Yamunathapablog

Sunday, August 4, 2019

उनको कथा

उनको कथा मात्र उनको कथा हैन यो हामी सबै छोरिहरुको कथा हो। आमा,बुहारी पत्नी यी सबै छोरिले समयसंगै निभाउनु पर्ने कर्तव्य मात्र हुन् । सबैभन्दा महत्त्वपूर्ण कुरा त "छोरी" आफू स्वयम् हुन र उन कथा आफैमा धेरै रसहरुले भरिएका हुन्छन् । कहिले उनका कथाले आँखा भिजाउछन त कहिले आत्मबिश्वास र हौसला जगाउछ्न् हो यिनै त हुन उनका कथा छोरिका कथा। आफ्नै दुनियाँमा मस्त यो पुरुषप्रधान समाजमा छोरिहरु मानौ कतै निस्सासी रहेछन्, निमोठी रहेका छन् परम्परा र संस्कृतिको नाममा त्यस्तो समाजमा उनका कथा हाम्रा निम्त साहस र हिम्मत बोकेर आएका छन् जुन  सानो कुरा हैन ।


आजभन्दा करिब तीन बर्ष पहिला म उनको कथाको हिस्सा बनेकि हुँ । साना साना नानिहरुसंग समय बिताउनु, उनिहरुसंग खेल्नु, उनिहरुका कुरा सुन्नु यो नै मेरो काम थियो र यसमा म रमाई रहेकि  थिए। पहिला पहिला त मलाई लाग्थ्यो यि साना नानिहरुले पनि के कुरा गर्छन् होला खेल्नु,खानु, सके राम्रो पढ्नु बस यहि त होला यिनिहरु जिबन झै लाग्थ्यो र हामि सबैको बालपन हुन्छ पनि त्यस्तै । लाग्थ्यो यिनिहरुसंग पनि दुखका कथा सुखका कथा होलान् र!  तर समयसंगै जति समय उनिहरुसंग बिताउन थाले उनिहरुसंग झन झन नजिक हुन थाले आफ्नो कुरा कम र उनिहरुको कुरा बढी सुन्न थाले यसपछी मलाई महसुस भयो उनिहरुको कथाको, जसले मलाई भित्र छुनेगरी छोयो ।

हुनत हाम्रो जस्तो पुरुषप्रधान समाजमा जन्मदै देखि छोरिले बाँच्नको लागि गर्नु पर्ने संघर्ष, आमासंग दूध पिउनको लागि गर्नु पर्ने संघर्ष अनि त्यसपछी यो समाजमा आफ्नो अस्तित्व निर्माणको लागि गर्नुपर्ने संघर्ष ... कम त छैन। मानौ छोरिको लागि सदियौ देखि समाजले एउटा छुटै नियम बनाइदिएको छ जसको दायरमा रहेर जिबनका हरेक परिधिहरु छोरिले पार गर्नुपर्ने छ। छोरा लागि खेल्ने चिजदेखी लिएर खाने, लाउने, शिक्षा दीक्षा सबै कुराको ख्याल गर्ने यो समाजले छोरिकोलाई कहिल्यै सहजबाटो दिएन अघि बढ्को लागि .. यहि र यस्तै समाजका हिस्सा हुन छोरिहरु अनि किन नहुन् उनका कथा कारुणिक अनि किन नगरुन् उनका कथाले मन मुटु र मस्तिष्कमा कब्जा ।

छोरी भएकै कारण छोरिलाई मारेर आफ्नो श्रीमानको अगाडि मरेको भिडियो पेश गर्नुपर्ने के सानो कुरा थियो होला र एउटि आमाको लागि,छोरी जन्माएको कारण कुटिएर,बेइज्जत भएर घरबाट निकालिनु सामन्य कुरा हो र एउटि आमाको लागि, छोरि भएकै कारण आफ्नो घरमा नोकरको जस्तो व्यवहार भोग्नु पर्ने, आफ्नाको माया ममता र आफ्नोपन बाट बन्चित हुनु के सामान्य कुरा हो र! एउटा छोरिको लागि .... यि त मात्र प्रतिनिधि कथा मात्र हुन यस्ता कथा त कति छन् कति हाम्रो समाजमा  ... जसकि  जिबन्त नायिका हुन यो समाजकी तमाम छोरिहरु ।

लाजको घुम्टो ओढ्दा पनि लुटिन्छन् छोरिहरु यो समाजमा,पर्दा भित्र बसेर पनि सरेआम बेइज्जत हुन्छन् छोरिहरु यो पुरुष प्रधान समाजमा यस्तो समाजमा बसेर त्यही समाजलाई चुनैती दिने काम गर्छन् छोरिहरुले,छोरिका कथाहरुले। अनि हौसला र उत्साहको रंग भर्छन उनका कथाहरुले ।

आफ्नै बाबू,मामा, दाइ जस्ता सम्बन्धहरु बाट बारम्बार घात सहन बाध्य भएका छन् आजको समाजमा छोरिहरु बाल बलात्कार जस्तो नराम्रो अपराधको सिकार भएका छन् छोरिहरु कतिपय छोइने नछोइने हिंसाको चपेटामा पिसिन बाध्य छन् छोरिहरु यस्ता अपराध र हिंसालाई मुख तोड जबाफ दिन्छन् उनका कथाहरुले।  भलई कथाको भाषा नमिलेको होला कथा सफा र चिटिक्क परेको कागजमा नहोला तर उनको कथाले मन छुन्छ किनकि त्यसमा सत्यता हुन्छ र त्यो अन्तरमनबाट लेखिएको हुन्छ। मनबाट लेखिएका कथाले कहिल्यै हार मान्दैनन्। न मनबाट आएका कुराहरु कहिल्यै कुरुप नै हुनछन् ।

झुटो मुस्कान र मिथ्या सपना बोकेको यो समाजमा रंगिन सपना देखाउन सिकाउछ उनको कथाले,आँसुलाई शक्तिमा परिणत गरि सफलता तर्फ अग्रसर गराउछ उनका कथाले, रुनमात्र हैन हास्न सिकाउछ उनको कथाले,फेददेखि शिखरसम्मको यात्र तय गर्न सिकाउछ उनको कथाले....।

आजका दिनहरुमा सुन्दर संसारको रंगिन सपना जसलाई पूरा गर्ने साहस र जस्बाद दिन्छ उनको कथाले । जसभित्र कंयौ ठाउमा मैले आफुलाई पाए,आफ्ना दुखहरुमा संघर्ष गर्ने साहस र हौसला भेटे, निरास भएको बेला जिंदगी जिउने नयाँ उम्मीद खोज्न जाने यसको लागि धेरै धेरै धन्यवाद उनको कथालाई,जसले मलाई मजस्तै बनाउन मदत गर्यो । जसले "म"संग मलाई भेटाइ दियो र नयाँ "म"को जन्म गराइ दियो त्यसैले तिमिलाई धेरै धेरै आभार उनको कथा ।  

No comments:

Post a Comment

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...