Yamunathapablog

Friday, August 24, 2018

टुकि बत्ति जस्तै जिन्दगी



टुकि बत्ति जस्तै जिन्दगी

लेखक मनोज अज्ञातको पहिलो उपन्यास 'टुकि' मा थारु समुदायका बारेमा केही पृथक् बिषयबस्तु भेटिन्छन् ।सरसर्ती लेखाइ अनि पढ्दा कत्ती पनि झिजो नलाग्ने सरल भाषामा एकनासले बगेको छ उपन्यास ।चितवनको शुक्रनगर बस्तिमा रहेका थारुहरुको जीवन शैली, जिबनको भोगाइ र जमिनदारहरुसंगको सम्बन्ध एकैसाथ घुलमिल छन् ।

एक जना मोटरसाइकलवालासंग ठोक्किन पुगेकि उपन्यासकि मुख्य पात्र बिक्रमिया थारु उपचारको क्रममा अस्पताल हुदै मोटरसाइकलवाल र उनीका परिवारसंगै उनीहरुको घरमा पुग्छिन्।जहाँ उनले आत्मिय  ब्यवाहर र सम्बनध भेटछिन्। उनिले आफुसंगै सानो टुकि बर्ती पनि राखेकी हुन्छिन्।धेरै जसो चुपचाप नै हुन्छिन्।त्यसैले उनको बारेमा जान्नको लागि मोटरसाइकल वालाले धेरै सोधिखोजी गरेपछि उनि आफ्नो बिगततर्फ ढल्किन्छिन् । बिक्रमिया थारु परिवारमा जन्मेकी र त्यहि रहनसहनमा हुर्किएकि हुन्छे। जसको काम आफ्ना बाआमालाई सगाउनु र भाइबहिनी हेर्नू हुन्छ । उ आमा संगै लागेर जिम्दार्निको घरमा जान्छे र पछि त्यही भेडा चराउने काममा लाग्छे जहाँ जिम्दार्निकी छोरी फुलिया उसकी साथी र मितिनी बन्छे ।उनिहरु बिहानदेखी बेलुकासम्म संगै हुन्छन् साझमा सुत्नेबेलामा मात्र छुटुने हुन्छन् । यसरि नै बिक्रमियाका दिनहरु बितिरहेका हुन्छन् । उ र उसको परिवार जिम्दारले दिएको गोठ बारिमा बसेका हुन्छन्। त्यसैले एकदिन सरसल्लाहका साथ उनिहरु आफ्नो टोल शुक्रनगर जान्छन् र आफ्नै पाखो बारिमा काम गरेर खान थाल्छन् त्यतिले नपुग्ने भएका कारण उसका बाआमा जिम्दारनिकोमा काम गर्न छोडेका हुदैनन् । घरमा पनि उसको काम गोठाला जाने नै हुन्छ उता उसकी मितिनी फुलिया भने आफ्नो दुलाहाको घर गैसकेकी हुन्छे।

एकदिन थारूहरुको चाडको रमाइलो नाच हेर्ने क्रममा फुलियाको कान्छो दाइसंग उसका साथिहरुले उसलाई भगाइदिन्छन् र उ जिम्दार्निको बुहारी हुन पुग्छे । यसबाट उसका माईती रिसाउछन् तर सासू र श्रीमानले माया गर्ने हुनाले उ रमाउन थालेकि हुन्छे तर केहि समयपछी उसको श्रीमान पहिलो श्रीमती फर्केर आए पछि उसका फेरि संघर्ष र दुखका दिन सुरु हुन्छन्।सौताको किचलो,सोझे श्रीमान अनि भर्खर्की गर्भवती उ सौताको तितो र नराम्रो ब्यवाहर सहदै छोरा छोरी हुर्काउदै बस्छे।

समयले कोल्टो फेर्दै गइरहेको हुन्छ छोराछोरि हुर्कदै हुन्छन तर एकदिन अचानक उसकी सौता हराउछे र केहिदिन पछि मृत अवस्था भेटिन्छे।त्यसपछि सौताकी छोरिको हेरचाहा पनि उसले गर्नुपर्ने हुन्छ र उसले सौताकि छोरिलाई पनि आफ्नो सन्तान झै माया गरेर हुर्काउछे । दुई छोरा र एउटा छोरिकि आमा उ सन्तान हुर्किए पछि सुख पाउला भन्ने आशा पनि मरेर जान्छ जब छोराहारुले बुहारी भित्राए पछि उसको घरमा कलह सुरु हुन्छ र उसका श्रीमान पनि मरिसकेको हुन्छ। पहिला त नातिनातिनाको मायाले घर छोड्न सक्दिन तर उसले बिस्तारै बुझ्दै जान्छे मायाले कमजोर बनाएको कुरा अनि उ एकदिन मुटु दरो बनाएर घर छोडेर हिड्छे आफ्नी मितिनी फुलियाको बृद्दा आश्रम तिर जसले जिन्दगीको अनेकौं रंग जुधेर अन्त्यमा बृद्दाआश्रमलाई  आफ्नो धर्मको बाटो बनाएकी हुन्छे। 

त्यसैबेला उसको एक्सिडेन्ट् भएको हुन्छ र उ मोटरसाइकलवाला मान्छेको घर पुगेकी हुन्छे र आफ्नो कथा बताइरहेकी छ उसलाई लाग्छ उसको जिन्दगी टुकि बत्तीजस्तै छ उज्यालो दिउन्जेल सबैले माया गर्ने अनि उज्यालो दिन छोडेपछि सबैले छोडेर जाने .... 
एकातिर ती मोटरसाइकलवाला मान्छेको बुढी आमासगं भावनात्मक सम्बन्ध गासिसकेको हुन्छ अनि अर्कोतिर बुढिआमाको बारेमा उनका छोराहरूलाई पनि खबर भैसकेको हुन्छ र बुढीआमालाई लिन उनकी मितिनि फुलिया पनि आइसकेकी छन् अब ती मान्छे यो अलमल छन् कि ती बुढिआमाको संग जान्छिन् होला आफ्ना छोरासंग या मितिनि फुलियासगं र उनिलाई लागिरहेको हुन्छ बुढिआमा आफुसँगै बसुन......

साहित्यकार मनोज अज्ञात द्दारा लिखित र नेपाली बुक्स पब्लिकेशन द्दारा हालै प्रकाशित उपन्यास टुकि पठन र शैलिमा हेलुसिनेसन जस्तै छ - पठनमा तान्न सक्ने उपन्यास।


No comments:

Post a Comment

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...