महिलाको अधिकारको लागि सुरुवात गरिएको विश्व महिला आन्दोलनले करिब १०९ बर्ष पूरा गर्दै छ।यसैको अवसर पारेर हामिले फागुन २४ अर्थात मार्च ८ का दिन १०९औ अन्तराष्ट्रिय महिला श्रमिक दिबस मनाउदै छौ।यतिका बर्षमा हामीले के कती उपलब्धि हासिल गर्यौ त्यो आफ्नो ठाउँमा छ।तर अब भने फेरि बुक गरिन्छन् महिलाका अधिकारका बिषयमा वकालत गर्नलाई तारे होटलहरु र त्यहाँ भित्र सन्चालाम गरिन्छन् ठुला ठुला गोष्ठी, सेमिनाहरु जुन जुम्ला हुम्ला दार्चुला र डडेल्धुराका महिलाका नाममा केन्द्रित हुन्छन् तर उता ती महिलाहरु भने टाउकोमा घाँस दाउराको भारी बोकेर उकाली ओराली गरिरहेका हुनेछन्,खोलाको किनारामा रुढि कुटिरहेका हुनेछन्, जसलाई न महिला दिबससंग सरोकार छ,न महिला अधिकारको बिषयमा चासो नै बस उनिहरुलाई आफ्नो जीवन धान्न पाए त्यही ठूलो कुरा हुन्छ।
बर्षौ देखि हामी महिला पुरुष सरह नै हुन, महिलाहरुले पनि ती सबै अधिकार पाउनु पर्छ जसको उनी हकदार छिन् भन्दै र लड्दै आइरहेका छौ।तर आज हामी २१ औ शताब्दीमा आइसक्दा पनि न महिलाको जीवनस्थरमा कुनै फरकपन आएको छ न महिलालाई हेर्ने दृस्ठिकोणमा नै।आज पनि हाम्रो समाजमा महिला सन्तान जन्माउने मेसिनको रुपमा हेरिन्छन्, छोरा जन्मनु र नजन्मनुमा समाजले उनैको दोष देख्छ।यस्तो भन्दै गर्दा म दशैमा घर गएको बेलाको कुरा सम्झन्छु घर नजिकैको ठूलो बाबाको घरमा धुमधाम नाचगान चलिरहेको थियो के को नाचगान रहेछ भनेर बुझ्दा थाहा भयो घरमा छोरा जन्मिएको रहेछ।त्यसपछी म ठुलोममी र भाइलाई भेट्न गए। जब ठुलोममिको अनुहारमा हेरे तब मैले उहाँको अनुहारमा छोरा जन्मिएको खुशी भन्दा पनि बढी अब अरु सन्तान जन्माउनु नपर्ने सन्तोष भेटे।र मलाई जहाँ सम्म थाहा थियो उहाँको पहिला नै आठ जना छोरिहरु छन् र दुई चार वटा त उहाँले गर्भपतन पनि गराइ सक्नु भएकेको थियो।जब जब उहाँ र उहाँ जस्ता महिलाको स्थिति सम्झन्छु मलाई बेकार लाग्छ महिला आन्दोलन।अनि महिलाको अधिकारको कुरा।जबकि एउटा महिला स्वयम् आफू आफ्नो यौनिको मालिक्नी भएर पनि उनलाई आफ्नै यौनी माथिको अधिकार छैन भने के औचित्य छ हामिले आजसम्म गरेको आन्दोलनको,हामिले बर्षैदेखि लडेर बनाएको निति नियमको।
एर्कातिर महिलालाई आफ्नै यौनि माथि अधिकार नहुनुको पिडा अनि अर्कोतिर हामिले महिलालाई अधिकार दियौ भन्दै जोड जोडले नारा लगाउदै र आवाज ठूलो पार्दै आफैमा गमक्क परेर बसेको राज्यको देखावटिपन हेर्न र सहन बाध्य हुनु परेको अवस्था।यो भन्दा दुखको कुरा के हुनसक्छ र हामि महिलाको लागि।अनि अर्को कुरा आज हाम्रो समाजमा निर्मला र उनि जस्ता हाम्रा कयौं छोरि,बुहारि दिदि बहिनिहरु दिनप्रतिदिन बलात्कृत भैरहेका छन्।उनिहरुको चित्कारको आवाज हाम्रो कानमा घन्किरहेको छ।निर्मला त हाम्रो बिच छैनन् तर उनको मधुर मुस्कान सहितको तस्बिर यतिबेला हामि सबै बिच हाम्रा स्मृतिमा सलबलाइरहेको छ।जसले हाम्रो देशको पुलिस प्रशासनको कमजोर छबिमाथी व्यंग्य प्रहार गरिरहेको छ।निर्मला र उनि जस्ता ति तमाम छोरिहरुको त्यो मुस्कान राज्यमाथि नै कडा प्रश्न हो।तर प्रश्न भएरमात्र के गर्नु यसको जवाफ राज्यसंग न हिजो थियो न आज छ थाहा छैन भोलिका दिनमा पनि यसको जवाफ हुन्छ कि हुन्न् ।
कहिलेकाहि साह्रै दुख लाग्छ जब महिलामुत्तिको आन्दोलन लडेर आएका र लडिरहेका धेरै महिलाहरु वैवाहित सम्बन्धमा गासिएपछी एकाएक हराएको र गुमनाम भएर जान्छन्।तब सोच्छु कहाँ जान्छन् ती महिलाहरु किन हुन्छन् ती त्यसरी गुमनाम के कहिल्यै हामिले गम्भीर रुपमा सोचेका छौ ? अझ आजभोलि त मार्च महिनालाई नै नारिको महिना मान्ने र यसैका मुद्दालाई केन्द्रबिन्दुमा राखेर काम गर्ने भनिन्छ।तब रिङ्गटा लागे झै हुन्छ के अब हामिले महिलाका मुद्दा उठाउन र महिलाका विषयमा कुरा गर्न मार्च महिना नै कुर्नु पर्ने हो यदि यसो हो भने खै त्यो शदियौ देखि लड्दै आएको लडाइको औचित्य अनि आफैमाथि प्रश्न गर्छु के हामिले हासिल गरेको भनेको उपलब्धिको सार्थकता यहि हो त?
यदि हामिले हाम्रो नेपाली समाजलाई गहनता पुर्बक अध्ययन गरेका छौ भने हामिलाई पक्कै थाहा होला।आज पनि हाम्रो समाजमा महिलालाई घरदेखि आगनसम्म निस्कन छोरिलाई बाबुको, श्रीमतीलाई श्रीमानको अनि आमालाई छोराको अनुमति चाहिन्छ।यस्तो छ हाम्रो समाजमा महिलाको स्थिति तर संबिधानमा लेखिन्छ स्वतन्त्रतापुर्बक बान्च पाउने हक सबैलाई हुन्छ भनेर। हरपल हर समय बन्धनमा बस्नु परेपछि, डरमा बाच्नु परेपछि कसरि हुन्छन् महिला स्वतन्त्र ।कहाँ छ महिलाहरुको स्वतन्त्रतापुर्बक बान्च पाउने हक र अधिकार? भन्दा त भन्यो राज्यले पारीश्रमिक आयमा १० प्रतिशत र औद्योगिक आयकरमा ३३ प्रतिशत छुटने दिने,उद्योग दर्ता(३५प्रतिशत),सम्पत्ति पेटेन्ट २० प्रतिशत कर छुट,घरजग्गा रजिस्ट्रेसन दस्तुरमा छुट ।तर के साच्चै ती लागू भएका छन् त ब्यवहारमा अनि के यति नै यथेष्ट छन् त महिला सशत्तिकरणका लागि ?राज्यले महिलाको लागि भनेर ल्याएको ३३% आरक्षण महिला छ है भन्नलाई मात्र ल्याएको जस्तो भान हुन्छ ।महिलालाई सोपिसको रुपमा प्रयोग गर्नलाई हामि सबैले देखेको र बुझेकै कुरा हो गाउपालिकादेखि महानगरपालिकासम्म महिलालाई उपको रुपमा प्रयोग गरिएको छ।अधिकार दिए झै गरेर खोसेको जस्तो महसुस हुन्छ यो सब हेर्दा। साच्चै यो सब देख्दा लाग्छ अब हामिले यस बारे अझ गम्भीर भएर सोच्नु पर्छ ।
आज हामी बिस्व सामु गर्व गरिरहेका छौ कि हामिले महिला राष्ट्रपति,महिला प्रधानन्यायाधीश र महिला सभामुख पाएका छौ र बनाएका छौ भनेर।तर के हामिले कहिल्यै सोचेका छौ यि तीन जना महिला सशत्तिकरण हुदैमा हाम्रो महिला आन्दोलन पुर्ण हुन्छ त, होला हाम्रो लागि त्यो अवसर तर भोलिका दिनमा यो नै हाम्रा लागि बिकराल चुनैतिको बिषय बन्नेछ।एकातिर आफुलाई प्रमाणित गर्नु पर्ने छ पुरुषका अगाडि, यो पितृसत्ताले जरा गाडेको समाजको अगाडि अनि अर्को तिर ती तमाम महिलाहरुलाई अगि सार्नु पर्ने छ जसकालागी हामिले यो आन्दोलन लडिरहेकाछौ।
आज हामि सबैसंग प्रश्न त धेरै छ्न् तर जवाफ दिनेहरु मौन छन्।यस्तो लाग्छ उनिहरुले मौन रहेने कसम नै खाएका छन्।मेसो आउदा महिला आन्दोलनका ठुला ठुला कुरा गरेपनि,कागजमा चिल्ला अक्षर पारेर जति नै निति नियम बनाए पनि मेरो मन बेचैन हुन्छ।म सोच्न बिबस हुन्छु हामि महिला कहिलेसम्म सोपिसको रुपमा मात्र देखिने,नामको मात्र अधिकारमा रमाउने.. तर मेरो वरिपरि जवाफमा म शुन्यता शिवाय केहि पाउदिन।
म चुपचाप प्रश्न सोधिरहेकि छु।जवाफ कताबाट,कसरि र कहिले आउँछ म आफैलाई थाहा छैन।बस मलाई यति थाहा छ मेरा असंख्य प्रश्नहरु जस्तै यो प्रश्न पनि कतै हराउनेछ यो सुनेर पनि नसुने जस्तो गर्नेहरुको भिडमा।
जब जब समाजमा हाम्रा आमा दिदि बहिनि या छोरिहरुको नाम भगवति,दुर्गा, लक्ष्मि,सरस्वति,यमुना र साबित्रि आदिआदि राख्छौ तब मलाई भन्न मन लाग्न हामिलाई देबिदेउताको नाम हैन।हामिलाई त ढुक्कसंग बाच्ने अधिकार चाहिएको हो।हामिलाई त्यस्तो संसार चाहिएको हो जहाँ हामि महिला भएकै कारण दबिनु नपरोस,असुरक्षित हुनु नपरोस् बरु छाति फुलाएर शिर ठाडो पारेर निर्धक्कका साथ हिड्न सकियोस्।
No comments:
Post a Comment