न खोज मलाई रसिला कबिता र सायरिमा
अब भेट्दैनौ तिमी मलाई घुम्टोको पर्दा भित्र
म त सरेआम नाङ्गो शिर लिएर
बिना उज्यालोमा पनि चम्किन्छु,
म आफुलाई सीता या त द्रपती केही भन्दिन
म त छोरि हु यो युग कि छोरि
मलाई महसुस गरेर हेर त म हौसलाको जस्बाद हु,
म सुरुवात हु,म उमंग हु, म उत्साह हु
म अध्यारोमा दियो हु मरभुमिमा पानी हु
म ती लाखौ निराश आखाको ज्योती हु
हो म छोरी हु ।
यो आजको समाज हो जो बर्सौदेखी पितृसत्ताको खोल ओडेर बसेको छ जहाँ छोरिको अस्तित्व कतै खुम्चिएको छ यस्तो समाजमा हाम्रो हिम्मत हाम्रो उडान देखेर मान्छेहरू अक्सर सोध्ने गर्छ्न,किन हामिहरु एक ठाउमा समेटिएर रहन सक्दैनौ किन हामी चन्चल हावा जस्तै छौ हाम्रो ओठको निशच्ल मुस्कान देखेर मौनता बिनाको हाम्रो संग्लो अस्तित्व देखेर सबैको सवाल यहि छ । हो हामी छोरिहरु शदैयौ देखि चलिआएको कुसंस्कार र कुरितिको भारिलाई बोकिरहेका छौ अब हामिलाई यो न सोध्नु कि यो भारी कति गह्रौं छ किनकि हाम्रो लडाइ आज पनि जारी छ,आज हामि ती तमाम सवालहरुलाई जवाफ दिन चाहान्छौ ती तमाम दुखको हिसाब लिन चाहन्छौ । हामी छोरिहरु युगौ देखि कुल्चिदै आइरहेका छौ र अझै पनि कुल्चिदै छौ । हिजो पनि हामि चुलोमा थियौ र आज पनि चुलो मा नै छौ ।हामिले केही न सहे पनि हामी बशौ पुरानो लागेको आगो हौ उहीँ नया बोतलको पुरानो जस्तै रक्सी हौ । हामी चुप छौ मौन छौ तर पनि हामिमा स्वर छ,आवाज छ हामि ममोको गुडिया हैनौ, न सजावजको सामान नै हामी त्यो सपना हौ,जो देखिन्छौ,जो महसुस हुन्छौ। हाम्रा पनि सपना छन् कुनै रंगिन छन् कुनै सादा छन्। हामी कुनै बारुद र गोलि हैनौ तर म सत्य भन्छु कि त्यो चलाउने मान्छेको हामी हौसला जरुर हौ किनकि हामी त्यो हैनौ जुन देखिन्छौ हामी त शृफ आवाजमा सुनिन्छौ,हामि देसको गौरब हौ,कल्पनाको उडान हौ,पहाडको चन्चल हरियारी मात्र हैन मधेसको मजबुरी पनि हौ, हामी मिराको भत्ती हौ पासाङ लामुको सम्मान हौ। हामि राम कि सीता हैनौ हामि त्यो दुख हौ जो सितामा माथी बित्यो ।हामि महाभारत कि द्रपती हैनौ हामी त्यो अपमानको परिणाम हौ,युगौयुग सम्म चल्ने महिलाको तिरस्कार हौ।हामी त्यो हैनौ जो आफैमा लाज मान्छौ हामि ति उड्ने स्वतन्त्रत पंक्षी हौ हामि मन्दिरको दियो हौ, जंगलको आगो हौ,हामि होलिको रंग मात्र हैनौ होलिका दहनको आभा पनि हौ हामी बजिरहेका चुरा हैनौ,पायलको छमछम हैनौ, हामी आवाज हौ तमाम छोरिहरुको ख्याइस हौ हामिलाई हुर्काउने ती हातहरुको,हामी साडिको फेरमा हराउने सपना हैनौ हामि आजको एउटा नया सोच हौ,जति दबाएका छन् ती आवाजको एउटा नबिनतम आवाज हौ हामिलाई महसुस गरेर त हेर हामि एउटा जस्बाद हौ !!
Happy her story summit program 2019
Yamuna Thapa
Shree shanti lit club
Her story summit program 2018.
लाजको घुम्टो ओढ्दा समाजले असल मान्ने छोरी,
किन निर्लज्ज बन्छे त्यही घुम्टो उघार्न खोज्दा,
घरको हरेक राम्रो नराम्रो कुराको जिम्मेवार मानिने छोरि,
किन दबाइन्छे आफ्नै हक र अधिकार माग्न खोज्दा,\
आमा बनेर सम्पुर्ण ब्यवहार सम्माल सक्ने छोरि
किन उपहासको पात्र बन्छे देश सम्माल्छु भन्दा,
जसले जति नै भने पनि समाजको सुरुवात र अन्त्य छोरिबाट नै हुन्छ अनि किन उ शिर निउराएर बाच्न बाध्य हुन्थे।हो त्यसैले यस्ता धेरै छोरिहरुको आवाजलाई सुन्न र उनिहरुको आवाजलाई बुलन्द पार्नको लागि हामिले यो campaign सुरु गरेका हौ। हामी तबसम्म यो आवाजलाई निरंतरता दिनेछौ जबसम्म हाम्रो आवाजले पुर्णता पाउदैन यो मनन हुदैन । यो समाज अनि छोरी परापुर्बकाल देखि नै रहिआएका छन र सदा रहनने छन् अनि किन यिनिहरुको आवाजको हिस्सेदार कोहि बन्दैन यस्तोबेला मलाई रोजा लक्जमबर्गको भनाई याद आउँछ उनले भनेकी थिन् i was,I am, I will be .... हो त्यसरी नै हामी छोरिहरु यो समाजमा हिजो पनि थियौ,आज पनि छौ र भोलि पनि रहनेछौ ।हामिलाई बिश्वास छ एक दिन हामि हाम्रो समाजलाई हामिले चाहेको जस्तै गरि बदल्ने छौ र यो सम्भब पनि छ र हामी यसलाई सम्भब बनाउने छौ ।
त्यसैले आउ मेरा प्यारा प्यारा नानिहरु तिमी हामी सबै एउटै स्वरमा स्वार मिलाउ र भनौ we were,we are & we will be ...
We definitely can change the society .

राम्रो लाग्यो
ReplyDelete