Yamunathapablog

Friday, October 24, 2025

समेट्न नसकिएको प्रेम

  

प्रीयतम 

तिम्रा हरेक यात्राहरुमा मैले हरपल कामना गरेकि छु कि तिम्रो हरेक यात्रा पहिला भन्दा अझ सुन्दर र पूर्ण बनोसजसरी तिमीसंगकोहरेक यात्रामा मैले पूर्णता महसुस गरेकि छु त्यसरी नै हाम्रा यादहरु साचेर गरिरहेको तिम्रो यो यात्रा पनि अझ सुन्दर र सम्पूर्ण प्रेममय बनोस मेरो शुभकामना। साँच्चै माया तिमीसंगको सामिप्यता यति गहिरोयति सुन्दर अनि यति आत्मिक होला भनेर मैले कहिल्यै सोचिन हरेक पल सतहि सोच्ने केटि म थाहै नपाई कसरी तिमीसंग यति गहिराईमा डुब्न पुगे म आफै हैरान छु। हामीले बिताएका प्रत्यक क्षणहरुले तिम्रो आगामिक यात्राहरुमा पुनर्ताजगी भरीरहुन हावाका प्रत्यक झोकाले हाम्रो प्रेमको सुगन्ध छरिरहुन र तिम्रा यात्राहरुलाई सहज बनाइरहुन मेरो कामना। 

…… प्रेम त्यो हैन जसलाई एकपटक पोखिसकेपछि रित्तियोसएकपटक निछावर गरेपछि खालि होस प्रेम त त्यो हो जो आफैमा भरीपूर्ण छआफैमा सुन्दर छ अनि आफैमा तृप्त छ । जसले हरपल हरक्षण हामीलाई हामी हुनुको बोध गराइराख्छस्वतन्त्रता र सिमाको आभास गराइ राख्छ आफ्नो हुनुको आफ्नोपन जगाइ राख्छ। रोएका आँखाहरुमा मिठो मुस्स्कान छरिदिन्छउजाड मरभूमीमा हरियाली वर्षात गरिदिन्छशिशिरको उजाडपनमा वसन्तको बहार ल्याइदिन्छ। मनसंग मनलाई जोडेर प्रकृतिको समिप पुर्याइदिन्छ अनि विना रङ्गमा पनि प्रेमको रङ्गले रङ्गाएर चिटिक्क बनाइदिन्छ।

….. र खालि क्यानभासहरु प्रेमको रङ्गमा रङ्गिन अनि कोरिन आतुर हुन्छन इन्द्रेनी आफूमा आठौ रङ्ग भर्नको लागि लोभिन थाल्छरङ्गहरुको मिश्रणमा सबैभन्दा सुन्दर रङ्ग भनेको प्रेमको रङ्ग हुन्छ जसले जलेका मुटुमा प्रेमको शितल भरिदिन्छ अनि रुझेका आँखाहरु यसै यसै लोलाउछन ।

प्रेम हो नै यस्तैरहेछ नै यस्तै प्रेममा प्रेमिका त्यतिबेला सुन्दर हुन्छे जब प्रेमीले प्रेमको हात थामीरहेको हुन्छ।म कहिलेकाहीँ सोच्छु प्रेम दुबैले उस्तै र उसैगरी गरेका हुन्छन तर प्रेम भार किन प्रेमी माथि मात्र निहित हुन्छ होला। सायद प्रेमको रितै यस्तो हो कि! 

सोह्र शृङ्गार किन एक्लै सुन्दर लाग्दैन होला गुलाफ एक्लै किन पुरा हुदैन होला यस्तै यस्तै ।

हरकसैले प्रेमलाई आफ्नै ढङ्गबाट मापन गरिरहेका हुन्छन ... आफ्नो आफ्नो विष्लेषणमा प्रेमको लेखाजोखा राखिरहेका हुन्छन । तर हरेक पटक म प्रेमलाई नयाँ कोणबाट हेर्ने,बुझ्ने र महसुस गर्ने कोशिश गरिरहेकि हुन्छु । हिजोसम्म आफ्नै सवाल थिए कसैकि सम्मानित प्रेमिकासम्मनित पत्नि अनि बुहारी बन्न सक्छु होला कि नहोलाआम केटि देखि कसैको प्रेमिकापत्नि र बुहारी बनिरहदा त्यो इज्जतत्यो मान मर्यादा, त्यो प्रेम, त्यो आफ्नोपन र सम्मान पाउछु होला कि नहोला ... तर आज यि सबै सवाल जवाफबाट भिन्न उभिएर म आफैलाई सवाल गर्न थालेकि छु जति अपेक्षा मैले अरुबाट गरेकि छु के म त्यति नै अरुको अपेक्षा पुरा उत्रीन सक्छु होला कि नहोला यस्तै यस्तै .....। 

जिन्दगीको मझदारमा उभिएर कहिलेकहीँ कयौं प्रश्नहरु आफै माथि तेर्साउन मन लाग्दो रहेछ । जस्तो प्रेम।प्रेमीका र जीवन साथिबिच भिन्नता छुट्याउन मन लाग्दो रहेछ । प्रेमी।प्रेमीका जीवन साथी बनेपछी प्रेमी।प्रेमीका बनिरहन्छन् कि रहदैनन् होला सोच्न मन लाग्दो रहेछ। सधै आफ्ना कुरा मात्र प्राथमिकतामा राख्ने म जस्ता केटिहरुले यस बारेमा के सोच्छन मलाई थाहा छैन तर मलाइ लाग्छ कसैलाई जीवनसाथि भने पछि जीवनसाथिको स्थानमा राख्नु पर्छत्यहि सम्मान र त्यहि इज्जत दिनुपर्छ। हुना त नेपाली समाज त्यति पनि आधुनिक भइसकेको छैन कि पत्निका कुरालाई प्राथमिकतामा राखोस तर यो मेरो नितान्त मेरो सोच हो ।

होलान जिन्दगीका आफ्नै संघर्षहरु …… फेरि पनि म शब्दहरु कोर्दैछुप्रेम लेख्दैछु र प्रेमसंगै तिमिलाई पनि कोर्दैछु । हो, कयौं पटक मैले तिम्रा कयौं सवालका जवाफहरु यसै टालेकि छु। तिमीसंग जिद्दी गरेकि छु। हुनात यो मैले प्रेमिका हुनुको हक अदा गरेकि हुला अनि तिमिले पनि प्रेमि हुनुको जिम्मेवारी बोध गरेर होला। तर म फेरि पनि म मेरा कयौं कुराहरुमा स्पष्ट छुजस्तो मेरो स्वतन्त्रतामेरो आत्मनिर्भतामेरा सिमाहरु अनि तिमिसंगको असिमित प्रेम तिमीप्रतिको आदरभाव अनि तिमिप्रतिको जिम्मेवारी ........... ।

र, मलाई बोध छ सम्बन्ध मात्र सम्बन्ध हैन यो जिम्मेवारी पनि हो । सम्बन्धले आफूसंग कयौं सम्बन्ध र जिम्मेवारीहरु बोकेर आएको हुन्छ। जिम्मेवारीसंगै सम्बन्धमा उतारचढाव आउनु स्वभाविक हुन जान्छ ।तर जीवनका प्रत्यक क्षणहरुमा तिमि र म हामी हुनु र रहनु महत्वपूर्ण कुरा हो। 

……… र यो सफरमा हामी सदा “हामी” रहिरहने छौ । जसरी म तिम्रो सम्पूर्ण संघर्षको साक्षी बनिरहेकी छु त्यसरी नै तिमी मेरो सम्पूर्ण संघर्षको हौसला हौ। प्रीय साथी यो साथको निम्ति,यो सानिध्यता अनि आफ्नोपनको निम्ति असिमित प्रेम … असिमित आदरभाव । 

 

 

Friday, August 22, 2025

कुशेऔंसी अनि बा




  

थाहा छैन       

जिन्दगीमा सम्झिनु पर्ने 

कुरा कति छन 

तर बिर्सन नसकिने 

तिमी छौ बा .... 


कति कुरा लेख्दा लेख्दै छुट्छन

कति कुरा भोग्दा भोग्दै छुट्छन 

यि सबैमा 

कहिल्यै नछुट्ने तिमी हौ बा .. 


कयौं कुरा पर्दा अगाडि 

भएर सुन्दर हुन्छन .. 

पर्दा पछाडिको सुन्दर दृश्य 

तिमी हौ बा .. 


जीवन उतारचढाव हो 

त्यो उतारचढावको 

पुल तिमी हौ बा .. बा हुन त 

कुशेऔंसी 

बाको मुख हेर्ने दिन हो भन्छन ,


तर बा किन किन 


मलाई लाग्छ आजको दिन  

यस्तो दिन हो 

जसले बाको संघर्ष

बाको प्रेमलाई सहजै 

झल्काइदिन्छ ,


अनि 

आँखा र हृदयलाई 

नम बनाइ दिन्छ …. 

बा प्रतिको श्रध्दालाई 

अझ फराकिलो बनाइदिन्छ ।

# कुशेऔंसी #Father'sDaY

Saturday, February 15, 2025

#प्रेम दिवस


प्रीयतम                                                                      


जसरी सुन्छौ तिमी 

मलाई

जसरी सम्झाउछौ

तिमी मलाई,


म मा पखेटा लगाएर 

जसरी मुस्कुराउछौ तिमी

…….

जसरी मेरा 

हर यात्राहरु सहज हुन 

ख्याल गर्छौ तिमी,


जसरी तिमी आफ्ना

अन्जुलीमा

मेरा आँसु अनि

आफ्नो हृदयमा

मेरा दुखहरु समेट्छौ,


मेरो विश्वासको

संसारलाई थामी

मैले निर्बाध उड्ने

आकासलाई

अझ फराकिलो बनाइदिन्छौ,


त्यतिबेला सोच्छु 

के प्रेम यो भन्दा भिन्न हुन्छ  र !


तब हलपल आफैसंग 

यहि बाचा हुन्छ कि !

तिम्रा साथहरुको मान 

राख्न सकु 

तिमीलाई तिमीले 

जस्तै गरी प्रेम गर्नु सकु 


माया 

तिमी मेरो निम्ति

त्यो आकास हौ 

जसले मेरो सम्पूर्ण 

धरातल थामेको छ ।।

#प्रेम दिवस #शुभकामना 


#ValentinesDay

प्रीयतम

प्रेम जीवनको 

सुन्दर अभिव्यक्ति हो

जसलाई

हरकसैले प्रेम गर्छ,

 

  

मेरो निम्ति तिमि 

त्यो हौ सौभाग्य

जसलाई 

 हरपल प्रेम सहित 

शिरमा सजाउन चाहन्छु, 

 

यो वसन्तको बहार

यो फागुको रङ्ग

अनि यो प्रेमको मौसम

 

यि सबै

प्रकृतिका सौन्दर्यहरुमा

सम्पूर्ण प्रेमको रङ्ग भरेर

 

यो प्रेमको दिनमा 

मैले तिमिलाई 

अनगिन्ती सम्झन सहित 

असिमित प्रेम 

समर्पित गरेकि छु माया !!

#ValentinesDay

Friday, February 7, 2025

रोज डे

प्रीयतम

प्रेमको निम्ति

फूल चुढ्नु

कति न्याय होला,

 

त्यो पापको निम्ति

सिङ्गो बगौचाले

हामीलाई

माफि देला कि नदेला,

 

त्यो अपराध बोध

हामीमा होला कि नहोला

पाप सहितको प्रेम

कति भयानक होला,

 

उफ!

सम्झदा पनि

मन उकुसमुकुस हुन्छ,

 

त्यसैले

प्रीयतम बिन्ति

यो फूल

यो प्रीय गुलाफ

बगैमामा नै फूलोस !!

#HappY Rose DaY


Thursday, January 30, 2025

प्रीतका रङ्ग फागुसरी

‪      

‬              

प्रीयतम

बहार आउनु मात्र ‬                            

‪पनि कहा बसन्त हो र ‬

‪प्रीतका ‬

‪हरपल बसन्तमय हुन्छन ‬

‪यदी प्रीत ‬

‪इमान्दारिता सहितको भए‬,


‪फूलहरु फूल्नु,

‪चराहरुले गीत गाउनु ‬

‪मात्र पनि ‬

‪बसन्तको रङ्गको ‬

‪कहा हो र! ‬


‪प्रीतका ‬

‪हर रङ्ग फागुसरी हुन्छन ‬

‪यदि‬

‪ति रङ्गमा ‬

‪आफ्नोपन र प्रेम मिसिएछ भने‬,


‪त्यसैले म भन्दिन कि ‬

‪बसन्त एकपटक मात्र आउछ ‬

‪म मान्छु कि ‬

‪प्रीतको रितमा ‬

‪हर मौसम बसन्तमय हुन्छ !!‬

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...