....यसरी त्यो दिन म फेरि
दुखेकी थिए र एउटा ठोस निर्णय पुगेकी थिए।लाउदै नलाएको मायामा चोट, गर्दैन
नगरेको प्रेममा बदनामी।साच्चै खादै नखाएको बीस लागेको थियो मलाई त्यो दिन।जसलाई
अक्षरमा सजाएर कहिल्यै सस्तो बनाउदिन भनेर सोच्थे उसैले दोबाटोमा पारेर सस्तो बनाइ
दिएको थियो।यति धेरै सस्तो कि मलाइ समेटिन पनि कंयौ समय लागेको थियो।त्यसै दिनदेखि मैले बिस्तारै
बिस्तारै सम्बन्धका धागोहरु चुडाउदै जाने निर्यण गरेकि थिए ताकि पीडा पनि थोरै थोरै गरि मिलोस् र
भोलिका दिनमा हामी दुबैलाई ठुलो पिडा नहोस् ।मान्छेहरुले प्रेमको कुरा गर्दा लाग्थ्यो साच्चै नै प्रेम हुन्छ होला तर अहिले बुझ्दै छु।प्रेम यहाँ कस्ले गरेको हुन्छ र सबैले आ-आफ्नो मन भुलाउने खेलौना रोजेका हुन्छन्, मन भुलुन्जेल सम्म खेल्छन्, खेल्न पुगेपछि कुनै रद्दिवालालाई बेचिदिन्छन् त्यो पनि कौडिको भाउमा।साच्चै घर परिवार, समाज, इज्जत र भबिस्य सोचेर पनि प्रेम गरिन्छ र त्यहाँ त सौदा गरिन्छ केवल सौदा र मलाई लाग्छ प्रेममा कहिल्यै सौदा हुदैन।भन्नेहरुले भने जस्तै मिलनका पलहरु सम्झेर रमाउ कंयौ पल्ट सोचे... तर प्रेम भए पो त मिलनका पलहरु पनि रमाइला हुन्छन्। टाइमपासमा त कहाँ रमाइला पल हुन्छन् र बस समय बिताउने बाहना हुन्छन्।मनोरञ्जनका रंगिन पर्दा जस्तै हुन्छन् बस पर्दामा मात्र सुहाउने।
तिमिले सोध्थेयौ नि "तिमिलाई
जिन्दगिमा सबैभन्दा प्रीय र अप्रीय लागेको पल कुन हो भनेर", आज भन्न मन
लागेको छ।"मलाई त्यो पल सबैभन्दा अप्रीय लागेको थियो जुन पल तिमिसंगको अन्तिम पल
थियो।त्यतिबेला लागेको थियो अब यसैगरी फेरि कहिल्यै भेट हुने छैन, हामी फेरि
जिस्कने छैनौ, रिसाउदा फकाउनलाई एकअर्कासंग हुने छैनौ, अनि सबैभन्दा
प्रीय लागेको पल पनि त्यही थियो जुन तिमिसंगको अन्तिम पल थियो। अब पक्का भएको थियो
कि एउटाको फोन अफ हुदा अर्कोलाई टेन्सन हुनेछैन।केही हुने छैन् बस केही दिनसम्म
बिगत याद आउनेछ त्यसको यादमा एक दुई थोपा आँसु झर्नेछन् त्यति नै त हो।त्यसपछि
जिन्दगीभर सुकुन मिल्नेछ। केही पलको पीडा पछि जिन्दगीभरलाई राहत मिल्नेछ।यस्तै
यस्तै....यहाँ मन बुझाउने कारण हजार छन् बस कारण खोज्न जान्नु पर्छ"।
अब यति त पक्का हो।तिमी मलाई
खोज्दै फेरि आउने छैनौ किनकि सम्बन्धको धागो चुडाउने अपिल पहिला तिमिले गरेका थियौ
बस मैले त तिमिलाई केही कदम साथ दिएकी मात्र हु।म पनि तिमिलाई खोज्दै आउने छैन
किनकि मेरो पनि त छुट्टै दुनियाँ हुने छ।कहिलेकाही आफ्नै सम्बन्ध देख्दा पनि साह्रै
माया लागेर आउछ।भन्छन् नि हजार सपनाको माया लागेर आउछ... त्यस्तै। यो समझदारी, यो प्रेम, यो
आफ्नोपन ओहो! यस्तो सायदैको सम्बन्धमा हुन्छ होला।न रिस, न बदलाको भावना अह केही
छैन प्रेममा प्रेम सहित साहिदैहरुले यस्तो कदम चाल्छन् होला, टाढा हुने फैसला गर्छन् होला।
मुस्कान साथ तिम्रो
साथ रोजेकि थिए मुस्कानका साथै सम्बन्धलाई अलबिदा भन्दैछु। र मलाई थाहा छ, तिमी
दुखी पक्कै छैनौ, किनकि घरपरिवार, समाज, इज्जत,प्रतिस्ठा भबिस्य सोचेर प्रेम गर्ने
तिमी थियौ म होइन।मलाई त फुलहरुमा पनि रंग भर्न मन लाग्थ्यो, जुनमा पनि शीत
पोख्न मन लाग्थ्यो, हावासंगै उड्न मन लाग्थ्यो।त्यसैले त यतिका समयसम्म उडिरहे
तिम्रो प्रेममा तिमिसंगै।उड्डा उड्दै ठोकिए म कतै पहाडसंग नराम्रो गरि र पछारिए
भुइमा छरपरस्ट हुने गरि..।कहिल्यै दुख नहुनेहरुलाई हुन्छ होला पीडा सहन गाह्रो तर जिन्दगी नै त्यही
पीडा बाट सुरु हुनेहरूका लागि दुखले अझ नयाँ तरिकाले बाँच्न सिकाएर जान्छ।जुन म यी दिनहरुमा प्रत्यक्ष भोगिरहेकि छु ।
मुस्कान साथ तिम्रो
साथ रोजेकि थिए मुस्कानका साथै सम्बन्धलाई अलबिदा भन्दैछु। र मलाई थाहा छ, तिमी
दुखी पक्कै छैनौ, किनकि घरपरिवार, समाज, इज्जत,प्रतिस्ठा भबिस्य सोचेर प्रेम गर्ने
तिमी थियौ म होइन।मलाई त फुलहरुमा पनि रंग भर्न मन लाग्थ्यो, जुनमा पनि शीत
पोख्न मन लाग्थ्यो, हावासंगै उड्न मन लाग्थ्यो।त्यसैले त यतिका समयसम्म उडिरहे
तिम्रो प्रेममा तिमिसंगै।उड्डा उड्दै ठोकिए म कतै पहाडसंग नराम्रो गरि र पछारिए
भुइमा छरपरस्ट हुने गरि..।कहिल्यै दुख नहुनेहरुलाई हुन्छ होला पीडा सहन गाह्रो तर जिन्दगी नै त्यही
पीडा बाट सुरु हुनेहरूका लागि दुखले अझ नयाँ तरिकाले बाँच्न सिकाएर जान्छ।जुन म यी दिनहरुमा प्रत्यक्ष भोगिरहेकि छु ।
साच्चै तिम्रो बारेमा
म के भनु ।बयान गरे भने मान्छेहरु कल्पनामा नै तिमिलाई पछ्याउन थाल्छन् होला।कमि
तिमिमा कुनै चिजको थिएन तिमिमा जो कोहिलाई पनि पुर्ण गर्न सक्ने सामर्थ्य थियो।तर
तिमिलाई पुर्ण गर्न सक्ने मान्छे म बन्न सकिन सायद अरु छन् जस्तो पनि मलाई लाग्दैन।
साच्चै भनु भने मैले
प्रेम गर्न तिमी बाट सिके,अरुलाई हासी हासी धोका दिन तिमिबाट सिके,अरुलाई दुखाउन
सिके,दुख्न सिके बस सिकिन त प्रेम निभाउन, प्रेममा समर्पण गर्न, प्रेममा
आफुलाई मेटाउन प्रेमको पुजा गर्न हो मैले यी कुरा तिमी बाट चाहेर पनि सिक्न सकिन।छुट्टिएपछि
मान्छेहरु भेटिन्छन् भेटिदैनन् थाहा छैन तर मेरो अपेक्षा छ कि तिमिसंग कुनै पल भेट
होस् र म तिम्रो सामना गरु। ताकि छुट्टिए पछिको तिम्रो खुसि नजिक बाट महसुस गर्न सकु, तिमिले चाहेको जिन्दगी कस्तो रहेछ नजिक बाट एकपटक
बुझु यो मैले मेरो समय सस्तो भएर भनेकी हैन न मलाई तिमिसंग कुनै गुनासो नै छ बस यो
त मेरो चाहाना हो के मैले गरेको प्रेममा म यत्ती पनि चाहाना गर्न पाउदिन र !
म आफुलाई पनि कुशल
प्रेमिका भन्दिन।किनकि कति कमि कम्जोरि त मेरा पनि थिए होला तर अरुलाई दुखाउने,अरुलाई
रुवाउने र अरुलाई पिडा दिने प्रेम मैले कहिल्यै गरिन न गर्न जाने नै न ममा यस्तो खालको
कला थियो नै।यती त मैले पनि बुझेकी थिए प्रेम नै घृणाको अन्त्य हो, दुख र पिडाको
हसिन हाम्सफर हो।प्रेमले कहिल्यै कसैलाई हानी गर्दैन न दुख नै दिन्छ तर आज म आफैले
गरेको प्रेमले म आफैलाई नराम्ररी दुखाएको छ।भित्र कतै चोट दिएको छ र म चुपचाप
सहिरहेकी छु।ओठमा सुहाउदो मुस्कान लिएर .....
No comments:
Post a Comment