Yamunathapablog

Saturday, December 21, 2019

समर्पण....

मान्छेहरुको जिन्दगीमा पहिला चिनजान हुन्छ
, उनीहरु एकाअर्कालाई बुझ्दै जान्छन् अनि प्रेम हुन्छ त्यसपछि बिबाह,तर मलाई लाग्छ मेरो जिन्दगीमा ठिक त्यसको उल्टो हुन्छ होला पहिला उसंग बिबाह त्यसपछि चिनजान अनि प्रेम सायिद यहि सम्बन्धलाई मान्छेहरु हम्सफरसंगको साथ भन्छन् होला।यो सब त मेरो फगत सपना मात्र हो तर पनि ... तिमिसंग झुट कसरी बोलु म, कि मैले तिमिलाई दुवामा मागे भनेर साच्चै भन्छु मैले तिमिलाई दुवामा कहिल्यै मागिन हो बरु तिम्रो सलामती माग्ने,सुन्दर भबिस्य मागे तर तिमिलाई आफ्नो लागि भनेर कहिल्यै मागिन किन थाहा छ किनकि मैले तिमिलाई आफुभन्दा भिन्न कहिल्यै सम्झिन भन्नू नै "तिमी" हौ अनि तिमी भन्नू नै "म"।ममा तिमी नै तिमि समाएका छौ।त्यसैले पनि मैले तिमिलाई आफुबाट टाढा सोच्नै सकिन न समयसंग जित्न नै सके।


समयले पनि कति धेरै कोल्टो फेरिसके छ।ती दिनहरूमा कुनैपल थिए जब तिमिले "तिमी" सम्बोधन गर्दा मात्र पनि खुशिले नाच्थ्यो यो मन तर आज तिम्रो कोलाहल हुदा पनि कतै गुमसुम भएर हराएको छ किनकि प्रेममा समर्पण पनि चाहिने रहेछ।प्रेमले आफ्नो अस्तिव खोज्ने रहेछ।प्रेममा कसैले थोरै समयमा पनि धेरै पल बाचेका हुन्छन् अनि कसैसँग प्रेम जिन्दगीभर भएर पनि त्यसको महत्त्व हुदैन ।भन्छन् जिन्दगीका हरेक पल किम्ती हुन्छन् तिनै साना साना पललाई जिउन जान्यो भने एकपलमा सारा जिन्दगी जिउन सकिन्छ त्यसैले पनि एकतर्फ त ठिकै पनि लाग्छ।कसैको मनबिना उसलाई दुखाएर र दुखेर सम्बन्धको कसौटिमा उभिराख्नु भन्दा आफै दुखेर सधैका लागि त्यो कसौटी पार गर्नु लाख गुना बेश हुने रहेछ।र मैले उठाएको कदम पनि त्यहि हो। साच्चै भनु भने तिमिसंगको सानिध्यतामा मैले आफ्नोपन भिटेकि थिए,कतै हराइरहेकि आफुलाई भेटेथिए,अझै भनौ भौतारिरहेकी थिए यो गोलमाला दुनियाँमा तिमिलाई भेटेपछि बिराम पाएकिथिए साच्चै तिमिबिना कि म केही हैन,र हुनेपनी छैन,जुन दिन तिमिसंगको साथ छुट्छ त्यो दिन मेरो जिन्दगीको अन्तिम दिन हुन्छ झै लाग्थ्यो ति पलहरुमा तर जब जुधाइहरु तनाहाई भन्दा आनन्दित बन्छन् त्यस्ता जुधाईहरु मिलनभन्दा लाख गुना बेश हुनेरहेछन्। जुन यि दिनहरुमा म प्रत्क्षय अनुभब गरिरहेकि छु। 

जति तिमिसंगको पहिलो भेटमा आफुलाई रिफ्रेस पाएकी थिए त्यति बाँकिका भेटहरुमा पाउन छाडे आफुलाई सजह नपाउनु नै सहज हुन नसक्नु हैन र। हो कहिलेकाही शिशिर हावी हुँदा पतझर हुनु अलग कुरा हो ,अपबाद हो । तरजब जिन्दगीको रंग नै हरियो देख्न छाडिन्छ तब बसन्तको हरियाली पनि उजाड र बिरान लाग्ने रहेछ ।यी दिनहरूमा ति दिनका कल्पनाहरु नै पर्याप्त छन् बाच्नुमा, जिबित रहनुमा नितान्त खुसिका बेगहरुमा समिश्रीत छन् अब्यक्त प्रेमका भाषाहरुमा, एउटै आकाशले बोकेको छ मेघका गर्जन र इन्द्रेणीका रङ्ग र त हामी गजबले नियालिरहन्छौ र भन्छौं अनि रमाइरहन्छौ । हो बेवास्ता र ब्यस्तता फरक कुरा हुन। मेरो गुनासो तिम्रो ब्यस्तताको मौनतासंग थिएन, फुर्सदको बेवास्तासंग थियो।जसले मसंग नै हाम्रो प्रेमको बारेमा हजारैं सवाल गर्थ्यो र मलाई जवाफहिन बनाई दिन्थ्यो।जब तिम्रो पक्ष लिएर मनसंग बादबिबाद गर्न पुग्थे र म जहिले हार्थे।

अब त लाग्छ जिन्दगीका हसिन पलहरु बिगत झै कतै छुटे  अब बस  जिन्दगीले तिनै पल अगाडि राखि दिएको छ जुनसंग सम्झौता गर्न बाहेक मसंग अरु कुनै बिकल्प थिएन र छैन। कहिलेकाही बिगतका हसिमजाक बर्तमान झै बनेर सम्झना आउँछन् अनि सम्झिदा सम्झिदै आँखा भरिन थाल्छन्।कतै पढेको थिए।चिया बनाउनु र जीवन बनाउनु उस्ता उस्तै हो रे, पहिला अह्ङ्कार लाई उमाल्नुपर्छ रे, चिन्तालाई बाफ बनाएर उडाइदिनुपर्छ रे, दुखलाई धोल्नुपर्छ रे, गल्तिलाई छान्नुपर्छ  रे अनि खुशीलाई स्वाद लिनपर्छ रे तर मेरा सारा खुशी र सपना रे नै सकिए। ती दिनहरूमा यस्तो लाग्थ्यो तिमिलाई मन परेको हरेक कुरालाई प्रेम गरिरहु, तिमिलाई मन नपर्ने सारा कुरालाई छोडिदिउ, आफुमा तिमी भएर बाचु,आफुलाई तिम्रो खुशिमा ढालु तिम्रो हरेक रंगमा रंगिरहु ..... बस तिमिलाई मात्र तिमिलाई प्रेम गरिरहु जसको कुनै समय हुदैन जस्को कुनै अन्त्य हुदैन, र छ प्रेम हिजो जस्तै आज पनि बस आज त्यो प्रेम बाँच्नलाई तिमि साथ छैनौ छ केबल तनाई तर मेरो प्रार्थना छ कि तिमी तना कहिल्यै नहुनु, किनकि तना हुनुको पिडालाई राम्ररि महसुस गरेकि छु मैले ।आज प्रेम छैन त के भयो कुनै बेला त प्रेम थियो यहि मेरोलागी ठूलो कुरा बनेको छ आजभोलि मेरो लागि।

बस अब प्रार्थना छ  तिम्रो जिबनमा तिमिले खोजेको जस्तो रोजेको जस्तो प्रेम मिलोस् प्रेमिल साथी मिलोस्, संसारभरको सारा खुशी मिलोस् तिमिलाई ....कहिलेकाही सोच्छु जिन्दगीको कुनै मोडमा पुग्दा तिमिलाई मेरो याद आउला कि न आउला, हिजो तिम्रो पछाडि पागल झै भाग्ने केटि कुनै दिन तिम्रो यादको हिस्सा बन्छे होला कि नाई यस्तै यस्तै ... तर तिमी यति कुरा याद राख्नु प्रेमलाई मापदण्ड गर्ने कुनै स्केल हुदैन,तर जब प्रेम हुन्छ प्रेमको स्केल प्रेम आफै हुन्छ र त्यसको मापदण्ड मुटु स्वंयमलाई स्वंत् थाहा हुन्छ। अचम्म लाग्छ सोच्दापनी थाहा छ  आज पनि तिम्रो सम्बोधनमा मैले मेरा कयौं शब्दहरु खर्चेकी हुन्छु, तिम्रो नाम मैले मेरा कति प्रहरहरु खेर फालेकी हुन्छु ..त्यसको लेखाजोखा मैसंग पनि हुदैन।त्यो समयमा समयलाई साक्षी राखेर प्रीतको धागो गासेकी थिए मैले तिमिसंग तर मलाई के थाहा थियो र कहिलेकाही समय पनि पलभरलाई भ्रमित भएको हुन्छ भनेर ....



No comments:

Post a Comment

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...