आज फेरी
दिनलाई कतै बिट मारेर मारेर
झुल्किएको छ साझ
जसरि झुल्किएको थियो हिजो
अक्सर मलाई
साझसंग एक्लै हुन मन पर्छ,
लाग्छ साझ मेरो मात्र हो
र म साझ कि मात्र हुँ
सारा दिनलाई एकतिर
बिसाएर साझलाई सम्पूर्ण
आफुमा अंगाल्नुको मज्जा बेग्लै
आनन्द बेग्लै
र त्यो साझसंग
रुनु सरोबर हास्नु सरोबर
यादहरुका पानामा
कोरिनु
यादहरुका लहरमा मिसिनु
सागर बन्नु र सागरमा हराउनु
आहा!
ति छरिएका जुनतारामा
आफ्नो बचपन तलास गर्नु
बचपनको यादमा आफूलाई
फेरि एकपटक बाँच्नु
कहिलेकाही लाग्छ
यो साझले
रात मात्र ल्याएको छैन
रातसंगै
म स्वयमलाई ल्याएको छ
मेरो छुटेको बचपनलाई
ल्याएको छ
मेरा हराएका
ति पन्नाहरु ल्याएको छ
जुन कुनैबेला म आफैले कोरेकि थिए
आफैलाई समेटेर ......!!
