Yamunathapablog

Monday, February 11, 2019

बाचा सहित


कति भारि बोकेर हिडियो होला 
उकालि ओरालि
अनि थकाइ मार्न बिसाइयो होला
चौतारिमा
यसैगरि कति भारि बोकियो प्रेमको  
र बिसाइयो पनि
तर अह  कहिल्यौ भएन थकाइको अनुभुति,

हातभरि गुलाब बोकि आउदैमा
अङ्गालोभरि टेडि बोकि आउदैमा
तिमि जिन्दगिको अन्तिम सास सम्म
मेरो हुन्छौ भन्ने निश्चित हुन्छ भने
स्विकार छ मलाई बजारका ति अनगिन्ति
प्रेम साट्ने खेलौनाहरु.....

जिन्दगिको बगैचामा गुलाफ मात्र हैन
सुनगाभाहरु पनि मुस्कुराइ रहेको बेला
जिबनको बसन्तमा
प्रेमको सुन्दर फुलफुलिरहेको बेला
म तुलना गर्न चाहन्न हाम्रो प्रेमलाई
कुनै खेलैनासँग,चुडिएको गुलाफसँग

बरु भन्न चाहन्छु म तिमिलाई माया गर्छु
प्रियतम त्यति नै जति
जुनले रातलाई
बिहानिले शितलाई
अनि फुलले पातलाई गरेको हुन्छ

एउटा अनौठो बिश्वासका साथ
जिन्दगिको अन्तिम गन्तवसम्म
साथ दिने बाचा सहित
तिमिलाई ह्याप्पि भ्यालेन्टाइन डे प्रियतम !!

 









No comments:

Post a Comment

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...