तिहार
मखमलि मालामा माया र प्रेम उनिने अनि भैलिको आशिसले जीवन फल्ने पर्व हो तिहार,
मखमलि मालामा माया र प्रेम उनिने अनि भैलिको आशिसले जीवन फल्ने पर्व हो तिहार,
आगनभरि फिजाएर चामलको पिठोमा मोसिएको घ्यू र चिनिले बनेको सेल रोटि जस्तै मिठास हो तिहार,
कुकुर देखि गाई सम्म अनि लक्ष्मिदेखी गोबर्धन पर्बतसम्म सबैको पुजा हुने सम्मानित पर्व हो तिहार,
सप्तरंगि टिका भाइको निधारमा सजाएर
ओखरमा सम्म बाधा फोर्ने पर्ब हो तिहार,
ओखरमा सम्म बाधा फोर्ने पर्ब हो तिहार,
बहिनी यमुना र दाइ यमराजको जस्तै भाइ बहिनी बिचको मीठो साइनो अनि अजम्बरी नाताको साक्षी हो तिहार !!
No comments:
Post a Comment