Yamunathapablog

Friday, August 2, 2019

प्रियतम


प्रियतम
धेरै धेरै सम्झना।
लामो समयको प्रयास पछि यो पत्र लेख्दै छु।कंयौ पटक शब्दहरू कोर्दै मेटाउदै गरे त्यसको लेखाजोखा म आफैसंग छैन।खै किन हो यस्तो लाग्छ तिम्रो सम्बोधनमा शब्दहरु पनि कम पर्न आउछन्।किनकि हरपल हरक्षण तिमी मन मस्तिष्कमा छाउछौ, तिमी नै तिमी नजरभरि आउछौ। तिमिलाई नदेखु भनेर कयौं पल्ट आँखा बन्द गर्छु । तर बन्द आँखामा तिमी झन संग्लो भएर नजर आउछौ ।यिनै  हरेक कुराको निष्कर्षले आज मलाई महसुस गराएको छ कि म त प्रेममा पो रहेछु, हो तिमिसंगको प्रेममा।यस्तो प्रेम जसको कुनै सिमा छैन, जसको कुनै अन्त्य छैन जहाँ बिश्वास छ, इज्जत छ, सम्मान छ अनि पाउने आस र गुमाउने डर भन्दा पनि तिमिलाई चाहन्छु, तिमिलाई प्रेम गर्छु भन्ने कुरा नै बढी महत्त्व राख्छ ।


प्रियतम पहिलो पटक तिमिलाई भेट्दा लागेकै थिएन कि तिमिलाई फेरि भेट्छु तिमिसंगको प्रेमको गहिराईमा डुबुल्की मार्न पुग्छु। त्यसैले त मलाई याद नै छैन कि हामी पहिले पटक कहिले भेटेका थिएयौ भनेर कति याद गर्ने कोसिस गर्छु अंह याद नै आउदैन बस अब त यहि प्रेम सबथोक बनेको छ।जसले प्रेमको कदर गर्न सिकाएको छ।प्रेमको एहिसास नै मीठो हुदोरहेछ रहेछ चियामा चिनिको घोल जस्तै।साच्चै  प्रीयतम तिमी मेरो जिन्दगीको सुन्दर बहार हौ, त्यो बसन्त हौ, जो बिना मौसम पनि रंगिचगि हरियालि छ।जसले मलाई प्रेमको गरिमा बुझाएको, प्रेमको पुजा गर्न सिकाएको छ। सोच्छु यदि तिमिसंग भेट हुदैनथ्यो भने मैले कसरी गर्न पाउथे होला यति मीठो प्रेमको प्रेमिल एहिसास,कसरि बुझ्थे होला प्रेमको यति मिठो गाथा। 

कोहि मान्छे साच्चै नै कसैको जिन्दगीमा सुन्दर बहार नै बनेर आउने रैछन् जस्तै तिमी । हरेक पटकको भेटपछि हरेक पटकको संवाद पछि अझ प्रेम बढेको एहिसास हुन्छ।थाहा छ तिमिलाई, तिमिसंग भेटेपछि म साह्रै प्रेमिल हुन थालेकी छु, हर कसैलाई आफ्नो रंगमा रंगाइ हाल्छु र मान्छेहरु रंगिनछन् पनि, तर तिनिहरुलाई के थाहा त्यो त तिम्रो प्रेमको कमाल हो भनेर...तिम्रो प्रेमको रंग हो भनेर। हरेक कुरा आफ्नै ढङ्गबाट सोच्ने, एउटा जिद्दी र पागल केटि पनि कसैको प्रेममा यसरी रंगिन सक्छे सायदैले सोच्छन् होला। कहिले लागेन कि म पनि कसैसंग प्रेम गर्न सक्छु, कसैको प्रेममा पर्छु।आफ्नै दुनियाँ बनाएर आफ्नै दुनियाँमा हराउने केटि म, मेरो दुनियाँमा पनि कोहि आउछ र घर बनाउछ कति अच्चमको कुरा छ है। मान्छेहरुले त्यसै भनेका हैनन् होला प्रेममा जादु हुन्छ, शक्ति हुन्छ भनेर त्यसैले त आज म हराएकी छु तिमिमा, रंगिएकी छु तिम्रो प्रेमको रंगमा। यि दिनहरुमा यो प्रेमका रंगहरु नै पर्याप्त छन् बाच्नुमा, जिबित रहनुमा नितान्त खुशिका वेगहरुमा समिश्रित छन् अव्यक्त प्रेमका भाषाहरुमा, यस्तो लाग्छ यहि आकाशले गुनगुनाई रहेको छ प्रेमका मिठा गीतहरु अनि छरिरहेको छ इन्द्रेणीका सुन्दर रंगहरु......

प्रीयतम आज सम्म जिन्दगीमा समयसंगै बाँचे, एउटा टायम टेबल बनाएर, तर जब देखि तिमी मेरो जिन्दगीमा आयौ जिन्दगीमा मिठास आएको छ आजसम्म जुन बोरिङ लाइफलाई म पर्फेट सम्झेर  बाँचिरहेकी थिए।त्यो जिन्दगीमा तिमी एक्साइटमेट बनेर आयौ ।यस्तो लाग्छ बस आजसम्म बाचेकी थिए म, अब जिउन सुरु गर्दैछु।तिमी जिन्दगिमा आएपछी दोस्तिको, प्रेमको बास्तबिक मत्लब जाने, त्यसपछि तिम्रो नामको जादु जिन्दगीमा यसरि चल्यो कि सबथोक बिर्न थाले बस तिमी नै तिमी याद रहन थालेयौ नजरभरि आउन थालेयौ।आजसम्म सुनेको मात्र थिए प्रेम एउटा जादु हो, तर तिम्रो आगमनले यो कुरालाई साँचो बनाइदिएको छ।आजसम्म जुन प्रेमलाई एउटा मुस्कान सहित इग्नोर गर्थे आज यहि प्रेम जिउने जरिया बनेको छ।साच्चै मायालु छोएछ क्यारे मलाई तिम्रो प्रेमको रंगले, तिम्रो मायालु नजर अनि प्रेमिल स्पर्शले त्यसैले हेर त कति हसिन छन् तिम्रो रंगले छोएका मेरा यी पलहरु जहाँ तिमी मात्र तिमी छाएका छौ मीठो प्रीत बनेर, त्यसैले त लाग्छ तिमी छौ र त म छु नभए तिमी बिना कि म केही हैन ।

हरेक कुरा शब्दमा मात्र अभिव्यक्त न हुने रहेछन् सक्ने जति गरेको छु यो पत्र तिमी सुटुक्कु पढ्नु भन्छन् प्रेम लुकिछुपी लाएको मिठो। अरुले यो पत्र पढोस् हाम्रो प्रेम सस्तो बनोस् म चाहन्न, किनकि मलाई थाहा छ प्रेम देखाउनलाई हैन यो त महसुस गर्ने कुरा हो अनुभत गर्ने गराउने कुरा हो ।

मनभरीको माया संगालेर मैले तिमिलाई यो पत्र कोरेकी छु मायालु तिमी जहाँ छौ, जस्तो छौ आफ्नो ख्याल राख्नु। प्रेमप्रति बिश्वास र भगवानप्रति आस्थाका साथ तिमिसँग छिटै भेट्ने बाचा सहित तिमीलाई आउदै गरेको भ्यालेन्टाइन्स डेको धेरै धेरै शुभकामना तिमिलाई माया गर्ने ..
                                                    
                                                                                                                                                                                                                                                                                                     तिम्री नीला

No comments:

Post a Comment

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...