Yamunathapablog

Sunday, December 23, 2018

रिभा



रिभा
म सधै आजमा जिउने मान्छे,हिजो र भोलिको खासै हेक्का राख्दिन।हिजो जे भयो त्यो मेरो मेरो जिन्दगीको कहिल्यै नमेटिने पन्ना हो जसलाई म चाहेर पनि च्यान सक्दिन वा मेटाउन सक्दिन।र म भोलिलाई पनि बदल्न सक्दिन यदि सक्थे भने मेरो आज यहाँ भन्दा कंयौ गुना फरक हुने थियो होला।तर उसलाई कस्ले सम्झाइ दियोस् अनि म कति सम्झाउ।अब त उ ठुली पनि भइ सकी सानी हुदा लाग्थ्यो ठुली भए पछि बुझ्छे होला तर जति ठुली हुँदै छे, उति जिद्दी र मेरो कुरा नसुन्ने भएकी छ रिभा।उ सधै एउटै कुरामा अड्किन्छे कि मैले उसलाई उसको बाबू देखि टाढा राखे तर उ बुझ्न चाहन्न किन राखे अथवा किन उ टाढा भयो।

हजारौं धार्मिक कुसंस्कार बोकेको अनि कामुकताका आँखाले भरिएको समाजमा एउटि जवान महिलालाई छोरी पालेर र सुरक्षितसंग बस्न कहाँ सहज थियो र मलाई पनि।हरपल अरुका नजरबाट बच्दै र रिभाको सुरक्षा गर्दै म कसरी यो समाजमा बाँचेकी छु यो सायद उ बुझ्दिन। बुझ्न खोज्दिन।उसको लागि त दोषी हु म उसलाई उसको बाबु बाट टाढा राखे कहिल्यै भेट्न दिएन।उ सधै एउटैको कुराको आरोप लाउछे मलाई।म स्वार्थी छु, घमण्डी छु, आफ्नो सुखको लागि जे पनि गर्छु र गरे राजबिर अर्थात उसको बाबुलाई छोडे।जुन उमेरमा श्रीमतिलाई श्रीमानको साथ र सहयोगको सबैभन्दा बढी खाँचो हुन्छ त्यो उमेरमा र समयमा म कसरि छोड्न सक्थे होला है राजबिरलाई तर परिस्थिति यस्तो भन्यो कि मसंग उसलाई छोड्नु बाहेक अरु कुनै बाटो थिएन।

रिभा दिनमा बाबुलाई दस पटक सम्झिन्छे र भन्छे बाबा  भएको भए यस्तो हुन्थ्यो होला, उस्तो हुन्थ्यो होला। मलाई पनि थाहा छैन राजवीर भएको भए कस्तो हुन्थ्यो तर यत्ती पक्का हो रिभाले मलाई सायद मामु रामरी भन्थिहोला।कहिलेकाही आफ्नो जिन्दगी सम्झिदा पनि आफैलाई माया लागेर आउँछ।जसको लागि भनेर सबथोक छोडेर आए उसैले आफुलाई छोड्यो।जसको नासो जिन्दगी सम्झेर हुर्काए आज उहीँ छोरिले राम्रोसंग मामुसम्म भन्दिन्। एकदिन राती दशबजी सक्दा पनि नआएपछि फोन गरेकी के थिए।उसलाई डिस्टब भयो रे साथिहरुसंग हुदा भनेर महिना दिनसम्म बोलिन हप्तादिन सम्म त घरमा पनि आइन।उसैको राम्रो भबिष्यको लागि भनेर रातदिन केहि नभनी काम गर्‍यो उहीँ छोरी भन्छे हजुरले नगरेको भए पनि हुन्थ्यो बाबा हुनुहुन्थ्यो त।

साच्चै अब त राजबिरलाई चाहेर पनि  भुल्न सक्दिनहोला। कहिले रिभाले याद दिलाउछे, कहिले रिभाका हर्कतहरुले ठ्याक्कै बाबू जस्तै छे साह्रै जिद्दी।चाहियो भनेपछि चाहियो चाहियो...... 

नेपालगन्जमा महेन्द्र बहुमुखी क्याम्प पढ्दा भेट भएको थियो राजबिरसंग।आइ.ए पढ्दै थिए म त्यतिबेला उ सायद बिएलको पहिलो बर्षमा थियो।मेरि साथी गिताको गाँउ र उसको गाँउ एउटै थियो।त्यसैले गिता मार्फत नै भेट भएको थियो उसंग।उ सल्यान देखि आएको रहेछ।पढाइमा धेरै राम्रो थियो उ सायद त्यसैले पनि  छात्रवृत्तिमा पढिरहेको थियो कानुन बिषय।

म भृकुटिनगरमा बस्थे बाबाआमा र बहिनिसंग मेरो पढाइ पनि राम्रै थियो म आइ.ए गर्दै थिए।राजबिरसंग हुने दिनौ जस्तो भेटघाट अनि बिस्तारै बिस्तारै कुरा गर्दै जाँदा कतिबेला प्रेम भएछ थाहा नै भएन गीता भन्थी दाजु साह्रै राम्रो हुनुहुन्छ।उहाँलाई पाउने मान्छे साह्रै भाग्यमानी हुन्छ।माया तलाई दाईले धेरै माया गर्नुहुन्छ, सधै खुशी राख्नु हुन्छ।हुन पनि हो राजबिर बोल्नलाई कम बोल्थ्यो तर उसले गर्ने ब्यवहार र आनिबानी बाट म निकै प्रभावित भएकी थिए।उसको माया गर्ने अन्दाज पनि छुट्टै थियो उ यति सम्म किएर गर्थ्यो कि म बिस्तारै आफुलाई भुल्न थालेकी थिए उसको सामीप्यमा।

यसरी नै हाम्रा कजेजका बर्ष सकिए राजबिरले पढाइ सके पछि बिहे गर्ने भन्यो घर परिवार त्यति तयार थिएनन्, बिहेको लागि तर मेरै जिद्दीले गर्दा होला बाबा आमा पनि हार खानु भयो र टिकाटाला गरिदिनु भयो।त्यस पछि हामी सल्यान तर्फ लागेयौ।सल्यानको माहोल मेरो लागि एकदम नयाँ थियो।बाहिरी काम देखि घर ब्यवहारका काम मेरालागी नयाँ थिए किनकि मैले यी सब बाबाआमासंग हुदा कहिल्यै गरिन अझ भनौ गर्नै परेन म कति भन्थे राजबिरलाई पनि तर उसलाई आफ्नो परिवारको अगाडि म कहिल्यै देखिन मैले माया गरेको राजबिर र यहाँको राजबिर एकदम फरक लाग्थ्यो मलाई।म पुराना दिन र यी दिनको कल्पना गर्दा सम्म पनि छक्क पर्थे ठूलो परिवार अनि अरुले खाए नखाएको हेक्का राख्दा राख्दै म आफ्नो लागि समय नै पाउदिनथे न राजबिरसंग नै मेरो लागि समय हुन्थ्यो।म उ सँगको समयको लागि तर्सिन्थे।तैपनि मैले काम गरिरहे कै थिए।आज नाइ त भोलि सब ठिक हुन्छ भन्ने आशामा तर हरेक पल्ट म गलत साबित हुदै गए।राजबिर झनझन फरक हुदै थियो।

त्यति नै बेला रिभा मेरो गर्भमा आएकि थिई।मेरो हालत झन नाजुक हुदै थियो घरमा कसैलाई मेरो मत्लब थिएन। मैले जति राम्रो गर्न खोज्दा पनि म कहिल्यै घरकाका नजरमा राम्रो बन्न सकिन अनि राजजबिर र मेरो सम्बन्ध पनि पहिलाको जस्तो थिएन।एकपटक केही समयको लागि राजबिर घर बाहिर गएको थियो। कसैलाई केहि नभनि म बाबा आमाकोमा आएकि थिए।म बाबाआमाको आएको छु भन्ने थाहा हुदाहुदै पनि राजाबिर मलाई लिन आएन।आमा बाबाले पनि मेरो हालत देखेर पठाउन मलाई पठाउन मान्नु भएन।त्यतीबेला रिभा मेरो गर्भमा छ भन्ने कुरा कसैलाई थाहा थिएन।यो कुरा राजबिरलाई भन्न कति कोशिश गरे तर उ सुन्ने मोडमा थिएन वा चाहेन।त्यसपछि हाम्रो बाटो अलग भयो।

मलाई नेपालगन्ज बस्न मन लागेन मेरो दिनप्रतिदिनको हालात देखेर बाबाआमा पनि हैरान हुनु भयो र हामी काठमाडौ तिर बसाई सरेयौ।उताबाट जग्गा जमिन बेचर ल्याएको पैसाले बाबाले सानो सानो ब्यवासय सुरु गर्नु भयो। काठमाडौ आएको केहि समय पछि बहिनिको पनि बिहे भयो।आमा बाबा रिभासंग खुब रमाउनु हुन्थ्यो।म बाबाको काममा उहाँलाई सघाउथे।उहाँहरुलाई सधै मेरै चिन्ता मात्र हुन्थ्यो।उहाँहरु हुदा त रिभा पनि राम्रै थिइ कहिल्यै कुनै प्रश्न गर्दिन थिइ।जब एउटा दुर्घटनामा उहाँहरुको मृत्यु भयो।त्यसपछि रिभा एक्लिन थाली यसै पनि बाबा पछि ब्यापार ब्यावसायको जिम्मेवारी मेरो काधमा आएको थियो। रिभा मेरो हातबाट छुट्दै थिइ म चाहेर पनि उसको नजिक हुन सकि रहेको थिन।

आज जब समय छ उ मेरो नजिक हुन खोज्दिन।एउटै कुराको रट लाउछे कि मैले उसको बाबालाई छोडेर गल्ति गरे उ सबै कुराको जिम्मेवार मलाई देख्छे।उसलाई चाहेर पनि म बुझाउन सकिरहेकि छैन।कि म उसलाई कति माया गर्छु राजबिरसँग छुट्टिनुमा मेरो मात्र गल्ति थिएन। म पनि त कंयौ पल कति पिडाका साथ बाँचेकि छु तर यो सब उ कहाँ सुन्छेर त्यसैले पनि बस अब त एउटै आँसा बाकी छ जुन दिन उ स्वयम् आमा बन्नेछे अनि त्यस दिन उसले बुझ्नेछे होला आमा हुनुको पीडा र सन्तानप्रतिको माया के हो र कति हुन्छ भनेर....अनि त्यातिबेला उसले भेन्ने छे होला माामु भनेर ।


उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...