कोशिश
सनिश्चवार बिहान यस्तै सात बजे फोन बजिरहेको थियो बारम्बार.. अनोन् नम्बर यसै पनि उठाइहाल्दिन म तर बारम्बार बजिरहेपछी उठाएर हलो मात्र के भनेको थिए उता बाट आवाज आयो “कति समय लाएको फोन उठाउन डिएर” म छन्न परे अनि मैले भने “चिनिन नि” ! जवाफमा थियो “ठूलो मान्छे भएयौ अब के चिन्थेयौ त” म झन छक्क परे अनि फेरि जवाफ आयो “धेरै नसोच म प्रीती दिदी बोलेको एक हप्ता भयो नेपाल आएको अहिले अन्कलको घरमा छु साझमा भेटौ ल ! मैले हस भन्दै फोन राखे। प्रीति दिदि हामी हस्टेल संगै बस्थेयौ दुई चार बर्ष पहिले दिदी पछि जापान जानू भयो कुरा सधै यहि भाइबर र म्यासेन्जरमा हुन्थ्यो। आएको यतिका दिनपछि दिदीले खबर गरेको देखेर एकछिन त साह्रै रिस पनि उठ्यो तर फेरि खुशी लाग्यो करिब पाँच बर्ष पछि म दिदी संग भेट्नेवाला थिए कतिबेला साझा होला र दिदिसंग भेटुला भनेर मलाई छट्पट हुन थालिसकेको थियो अनि जसोतसो गरेर दिन बित्यो अनि म बेलुका पाँच बजे दिदिलाई भेट्न निस्के सोचे कस्ति हुनु भयोहोला, कस्ति देखिनु हुन्छ होला यतिका बर्ष पछि जापानको बसाइ सकेर फर्किनु भएको छ मेरो मनमा नानाथरी कुरा खेल्दै थिए यस्तैमा म कतिबेला बानेश्वर पुगिसकेछु थाहा नै भएन ।
सनिश्चवार बिहान यस्तै सात बजे फोन बजिरहेको थियो बारम्बार.. अनोन् नम्बर यसै पनि उठाइहाल्दिन म तर बारम्बार बजिरहेपछी उठाएर हलो मात्र के भनेको थिए उता बाट आवाज आयो “कति समय लाएको फोन उठाउन डिएर” म छन्न परे अनि मैले भने “चिनिन नि” ! जवाफमा थियो “ठूलो मान्छे भएयौ अब के चिन्थेयौ त” म झन छक्क परे अनि फेरि जवाफ आयो “धेरै नसोच म प्रीती दिदी बोलेको एक हप्ता भयो नेपाल आएको अहिले अन्कलको घरमा छु साझमा भेटौ ल ! मैले हस भन्दै फोन राखे। प्रीति दिदि हामी हस्टेल संगै बस्थेयौ दुई चार बर्ष पहिले दिदी पछि जापान जानू भयो कुरा सधै यहि भाइबर र म्यासेन्जरमा हुन्थ्यो। आएको यतिका दिनपछि दिदीले खबर गरेको देखेर एकछिन त साह्रै रिस पनि उठ्यो तर फेरि खुशी लाग्यो करिब पाँच बर्ष पछि म दिदी संग भेट्नेवाला थिए कतिबेला साझा होला र दिदिसंग भेटुला भनेर मलाई छट्पट हुन थालिसकेको थियो अनि जसोतसो गरेर दिन बित्यो अनि म बेलुका पाँच बजे दिदिलाई भेट्न निस्के सोचे कस्ति हुनु भयोहोला, कस्ति देखिनु हुन्छ होला यतिका बर्ष पछि जापानको बसाइ सकेर फर्किनु भएको छ मेरो मनमा नानाथरी कुरा खेल्दै थिए यस्तैमा म कतिबेला बानेश्वर पुगिसकेछु थाहा नै भएन ।
दिदी मलाई पर्खेर
बसिरहनु भएको थियो,यतिका बर्ष पछि दिदिलाई आफ्नो आँखा अगाडि देखेर मेरो खुशिको
सिमा नै रहेन,दिदी पनि मलाई देखेर खुशी हुन्थ्यो सोचे उस्तै हुनुहुदोरहेछ पहिला जस्तै
उहि कम्मरसम्म आउने कपाल पातलो शरिर अलि गोरि हुनुभएछ ।धेरै बर्षपछीको भेट भाइबर,म्यासेन्जरमा
जति बोलेपनी भेटेर बोल्नुको मज्जा नै छुट्टै हुने कुरा धेरै थिए गर्नलाई र गर्यै
तर मलाई सुन्नु थियो दिदिको जिन्दगीको त्यो भाग जोसंग म संगै भएर पनि बिल्कुल
अन्जान थिए ।
अनि दिदिले आफ्नो त्यो
भाग यसरी भन्नू भयो....
हामी एउटै कलासमा
पढ्थेयौ तर कहिल्यै एकाअर्काको अगाडि परेका थिएनौ । म मेरो भिसाको लागि भागदौड
गर्नु पर्ने उसको अफिस त्यसैले होला ।जापान जानू भन्दा केही महिना अगाडि मात्र मैले
उसलाई क्याम्पसको सानो कार्यक्रममा भेटेकी थिए, त्यसपछि सुरु भयो
हाम्रो प्रेमको सिलसिला.... फेसबुक म्यासेन्जरमा त्यति नअल्झिने म उसंग भेट भए पछि
त्यही हराउन थाले एकातिर जापान जाने दिन नजिकिदै गयो अर्कोतिर उसंगको सानिध्यता
गाढा हुँदै थियो यस्तो लाग्थ्यो मान्नै मैले खोजेको रोजेको हामसफर पाए सायद मेरो
जापान जाने दिनमा अलिकति बढी समय हुन्थ्यो त म सारा जिन्दगी समेट्थे उसंग, हामिले
धेरै सयम त संग बिताएका थिएनौ जति बिताएका थियौ ती काफी थिए मलाई उसको कमि पूरा
गर्नलाई, पहिले पल्ट उसले दिएको रातो गुलाफ,अनि डायरी जहाँ उसले
आफुलाई मेरो सामुन्ने छताछुल्ल हुनेगरी पोखेको थियो जुन आज पनि जस्ताको त्यस्तै
संगालेर राखेछु, मैले प्रेम के हो उसैबाट त सिकेकि हुँ । जब जापान जानको लागि म
होस्टेल देखि बिदा भएर निस्किए मेरो मस्तिष्कमा जापाना जाने खुशी भन्दा पनि उसंग
छुट्टिने पिडाले मुटु दुखिरहेको थियो। एकातिर म मेरो सपना तर्फ उडान भर्दै थिए
अर्कोतिर जिन्दगीको मीठो सपनासंग छुट्टिदै थिए ।
ओहो! कहिलेकाही
त जिन्दगीले पनि कस्तो मोडमा ल्याएर उभाइदिन्छ । एर्पोटमा मम्मि बाबा भाई र साथिहरु
सबै जना मलाई बिदा गर्न आएका थिए र उ पनि, अन्तिम भेट थियो सायद हाम्रो त्यो जब
उसले आँखामा आँखा जुधाएर हेर्यो म उसंग आँखा जुधाउनै सकिन आँखा आँसुले भरिसकेका
थिए उसले आँसु पुछिदिदै भन्यो, यो त्यो बिछोड हो जसको मिलन संसारले सोचेभन्दा
भिन्न हुनेछ तिम्रो प्रतीक्षामा म सारा जिन्दगी कुर्बान गर्न सक्छु दुई चार बर्ष त के नै
हो र ! तिमी हासेर जाउ ताकी बिदेशमा आइपर्ने मुस्किलसंग सहजै सामना गर्न सक।
त्यस्तो भन्ने मान्छेले नै यति धेरै पिडा दिन्छ होला कहाँ सोचेकि थिए र मैले। उसले
धेरै सम्झायो अधरमा मिठो चुम्बन अङ्गालोमा अन्नतसम्मको मायाका साथ छुटिएकि थिए म,
जसै उसंग बाइ भनेर एर्पोट भित्र पसे आँखा अनायासै रोय मन ढुङ्गा झै गह्रौं भयो ।
अनि बाथरुप पसेर एकछिन सम्म रोए । कति सम्मालिन खोज्जा पनि सकिरहेको थिन सबै जना
के भो के भो भनेर सोध्न थाले एकछिन त लाग्यो सबथोक छोडेर उसको अङ्गालोमा फर्किएर
जाउ तर के गर्नु नसकिने रहेछ।
जसै जापानमा पुगे
सबैभन्दा पहिले उसैको म्यासेज रहेछ लेखेको थियो म यहाँ तिमिलाई सम्झेर बसिरहेको छु
तिमी पुगेयौ अनि लभ वाला इमो एकछिन त खुशी लाग्यो बिर्सिए देश छोडेर परदेशमा छु ।
त्यहाँ पुगेको एक हप्तामा नै काम फिक्स भयो अनि दिनको सोह्र घण्टामा काममा हुदाँ त समय यसै बित्थ्यो तर जब
खाली हुन्थ्ये अनि जहाँ त्यही उ नै उ छाउन थाल्थ्यो जता हेर्छु उतै उ, भान्सामा उ,बेडमा उ, बाहिर
निस्क्यो उ, समुन्द्रको छालमा उ सडकको छेउमा उ उफ्...... म पागल हुन थालिसकेकि
थिए। त्यहाँ रात हुँदा यहाँ दिन हुने कुरा गर्ने समय पनि मिल्दैन्थ्यो राम्रोसँग उ
फुर्सदमा हुँदा मलाई हतार हुन्थ्यो । म फुर्सदमा हुँदा उसलाई हतार यसरी नै हाम्रो
सम्बन्ध अगाडि बढ्दै गयो।
दिनप्रतिदिन कामको
प्रेसर बढ्दै गयो,अर्को तिर हाम्रो संवादमा कमि आउन थाल्यो । फुर्सद मिलाएर कुरा गर्न
खोज्यो उ जहिले ब्यस्त छु भन्दै टार्थ्यो पहिला पहिला त लाग्थ्यो उ पनि जागिरे
मान्छे कामको प्रेसर होला सायद तर बिस्तारै आभास हुन थाल्यो टाढा हुन खोजेको तर
पनि हरेक कुरालाई नजरअन्दाज गर्थे म ।सोच्थे कस्को पो सम्बन्धमा उतारचढाव आउदैन र
! यसपछी कयौं दिन सम्म हाम्रो कुरा भएन उ के सोच्थ्यो के सोच्न थालेको थियो थाहा
थिएन तर म भने बिआइसिसि हल अगाडि बात मार्दै हिडेको पाटन पुलमा एकाअर्कालाई डेट
गरेको अनि सवै आँखा छल्दै कलासमा आँखा आँखाले इसरा गरेको सब सब थोक मेरो मस्तिष्कमा
सलबलाउथे यस्तो लाग्थ्यो तिनै यादका साहाराले जिउदै थिए म त्यहाँ, कहिलेकाही
एकोहोरो हुन्थे साथिहरु सोध्थे के भो म जवाफमा मुस्कुराए टाल्थे ।
जापाना आउने ठिक एकदिन
अगाडि हामी एनसिसि कलेज अगाडिको एउटा क्यापेमा भेटेका थियौ उसले जिन्सको पेन्ट
खैरो टिसर्ट अनि कालो चस्मामा लगाएको थियो, मैले कलेजी रंगको कुर्ता र कालो
प्यान्ट लगाए कि थिए हामी कतिबेरसम्म नबोलेर बसेका थियौ सायद मेरो जापान जाने
कुराले उ रिसाएका थियो किनकी उसको देशमा नै केही गर्ने सपना थियो, यहि सपना साटेका
थियौ हामिले एकाअर्कासंग तर उसले बुजेको थियो हामी नेपालीका लागि बिदेशीनु रहर हैन
बाध्यता हो भनेर । म कहाँ बिर्सन सक्छु र त्यो मिठो चुम्बन, मायालु
स्पर्श घण्टौ केशामा उल्झेको त्यो पल साच्चै साह्रै अमुल्य छ त्यो क्षण मेरो लागि
जुन म कहिल्यै बिर्सन सक्दिन ।
म आफुलाइ बिर्सन्छु ती
पलहरुमा,त्यो बिगतमा, एकातिर म मा प्रेम
हाबी हुदैथियो, अर्को तिर उ टाढा हुँदै थियो न पहिला जस्तो कुरा हुन्थ्यो, न हाम्रो
सम्बन्धको भबिस्यको कल्पना। बिस्तारै बिस्तारै उ यसरि टाढा भयौ कि न टाढा हुनुको
कारण भन्यो न सम्बन्ध सकिएको जानकारी नै दियो एक्कासि उसको अनुहार पुस्तिकाबाट
बल्क भएकी थिए म जुन एउटै माध्यम थियो हाम्रो भेट हुने कुरा हुने । प्रेमको सागरमा
डुब्दा साह्रै गाह्रो हुदोरहेछ पार लाग्न । उ त चाहेर टाढा भएको
थियो उलाई के थाहा टाढा हुनुको पीडा।न राम्रोसंग खान मन
लाग्थ्यो न सुत्न मन, काममा पनि मन लाग्न छोडिसकेको थियो । घण्टौ टोलाउनु, कतै
हराउनु मेरो दिनचर्या नै हुन थाल्यो सायद प्रेम हुदा यतिधेरै एकोहोरिएकि थिएन म
जति प्रेम छुट्दा भए । साथिहरु पनि के भो भनेर थाकिसकेका थिए काममा मालिकले यस्तै
हो भने काममा न आउनु भनेर वार्निन दिसकेको थियो ।
त्यसपछी सोचे यस्तो
पाराले जिन्दगि चल्दैन अनि एकदिन बिहानै उठे र संकल्प गरे सात समुद्रको यात्रा
सानो तिनो कष्टले पार गरेकी हैन मैले जिन्दगीमा उ मात्र थिएन मेरो अरु पनि धेरै छन
जसले मलाई धेरै माया गर्छन् मन बलियो बनाए नि हाँसिहाँसी काममा गए समयले घाउ
पुर्दै त गयो तर एउटा सवाल छोडेर गयो मेरो गल्ती के थियो जसको मैले यति धेरै सजाए
पाए एकपटक उसंग भेट्ने मन छ तिमी सक्छौ भने मलाई उसंग भेटाइ देउ मेरो नेपालको बसाइ
पनि धेरै छैन ।
दिदिको कुरा सुने पछि
आँखा रसाए यसै त यतिकै पनि रोइहाल्ने मान्छे म बस यत्ती भने सकेछु भने अवश्य
भेटाउला दि अनि अर्को दिन भेट्ने बाचा सहित म फर्केर आए नि उहाँको कुरा जस्ताको
त्यस्तै लेख्ने कोशिश गरे ताकी यो कुरा राजिब सम्म पुर्याउन सकु मलाई बिश्वास छ यो
कथा पढेपछि उहाले मलाई अवश्य सम्पर्क गर्नु हुनेछ।
No comments:
Post a Comment