Yamunathapablog

Wednesday, January 24, 2018

चित्कार

चीत्कार 
देखे सपनामा 
यौवन लुटिदै गरेका

ती सुन्दर फुलहरुहरु,
जुन मैले कुनै समय रोपेकी थिए,


याद आए 
ती दिन कति प्रेमिल थिए 
मेरा लागि ती फुल लागि हाम्रा लागि,

चिच्याउदा रहेछन् 
ती बढो पिडाका साथ, 
र चिच्याउदी रहेछु म तिसंग संगै,


तर अरुको पीडामा 
हास्ने यो दुनियाँले के सुन्थ्यो 
तिनिको चीत्कार,
के सुन्थ्यो मेरो चीत्कार,


लाग्यो एक पल त 
सब सब थिए त्यहाँ पत्थरै पत्थर !!

Wednesday, January 10, 2018

मुक्त

मुक्त 
.......आज म अरु दिन भन्दा अलि बढी ब्यत्तित छु,हुन त म ब्यत्तित नभएका सायदै दिनहरु होलान् । जिन्दगीले पनि मसंग बेलाबेलामा खेलहरु खेलिरहेको हुन्छ,कहिले जित्छु,कहिले हार्छु,जितेको बेला संसारलाइ देखाउदै खुशी हुन्छु,हारेको बेला एक्लै कोठामा आँसु पुच्दै बस्छु ।
आज म ब्यत्तित यो कारणले छैन कि म जिन्दगीसंग हारे बरु ब्यत्तीत त यो कारणले छु कि आज ती पुराना घाउहरु बल्झिएका छन। जसलाइ मैले सम्मालेर मनैभित्र कतै लुकाएकी थिए । भन्छन् दुस्मन खोज्न टाढा जानुपर्दैन,हो हरेछ आज त्यो घाउ बल्झाउने पनि तिनै आफन्तहरु हुन जसलाई मैले सबैभन्दा नजिकको सोच्थे। जिन्दगी कति पनि महान छ, समय पनि साह्रै बलवान् छ ।जसको प्रमाण समयले मलाई बेलाबेलामा दिरहन्छ र ती मध्य एक हो आजको दिन जहाँ मेरा आफन्त भनौदाहरुको बास्तबिकतासंग आज समयले मलाइ रुबरु गराइदिएको छ । 
फेरि पनि म कृतज्ञ छु समयसंग अब ती आफन्त भन्दाउदाहरुलाइ मैले पहिले  जसरी मान मर्यादा गरिरहनु पर्दैन र म तिनीहरु मेरा आफ्ना हुन भन्ने भ्रमबाट पनि मुक्त पनि भएकी छु । 

Thursday, January 4, 2018

सपना

सपना
छुट्दैछ छ म बाट
आमाको हातको त्यो न्यानो स्पर्श,
छुट्दैछ म बाट
बाबाको त्यो प्यारो काध,

बिस्तारै,बिस्तारै समयले जवानी भरिदिएको छ म मा र
यसैगरी भरिदिने छ बुढेसकाल पनि एकदिन,
सकिएर एउटा समय सुरु भइसकेको फेरि अर्को समय यहि कालमा,
जहाँ म पछ्याइरहेकी छु ती तमाम
रहरहरुलाई,ती तमाम सपनाहरुलाइ,
बस डर छ त केबल ति रहर र सपनाहरुलाई पछ्याउदा पछ्याउदै म स्वयम् नै बिलिन नहोइजाउ यो  गुमनाम दुनियाँमा !!

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...