो । र आकास पनि कहिल्यै टाढा नहुने बाचा गर्थ्यो तर आज उसले बुझिसकेकी छ बाचा त गर्नलाई मात्र हुदा रहेछन् ।
एकातिर कलेजका दिन सकिदै थिए,अर्कोतिर उनीहरुको प्रेमले शिखर चढ्दै थियो । एकदिन अचान उ बाटोमा बेहोस भएर लडि, जब उसको होस आयो उ नजिकको हस्पिटलको बेडमा थिइ खै कुन दयालु मान्छेले उसलाई हस्पिटल पुर्याइदिएछ मनमनै धन्यवाद दिइ।अनि नर्सले भन्निन ''बधाई छ हजुरलाइ हजुर आमा बन्दै हुनुहुन्छ''! नर्सको कुराले उ एकाएक छागाबाट खसे जस्ती भइ रिपोर्ट फेरि हेर्न भनी तर सत्य त्यहि थियो । उसलाई के गर्नु कसो गर्नु भयो उसले नर्सको सल्लाह अनुसार आकाससंग कुरा गर्ने सोची।हुनपनी हो आकास यो बच्चाको हुनेवाला बाउ थियो। उसको जति हक यो बच्चामाथि थियो,त्यति नै हक आकाशको पनि थियो। तर उ आकाससंग कुरा गर्न उपयुक्त समयको खोजिमा थिइ।आकाशको जन्मदिन नजिकिदै थियो उसले आकाशको जन्मदिनमा यो सब कुरा भन्ने र बिबाहको कुरा अगाडि बढाउने सोची ।
हेर्दाहेर्दै आकासको जन्मदिन पनि आयो र जन्मदिन त्यही सप्तरंगी क्याफेमा मनाउने कुरा भयो,उनिहरु दुइजना मात्र भएर केक काटे जब उपहार कुरा आयो उसले भनी "तिमी बाउ बन्दै छौ आकास हाम्रो प्रेमको फुल म मा फुल्दैछ अब हामिले छिट्टै नै बिबाह गर्नु पर्छ''
उसको कुरा सकिन नपाउदै आकासले भन्यो "तिमी पागल त हुँदै छैनौ यो मेरो करियर बनाउने समय हो,घरजम गर्दै बस्ने हैन त्यसैले जति पैसा चाहिन्छ लेउ र भोलि नै गएर अबोसन गर।आकासको कुरा सुनेर उ केही बोल्नै नसक्ने भइ उसले सोचेकी पनि थिन।आकासले यस्तो सम्म भन्छ होला भनेर।एकछिन अघिसम्म हजारौं प्रहार सहेर सम्मालिएकी उ अहिले त सिसा झै टुक्रीएर टुक्राटुक्रा भएकी थिइ! जुन प्रेममा माथी उसलाइ आफुभन्दा पनि धेरै बिश्वास र भरोसा थियो त्यसको परिणाम यस्तो हुन्छ भनेर।
उसले आकासलाइ सम्झाउने धेरै प्रयास गरि तर सब खेर गयो बरु बिस्तारै आकास उसको सम्पर्कमा आउन छोड्यो, एकदिन आकासको मिल्ने साथी मार्फत उसले थाहा पाई आकास बिदेश गइ सकेको कुरा!! उ त केटा मान्छे थियो न उसले समाजको गाली सुन्नुपर्यो न अपमान।
बिस्तारै बिस्तारै कोठा वरिपरिका मान्छेलाइ थाहा पाउदै गए उसको प्रेगेन्सिको कुरा ।अनि घरबेटीले पनि घरबाट निस्केर जान भने । गाउँ फर्केर जानू कुन मुखले जानू,अन्त जाने ठाउँ थिएन। कतिको गाली सुनी,समाजको अपमान अनि आफ्नैको तिर्स्कार । यो सब सहन नसकेर उसले कति पटक आत्महत्या गर्ने कोसिस पनि नगरेकी कहाँ हो र? तर उसको पेटमा पलिरहेको बच्चाले उसलाई भनिरहेको जस्तो लाग्थ्यो ''आमा म बाच्न चाहान्छु,यो सुन्दर दुनियाँ हेर्न चाहान्छु,आमा मलाई नमार मेरो के गल्ती छ र'' ! हुनपनी हो त्यो मासुम बच्चाको के गल्ती छ र यो सबमा उसले सजाय पाओस अनि आत्महत्याका लागि उठेका उसका कदमहरु अनायासै रोकिन्थे ।
उसले कहाँ सोचेकी थिए र साचो प्रेमको प्रतिफल यस्तो हुन्छ भनेर,अब त उसले सब थोक सहि सकेकी थिइ त्यसैले पनि उसले निर्णय गरि अब उ कसैकी श्रीमती हैन,बुहारी हैन मात्र आमा बन्नेछे र आफ्नो सन्तानलाई यो संसारमा ल्याउने छे चाहे यो दुनिया नै उसको विरुद्धमा किन नहोस।
हजार दुख सहेर समाजको तिरस्कार र आफन्तको घृणा सहेर उसले उसको सानो छोरालाइ जन्म दिएकी थिइ जो समाजकोलागी नाजायज होला तर उसकोलागी उसको सबथोक थियो। एकातिर कुमारी आमाको पिडा अर्कोतिर प्रसब पिडा सहेर आमा बन्नुको खुशी !
उफ!यो सब सोच्दा सोच्दै उ झसङ्ग भइ,उसले त आफू झर्ने ठाउँ आएको सम्म थाहा पाइन छ । गन्तव्य भन्दा अलि तर झरेर उ कोठामा गइ उसको सानो छोरा घरबेटी कहाँ खेल्दै थियो । खाना बनाइ छोरालाई कोठामा ल्याएर खाना खुवाइ उसलाई खै किन हो खान मन लागेन अनि छोरा सुताउन बेडमा गइ । लोरि गाउदै छोरालाई सुताइ अनि सोची उ छोरालाइ एउटा असल छोरा बनाउने छे जसले नारीको सम्मान र आदर गर्न सिकोस नारिको इज्जत गर्न जानोस !!

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...