Yamunathapablog

Saturday, July 20, 2019

....नसोच्नु फेरि प्रेम हुने छ !!

यो नसोच्नु कि तिमि फेरि प्रेम हुनेछ यसै गरि हुनेछ, हो समझदारी हुन सक्छ तर प्रेम अह फेरि कहिल्यै हुनेछैन । यो कुराले हैरान वनाउछ कि जसलाई मैले सबैभन्दा बढी प्रेम गरे, घृणा पनि उसैसंग सबैभन्दा बढी छ। कस्ले भन्छ एकपटक प्रेम भयो भन्दैमा सधै प्रेम रहिरहन्छ र गरिरहनु पर्छ। बरु म त भन्छु प्रेम नबुझ्नेलाई,प्रेमको महिमालाई कुचल्नेलाई प्रेम गर्नुको कुनै अर्थ नै छैन ।


तिमिले भन्थौ कि सबै चिज लुटाइसके पछि होस् आउनुको के अर्थ रहयो र तर प्रेममा लुटाउनुको आनन्द म तिमिलाई कसरि बयान गर्न सक्छु  र! तिमि यो सब बुझ्न पनि सक्दैनौ किनकि प्रेममा पाउनु भन्दा लुटाउनुले सुख दिन्छ भन्ने कुरा प्रेमको नाटक गर्नेहरूले बुझ्दैनन् ।आखिर मन न हो बहिकिन्छ कहिलेकाही तर जसलाई सबथोक सोचिन्छ उसैले मुख मोडेपछी जिन्दगी बिरान बिरान लाग्दो रहेछ चाहे त्यो पलभरलाइ नै किन नहोस्। कहिलेकाही भाबनामा धेरै बहिन्छ र त्यस्तै कुरा बढी सोचिन्छ तर जस्तो सोच्यो त्यसै हुनुपर्छ भन्ने पनि त छैन जिन्दगी । कहिलेकाही सागरको गहिराइमा पुग्न मन लाग्छ त कहिलेकाही बादल भित्र लुक्न मन लाग्छ तर मन बिर्सन्छ मनमा लागेको कुरा सधै जिन्दगीमा पुरा हुदैन भनेर ।

जिन्दगी आफैमा एउटा आधी हो,तुफान हो अनि फेरि त्यही तुफानलाई शान्त पार्ने ठूलो पहाड पनि हो ।यहाँ भित्र सब थोक छ बस पहिचान गर्न सक्नुपर्छ र त्यही अनुरुप चल्न सक्नुपर्छ । समयसंगै यहाँ मान्छेका ब्यवहारहरु पनि बदलिदैछन् महंगीदै छन्,यहाँ मान्छे अनुसार ब्यवहार हुन्छन्,मान्छे अनुसार बोलाई फरक,हेराई फरक यस्तै यस्तै.......। यस्तै ब्यवहारले त हो मान्छेलाई एकाअर्कादेखि टाढा बनाउने तर मान्छेहरू बिर्सन्छन् टाढा हुनु भनेको भौगोलिक दुरि मात्र हैन,यसले त मनको दुरिलाई पनि सम्बोधन गर्छ तर किन बिर्सन्छन् मान्छेहरु भौगोलिक दुरिले त्यति फरक पार्दैन जिन्दगीमा जति फरक मनको दुरिले पार्छ ।

कहिलेकाही हैरान हुन्छु जिन्दगीको कला देख्दा पनि सम्झिएका पलमा पनि तिमी छौ बिर्सिएको पलमा पनि तिमी छौ तर पनि कस्तो अच्चम तिमी जिंदगिमा कहि कतै छैनौ । तिमिसंग भेटे जस्तो लागेको पल तिमिलाई पाए जस्तो लागेको पल अझ अझ ... टाढा टाढा पाउछु तिमिलाई या भनौ तिमी अझ टाढा हुन्छौं जब यिनै पल सम्झिन्छु लाग्छ हामि मिल्नलाई हैन टाढा हुनलाई नजिक भएका थियौ। तिमिलाई अरु कसैसंग देख्दा दुख लाग्छ,आँखा रसाउछ अनि अर्को मान्छे प्रती पनि डाहा लाग्छ केही समय मन र मस्तिष्क दुबै छरपस्ट हुन्छ शून्य अवस्थामा पुग्छ अनि फेरि मन पुराना दिनमा पुग्छ र त्यहि कतै हराउछ ।तिमिसंग मैले धेरै पल त बिताउन पाइन तर जति बिताए ती सबैभन्दा नजिक र प्रेमिल थिए,जिन्दगी कै सुन्दर दास्तान थिए।

एक पल मै कति जान्यौ तिमिले,एक नजरमा नै कति हेरेयौ तिमिले थाहा छैन तर तिमिले लाएको आरोप भनु या तिमीले मेरो किरदारमा गाएको महिमा भनु जुन मैले सोचेभन्दा धेरै फरक थियो जसले सोचेभन्दा पनि बढी प्रभाव पारेको थियो ।जति नजिक हुन्छु जस्तो लाग्छ दुरि त्यति नै धेरै बढ्दैछ,जहाँ प्रेम छैन जहाँ आफ्नोपन छैन त्यहाँ नजिक हुनु न हुनु उस्तै हो कुनै प्रवाह छैन किनकि त्यहाँ न तिमिले प्रेमलाई तलासेयौ न मैले नै।अझै पनि किन हरपल तिमिलाई यो मन सम्झिन्छ,जब कि मस्तिष्क तिम्रो छाया सम्म हेर्नलाई मन्जुरी दिदैन् तिमिलाई सामाजिक संजाल देखि मन मस्तिष्कको हरेक भागबाट इरेज गर्न मन लाग्छ र आफुलाई तिम्रा ह्याङओभर बाट मुक्त गर्न मन लाग्छ। त्यसैले मनले नै निष्कर्ष निकालेको छ अब तिम्रो वकालत धेरै भयो आफैसंग आफ्नै मनसंग, न अब तिम्रो प्रेम सम्झेर शोक मनाउनु नै छ न तिमिलाई सम्झेर जिन्दगीलाई फेरि दुख नै दिनु छ, छोडेर जानेहरु कहिल्यै फर्केर आउदैनन् थाहा छ,अरु नै कसैले सक्छ तिम्रो कमि पुरा गर्न बस अब जिन्दगी जिउन छ आफ्नै अन्दाजमा बिना तिम्रो प्रेमको अपेक्षामा। सम्बन्ध निभाउन पनि कहाँ सजिलो छ र कयौं ठाउमा रुनु पर्छ अनि कयौं ठाउमा रुवाउनु पर्छ कहिले आफ्नालाई कहिले पराईलाई ।

तर बस अब जिन्दगी मुस्कुराएर बिताउनु छ खुशी दिएर र अनि खुशी भएर बिताउनु छ सुकुनका साथ जिन्दगीको यात्रामा सरिक हुनुछ अनन्त अनन्त सम्मलाई ...... 



No comments:

Post a Comment

उप्रेतीको “अन्तर्य एक सङ्घर्षशील जीवनको कथा” मा घोत्लिदा

  लामोसमयपछि पुस्तकका बारेमा शब्दहरु कोर्दै छु। कहीलेकाहीँ सोच्छु कैयौं पुस्तकहरु पढिसके। अब होस् पढ्दिन । फेरि जब कुनै नयाँ पुस्तक हातमा र...